Verse 4
हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
Referenced Verses
- Ps 86:9 : 9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् ।
- Jer 10:7 : 7 हे जातिहरूका महाराजा, तपाईंदेखि को डराउँदैन र? तपाईं यसैको लागि योग्य हुनुहुन्छ, किनकि जातिहरूका सबै बुद्धिमान् मानिसहरू र तिनीहरूका सबै राज्यहरूका बिचमा तपाईंजस्तो कोही पनि छैन ।
- 1 Pet 1:16 : 16 किनकि यस्तो लेखिएको छ, “तिमीहरू पवित्र होओ किनकि म पवित्र छु ।”
- Zech 2:11 : 11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
- Mal 1:11 : 11 किनभने सूर्योदयदेखि सूर्यास्तसम्म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्नुहुन्छ ।
- Rom 15:9 : 9 अनि गैरयहूदीहरूका निम्ति परमेश्वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।”
- 2 Thess 1:10-12 : 10 तिमीहरूले हाम्रो गवाहीमा विश्वास गर्यौ । त्यसै गरी विश्वास गर्ने सबैद्वारा अचम्मित पार्नलाई र सबै सन्तहरूद्वारा महिमित हुनलाई उहाँ त्यो दिनमा आउनुहुन्छ । 11 यसको निम्ति हामी निरन्तर तिमीहरूका लागि प्रार्थना गर्दछौँ, कि हाम्रा परमेश्वरले तिमीहरूलाई तिमीहरूको बोलावटको योग्य ठानून्, र भलाइको निम्ति तिमीहरूको प्रत्येक चाहना र विश्वासको हरेक काम शक्तिद्वारा पुरा गरून् । 12 हाम्रा परमेश्वर र प्रभु येशू ख्रीष्टको अनुग्रहको कारणले हाम्रा प्रभु येशू ख्रीष्टको नाम तिमीहरूबाट महिमित पारियोस् र तिमीहरू उहाँद्वारा महिमित होओ ।
- Luke 12:4-5 : 4 मेरा मित्रहरू, म तिमीलाई भन्दछु कि शरीरलाई मार्नेहरूसँग नडराओ किनकि त्यसपछि तिनीहरूले केही गर्न सक्दैनन् । 5 तर म तिमीहरूलाई कोसँग डराउने भनी चेताउनी दिन्छु । त्यो व्यक्तिसँग डराओ जससित मारेपछि नरकमा फालिदिने अधिकार छ । हो, म तिमीलाई भन्दछु, उहाँसँग डराओ ।
- Zech 8:20-23 : 20 सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: विभिन्न सहरहरूमा बस्ने सबै मानिसहरू फेरि आउनेछन् । 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्वर तपाईंसँग हुनुहुन्छ भन्ने हामीले सुनेका छौँ!’”
- Zech 14:16 : 16 यरूशलेमको विरुद्धभएका तीजातिहरूका सबै बाँकी रहेकाहरू वर्षेनी राजा, अर्थात् सेनाहरूका परमप्रभुलाई दण्डवत् गर्न, र छाप्रो-वासको पर्व मनाउन माथि जानेछन् ।
- Rev 3:7 : 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
- Rev 4:8 : 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
- Rev 6:10 : 10 तिनीहरूले चर्को सोरमा कराए, “सबैमाथिका शासक, पवित्र र साँचो, कहिलेसम्म तपाईंले हाम्रो रगतको बदला लिनुहुन्न र पृथ्वीमा बाँचिरहेकाहरूको न्याय गर्नुहुन्न?”
- Rev 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्य हाम्रा प्रभु र उहाँका ख्रीष्टको राज्य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
- Rev 14:7 : 7 तिनले चर्को सोरसँग कराएर भने, “परमेश्वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”
- Rev 16:7 : 7 वेदीले जवाफ दिएको मैले सुनेँ, “हो, सर्वशक्तिमान् परमप्रभु परमेश्वर, तपाईंका न्याय सत्य र धार्मिक छन् ।”
- Rev 19:2 : 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
- Jer 16:19 : 19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्नेछन्, “निश्चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
- Hos 3:5 : 5 त्यसपछि इस्राएलका मानिसहरू फर्कनेछन् र परमप्रभु आफ्ना परमेश्वर र आफ्ना राजा दाऊदलाई खोज्नेछन्, र अन्तका दिनहरूमा, तिनीहरु परमप्रभु र उहाँको भलाइको सामु भयसाथ आउँछन् ।
- Hab 1:12 : 12 “परमप्रभु मेरा परमेश्वर, मेरा एक मात्र पवित्र परमेश्वर, के तपाईं प्राचीन समयदेखि नै हुनुहुन्न र? हामी मर्नेछैनौँ । परमप्रभुले तिनीहरूलाई न्यायको निम्ति नियुक्त गर्नुभएको छ, र हे चट्टान, तपाईंले तिनीहरूलाई सुधारको निम्ति स्थापित गर्नुभएको छ ।
- Exod 15:14-16 : 14 जाति-जातिहरूले सुन्नेछन्, र तिनीहरू थरथर काँप्नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ । 15 तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् । 16 आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।
- 1 Sam 2:2 : 2 परमप्रभुझैं पवित्र कोही छैन, किनकि तपाईंबाहेक कोही पनि छैन । हाम्रो परमेश्वरजस्तो कुनै चट्टान छैन ।
- Ps 22:3 : 3 तापनि तपाईं पवित्र हुनुहुन्छ । इस्राएलको प्रशंसामा तपाईं राजाझैं विराजमान हुनुहुन्छ ।
- Ps 22:23 : 23 तिमी जसले परमप्रभुको भय मान्छौ, उहाँको प्रशंसा गर । तिमी सबै याकूबका सन्तानहरू हो, उहाँको आदर गर । ए इस्राएलका सारा सन्तान हो, उहाँको भयमा खडा होओ ।
- Ps 22:27 : 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्टो पर्नेछन् ।
- Ps 89:7 : 7 उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ जसलाई पवित्र जनहरूका भेलामा उच्च आदर गरिन्छ र उहाँलाई घेरा हाल्ने सबैको माझमा भयानक हुनुहुन्छ ।
- Ps 97:8 : 8 हे परमप्रभु, तपाईंको धार्मिक आदेशहरूका कारणले सियोनले सुन्यो र खुसी भयो, अनि यहूदाका नगरहरू आनन्दित भए ।
- Ps 99:5 : 5 परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
- Ps 99:9 : 9 परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।
- Ps 105:7 : 7 उहाँ परमप्रभु हाम्रा परमेश्वर हुनुहुन्छ । उहाँका आदेशहरू सारा पृथ्वीभरि छन् ।
- Ps 111:9 : 9 उहाँले आफ्ना मानिसहरूलाई विजय दिनुभयो । उहाँले आफ्नो करार सदाको निम्ति स्थापित गर्नुभयो । उहाँको नाउँ पवित्र र भययोग्य छ ।
- Ps 117:1-2 : 1 ¶ ए सबै जातिहरूका मानिस हो, परमप्रभुको प्रशंसा गर । ए सबै मानिसहरू हो, उहाँलाई उच्च पार । 2 किनभने हामीप्रति उहाँको करारको विश्वस्तता महान् छ र परमप्रभुको सत्यता सदासर्वदा रहन्छ । परमप्रभुको प्रशंसा गर ।
- Isa 6:3 : 3 प्रत्येकले अर्कोलाई बोलाउँथे र यसो भन्थे, “सर्वशक्तिमान् परमप्रभु पवित्र, पवित्र, पवित्र हुनुहुन्छ! सारा पृथ्वी उहाँको महिमाले भरिएको छ ।”
- Isa 24:15 : 15 यसकारण पुर्वमा परमप्रभुको महिमा गर, समुद्रा टापुहरूमा परमप्रभु इस्राएलका परमेश्वरको नाउँलाई महिमा देओ ।
- Isa 25:3 : 3 यसकारण बलिया मानिसहरूले तपाईंको महिमा गर्नेछन् । निर्दयी सहरका जातिहरूले तपाईंको डर मान्नेछन् ।
- Isa 26:9 : 9 रातमा मैले तपाईंको इच्छा गरें । हो, मेरो आत्माले मभित्र उत्कट रूपमा तपाईंको खोजी गर्छ । किनकि जब तपाईंको न्याहरू पृथ्वीमाथि आउँछन्, तब संसारका बासिन्दाहरूले धार्मिकताको बारेमा जान्दछन् ।
- Isa 45:23 : 23 म आफैंमा शपथ खान्छु, मेरो न्यायी आदेश दिन्छु र यो फिर्ता हुनेछैन, 'मेरो सामु हरेक घुँडा टेक्नेछ, हरेक जिब्रोले स्विकार गर्नेछ ।
- Isa 57:15 : 15 उच्च र माथि उचालिले यसो भन्नुहुन्छ, जो अनन्तसम्म जिउनुहुने, जसको नाउँ पवित्र हो, “म उचालिएको र पवित्र स्थानमा बस्छु, साथै जसको तोडिएको र नम्र आत्मा हुन्छ, नम्रहरूका आत्मा जगाउन र पश्चात्तापीहरूका हृदयलाई जगाउन, तिनीहरूमा म पनि बस्छु ।
- Isa 60:5 : 5 तब तैंले हेर्नेछस्, प्रज्वलित हुनेछस्, तेरो हृदय आनन्दित हुनेछ र भरिएर पोखिनेछ, किनभने समुद्रको प्रशस्तता तँलाई खन्याइनेछ र जातिहरूका सम्पत्ति तँकहाँ आउनेछन् ।
- Isa 66:18-20 : 18 किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्नेछन् । 19 तिनीहरूको माझमा म आफ्नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्ना धनु तान्ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् । 20 तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्नबलि ल्याउनेछन् ।
- Isa 66:22-23 : 22 किनकि, यो परमप्रभुको घोषणा हो, जसरी मैले बनाउने नयाँ आकाश र नयाँ पृथ्वी मेरो सामु रहनेछन्, त्यसरी नै तिमीहरूका सन्तानहरू र तिमीहरूको नाउँ मेरो सामु रहनेछ । 23 एक महिनेदेखि अर्कोसम्म र एक शबाथ-दिनदेखि अर्कोसम्म सबै मानिसहरू मलाई दण्डवत गर्न आउनेछन्, परमप्रभु भन्नुहुन्छ ।
- Jer 5:22 : 22 मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्किने स्थायी, निरन्तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्यसले अझै भत्काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।