१ इतिहास 15:23

अनलक शाब्दिक बाइबल

बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ राजा 22:4 : 4 “प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।
  • २ राजा 25:18 : 18 अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।
  • १ इति 9:21-23 : 21 मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए । 22 प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए । 23 यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
  • भजन 84:10 : 10 किनकि तपाईंको चोकको एक दिन अन्‍त कतैको हजार दिनभन्दा असल हुन्छ । दुष्‍टहरूका पालहरूमा बस्‍नुभन्दा म आफ्‍नो परमेश्‍वरको मन्‍दिरको पाले हुनेछु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 15:24-25
    2 पदहरू
    84%

    24शबन्‍याह, योशापात, नतनेल, अमासै, जकरिया, बनायाह र एलीएजर पुजारीहरूले परमेश्‍वरका सन्‍दूकको अगि तुरही बजाउनुपर्थ्यो । ओबेद-एदोम र येहियाह पनि सन्‍दूकका गार्डहरू थिए ।

    25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।

  • 18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्‍नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्‍याह, एलीपलेहू, मिक्‍नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।

  • १ इति 9:21-23
    3 पदहरू
    75%

    21मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।

    22प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए ।

    23यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।

  • नहे 12:24-25
    2 पदहरू
    75%

    24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।

    25मत्तन्‍याह, बक्‍बुक्‍याह, ओबदिया, मशुल्‍लाम, तल्‍मोन र अक्‍कूबचाहिँ मूल ढोकानेर भएका भण्‍डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।

  • १ इति 9:16-19
    4 पदहरू
    74%

    16अनि ओबदिया, जो शमायाहका छोरा, जो गालालका छोरा, जो यदूतूनका छोरा थिए । अनि बेरेक्‍याह, जो आसाका छोरा, जो एल्‍कानाका छोरा जो नतोपातीहरूका गाउँहरूमा बस्‍थे ।

    17शल्‍लूम, अक्‍कूब, तल्‍मोन, अहीमन र तिनीहरूका भाइहरू ढोकेहरू थिए । तिनीहरूका अगुवा शल्‍लूम थिए ।

    18यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।

    19शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।

  • १ इति 16:37-38
    2 पदहरू
    73%

    37यसैले दाऊदले दिन-दिनको आवश्‍यक काम निरन्‍तर रूपमा गर्न त्‍यहाँ परमप्रभुका करारको सन्‍दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।

    38ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।

  • १ इति 9:26-28
    3 पदहरू
    73%

    26तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।

    27तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।

    28तिमध्‍ये कोहीले मन्‍दिरका सामानहरूको जिम्मेवार थिए । सरसामान भित्र ल्‍याउँदा र बाहिर लैजाँदा तिनीहरूले ति गणना गर्थे ।

  • २ इति 31:13-14
    2 पदहरू
    72%

    13हिजकिया राजा र परमेश्‍वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।

    14परमप्रभुलाई दिएका भेटीहरू र अर्पण गरिएका दानहरू बाँड्नको निम्ति परमेश्‍वरको निम्ति ल्याएका राजीखुशीका भेटीहरूको जिम्मा लेवी यिम्नाका छोरा पूर्व ढोकाका रक्षक कोरेलाई दिइएको थियो ।

  • 12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।

  • 4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

  • 19द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।

  • २ इति 34:12-13
    2 पदहरू
    71%

    12यी मानिसहरूले विश्‍वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।

    13यी लेवीहरू निर्माण सामाग्री बोक्‍नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।

  • 15आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।

  • १ इति 16:5-6
    2 पदहरू
    70%

    5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्‍याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्‍याली बजाउनुपर्थ्यो ।

    6बनायाह र यहासेल पुजारीहरूले परमेश्‍वरका करारको सन्‍दूकको अगि निरन्‍तर रूपमा तुरही बजाउनुपर्थ्यो ।

  • 19अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।

  • 18अङ्गरक्षकहरूका सेनापतिले मुख्य पुजारी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।

  • 1¶ किर्यत-यारीमका मानसिहरू आएर परमप्रभुको सन्दुकलाई उठाए र डाँडामा भएको अबीनादाबको घरमा त्‍यो ल्‍याए । परमप्रभुको सन्दुकको रेखदेख गर्न तिनको छोरा एलाजारलाई तिनीहरूले अलग गरे ।

  • 45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।

  • 14यसैले परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूकलाई तिनीहरूले ल्‍याउन सकून् भनेर पुजारीहरू र लेवीहरूले आफैलाई पवित्र गरे ।

  • 12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

  • 31तिनीहरूले सन्दूक, टेबुल, सामदान, वेदीहरू, तिनीहरूका सेवामा प्रयोग गरिने पवित्र थोकहरू, पर्दा र यससम्बन्धी सबै कामको देखरेख गर्नुपर्छ ।

  • 42पवित्र भजनको निम्‍ति तुरहीहरू र झ्‍यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।

  • 23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।

  • 24अङ्गरक्षकहरूका कमान्‍डरले मुख्य पुजारी बन्दी सरायाह, दोस्रो दर्जाका पुजारी सपन्याह र तिन जना द्वारपाललाई लिएर गए ।

  • 45तब ती मानिसले मलाई भने, “दक्षिणतिर फर्केको यो कोठाचाहिं पुजारीहरूका निम्ति हो जो मन्दिरमा काम गर्दै रहन्‍छन् ।

  • 6पसेहका छोरा योयादा र बसोदयाहका छोरा मशुल्लामले पुरानो ढोका मर्मत गरे । तिनीहरूले यसका लागि सत्तरीहरू, यसका द्वारहरू, छेस्किनीहरू र आग्लाहरू बनाए ।

  • 23लेवीहरूमा: योजाबाद, शिमी, केलायाह अर्थात्‌ कलीता, पतहियाह, यहूदा र एलीएजर ।

  • 4“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।

  • 1¶ द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए ।

  • 17यहोयादाका छोरा बनायाह करेती र पेलेथीहरूका निरीक्षक थिए । दाऊदका छोराहरूचाहिं राजाका मुख्‍य अधिकारीहरू थिए ।

  • 7किनकि करूबहरूले सन्दुक राखिएको ठाउँको माथि आ-आफ्ना पखेटा फैलाएका थिए, र ती पखेटाले सन्दुक र त्यसका डन्डाहरूमाथि छाया पारेका थिए ।

  • 1¶ पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,

  • 9तिनका सहयोगीहरू बक्‍बुक्‍याह र उन्‍नीचाहिँ सेवामा तिनीहरूका सामुन्‍ने उभिन्थे ।

  • 19द्वारपालहरू: अक्‍कूब, तल्‍मोन र तिनीहरूका सहयोगीहरू सबै जम्‍मा १७२ जना थिए, जो मूल ढोकामा पहरा बस्‍थे ।

  • 4मैले तिनीहरूलाई परमप्रभुको मन्दिरमा परमेश्‍वरका मानिस यिग्दल्याहका छोरा हानानका छोराहरूको कोठामा लगेँ । यी कोठाहरू अगुवाहरूको कोठाको छेउमा थिए, जुन शल्लूमका छोरा मासेयाह द्वारपालको कोठाको मास्तिर थियो ।

  • 6कोरहवंशी एल्‍काना, यिश्‍याह, अज्रेल, योएजेर र याशोबाम,

  • 45द्वारपालहरू: शल्‍लूम, आतेर, तल्‍मोन, अक्‍कूब, हतीता, शोबैका परिवारहरूका जम्‍मा १३८