श्रेष्ठगीत 5:15

अनलक शाब्दिक बाइबल

उहाँका पाखुरा गर्गहना जडिएका गोलो सुनजस्ता छन् । उहाँको पेट नीरले ढाकिएको हस्ती-हाडजस्तो छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ राजा 4:33 : 33 तिनले बोट बिरुवाहरूको विषयमा लेबनानको देवदारुदेखि लिएर भित्तामा उम्रने हिसपसम्मका बिरुवाहरूको वर्णन गरे । तिनले पशुपक्षी, घस्रने प्राणीहरू र माछाको बारेमा पनि वर्णन गरे ।
  • भजन 92:12 : 12 धार्मीहरू खजूरको रूखझैं मौलाउनेछन् । तिनीहरू लेबनानको देवदारुझैं बढ्‍नेछन् ।
  • श्रेष्ठ 2:14 : 14 पहराका धाँदाहरू, भिरालो पहाडका गुप्‍त चिराहरूमा बस्‍ने मेरी ढुकुर्नी, मलाई तिम्रो मुहार हेर्न देऊ । मलाई तिम्रो सोर सुन्‍न देऊ, किनकि तिम्रो सोर सुरिलो छ, र तिम्रो मुहार मायालु छ ।” प्रेमिका प्रेमीसित बोल्दैः
  • श्रेष्ठ 4:11 : 11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ ।
  • श्रेष्ठ 7:4 : 4 तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।
  • हो 14:7 : 7 त्यसको छहारीमा बस्‍ने मानिसहरू फर्कनेछन् । तिनीहरू अन्‍नझैं बढ्नेछन् र दाखको बोटझैं फुल्नेछन् । त्यसको ख्याति लेबनानको दाखमद्यझैं हुनेछ ।
  • जक 9:17 : 17 तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।
  • मत्त 17:2 : 2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्‍त्र प्रकाशझैँ उज्यालो भयो ।
  • मत्त 28:3 : 3 तिनको रूप बिजुलीजस्तो थियो, र पहिरन हिउँजस्तै सेतो थियो ।
  • प्रेरि 2:28 : 28 तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
  • १ तिमो 3:16 : 16 र सँगै हामी, सहमत हुन्‍छौँ, “कि धार्मिकताको प्रकटित सत्‍याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्‍वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
  • प्रका 1:15-16 : 15 उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो । 16 उहाँको दाहिने हातमा सातवटा तारा थिए, अनि उहाँको मुखबाट एउटा दुई-धारे धारिलो तरवार निस्किरहेको थियो । उहाँको अनुहार सुर्यको तेजझैँ चम्किरहेको थियो ।
  • निर्ग 26:19 : 19 ती बिसवटा फल्याकको मुन्तिर राख्‍न चाँदीका चालिसवटा आधार बनाउनू । पहिलो फल्याकको मुन्तिर दुईवटा आधार र अन्य फल्याकहरूको मुन्तिर पनि दुई-दुईवटा आधार बनाउनू ।
  • न्या 13:6 : 6 तब ती स्‍त्री आइन् र आफ्नो पतिलाई भनिन्, “परमप्रभुका एक जना मानिस मकहाँ आउनुभयो, र उहाँको मुहार परमेश्‍वरका दूतका झैं धेरै डरलाग्‍दो थियो । उहाँ कहाँबाट आउनुभएको हो भनेर मैले सोधिनँ, र उहाँले मलाई आफ्नो नाउँ भन्‍नुभएन ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 85%

    9हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, अर्को प्रिय पुरुषभन्दा तपाईंका प्रेमी कसरी उत्तम छन्? अर्को प्रिय पुरुषभन्दा तपाईंको प्रेमी किन उत्तम छन्, ताकि तिमी हामीलाई यस्तो शपथ खान लगाउँछ्यौ? प्रेमिका सहरका स्‍त्रीहरूसित बोल्दैः

    10मेरा प्रेमी उज्‍ज्वल र स्वस्थ, दस हजारका बिचमा श्रेष्‍ठ हुनुहुन्छ ।

    11उहाँको शिर निखुर सुनको छ । उहाँको कपाल घुम्रिएको र कागजस्तै कालो छ ।

    12उहाँका आँखा पानीको खोलाको छेउमा बस्‍ने ढुकुरहरूजस्ता छन्, दूधले नुहाएको, गर्गहना जडिएका जस्ता छन् ।

    13उहाँका गालाहरू सुगन्धित मसालाहरूको ड्याङजस्ता छन्, जसले बास्‍ना फिँजाउँछन् ।

    14उहाँका ओठ मूर्रको रस चुहाउने लिली फुलहरूजस्ता छन् ।

  • 16उहाँका गोडाहरू निखुर सुनका अड्याइएका सिङ्गमरमरका खम्बाहरूजस्ता छन् । उहाँको आकार लेबनानजस्तै, उत्तम देवदारुजस्तै छ । उहाँको मुख ज्यादै मिठो छ । उहाँ पूर्ण रूपमा मायालु हुनुहुन्छ । हे यरूशलेमका छोरीहरू हो, उहाँ नै मेरा प्रेमी हुनुहुन्छ, र मेरा मित्र हुनुहुन्छ ।

  • 78%

    1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे राजकुमारकी छोरी, जुत्ता लगाएका तिम्रा खुट्टा कति राम्रा छन्! गुरु कारीगरका हातले बनाएका जस्तै तिम्रा तिघ्राका गोलाइहरू रत्‍नझैँ छन् ।

    2तिम्रो नाभि वृत्ताकार कचौराजस्तै छ, जसमा मिसिएको दाखमद्यको कहिल्यै कमी नहोस् । तिम्रो पेट लिली फुलहरूले घेरिएको गहुँको थुप्रोजस्तै छ ।

    3तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।

    4तिम्रो घाँटी हस्ती-हाडको धरहराजस्तो छ । तिम्रा आँखा बाथ-रब्बीमको मूल ढोकाको छेउमा अवस्थित हेश्बोनका तलाउहरूजस्ता छन् । तिम्रो नाक दमस्कसतिर फर्केको लेबनानको धरहराजस्तो छ ।

    5कर्मेल डाँडाजस्तै तिम्रो शिरले तिमीमाथि छ । तिम्रो शिरमा भएको कपाल कालो बैजनी रङको छ । कपालका राशिद्वारा राजा मोहित पारिन्छन् ।

    6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!

    7तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।

  • 76%

    10यसका डन्डाहरू चाँदीका थिए । यसको पछाडिको भाग सुनबाट बनेको थियो, र आसनचाहिँ बैजनी वस्‍त्रले ढाकिएको थियो । यसको भित्री भागचाहिँ यरूशलेमका छोरीहरूको प्रेमले सजिएको थियो । प्रेमिका यरूशलेमका स्‍त्रीहरूसित बोल्दैः

    11हे सियोनका छोरीहरू हो, बाहिर गएर राजा सोलोमनलाई एकटक लगाएर हेर, जसले मुकुट लगाउनुभएको छ, जुन उहाँकी आमाले विवाहको दिनमा, उहाँको हृदय आनन्दले भरिएको दिनमा उहाँलाई पहिराइदिएकी थिइन् ।

  • 73%

    9हे मेरी प्रिय, म तिमीलाई फारोको रथको राम्रो घोडासित तुलना गर्दछु ।

    10शृङ्गारले तिम्रा गाला सुन्दर भएका छन्; गर्गहनाले तिम्रो गला सजिएको छ ।

  • 73%

    8मेरा प्रेमीको सोर सुनिएको छ । सुन, पहाडहरूमा हामफाल्दै र डाँडाहरू छिचोल्दै उहाँ यहाँ आउनुहुन्छ ।

    9मेरा प्रेमी हरिण वा जवान मृगजस्तै हुनुहुन्छ । हेर, उहाँ हाम्रो पर्खालको पछाडिपट्टि उभिरहनुभएको छ । उहाँले झ्यालभित्र नियालेर हेर्दै हुनुहुन्छ र आँखी-झ्यालभित्र चियाएर हेर्दै हुनुहुन्छ ।

    10मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।

  • 15तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः

  • 72%

    13मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ ।

    14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः

    15हे मेरी प्रिय, सुन । तिमी सुन्दरी छ्यौ । सुन, तिमी सुन्दरी छ्यौ । तिम्रा आँखा ढुकुरजस्ता छन् । प्रेमिका प्रेमीसित बोल्दैः

    16हे मेरा प्रेमी, सुन्‍नुहोस् । तपाईं सुन्दर हुनुहुन्छ । हो, तपाईं कति सुन्दर हुनुहुन्छ! हराभरा बिरुवाहरू हाम्रो ओछ्यान हुन् ।

    17हाम्रो घरका दलिनहरू देवदारूका छन् । छाना सल्लाका छन् ।

  • 72%

    3तिम्रा ओठ सिन्दुरे रङको धागोजस्ता राता छन् । तिम्रो मुख मायालु छ । तिम्रा गालाहरू घुम्टोभित्रका दुई फ्याक परेका दारिमहरूजस्ता छन् ।

    4तिम्रो घाँटी सिपाहीहरूका एक हजार ढाल झुण्ड्याइएको, पत्थरहरूको लहरमा निर्मित दाऊदको धरहराजस्तो छ ।

    5तिम्रा दुई स्तन दुईवटा पाठाजस्ता छन्, लिलीहरूको बिचमा चर्ने हरिणका जुम्ल्याहा पाठाजस्ता छन् ।

    6बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु ।

    7हे मेरी प्रिय, तिमी हर क्षेत्रमा सुन्दरी छ्यौ, र तिमीमा कुनै खोट छैन ।

    8हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ ।

  • 6व्यापारीहरूद्वारा बेचिएका सबै मसलाबाट बनिएको मूर्र र धूपले सुगन्धित भएर धूवाँको मुस्लोझैँ उजाड-स्थानबाट माथि आउँदै गरेको के हो?

  • 6त्यसका हाँगाहरू फैलिनेछन् । त्यसको सुन्दरता जैतूनको रूखझैं हुनेछ, र त्यसको सुगन्ध लेबनानको देवदारुझैं हुनेछ ।

  • 15उहाँका पाउहरू भट्टीमा चम्किएका काँसाजस्ता थिए र उहाँको सोर उर्लंदो पानीको आवाजजस्तै थियो ।

  • 1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी प्रिय, तिमी सुन्दरी छ्यौ । तिमी सुन्दरी छ्यौ । घुम्टोभित्र लुकेका तिम्रा आँखा ढुकुरजस्ता छन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।

  • 8परमेश्‍वरका बगैंचाका देवदारुहरू पनि त्योबराबर थिएनन् । कुनै पनि सल्लाको रूखका हाँगाहरू त्यसकोझैं थिएनन्, र चिनारको रूख त्यसका हाँगाहरूसित दाँज्न सकिंदैनथ्यो । परमेश्‍वरको बगैंचामा त्यसको सुन्दरतासँग मेल गर्न सकिने कुनै अर्को रूख थिएन ।

  • 5हे यरूशलेमका छोरीहरू हो, म काली छु, तर मायालु छु । म केदारका पालहरूजस्तै काली र सोलोमनका पर्दाहरूजस्तै मायालु छु ।

  • 71%

    10हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ ।

    11हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ ।

  • 70%

    4हे मेरी प्रिय, तिमी तिर्साजत्तिकै सुन्दरी र यरूशलेमजत्तिकै मायालु छ्यौ । तिमी आफ्ना झन्डाहरू फहराउने सेनाजत्तिकै प्रतापी छ्यौ ।

    5तिम्रा आँखा मबाट तर्काऊ, किनकि तिनले मलाई व्याकुल तुल्याउँछन् । तिम्रो कपाल गिलाद पहाडबाट झरिरहेका बाख्राहरूको बगालजस्तो छ ।

  • 3जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।

  • 10“प्रभातझैँ उदाउने, चन्द्रमाझैँ सुन्दरी, सूर्यझैँ चम्किलो, आफ्ना झन्डाहरू फहराउने सेनाझैँ प्रतापी यी को हुन्?” प्रेमी आफूसित बोल्दैः

  • 14हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।

  • 6उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः

  • 18त्यसका हड्‍डीहरू काँसाका नलीहरूझैं हुन्छन् । त्यसका खुट्टाहरू फलामका गजबारहरूझैं हुन्छन् ।

  • 10म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् । त्यसैले म उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः

  • 10म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।