प्रकाशको पुस्तक 7:5

अनलक शाब्दिक बाइबल

यहूदाको कुलबाट बाह्र हजारलाई, रूबेनको कुलबट बाह्र हजारलाई, गादको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • निर्ग 1:2-4 : 2 रूबेन, शिमियोन, लेवी र यहूदा, 3 इस्साखार, जबूलून, र बेन्यामीन, 4 दान, नप्‍ताली, गाद र आशेर ।
  • गिन 1:4-9 : 4 हरेक कुलको एक जना पुरुषले अर्थात् वंशको मुखियाले आफ्नो वंशको अगुवाको रूपमा तिमीहरूसँग सेवा गर्नुपर्छ । 5 हरेक अगुवाले तिनको वंशको निम्ति लड्ने पुरुषहरूको नेतृत्व गर्नुपर्छ । तिमीहरूसँगै रहेर लड्ने अगुवाहरूका नाउँहरू यिनै हुन्ः रूबेनको कुलबाट शदेऊरको छोरो एलीसूर; शिमियोनको 6 कुलबाट सुरीशद्दैको छोरो शलूमीएल । 7 यहूदाको कुलबाट अम्मीनादाबको छोरो नहशोन; 8 इस्साखारको कुलबाट सूआरको छोरो नतनेल; 9 जबूलूनको कुलबाट हेलोनको छोरो एलीआब; 10 योसेफको छोरो एफ्राइमको कुलबाट अम्मीहूदको छोरो एलीशामा; मनश्शेको कुलबाट पदासूरको छोरो गमलिएल; 11 बेन्यामीनको कुलबाट गिदेओनीको छोरो अबीदान; 12 दानको कुलबाट अम्मीसद्दैको छोरो अहिएजेर; 13 आशेरको कुलबाट ओक्रानको छोरो पगीएल; 14 गातको कुलबाट दूएलको छोरो एल्यासाप; 15 नप्‍तालीको कुलबाट एनानको छोरो अहीरा ।”
  • गिन 10:14-27 : 14 यहूदाको फौजको नेतृत्व अम्मीनादाबका छोरा नहशोनले गरे । 15 इस्साखारका सन्तानहरूका फौजको नेतृत्व सूआरका छोरा नतनेलले गरे । 16 जबूलूनका सन्तानहरूका फौजको नेतृत्व हेलोनका छोरा एलीआबले गरे । 17 पवित्र वासस्थानको देखरेख गर्ने गेर्शोन र मरारीका सन्तानहरूले पवित्र वासस्थान उठाए र आफ्नो यात्रामा हिँडे । 18 फेरि, रूबेनको छाउनीको झन्डामुनिका फौजले यात्रा सुरु गरे । रूबेनको फौजको नेतृत्व शदेऊरका छोरा एलीसूरले गरे । 19 शिमोयोनका सन्तानहरूका फौजको नेतृत्व सूरीशद्दैका छोरा शलूमीएलले गरे । 20 गादका सन्तानहरूका फौजको नेतृत्व दूएलका छोरा एल्यासापले गरे । 21 कहातीहरू हिँडे । तिनीहरूले पवित्र स्थानका पवित्र सामानहरू बोके । अरूहरूले कहातीहरू अर्को छाउनीमा नआइपुग्दै पवित्र वासस्थान खडा गर्थे । त्यसपछि एफ्राइमका सन्तानहरूका झन्डामुनिका फौज हिँडे । 22 एफ्राइमको फौजको नेतृत्व अम्मीहूदका छोरा एलीशामा गरे । 23 मनश्‍शेका सन्तानहरूका फौजको नेतृत्व पदासूरका छोरा गमलिएलले गरे । 24 बेन्यामीनका सन्तानहरूका कुलको फौजको नेतृत्व गिदेओनीका छोरा अबीदानले गरे । 25 दानको सन्तानहरूका झन्डामुनि छाउनी लगाएका फौज अन्तिममा हिँडे । दानको फौजको नेतृत्व अम्मीशद्दैका छोरा अहीएजेरले गरे । 26 आशेरका सन्तानहरूका कुलको फौजको नेतृत्व ओक्रानका छोरा पगीएलले गरे । 27 नप्‍तालीका सन्तानहरूका कुलको फौजको नेतृत्व एनानका छोरा अहीराले गरे ।
  • गिन 13:4-9 : 4 तिनीहरूका नाउँ यिनै हुन्ः रूबेनको कुलबाट जक्‍कूरका छोरा शम्मूअ; 5 शिमियोनका कुलबाट होरीका छोरा शाफात; 6 यहूदाको कुलबाट यपुन्‍नेका छोरा कालेब; 7 इस्साखारको कुलबाट योसेफका छोरा यिगाल; 8 एफ्राइमको कुलबाट, नूनका छोरा होशिया; 9 बेन्यामीनको कुलबाट, रफूका छोरा पलती; 10 जबूलूनको कुलबाट सोदीका छोरा गद्दीएल; 11 योसेफको कुलबाट (अर्थात् मनेश्‍शेको कुलबाट) सूसीका छोरा गेद्दी; 12 दानको कुलबाट गमल्लीका छोरा अम्मीएल; 13 आशेरको कुलबाट मिखाएलका छोरा सतूर; 14 नप्‍तालीको कुलबाट वोफ्सीका छोरा नहबी 15 गादको कुलबाट माकीका छोरा गूएल । 16 मोशाले भूमिको जाँच गर्न पठाएका मानिसहरूका नाउँ यिनै थिए । मोशाले नूनका छोरा होशियालाई यहोशू नाउँ राखे ।
  • १ कोरि 2:1-2 : 1 ¶ भाइहरू हो, गुप्‍तमा रहेका परमेश्‍वरका सत्यताहरूको घोषणा गर्न म तिमीहरूकहाँ आउँदा कुशल वक्‍ता र बुद्धिका साथमा आइनँ । 2 तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 7:6-9
    4 पदहरू
    89%

    6आशेरको कुलबाट बाह्र हजारलाई, नप्‍तालीको कुलबाट बाह्र हजारलाई र मनश्शेको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।

    7शिमियोनको कुलबाट बाह्र हजारलाई, लेवीको कुलबाट बाह्र हजारलाई, इस्‍साखारको कुलबाट बाह्र हजारलाई,

    8जबूलूनको कुलबाट बाह्र हजारलाई, योसेफको कुलबाट बाह्र हजारलाई र बेन्यामीनको कुलबाट बाह्र हजारलाई छाप लगाइएको थियो ।

    9यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।

  • प्रका 7:2-4
    3 पदहरू
    88%

    2जीवित परमेश्‍वरको छाप लिएर अर्को स्वर्गदूत पूर्वबाट माथि आउँदै गरेको मैले देखेँ, जसले पृथ्वी र समुद्रलाई हानि गर्ने अनुमति पाएका चार स्वर्गदूतलाई ठुलो सोरले चिच्‍च्‍याउँदै यसो भने,

    3“हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

    4मैले छाप लगाइएका एक लाख चवालिस हजारको सङ्ख्या सुनेँ, जो इस्राएलका मानिसको हरेक कुलबाट छाप लगाइएका थिएः

  • गिन 1:23-27
    5 पदहरू
    74%

    23शिमियोनका कुलबाट तिनीहरू ५९,३०० पुरुष थिए ।

    24गादका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    25गादको कुलबाट तिनीहरू ४५,६५० पुरुष थिए ।

    26यहूदाका सन्तानहरूबाट तिनीहरूका पुर्खाहरूका आ-आफ्ना कुलहरू र परिवारहरूको अभिलेखबाट लडाइँमा जान सक्‍ने बिस वर्ष वा त्यसभन्दा माथिका सबै पुरुषहरू गनिए ।

    27यहूदाको कुलबाट तिनीहरू ७४,६०० पुरुष थिए ।

  • 21रूबनेको कुलबाट तिनीहरू ४६,५०० पुरुष थिए ।

  • 31जबूलूनको कुलबाट तिनीहरू ५७,४०० पुरुष थिए ।

  • गिन 31:4-5
    2 पदहरू
    71%

    4तिनीहरू मिद्यानीहरूको विरुद्ध युद्ध लड्न जाऊन् र यसमाथि परमप्रभुको बद्ला लिऊन् । इस्राएलका हरेक कुलले युद्धको निम्ति एक हजार सिपाही पठाउनुपर्छ ।”

    5त्यसैले इस्राएलका हजारौँ पुरुषमा हरेक कुलबाट एक हजार जना अर्थात् युद्धको निम्ति बाह्र हजार सशस्‍त्र मानिस दिइयो ।

  • गिन 2:8-9
    2 पदहरू
    71%

    8तिनको दलमा भएकाहरूको सङ्ख्या ५७,४०० छ ।

    9यहूदाको छाउनीको कुल सङ्ख्या १,८६,४०० छ ।

  • 12त्यसका बाह्रवटा ढोकासँगै एउटा ठुलो अग्‍लो पर्खाल थियो, ढोकाहरूमा बाह्र जना स्वर्गदूत थिए । ढोकाहरूमा इस्राएलको सन्तानका बाह्रै कुलका नाउँहरू लेखिएका थिए ।

  • 1¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।

  • 37यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्‍शेको आधा कुलबाट युद्धको निम्‍ति सबै किसिमका हतियारले सुसज्‍जित भएका १,२०,००० मानिसहरू थिए ।

  • 7यिनीहरू रूबेनका कुलहरू थिए, जसको सङ्ख्या ४३,७३० थियो ।

  • 21ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग होऊन् । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गरोस् ।

  • 6तिनको दलमा भएकाहरूको सङ्ख्या ५४,४०० पुरुष छन् ।

  • 11तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।

  • 18रूबेनीहरू, गादीहरू र मनश्‍शेको आधा कुलका यद्धको निम्‍ति तालिमप्राप्‍त ४४,७६० सिपाहीहरू थिए, जसले ढाल र तरवार बोक्‍थे, र धनु तान्‍न सक्‍थे ।

  • गिन 2:13-14
    2 पदहरू
    68%

    13तिनको दलमा हुनेहरूको सङ्ख्या ५९,३०० छ ।

    14त्यसपछि गादको कुल हुन्छ । गादका मानिसहरूको अगुवा दूएलका छोरा एल्यासाप होस् ।

  • 14ती मणिहरू इस्राएलका बाह्र छोराका नाउँअनुसार क्रमैसँग राखिएका थिए । छाप-औँठीमा खोपेजस्तै हरेक नाउँले बाह्र कुलका हरेक कुलको प्रतिनिधित्व गर्थ्यो ।

  • 37बेन्यामीनको कुलबाट तिनीहरू ३५,४०० पुरुष थिए ।

  • 29इस्साखारको कुलबाट ५४,४०० पुरुष थिए ।

  • 7मरारीका सन्तानहरूका कुल-कुलअनुसार रूबेन, गाद र जबूलूनको कुलबाट बाह्रवटा सहर पाए ।

  • 44मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।

  • 18यिनीहरू दानका सन्तानहरूका कुलहरू थिए, जसको सङ्ख्या ४०,५०० थियो ।

  • 2रूबेन, शिमियोन, लेवी र यहूदा,

  • १ इति 12:24-25
    2 पदहरू
    67%

    24ढाल बोक्‍ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्‍जितहरू थिए ।

    25शिमियोनबाट लडाइँ गर्न सक्‍ने ७,१०० योद्धाहरू थिए ।

  • 5इस्‍साखारका सबै वंशबाट तिनीहरूका आफन्तहरू योद्धाहरू थिए र तिनीहरूका वंशमा सूचीकृत भएअनुसार तिनीहरूका सङ्‍ख्‍या जम्‍मा सतासी हजार योद्धा थिए ।

  • 1¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

  • 39दानको कुलबाट तिनीहरू ६२,७०० पुरुष थिए ।

  • 4यहूदाका मानिसहरूको सङ्ख्या ७४,६०० छ ।

  • 11तिनको दलमा हुनेको सङ्ख्या ४६,५०० छ ।

  • 5तर ती एल्डरहरूमध्येका एक जनाले मलाई भने, “नरोऊ । हेर! यहूदाको कुलको सिँह, दाऊदको मुलले विजय प्राप्‍त गर्नुभएको छ । त्यो मुट्ठो र त्यसका सातवटा छाप खोल्न उहाँ योग्यका हुनुहुन्छ ।”

  • 14रूबेनका सन्तानहरूका कुलले तिनीहरूको कुलअनुसारको सम्पत्तिको अंश, गादका सन्तानहरूका कुलले तिनीहरूका कुलअनुसारको सम्पत्तिको अंश र मनश्शेका आधा कुलले तिनीहरूको भूमि पाएका छन् ।

  • प्रका 7:14-15
    2 पदहरू
    66%

    14अनि मैले उहाँलाई भनेँ, “हजुर, तपाईंलाई नै थाहा छ,” र उहाँले मलाई भन्‍नुभयो, “यिनीहरू नै हुन् जो महासङ्कष्‍टबाट आएका हुन् । तिनीहरूले आफ्ना वस्‍त्रहरू थुमाका रगतमा धोएर सेता बनाएका छन् ।

    15यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।

  • 35मनश्शेको कुलबाट तिनीहरू ३२,२०० पुरुष थिए ।

  • 4त्यसपछि यहोशूले बाह्र जना मानिसलाई बोलाए जसलाई तिनले इस्राएलका कुलहरूबाट अर्थात् हरेक कुलबाट एक-एक जना चुनेका थिए ।

  • 12अब इस्राएलका हरेक कुलबाट एक-एक जना गरी बाह्र जना मानिस छान ।

  • 34नप्‍तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्‍ने ३७,००० मानिसहरू थिए ।