रोमीहरू 7:21

अनलक शाब्दिक बाइबल

तब मैले ममा असल गर्ने सिद्धान्त भेट्टाउँछु, तर ममा दुष्‍ट वास्तवमै उपस्थित भएको पाउँछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रोमी 7:23 : 23 तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।
  • रोमी 6:14 : 14 पापलाई आफूमाथि राज्य गर्न नदेओ । किनकि तिमीहरू व्यवस्थामा छैनौ, तर अनुग्रहमा छौ ।
  • रोमी 8:2 : 2 किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।
  • एफिसी 6:11-13 : 11 परमेश्‍वरका सम्पूर्ण हात-हतियारहरू धारण गर, ताकि तिमीहरू शैतानको धूर्त युक्तिहरूको विरूद्धमा खडा हुन सक । 12 किनकि हाम्रो लडाइ शरीर र रगतको विरूद्धमा होइन । तर, यो त शासकहरू र आत्मिक अधिकारीहरू र अन्धकारको राज्यको शासकहरू र स्वर्गीय स्थानहरूमा भएका दुष्‍टात्माहरूको विरूद्धमा हो । 13 यसकारण परमेश्‍वरको सबै हातहतियार धारण गर, ताकि यस दुष्‍ट समयमा दुष्‍टको सामना गर्न तिमीहरू स्थिर भइ खडा हुन सक । यी सबै कुराहरू गरेपछि तिमीहरू स्थिर हुनेछौ ।
  • इब्रा 2:17 : 17 त्यसैले, उहाँका भाइहरूजस्तै बन्‍न उहाँका निम्ति सबै क्षेत्रमा आवश्यक थियो । त्यसकारण, उहाँ परमेश्‍वरका कुराहरूसम्बन्धी दयापूर्ण र विश्‍वासयोग्य हुनुभई परमेश्‍वरका महान् पुजारी हुनुभयो । त्यसैले, उहाँले सबै मानिसका पापको क्षमा ल्याउन सक्‍नुभयो ।
  • इब्रा 4:15 : 15 किनकि हामीसँग हाम्रा कमजोरीहरूमा हामीलाई सान्त्वना दिन नसक्‍ने एक जना प्रधान पुजारी हुनुहुन्‍न । त्यसको सट्टामा, हामीसँग एक जना हुनुहुन्छ जो हामीजस्तै परीक्षामा भएर जानुभयो, तरै पनि उहाँ पापरहित हुनुहुन्छ ।
  • २ पत्रु 2:19 : 19 उनीहरूले तिनीहरूलाई छुटकारा दिने प्रतिज्ञा गर्छन्, तर तिनीहरू आफैँ भ्रष्‍टताका दास हुन् । किनकि मान्छेलाई जुन कुराले जित्छ, ऊ त्यसैको दास बन्छ ।
  • रोमी 7:25 : 25 तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।
  • २ इति 30:18-19 : 18 एफ्राइम, मनश्‍शे, इस्‍साखार र जबूलूनबाट आएकामध्‍ये धेरै जनाले आफैलाई शुद्ध पारेका थिएनन्, तापनि तिनीहरूले लेखिएको निर्देशनहरूको विरुद्ध निस्‍तार-चाडको भोज खाए । किनकि हिजकियाले यसो भनेर तिनीहरूका निम्‍ति प्रार्थना गरेका थिए, “भला हुनुहुने परमप्रभुले हरेक व्‍यक्तिलाई क्षमा गर्नुभएको होस् 19 जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।”
  • भजन 19:12-13 : 12 कसले आफ्ना सबै गल्तीहरू बुझ्‍न सक्छ? मलाई लुकेका गल्तीहरूबाट शुद्ध पार्नुहोस् । 13 तपाईंको दासलाई अहङ्कारका पापहरूबाट बचाउनुहोस्, तिनीहरूले ममाथि राज्‍य नगरून् । तब म सिद्ध हुनेछु र धेरै अपराधहरूबाट म निर्दोष हुनेछु ।
  • भजन 40:12 : 12 अनगिन्‍ती कष्‍टहरूले मलाई घेर्छन् । मेरा अधर्महरूले मलाई गाँजेका छन्, ताकि म फेरि कुनै कुरा हेर्न सक्षम छैनँ । तिनीहरू मेरा शिरका कपालभन्दा धेरै छन् र मेरो हृदय मलाई निरास पारेको छ ।
  • भजन 65:3 : 3 अधर्महरूले हामीलाई जितेका छन् । हाम्रा अपराधहरूको बारेमा तपाईंले ती क्षमा गर्नुहुनेछ ।
  • भजन 119:37 : 37 व्‍यर्थका कुराहरू हेर्नबाट मेरा आँखाहरू फर्काउनुहोस् । तपाईंका मार्गहरूमा मलाई पुनर्जीवित पार्नुहोस् ।
  • भजन 119:133 : 133 तपाईंको वचनले मेरा पाइलाहरूलाई बाटो देखाउनुहोस् । कुनै पापले ममाथि राज्‍य गर्न नदिनुहोस् ।
  • यशा 6:5-7 : 5 तब मैले भने, “मलाई धिक्‍कार होस्! किनभने म सर्वनाश भएँ, म त अशुद्ध ओठ भएको मानिस हुँ, र अशुद्ध मानिसहरूको बिचमा म बस्छु, किनभने सर्वशक्तिमान् परमप्रभु महाराजा परमप्रभुलाई नै मेरा आँखाले देखेका छन्!” 6 तब सराफहरूमध्ये एउटा उडेर मकहाँ आए । उनको हातमा बलिरहेको भुङ्‍ग्रो थियो, जसलाई उनले वेदीबाट चिम्टाले निकालेका थिए । 7 त्यसले उनले मेरो ओठ छोए र भने, “हेर, यसले तिम्रो ओठ छोएको छ । तिम्रा दोषहरू हटाइएका छन् र तिम्रा पापको प्रायश्‍चि गरिएको छ ।”
  • जक 3:1-4 : 1 ¶ त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो । 2 परमप्रभुका स्वर्गदूतले शैतानलाई भने, “ए शैतान, परमप्रभुले तँलाई हप्काऊन् । यरूशलेमलाई चुन्‍नुहुने परमप्रभुले तँलाई हप्काऊन्! के यो मानिस आगोबाट निकालिएको अगुल्टो होइन र?” 3 स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए । 4 अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”
  • लू 4:1 : 1 ¶ तब पवित्र आत्माले भरिएर येशू यर्दन नदीबाट फर्कनुभयो, अनि आत्माद्वारा उजाड-स्थानमा डोर्‍याइनुभयो ।
  • यूह 8:34 : 34 येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो म तिमीहरूलाई भन्‍छु, प्रत्येक जसले पाप गर्छ, त्यो पापको दास हो ।
  • रोमी 6:12 : 12 त्यसकारण, तिमीहरूको मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ, ताकि तिमीहरूले त्यसको अभिलाषालाई मान्‍न परोस् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 7:7-20
    14 पदहरू
    90%

    7त्यसो भए, हामी के भनौँ त? के व्यवस्था आफैँ पाप हो? यस्तो कहिल्यै नहोस् । तथापि यदि व्यवस्था नभएको भए मैले कहिल्यै पाप जान्‍ने थिइनँ । किनकि यदि व्यवस्थाले, “तैँले लोभ नगर्” नभनेसम्म मैले लोभ के हो भनी कहिल्यै जान्‍ने थिइनँ ।

    8तर पापले यी आज्ञाद्वारा मौका पायो अनि ममा हर किसिमको अभिलाषा ल्यायो । किनकि व्यवस्थाविना पाप मरेतुल्य हुन्छ ।

    9एक समय म व्यवस्थाविना जीवित थिएँ, तर जब आज्ञा आयो, पापले पुनः जीवन पायो र म मरेँ ।

    10जीवन ल्याउनुपर्ने आज्ञा मेरो निम्ति मृत्युमा परिणत हुन पुग्यो ।

    11किनकि पापले यी आज्ञाद्वारा मौका छोप्यो र मलाई छल गर्‍यो । नियमहरूद्वारा यसले मलाई मार्‍यो ।

    12त्यसैले, व्यवस्था पवित्र छ, अनि आज्ञा पवित्र, धार्मिक र असल छ ।

    13त्यसैले, के जे असल छ त्यो मेरो निम्ति मृत्यु बन्यो? यस्तो कहिल्यै नहोस् । तर पापलाई पाप नै देखाउन सकियोस् भनी जे असल थियो त्यसद्वारा ममा मृत्यु ल्याइयो । आज्ञाद्वारा यस्तो भयो, ताकि पाप अत्यधिक पापमय बन्‍न सकोस् ।

    14हामी जान्दछौँ, कि व्यवस्था आत्मिक हो, तर म शारीरिक हुँ । म पापको दासत्वमा बेचिएको छु ।

    15किनभने म जे गर्छु, त्यो म वास्तवमा बुझ्दिनँ । किनकि म जे गर्न चाहन्छु, त्यो म गर्दिनँ; अनि म जेलाई घृणा गर्छु, म त्यही गर्छु ।

    16तर म जे चाहँदिनँ म त्यही गर्छु भने, व्यवस्था असल हो भनी म व्यवस्थासँग सहमत हुन्छु ।

    17तर अब यो गर्ने म होइन, तर ममा रहने पाप हो ।

    18किनकि म जान्दछु, कि ममा अर्थात् मेरो शरीरमा कुनै पनि असल थोक बास गर्दैन । किनकि ममा असल गर्ने इच्छा छ, तर म यो गर्न सक्दिनँ ।

    19किनकि मैले चाहेको असल थोक म गर्दिनँ, तर म जुन खराब कुरो गर्न चाहन्‍नँ, म त्यही गर्छु ।

    20अब म जे गर्न चाहँदिनँ त्यही गर्छु भने, यो गरिरहने म होइन, तर ममा बास गर्ने पाप हो ।

  • रोमी 7:22-25
    4 पदहरू
    84%

    22किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु ।

    23तर मैले मेरा अङ्गहरूमा फरक सिद्धान्त देख्छु । यसले मेरो मनको नयाँ सिद्धान्तसँग लड्छ । मेरा अङ्गहरूमा भएको सिद्धान्तद्वारा यसले मलाई पापको कैदी बनाउँछ ।

    24म दुःखि मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला?

    25तर हाम्रा प्रभु येशू ख्रीष्‍टद्वारा परमेश्‍वरलाई धन्यवाद होस्! त्यसैले, म आफैँले मेरो मनले परमेश्‍वरको व्यवस्थाको सेवा गर्छु । तापनि शरीरले म पापको सिद्धान्तको सेवा गर्छु ।

  • 5किनकि जब हामी शरीरमा थियौँ, व्यवस्थाद्वारा मृत्युको निम्ति फल फलाउन हाम्रा अङ्गहरूमा पापमय स्वभावहरू सक्रिय गराइए ।

  • 20पृथ्वीमा भलाइ गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस छैन ।

  • रोमी 8:2-4
    3 पदहरू
    71%

    2किनकि ख्रीष्‍ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्‍त्र बनाएको छ ।

    3जुन कुरा गर्न व्यवस्था असमर्थ थियो, सो परमेश्‍वरले गर्नुभयो, किनकि यो शरीरद्वारा कमजोर थियो । उहाँले आफ्ना पुत्रलाई पापमय शरीरको रूपमा पापको निम्ति बलिदान हुन पठाउनुभयो र उहाँले पापलाई शरीरमा दण्ड दिनुभयो ।

    4हामीमा व्यवस्थाको मापदण्ड पुरा हुन सकोस् भनेर उहाँले यसो गर्नुभयो, ताकि हामी शरीरअनुसार होइन, तर आत्माअनुसार चल्न सकौँ ।

  • 17किनकि शरीरका अभिलाषाहरू आत्माको विरुद्धमा हुन्छन्, र आत्माको इच्छा शरीरको विरुद्धमा हुन्छ । किनकि यी एक अर्काका विपरीत हुन्छन् । यसको परिणामचाहिँ यही हो, कि तिमीहरूले गर्न चाहेका कुराहरू तिमीहरूले गर्दैनौ ।

  • 21किनभने मानिसको भित्रबाट नै अर्थात् हृदयबाट नै दुष्‍ट विचार, यौन अनैतिकता, चोरी, हत्या,

  • 20उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ ।

  • गलाती 2:17-19
    3 पदहरू
    70%

    17तर यदि हामी ख्रीष्‍टमा परमेश्‍वरद्वारा धर्मी हुन खोज्छौँ भने, हामीले आफैँलाई पापी भएको पनि पाउँछौ । के त्यसो भए ख्रीष्‍ट पापको दास हुनुभयो त? त्यस्तो होइन!

    18व्यवस्थालाई पुरा गर्नुपर्छ भन्‍ने कुरामा मैले मेरो विश्‍वासलाई पुनर्निर्माण गरेँ, त्यो विश्‍वास जुन मैले भङ्ग गरिसकेको थिएँ । म आफैँलाई व्यवस्था भङ्ग गर्ने मानिस तुल्याउँछु ।

    19व्यवस्थाद्वारा व्यवस्थाको निम्ति म मरेँ, ताकि म परमेश्‍वरको निम्ति बाँच्‍न सकूँ ।

  • 17त्यसकारण, जसले भलाइ गर्न जानेर पनि भलाइ गर्दैन भने त्यो त्यसको निम्ति पाप हुन्छ ।

  • रोमी 2:14-15
    2 पदहरू
    69%

    14किनकि गैरयहूदीहरू जससँग व्यवस्था छैन, तिनीहरूले स्वभावद्वारा नै व्यवस्थाका कुराहरू गर्छन् । तिनीहरू आफ्ना निम्ति आफैँ नै व्यवस्था हुन्, यद्यपि तिनीहरूसँग व्यवस्था छैन ।

    15यसैद्वारा व्यवस्थाले चाहेका कुराहरू तिनीहरूका हृदयमा लेखिएका छन् भन्‍ने देखाउँछ । तिनीहरूको विवेकले पनि तिनीहरूलाई गवाही दिन्छ र तिनीहरूका आफ्नै विचारले कि तिनीहरू आफैँलाई दोष दिन्छ कि प्रतिरक्षा गर्छ ।

  • 17यसरी नै, हरेक असल रुखले असलै फल फलाउँछ, तर खराब रुखले खराबै फल फलाउँछ ।

  • 26जब मैले भलाइको आशा गरें, तब खराबी आयो । जब मैले ज्योतिको आशा गरें, त्‍यसको साटो अन्धकार आयो ।

  • 7तर यदि मेरो झुटद्वारा परमेश्‍वरको सत्यताले उहाँको निम्ति प्रशस्त प्रशंसा प्रदान गर्छ भने मलाई अझ पनि किन पापीको रूपमा न्याय गरिन्छ त?

  • 20तिनीहरूले मलाई असलको सट्टा खराबी गर्छन् । जे असल छ सो कुराको पछि म लागे तापनि, तिनीहरूले ममाथि दोष थुपार्छन् ।

  • 8तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्‍ने हामीलाई थाहा छ ।

  • 23यी सबै खराबी भित्रबाट नै आउँछन्, र यिनीहरूले नै मानिसलाई अशुद्ध पार्छन् ।”

  • 4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ ।

  • रोमी 2:1-2
    2 पदहरू
    68%

    1¶ यसकारण, तिमीहरूलाई कुनै बहाना छैन । ए मानिस, तिमी जसले न्याय गर्छौ र तिमी अर्कालाई जेको निम्ति दोष लगाउँछौ तिमी आफैँ पनि त्यसैमा दोषी ठहराइन्छौ । किनकि तिमी न्याय गर्नेले पनि त्यही कुराहरू गर्छौ ।

    2तर यस्ता कुराहरू गर्नेहरूमाथि परमेश्‍वरको न्याय हुँदा सत्यताअनुसार हुन्छ भनी हामी जान्दछौँ ।

  • 21खराबीबाट पराजित नहोओ, तर खराबीलाई भलाइले जित ।

  • 8हे मेरो परमेश्‍वर, तपाईंको इच्छा पुरा गर्न म खुसी हुन्छु । तपाईंको व्यवस्था मेरो हृदयमा छन् ।

  • 4पाप गर्ने हरेकले व्यवस्था भङ्ग गर्छ, पाप व्यवस्था भङ्ग हो ।

  • 20तर व्‍यवस्‍था आयो ताकि अपराध बढोस् । तर जहाँ पाप बढ्‌यो, त्‍यहाँ अनुग्रह पनि झन् बढ्‌यो ।

  • 9त्यसो भए के त? के हामी आफैँले आफ्‍नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।

  • 8जो शरीरमा छन्, उनीहरू परमेश्‍वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।

  • 1¶ हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?

  • 2कि मेरो लागि मेरो हृदयमा असाध्य कष्‍ट र अटुट पीडा छ ।

  • 15अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।