२ इतिहास 23:19

अनलक शाब्दिक बाइबल

अशुद्ध भएको कुनै मानिसलाई भित्र पस्‍न नदिनलाई यहोयादाले परमप्रभुको मन्‍दिरका मूल ढोकाहरूमा रक्षकहरू राखिदिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 9:22-24 : 22 प्रवेशद्वारका रक्षक हुनलाई चुनिएका सबै जनाको संख्‍या २१२ थियो । तिनीहरूका नाउँहरू आ-आफ्ना गाउँका मानिसहरूको सूचीमा लेखिएका थिए । दाऊद र दर्शी शमूएलले तिनीहरूलाई आफ्‍नो भरोसाको ओहदाहरूमा नियुक्ति गरेका थिए । 23 यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे । 24 ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।
  • १ इति 26:1-9 : 1 ¶ द्वारपालहरूका विभाजन यसप्रकार थियोः कोरहीहरूबाट, कोरेका छोरा मेशेलेम्‍याह, जो आसापका छोरा थिए । 2 मेशेलेम्‍याहका छोराहरूः जेठा जकरिया, माहिला येदीएल, साहिंला जबदियाह, काहिंला यत्‍नीएल, 3 ठाइँला एलाम, अन्‍तरे येहोहानान, र कान्‍छा एल्‍यहोएनै थिए । 4 ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल, 5 अन्‍तरे अम्‍मीएल, जन्‍तरे इस्‍साखार र कान्‍छा पुल्‍लतै, किनकि परमेश्‍वरले ओबेद एदोमलाई आशिष्‌ दिनुभएको थियो । 6 तिनका छोरा शमायाहका छोराहरू जन्मे जसले आ-आफ्‍ना परिवारहरूमाथि शासन गरे । तिनीहरू धेरै क्षमता भएका मानिसहरू थिए । 7 शमायाहका छोराहरू ओत्‍नी, रपाएल, ओबेद, र एल्‍जाबाद थिए । तिनका आफन्तहरू एलीहू र समक्‍याह पनि धेरै क्षमता भएका मानिसहरू थिए । 8 यी सबै ओबेद एदोमका सन्‍तानहरू थिए । तिनीहरू र तिनीहरूका छोराहरू र आफन्तहरू पवित्र पालमा काम गर्ने योग्‍यता भएका मानिसहरू थिए । ओबेद एदोमसँग सम्बन्धित मानिसहरूको सङ्‍ख्‍या ६२ जना थिए । 9 मशेलेम्‍याहका छोराहरू र आफन्तहरू सबै योग्‍यता भएका मानिसहरू थिए । तिनीहरूको सबै सङ्‍ख्‍या १८ जना थिए । 10 मरारीका सन्‍तान होसाका छोराहरूः अगुवा शिम्री (तिनी जेठा नभए तापनि तिनका बाबुले तिनलाई अगुवा बनाए), 11 माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए । 12 तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो । 13 तिनीहरू जवान र बूढ़ा दुवैले आ-आफ्‍ना घरानाअनुसार हरेक प्रवेशद्वारको निम्‍ति चिट्ठा हाले । 14 जब पूर्व ढोकाको लागि चिट्ठा हालियो, तब त्‍यो शेलेम्‍याहको नाउँमा पर्‍यो । तब तिनका छोरा बुद्धिमान्‌ सल्‍लाहकार जकरियाको निम्ति तिनीहरूले चिट्ठा हाले, र उत्तर ढोकाको निम्‍ति तिनलाई चिट्ठा पर्‍यो । 15 ओबेद एदोमलाई दक्षिण ढोका दिइयो, र तिनका छोराहरूलाई ढुकुटीहरू दिइयो । 16 शुप्‍पीम र होसालाई पश्‍चिम ढोका र माथिल्लो बाटोको शल्‍केत प्रवेशद्वार पर्‍यो । हरेक परिवारबाट रक्षकको व्यवस्था गरियो । 17 पूर्वतिर छ जना लेवीहरू थिए, उत्तरतिर दिनमा चार जना, दक्षिणतिर दिनमा चार जना र ढुकुटीमा दुई जना पहरा बस्‍थे । 18 पश्‍चिमको स्तम्भमा बाटोमा चार जना र स्तम्भमा दुई जनालाई खटाइएको थियो । 19 द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो । 20 लेवीहरूमध्येबाट अहीजा परमेश्‍वरको मन्‍दिरका भण्‍डारहरू र परमप्रभुका अर्पण गरिएका थोकहरूका भण्‍डारका जिम्मावाल थिए । 21 लादानका सन्‍तानहरू, जो लादानबाट जन्‍मिएका गेर्शोनीहरू थिए र गेर्शोनी लादानका घरानाहरूका अगुवाहरू थिए, यहीएली र 22 यहीएलीका छोराहरू, र जेताम र तिनका भाइ योएल । तिनीहरू परमप्रभुको मन्‍दिरका भण्‍डारहरूका जिम्‍मावाल थिए । 23 अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएलका वंशहरूबाटः 24 मोशाका छोरा गेर्शोमका छोरा शूबाएल भण्‍डारहरूका सुपरिवेक्षक थिए । 25 एलीएजरबाट तिनका आफन्तहरूमा तिनका छोरा रहब्‍याह, रहब्याहका छोरा यशयाह, यशयाहका छोरा योराम, योरामका छोरा जिक्री, जिक्रीका छोरा शलोमीत थिए । 26 दाऊद राजा, परिवारका मुखियाहरू, हजार र सयका फौजका कमाण्‍डरहरू र सेनाका अरू कमाण्‍डरहरूले परमप्रभुका समर्पण गरेका थोकका भण्‍डारहरूका लागि सबै जिम्‍मा यी नै शलोमीत र तिनका आफन्तहरूलाई दिइएको थियो । 27 तिनीहरूले लडाइँमा लिएका लूटका मालहरू परमप्रभुको मन्‍दिरका मरम्‍मतको निम्‍ति छुट्याएका थिए । 28 अगमवक्ता शमूएल, कीशका छोरा शाऊल, नेरका छोरा अबनेर र सरूयाहका छोरा योआबले परमप्रभुको निम्‍ति छुट्याएका सबै थोक तिनीहरूका जिम्मामा थियो । छुट्याइएका अरू सबै थोकहरू शलोमीत र तिनका तिनीहरूका जिम्‍मामा थिए । 29 यिसहारीका सन्तानहरूबाट, कनन्‍याह र तिनका छोराहरूलाई इस्राएलको नागरिक मामलाहरूको जिम्मा दिइएको थियो । तिनीहरू अधिकारीहरू र न्यायकर्ताहरू थिए । 30 हेब्रोनका सन्तानहरूबाट, हशब्‍याह र तिनका दाजुभाइ १,७०० योग्‍य मानिसहरू परमप्रभु र राजाका कामका निरीक्षकहरू थिए । तिनीहरू यर्दन नदीका पश्‍चिमतिर थिए । 31 हेब्रोनका सन्तानहरूबाट, यरियाहचाहिं तिनीहरूका परिवारहरूका सूचीबाट गनिएका सन्तानहरूका अगुवा थिए । दाऊदका शासनको चालीसौं वर्षमा हेब्रोनीहरूको वंशावलीमा खोजतलाश गरियो, र गिलादको याजेरमा तिनीहरूका योग्‍यका मानिसहरू भेट्टाइए । 32 यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ इति 23:4-7
    4 पदहरू
    79%

    4तपाईंहरूले यसो गर्नुपर्छः शबाथमा आफ्‍नो काममा आउने पुजारीहरू र लेवीहरूको एक तिहाइचाहिं ढोकाहरूका रक्षकहरू हुनुपर्छ ।

    5अर्को एक तिहाइचाहिं राजमहलमा, र अर्को एक तिहाइचाहिं जगको ढोकामा हुनुपर्छ । सबै मानिसचाहिं परमप्रभुको मन्‍दिरका चोकहरूमा हुनुपर्छ ।

    6सेवा गर्ने पुजारीहरू र लेवीहरूबाहेक अरू कसैलाई परमप्रभुको मन्‍दिरभित्र पस्‍न नदिनू । तिनीहरू भित्र पस्‍न सक्‍छन्, किनभने तिनीहरू अभिषेक गरिएका छन्‌ । तर अरू सबै मानिसले परमप्रभुको आज्ञा मान्‍नुपर्छ ।

    7लेवीहरू हरेकले आआफ्‍नो हतियार हातमा बोकेर राजाका चारैतिर सुरक्षा दिनुपर्छ । कोही मन्‍दिरभित्र पस्‍यो भने, त्‍यसलाई मारिनुपर्छ । राजा भित्र आउँदा र बाहिर जाँदा तिनको साथमा हिंड्‍नुपर्छ ।”

  • १ इति 9:23-24
    2 पदहरू
    75%

    23यसैले तिनीहरू र तिनीहरूका सन्‍तानले परमप्रभुको भवन अर्थात् भेट हुने पालको मूल ढोकाहरूको सुरक्षा गरे ।

    24ती ढोकाका सुरक्षा गर्नेहरूलाई पूर्व, पश्‍चिम, उत्तर, दक्षिण, चारैतिर राखिएको थियो ।

  • २ इति 29:15-16
    2 पदहरू
    75%

    15तिनीहरूले आआफ्‍ना दाजुभाइलाई भेला गराए, र तिनीहरूले आफैलाई पवित्र गरे, अनि परमप्रभुको वचनको अनुसरण गर्दै राजाले हुकुम गरेबमोजिम परमप्रभुको मन्‍दिरलाई शुद्ध पार्न तिनीहरू त्‍यसभित्र पसे ।

    16परमप्रभुको मन्‍दिर शुद्ध गर्न पुजारीहरू त्यसको भित्री भागमा पसे । तिनीहरूले परमप्रभुको मन्‍दिरभित्र भेट्टाएका सबै अशुद्ध कुराहरू बाहिर परमप्रभुका मन्‍दिरको चोकमा ल्‍याए । लेवीहरूले ती कुराहरू बोकेर किद्रोन खोल्‍सामा लगे ।

  • 74%

    19परमप्रभुले मलाई यसो भन्‍नुभयो, “जा र मानिसहरूका मूल ढोकामा खडा हो, जहाँबाट यहूदाका राजाहरू प्रवेश गर्छन् र जहाँबाट तिनीहरू बाहिर निस्कन्छन् । त्यसपछि यरूशलेमका अन्य सबै ढोकामा खडा हो ।

    20तिनीहरूलाई भन्, 'यी ढोकाहरूबाट आवातजावत गर्ने हे सबै यहूदाका राजा, यहूदाका सबै मानिस र यरूशलेमका हरेक बासिन्दा हो, परमप्रभुको वचन सुन ।

  • यहे 44:1-2
    2 पदहरू
    74%

    1¶ त्‍यसपछि ती मानिसले मलाई पूर्व फर्केको बाहिरी पवित्र स्थानको ढोकामा ल्याए । त्यो बलियो गरी बन्द थियो ।

    2परमप्रभुले मलाई भन्‍नुभयो, “यो ढोकाको बन्द गरी मोहर लगाइएको छ । यो खोलिनेछैन । कोही पनि मानिस त्यहाँबाट जानेछैन, किनकि परमप्रभु, इस्राएलका परमेश्‍वर त्यहाँबाट आउनुभएको छ, यसैले त्यो बलियो गरी बन्द गरिएको छ ।

  • 2“परमप्रभुको मन्दिरको मूल ढोकामा खडा हो र यो वचन घोषणा गर् । यसो भन्, 'परमप्रभुलाई आराधना चढाउन यी ढोकाहरूबाट प्रवेश गर्ने यहूदाका सबै मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 19शबाथअगि यरूशलेमका प्रवेश-द्वारहरूमा साँझ पर्नेबित्तिकै ती बन्द गरेर शबाथ नसकिएसम्म नखोलिऊन् भनी मैले आज्ञा दिएँ । शबाथ-दिनमा कुनै भारी भित्र लैजान नसकियोस् भनेर प्रवेश-द्वारहरूमा मैले मेरा केही सेवकहरू नियुक्त गरेँ ।

  • 30पुजारी र लेवीहरूले आ-आफूलाई शुद्ध पारे, अनि तिनीहरूले मानिसहरू, मूल ढोकाहरू र पर्खाललाई शुद्ध पारे ।

  • 38सबै भित्री ढोकाको छेउमा ढोका भएको कोठा थियो । त्यहाँ तिनीहरूले होमबलि धुन्थे ।

  • 19त्यसपछि ती मानिसले मलाई ढोकाबाट पुजारीहरूका पवित्र कोठाहरूमा लगे, जुन उत्तरतर्फ फर्केका थिए । पश्‍चिमतर्फ एउटा ठाउँ थियो ।

  • 5तिनले तिनीहरूलाई भने, “ए लेवीहरू हो, मेरा कुरा सुन! आफू-आफूलाई पवित्र गर, र आफ्‍ना पुर्खाहरूका परमप्रभु परमेश्‍वरको मन्‍दिरलाई पवित्र पार, र पवित्रस्‍थानबाट अपवित्र कुरा हटाइदेओ ।

  • १ इति 9:26-27
    2 पदहरू
    71%

    26तर ढोकाका सुरक्षा गर्नेमध्‍येका चार जना लेवी अगुवाहरूलाई परमेश्‍वरको मन्‍दिरमा भएका कोठाहरू र भण्‍डारहरूका सुरक्षा गर्ने जिम्‍मेवारी दिइयो ।

    27तिनीहरू परमेश्‍वरको भवनमा आ-आफ्‍ना जिम्‍मेवारीको ठाउँमा नै रात बिताउँथे, किनकी त्यसको सुरक्षा गर्नु तिनीहरूको जिम्मेवारी थियो । तिनीहरूले हरेक बिहान त्यसलाई खोल्थे ।

  • 8योशियाहले यहूदाका सहरहरूबाट सबै पुजारीलाई ल्याए, र गेबादेखि बेर्शेबासम्म पुजारीहरूले धूप बाल्ने उच्‍चा ठाउँहरूलाई तिनले अपवित्र तुल्याइदिए । तिनले सहरको मूल ढोकाको देब्रेपट्टि यहोशूको ढोका (सहरका राज्यपा) को प्रवेशद्वारमा भएका ढोकाहरूमा बनाइएका उच्‍च ठाउँहरूलाई नष्‍ट पारिदिए ।

  • 8यसैले राजाले आदेश दिए र तिनीहरूले एउटा सन्दूक बनाए र त्‍यो परमप्रभुका मन्दिरको मूल ढोकाको बाहिर राख्‍ने हुकुम गरे ।

  • 20यहोयादाले सयका कमण्‍डरहरू, भारदारहरू, मानिसका गभर्नरहरू र देशका सारा मानिसहरूलाई लिए । तिनले राजालाई परमप्रभुको मन्‍दिरबाट तल ल्‍याए । मानिसहरू माथिल्‍लो ढोकाबाट भएर राजमहलमा पसे, र राजालाई सिंहासनमा बसाले ।

  • १ इति 9:18-19
    2 पदहरू
    71%

    18यस अगि तिनीहरू लेवीका सन्‍तानहरूका छाउनीका निम्‍ति राजाको पूर्वपट्टिको मूल ढोकामा रक्षकहरू थिए । तिनीहरू लेवीहरूको छाउनीका द्वारपालहरू थिए ।

    19शल्‍लूम, जो कोरेका छोरा, जो एब्‍यासापका छोरा, जो कोरहका छोरा थिए, र तिनका पिताका घरानाबाट तिनका आफन्तहरू, कोरहीहरूले सुरक्षा सेवाका जिम्‍मेवारी पाएका थिए । तिनीहरूका पुर्खाहरूले परमप्रभुको छाउनीको सुरक्षा गरेझैं तिनीहरूले पालको ढोकाको सुरक्षा गरे, र तिनीहरूले प्रवेशद्वारको पनि सुरक्षा गरे ।

  • 18यहोयादाले परमप्रभुका मन्‍दिरको हेर-विचार गर्नको निम्ति पुजारीहरूका अधीनमा अधिकृतहरूको नियुक्ती गरे, जो लेवीहरू थिए । आफ्‍नो समयदेखि नै स्‍तुतिगान गर्दै र आनन्‍द मनाउँदै मोशाको व्‍यवस्‍थामा तोकिएबमोजिम र दाऊदले दिएको निर्देशन बमोजिम परमप्रभुको निम्‍ति होमबलि चढाउन र परमप्रभुको मन्‍दिरमा काम गर्न दाऊदले तिनीहरूलाई खटाइदिएका थिए ।

  • २ राजा 11:5-7
    3 पदहरू
    71%

    5तिनले तिनीहरूलाई यसो भनेर आज्ञा दिए, “तिमीहरूले यसो गर्नुपर्छ । तिमीहरूमध्ये एक-तिहाइ जो शबाथमा आउँछौ, तिमीहरूले राजदरबारको रेखदेख गर्नेछौ,

    6र एक-तिहाइचाहिं सुर ढोकामा बस्‍नेछौ अनि बाँकी एक-तिहाइ रक्षक कोठाको पछाडि बस्‍नेछौ ।”

    7शबाथमा सेवा नगर्ने अन्य दुईवटा दलले, राजाको लागि परमप्रभुको मन्दिरमा रेखदेख गर्नुपर्छ ।

  • 46साथै, त्यो घर बन्‍द गरिएको बेला त्यहाँ प्रवेश गर्ने मानिस साँझसम्म अशुद्ध हुने छ ।

  • 2यसो भन, 'ए यहूदाका राजा, तँ जो दाऊदको सिंहासनमा बस्‍छस्, तँ र तेरा सेवकहरू र यी ढोकाहरूद्वारा आउने तेरा मानिसहरू हो, परमप्रभुको वचन सुन ।

  • 14आफ्‍ना पिता दाऊदको विधिहरू पालन गर्ने कुरामा सोलोमनले प्रतिदिनको लागि आवश्यक परेअनुसार पुजारीका दलहरूलाई आआफ्‍ना काममा र लेवीहरूलाई चाहिं परमेश्‍वरको स्‍तुति गर्ने र पुजारीहरूका अगि सेवा गर्ने तिनीहरूका दर्जामा नियुक्त गरे । हरेक ढोकामा तिनले ढोकाका रक्षकहरू आफ्‍ना दलअनुसार रहनलाई नियुक्त गरे, किनकि परमेश्‍वरका मानिस दाऊदले यसरी नै आज्ञा दिएका थिए ।

  • 3परमप्रभुको पर्वतमाथिको को चढ्नेछ? उहाँको पवित्र स्थानमा को खडा हुनेछ?

  • 12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।

  • 21मेशेलेम्‍याहका छोरा जकरिया मन्‍दिरको प्रवेशद्वार, “भेट हुने पाल” का रक्षक थिए ।

  • भजन 118:19-20
    2 पदहरू
    70%

    19मलाई धार्मिकताका ढोकाहरू खोल्नुहोस् । तिनीहरूभित्र म पस्‍नेछु र परमप्रभुलाई म धन्यवाद दिनेछु ।

    20यो परमप्रभुको ढोका हो । धर्मी यसबाट भित्र पस्‍छ ।

  • 19द्वारपालका दलहरू यी नै थिए । तिनीहरू कोरह र मरारीका सन्‍तानहरूबाट भरिएको थियो ।

  • 10यहोयादाले सबै फौजलाई आफ्‍नो हातमा हतियार लिई मन्दिरको दाहिनेदेखि देब्रेपट्टिसम्म राजालाई घेर्न वेदी र मन्‍दिरको छेउमा राखे ।

  • 7तिनीहरूले दलानका ढोकाहरू पनि बन्‍द गरिदिए र बत्तीहरू निभाए । तिनीहरूले इस्राएलका परमेश्‍वरको पवित्रस्‍थानमा धूप बाल्‍न र होमबलि चढाउन छोडिदिए ।

  • 19जो पवित्र स्‍थानका शुद्धीकरणको मनकबमोजिम शुद्ध नभए तापनि परमप्रभु आफ्‍ना पुर्खाहरूका परमेश्‍वरको खोजी गर्ने सङ्कल्‍प गरेको छ ।”

  • 19त्‍यसपछि सामरियाका सहरहरूमा भएका उच्‍च ठाउँहरू जसलाई इस्राएलका राजाहरूले बनाएका र परमप्रभुलाई क्रुद्ध तुल्याएका थिए, ती सबैलाई योशियाहले हटाए । तिनले बेथेलमा जे गरेका थिए, तिनलाई पनि ठिक त्यही गरे ।

  • 23बेरेक्‍याह र एल्‍काना सन्‍दूकका गार्डहरू थिए ।

  • 45दाऊद र तिनका छोरा सोलोमनको आज्ञामुताबिक तिनीहरूले आफ्ना परमेश्‍वरको सेवा र शुद्धिको सेवा गरे, अनि गायकहरू र द्वारपालहरूले पनि त्यसै गरे ।

  • 23तर, त्यो पर्दाभित्र प्रवेश नगरोस्, न त वेदीको नजिक आओस्, किनभने त्यसमा शारीरिक खोट छ, र त्यसले मेरो पवित्र स्थानलाई अशुद्ध नबनाओस्, किनभने तिनीहरूलाई पवित्र बनाउने परमप्रभु मै हुँ’ ।”

  • 28तिनीहरूको काम परमप्रभुका मन्‍दिरको सेवामा हारूनका सन्‍तानहरूलाई सघाउनुपर्ने थियो । तिनीहरूले चोक र कोठाहरूको रेखदेख गर्नुपर्ने, परमप्रभुका सबै पवित्र थोकहरू शुद्ध पार्नुपर्ने, र परमेश्‍वरका मन्‍दिरका सेवामा अरू काम गर्नुपर्ने थियो ।

  • 2ढोका खुल्‍ला गर, जसले गर्दा विश्‍वास कायम राख्‍ने धर्मी जाति भित्र आउन सकोस् ।

  • 15आसापका सन्तानहरू, गायकहरू, दाऊद, आसाप, हेमान र राजाका दर्शी यदूतून र रक्षकहरूले निर्देशन दिएबमोजिम आआफ्ना स्थानमा थिए । तिनीहरूले आफ्नो ठाउँ छोड्नुपरेन किनकि तिनीहरूका दाजुभाइ लेवीहरूले तिनीहरूका निम्ति तयारी गरे ।

  • 23पवित्र-स्थान र महा-पवित्र स्थानका निम्ति दुईवटा ढोका थिए ।

  • 4“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्‍यो गन्‍न तिनलाई भन ।