२ इतिहास 35:15
आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।
46किनकि धेरै पहिले दाऊद र आसापको समयमा गायकहरूका निर्देशकहरू थिए, र त्यहाँ परमेश्वरको निम्ति प्रशंसासाथै धन्यवाद ज्ञापन हुन्थ्यो ।
47यरुबाबेल र नहेम्याहको समयमा सारा इस्राएलले गायकहरू र द्वारपालहरूका लागि दैनिक हिस्सा दिन्थे । तिनीहरूले लेवीहरूका निम्ति भाग छुट्ट्याउँथे, र लेवीहरूले हारूनका सन्तानहरूका निम्ति भाग छुट्ट्याउँथे ।
1¶ दाऊद र सेनाका अगुवाहरूले आसाप, हेमान र यदूतूनका छोराहरूमध्ये कसैलाई वीणा, सारङ्गी र झ्यालीहरूका साथमा अगमवाणी गर्नको निम्ति छाने । यो सेवा गर्ने मानिसहरूको सूची यहाँ छः
2आसापका छोराहरूबाटः जक्कूर, योसेफ, नतन्याह र असरेला, आसापका अधीनमा भएका आसापका छोराहरू जसले राजाको सुपरिवेक्षणमा अगमवाणी बोले ।
3यदूतूनका छोराहरूबाटः गदल्याह, सेरी, यशयाह, शिमी, हशब्याह र मत्तित्याह, आफ्ना पिता यदूतूनका निर्देशनमा जम्मा छ जना, जसले परमप्रभुलाई धन्यवाद र स्तुति गर्नको निम्ति वीणा बजाउँथे ।
6तिनीहरू सबै आफ्ना पिताकोहरूको निर्देशनमा थिए । तिनीहरू परमप्रभुको मन्दिरका सङ्गीतकारहरू थिए, जसले परमेश्वरको मन्दिरको सेवा गर्दा झ्याली, सारङ्गी र वीणा बजाउँथे । आसाप, यदूतून र हेमानचाहिं राजाको सुपरिवेक्षणमा थिए ।
7सङ्गीतमा निपूण र तालिम पाएका तिनीहरू र तिनीहरूका दाजुभाइको संख्या २८८ जना थियो ।
16लेवीहरूका मुखियाहरूले आ-आफ्ना दाजुभाइलाई बाजा, सारङ्गी, वीणा र झ्यालीको साथ ठुलो स्वरमा र आफ्ना स्वरहरू उचालेर आनन्दका साथ सङ्गीत बजाउनको निम्ति नियुक्त गरून् भनी दाऊदले हुकुम दिए ।
17यसैले लेवीहरूले योएलका छोरा हेमान, र तिनका दाजुभाइमध्ये बेरेक्याहका छोरा आसापलाई नियुक्त गरे । तिनीहरूले मरारीहरूको सन्तानका आफन्त कूशायाहका छोरा एतानलाई पनि नियुक्त गरे ।
18तिनीहरूसँगै दोस्रो दर्जाका आफन्तहरू थिएः जकरिया, याजीएल, शमीरामोत, यहीएल, उन्नी, एलीआब, बनायाह, मासेयाह, मत्तित्याह, एलीपलेहू, मिक्नेयाह, अनि ढोकाका सुरक्षा गार्डहरू ओबेद-एदोम र यीएल ।
19सङ्गीतकार हेमान, आसाप र एतानलाई ठुलो आवाज निकाल्ने काँसका झ्यालीहरू बजाउन नियुक्त गरियो ।
14आफ्ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्ना काममा र लेवीहरूलाई चाहिं परमेश्वरको स्तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।
15पुजारीहरू र लेवीहरूलाई कुनै पनि विषयमा वा अनि भण्डारण कोठाहरूका विषयमा राजाले दिएका आज्ञाबाट यी मानिसहरू तर्किएनन् ।
10यसैले सेवाको तयारी भयो, र पुजारीहरू आआफ्नो स्थानमा अनि लेवीहरूचाहिं आआफ्नो दलअनुसार राजाको हुकुमबमोजिम खडा भए ।
37यसैले दाऊदले दिन-दिनको आवश्यक काम निरन्तर रूपमा गर्न त्यहाँ परमप्रभुका करारको सन्दूकको सामु आसाप र तिनका दाजुभाइलाई राखे ।
38ओबेद-एदोम र तिनका अठसट्ठी जना आफन्तहरू पनि समावेश गरिएका थिए । यदूदूनका छोरा ओबेद-एदोम र होसा द्वारपालहरू भए ।
42पवित्र भजनको निम्ति तुरहीहरू र झ्यालीहरू र अरू बाजाहरू बजाउनेका निरीक्षक हेमान र यदूतून थिए । यदूतूनका छोराहरूले मूल ढोकाको रेखदेख गर्थे ।
12सबै लेवी गायक, अर्थात् आसाप, हेमान र यदूतून, तिनीहरूका छोराहरू र दाजुभाइसमेत सबै जना, मलमलका कपडा लगाएर झ्याली, वीणा र सारङ्गीहरू लिएर वेदीको पूर्वपट्टि खडा भए । तिनीहरूका साथमा एक सय बिस जना तुरही बजाउने पुजारीहरू थिए ।
16यसैले यो समयमा योशियाह राजाको हुकुमअनुसार निस्तार-चाड मान्न र परमप्रभुको वेदीमा होमबलि चढाउनका निम्ति परमप्रभुको पूरा सेवा सन्चालन गरियो ।
23तिनीहरू राजाको आदेशमुनि थिए, र हरेक दिनको आवश्यकताअनुसार ती गायकहरूलाई कडा आदेश दिइन्थ्यो ।
31सन्दूक परमप्रभुको मन्दिरमा राखेपछि सङ्गीतको जिम्मा लिनलाई दाऊदले नियुक्त गरेका मानिसहरू यी नै हुन् ।
32सोलोमनले यरूशलेममा परमप्रभुको मन्दिर नबनाएसम्म पवित्र वासस्थान, अर्थात् भेट हुने पालको सामु तिनीहरूले सङ्गीत गाएर सेवा गरे । तिनीहरूलाई दिइएको निर्देशनहरू अनुसार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरे ।
33गायकहरू र लेवीहरूका पिताका घरानाका मुखियाहरू आ-आफ्ना कामहरू नभएका बेलामा मन्दिरका कोठाहरूमा बस्थे, किनभने तिनीहरूले दिन-रात तिनीहरूलाई सुम्पिएको काम गर्नुपर्थ्यो ।
12यी मानिसहरूले विश्वासयोग्य रूपले काम गरे । मरारी वंशका लेवीहरू यहत र ओबदिया, अनि कहातको वंशका जकरिया र मशुल्लामले तिनीहरूका रेखदेख गरे । सङ्गीतमा निपुण अन्य सबै लेवीले कामदारहरूलाई निर्देशन दिए ।
13यी लेवीहरू निर्माण सामाग्री बोक्नेहरू र अन्य हरेक काम गर्ने मानिसहरूका निरीक्षकहरू थिए । तिनीमध्ये कोही सचिव, कोही प्रशासकहरू र ढोकाका रक्षकहरू थिए ।
24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।
25मत्तन्याह, बक्बुक्याह, ओबदिया, मशुल्लाम, तल्मोन र अक्कूबचाहिँ मूल ढोकानेर भएका भण्डार-कोठाहरूमा रक्षा दिने द्वारपालहरू थिए ।
26तर ढोकाका सुरक्षा गर्नेमध्येका चार जना लेवी अगुवाहरूलाई परमेश्वरको मन्दिरमा भएका कोठाहरू र भण्डारहरूका सुरक्षा गर्ने जिम्मेवारी दिइयो ।
27तिनीहरू परमेश्वरको भवनमा आ-आफ्ना जिम्मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।
25हिजकियाले लेवीहरूलाई परमेश्वरको मन्दिरमा दाऊद राजा, राजाका दर्शी गाद र नातान अगमवक्ताले आज्ञा गरेअनुसार झ्याली, वीणा र सारङ्गीका साथमा आआफ्नो काममा खटाए, किनकि यो आज्ञा परमप्रभुले आफ्ना अगमवक्ताहरूद्वारा दिनुभएको थियो ।
4परमप्रभुका सन्दूकअघि सेवा गर्न, र परमप्रभु इस्राएलका परमेश्वरको उत्सव मनाउन, धन्यवाद चढाउन र प्रशंसा गर्न दाऊदले केही लेवीहरूलाई नियुक्त गरे ।
5ती लेवीहरू अगुवा आसाप, तिनीपछि दोस्रा जकरिया, यीएल, शमीरामोत, यहीएल, मत्तित्याह, एलीआब, बनायाह, ओबेद-एदोम र यीएल थिए । तिनीहरूले सारङ्गी र वीणा बजाउँथे । आसापले चाहिं ठुलो स्वरमा झ्याली बजाउनुपर्थ्यो ।
23यसैले तिनीहरू र तिनीहरूका सन्तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।
18यस अगि तिनीहरू लेवीका सन्तानहरूका छाउनीका निम्ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।
12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्ना आफन्तहरूझैं परमप्रभुको मन्दिरको सेवा गर्नुपर्थ्यो ।
4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।
13हिजकिया राजा र परमेश्वरको मन्दिरका अधिकारी अजर्याहले नियुक्त गरेका कोनन्याह र तिनका भाइ शिमीको मातहतमा रही तिनीहरूलाई सहायता गर्ने यहीएल, अजज्याह, नहत, असाहेल, यरीमोत, योजाबाद, एलीएल, यिस्मक्याह, महत र बनायाह थिए ।
14त्यसपछि हारूनका वंशका पुजारीहरू साँझसम्मै होमबलि र बोसो चढाउनमा व्यस्त भएका हुनाले तिनीहरूले आफ्ना निम्ति र पुजारीहरूका निम्ति बलिदान तयार गरे । यसरी लेवीहरूले आफ्ना लागि र हारूनको वंशका पुजारीहरूका निम्ति बलिदान तयार गरे ।
10जब निर्माणकर्ताहरूले परमप्रभुको मन्दिरको जग बसाले, तब पुजारीहरू आ-आफ्ना पोशाकहरूमा तुरहीहरू लिएर अनि लेवीहरू र आसापका छोराहरू झ्यालीहरू लिएर परमप्रभुको प्रशंसा गर्न खडा भए, जसरी इस्राएलका राजा दाऊदले आज्ञा गरेका थिए ।
2पुजारीहरू र लेवीहरूका दलअनुसार हिजकियाले तिनीहरूका दलहरूलाई हरेक मानिसलाई, पुजारीहरू र लेवीहरू दुवैलाई आआफ्ना काममा लगाइदिए । तिनीहरूलाई होमबलि र मेलबलि चढाउन, सेवा गर्न, धन्यवाद दिन र परमप्रभुको मन्दिरका ढोकाहरूमा प्रशंसा गर्ने काम तिनले तिनीहरूलाई दिए ।
5एल्यासीबले तोबियाको लागि एउटा ठुलो भण्डार-कोठा तयार पारेका थिए जहाँ पहिले तिनीहरूले लेवीहरू, गायकहरू, द्वारपालहरूका निम्ति अन्नबलि, धूप, काठपातहरू, अन्नका दशांशहरू, नयाँ दाखमद्य र तेल अनि पुजारीहरूका निम्ति दान राख्ने गर्थे ।
19यिनीहरू यहूदाका किल्ला भएका सहरहरूमा राजाले राखेकाबाहेकका थिए ।
1¶ पर्खालको काम सिद्धिएपछि जब मैले ढोकाहरूलाई तिनका आ-आफ्ना ठाउँमा लगाएँ, र द्वारपालहरूसाथै गायक-गायिकाहरू र लेवीहरू नियुक्त गरिए,
4इस्राएलका राजा दाऊद र तिनका छोरा सोलोमनले दिएका लिखित निर्देशनहरू पालन गर्दै आआफ्ना पुर्खाका घरानाहरू र आआफ्ना विभाजनहरूअनुसार आफूलाई सङ्गठित गराओ ।
6पुजारीहरू प्रत्येक आफूले सेवा गर्ने ठाउँमा उभिएर खडा भएर । लेवीहरू पनि परमप्रभुको संगीतका बाजाहरू लिएर खडा भए, जसलाई दाऊद राजाले गीतद्वारा परमप्रभुलाई धन्यवाद दिनको निम्ति बनाएका थिए, “उहाँको करारको विश्वस्तता सदासर्वदा रहन्छ ।” तिनीहरूका सामु सबै पुजारीले आआफ्ना तुरही बजाए, र सबै इस्राएली खडा भए ।
44भित्री ढोकाको बाहिरी भागमा, भित्री चोकभित्र, गाउनेहरूका कोठाहरू थिए, एउटाचाहिं उत्तरमा दक्षिणतिर फर्केको, र अर्को चाहिं दक्षिणमा उत्तरतिर फर्केको थियो ।
2तिनले पुजारीहरूलाई आआफ्नो स्थानमा राखे र परमप्रभुका मन्दिरको सेवा गर्न तिनीहरूलाई प्रोत्साहन दिए ।