१ इतिहास 16:21

अनलक शाब्दिक बाइबल

उहाँले कसैलाई पनि तिनीहरूमाथि अत्‍याचार गर्न दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई दण्ड दिनुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 12:17 : 17 अनि परमप्रभुले अब्रामकी पत्‍नी साराईको कारण फारो र तिनको परिवारमाथि ठुलो विपत्ति ल्याउनुभयो ।
  • उत्प 20:3 : 3 तर परमप्रभु राती अबीमेलेकको सपनामा आउनुभयो, र तिनलाई भन्‍नुभयो, “सुन्, तैँले आफ्नो साथमा ल्याएको स्‍त्रीको कारण तँ श्रापित भएको छस्, किनभने त्यो अरू कसैकी पत्‍नी हो ।”
  • निर्ग 7:15-18 : 15 फारो नदीतिर जाने बेलामा बिहानै त्यसकहाँ जा । त्यसलाई भेट्न नदीको तटमा उभेर बस् र सर्प बनेको लट्ठी तेरो हातमा लिएर जा । 16 त्यसलाई भन्, 'हिब्रूहरूका परमेश्‍वर परमप्रभुले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'मेरो जातिलाई जान दे ताकि तिनीहरू उजाड-स्थानमा गएर मेरो आराधना गर्न सकून् । तैँले अहिलेसम्म मानेको छैनस् ।' 17 परमप्रभु यसो भन्‍नुहुन्छ, 'यसद्वारा म परमप्रभु हुँ भनी तैँले थाहा पाउनेछस् । मेरो हातमा भएको यस लट्ठीले म नील नदीको पानीलाई प्रहार गर्नेछु र नदी रगतमा परिणत हुनेछ । 18 नदीमा भएका माछाहरू मर्नेछन्, र नदी गन्हाउनेछ । मिश्रीहरूले नदीबाट पानी पिउन सक्‍नेछैनन् ।'
  • निर्ग 9:13-18 : 13 त्यसपछि परमप्रभुले मोशालाई भन्‍नुभयो, “बिहान सबेरै उठेर फारोको सामुन्‍ने खडा हो र त्यसलाई भन्, 'हिब्रूहरूका परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः मेरो आराधना गर्न मेरा मानिसहरूलाई जान दे । 14 किनकि यो पटक तँ, तेरा अधिकारीहरू र तेरा मानिसहरूमाथि म मेरा सबै विपत्ति ल्याउनेछु । सारा पृथ्वीमा मजस्तो कोही रहेनछ भनी तैँले जान् भनी म यसो गर्नेछु । 15 यति बेलासम्म त मैले मेरो हात पसारेर तँ र तेरा मानिसहरूलाई रोगले आक्रमण गरेको भए तँ यस धरतीबाट मटिनेथिइस् । 16 मेरो नाउँ सारा पृथ्वीभरि घोषणा हुन सकोस् भनेर मेरो शक्ति देखाउनलाई मैले तँलाई जीवित रहने अनुमति दिएँ । 17 मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् । 18 सुन्! भोलि यसै बेलातिर म निकै शक्तिशाली असिना बर्साउनेछु जुन मिश्र सुरु भएदेखि आजको दिनसम्म बर्सिएको छैन ।
  • उत्प 31:24 : 24 राती सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखा पर्नुभई तिनलाई भन्‍नुभयो, “तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।”
  • उत्प 31:29 : 29 तिमीलाई हानि गर्ने शक्ति मसित छ, तर तिम्रा परमेश्‍वर गत रात मसित यसो भन्दै बोल्नुभयो, 'तैँले याकूबसित असल वा खराब कुनै कुरो नभन्‍न होसियार हो ।'
  • उत्प 31:42 : 42 मेरा पिताका परमेश्‍वर जो अब्राहामका परमेश्‍वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्‍चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्‍वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्‍नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • भजन 105:13-15
    3 पदहरू
    95%

    13तिनीहरू एक जातिबाट अर्को जातिमा र एक राज्यबाट अर्को राज्यमा गए ।

    14उहाँले कसैलाई पनि तिनीहरूमाथि थिचोमिचो गर्ने अनुमति दिनुभएन । तिनीहरूका खातिर उहाँले राजाहरूलाई हप्‍काउनुभयो ।

    15उहाँले भन्‍नुभयो, “मेरो अभिषिक्‍त जनलाई नछोओ र मेरा अगमवक्‍ताहरूका हानि नगर ।”

  • 22उहाँले भन्‍नुभयो, “मेरा अभिषिक्त जनहरूलाई नछोओ, र मेरा अगमवक्ताहरूलाई केही हानि नगर ।”

  • 20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्‍यबाट अर्को राज्‍यमा फिरन्‍ता भए ।

  • 26धर्मात्मालाई दण्ड दिनु कहिल्यै असल हुँदैन, न त निष्‍ठा भएका कुलीन मानिसहरूलाई कोर्रा लगाउनु असल हुन्छ ।

  • 5परमप्रभु तिम्रो दाहिने हातपट्टि हुनुहुन्छ । उहाँले आफ्‍नो क्रोधको दिनमा राजाहरूलाई मार्नुहुनेछ ।

  • अय्यू 36:6-7
    2 पदहरू
    70%

    6दुष्‍ट मानिसहरूका जीवनलाई उहाँले जोगाउनुहुन्‍न, बरु, दुःख भोग्‍नेहरूका लागि जे ठिक हुन्‍छ, त्यही गर्नुहुन्छ ।

    7उहाँले धर्मी मानिसहरूबाट आफ्नो दृष्‍टि हटाउनुहुन्‍न, तर त्‍यसको साटोमा राजालाई झैं तिनीहरूलाई सधैंभरि सिंहासनमा राख्‍नुहुन्छ, र तिनीहरू माथि उचालिन्छन् ।

  • 2पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्,

  • 22कुनै पनि शत्रुले त्यसलाई छल गर्नेछैन । दुष्‍टताका कुनै पनि सन्तानले त्यसलाई थिचोमिचो गर्नेछैन ।

  • 6जसले मानिसहरूलाई क्रोधमा निरन्‍तर रूपमा प्रहार गर्‍यो, जसले अनियन्त्रित रूपमा आक्रमण गरेर जातिहरूमाथि क्रोधमा राज्‍य गर्‍यो ।

  • 4तिनीहरूले भने, “तपाईंले हामीलाई ठग्‍नुभएको वा, थिचोमिचो गर्नुभएको वा कुनै मानिसको हातबाट कुनै पनि कुरा चोर्नुभएको छैन ।”

  • 33किनकि उहाँले हृदयबाट नै मानव-जातिका सन्तानलाई यातना दिनुहुन्‍न वा कष्‍ट दिनुहुन्‍न ।

  • विलाप 3:35-36
    2 पदहरू
    69%

    35सर्वोच्‍च परमेश्‍वरको उपस्थितिमा मानिसको न्यायलाई इन्कार गर्ने,

    36कुनै मानिसलाई न्यायबाट वञ्चित गर्नेजस्ता कुराहरू परमप्रभुले अनुमोदन गर्नुहुन्‍न ।

  • नीति 16:12-13
    2 पदहरू
    69%

    12राजाले दुष्‍ट कामहरू गर्दा त्यसलाई तुच्छ ठानिनुपर्छ, किनकि ठिक गरेर नै सिंहासन स्थापित हुन्छ ।

    13ठिक बोल्ने ओठमा राजा आनन्दित हुन्छ, र सत्य बोल्ने व्यक्तिलाई तिनी प्रेम गर्छन् ।

  • 21जसले एक वचनले मानिसलाई दोष लगाउने बनाउँछ । तिनीहरूले न्याय खोज्ने व्यक्‍तिलाई ढोकामा पासो थाप्छन् र झुठ बोलेर धर्मीलाई तल खसाल्‍छन् ।

  • 25तर दुष्‍टलाई अनुशासनमा राख्‍नेहरू आनन्दित हुने छन्, र तिनीहरूमा भलाइका उपहारहरू आउने छन् ।

  • अय्यू 34:18-19
    2 पदहरू
    68%

    18परमेश्‍वरले राजालाई भन्‍नुहुन्छ, 'तँ निकम्मा होस्' वा कुलीनहरूलाई भन्‍नुहुन्छ, 'तिमीहरू दुष्‍ट हौ ।'

    19परमेश्‍वरले अगुवाहरूको पक्ष लिनुहुन्‍न, र गरिबहरूलाई भन्दा बढी मान धनीहरूलाई गर्नुहुन्‍न, किनकि तिनीहरू सबै उहाँका हातका काम हुन् ।

  • 23उहाँको अपमान हुँदा उहाँले त्यसको बदला लिनुभएन । उहाँले दुःख भोग्‍नुहुँदा पनि आफैँलाई उचित न्याय गर्नुहुनेकहाँ सुम्पिनुभयो ।

  • 1¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् ।

  • 26अरूले देख्‍नेगरी खुला ठाउँमा, उहाँले तिनीहरूका दुष्‍ट कामहरूको लागि अपराधीहरूलाई झैं तिनीहरूलाई मार्नुहुन्छ,

  • 41त्यो बाटो जाने सबैले त्‍यसलाई लुटेका छन् । आफ्नो छिमेकीको निम्ति त्यो घृणाको पात्र भएको छ ।

  • 10राजाको ओठमा अन्तर्ज्ञानयुक्त निर्णयहरू हुन्छन् । तिनको मुखले न्यायलाई धोका दिनुहुँदैन ।

  • अय्यू 31:29-30
    2 पदहरू
    68%

    29मलाई घृणा गर्ने कुनै व्यक्तिको विनाशमा म रमाएको छु भने, अर्थात् विपत्तिले उसमाथि विजय पाउँदा आफैलाई बधाई दिएको छु भने, तब मेरो विरुद्धमा अभियोग लगाउनुहोस् ।

    30वास्तवमा ऊ मरोस् भनी सराप्‍नलाई, आफ्‍नो मुखलाई पाप गर्ने अनुमति मैले दिएकै छैनँ ।

  • 1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।

  • 10राजाले जवाफ दिए, “कसैले तिमीलाई कुनै कुरा भन्यो भने त्यसलाई मकहाँ लेऊ र त्यसले तिमीलाई फेरि छुने छैन ।”

  • 2आफ्‍नो काम धार्मिकतामा गर्नलाई पुर्वको एक जनालाई बोलाएर कसले उत्तेजित पारेको छ? उहाँले जातिहरूलाई तिनीकहाँ सुम्‍पनुहुन्छ र राजाहरूलाई अधीन गर्न तिनलाई सहायता गर्नुहुन्छ । आफ्‍नो धनुको हावाले उडाएको पतकरझैं, तिनले उनीहरूलाई तरवारले जमिनमा ढाल्‍छन् ।

  • 8किनकि उहाँले भन्‍नुहुन्छ, “मेरा सबै शासकहरू राजाहरू होइनन्?

  • 8तिनीहरूले आफ्‍ना राजाहरूलाई साङ्लाहरूले र आफ्‍ना शासक वर्गलाई फलामे सिक्रीले बाँध्‍नेछन् ।

  • 1¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्‍काउनुहोस् । तपाईंको क्रोधमा मलाई दण्ड नदिनुहोस् ।

  • 23किनकि परमप्रभुले तिनीहरूको मुद्दाको पक्षमा वकालत गर्नुहुने छ, र तिनीहरूलाई लुट्नेहरूलाई उहाँले लुट्नुहुने छ ।

  • 40उहाँले अगुवाहरूमाथि घृणा खन्याउनुहुन्छ र तिनीहरूलाई उजाडस्‍थानमा भौंतारिन लगाउनुहुन्छ, जहाँ कुनै बाटो हुँदैन ।

  • 24कष्‍टमा परेका व्‍यक्‍तिको कष्‍टलाई उहाँले घृणा वा अवहेलना गर्नुभएको छैन । तिनीबाट परमप्रभुले आफ्नो मुहार लुकाउनुभएको छैन । जब कष्‍टमा परेको व्‍यक्‍तिले उहाँमा पुकारा गरे, तब उहाँले सुन्‍नुभयो ।

  • 5धर्मी मानिसले मलाई हिर्काओस् । त्‍यो मेरो निम्ति दया हुनेछ । त्यसले मलाई सच्याओस् । त्‍यो मेरो शिरमा लगाएको तेलझैं हुनेछ । मेरो शिरले त्‍यो स्वीकार गर्न इन्कार नगरोस् । तर मेरो प्रार्थना सधैं नै तिनीहरूका दुष्‍ट कामहरूको विरुद्धमा हुन्छ ।

  • 19उहाँले पुजारीहरूलाई शोकमा नाङ्गै खुट्टा हिंडाउनुहुन्छ, र शक्तिशाली मानिसहरूलाई फाल्‍नुहुन्छ ।

  • 23किनकि परमेश्‍वरले व्‍यक्‍तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्‍साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।

  • 21तपाईंले घमण्डीलाई हप्काउनुहुन्छ, जो श्रापित छन्, जो तपाईंका आज्ञाहरूबाट टाढा जान्छन् ।

  • 51हे परमप्रभु, तपाईंका शत्रहरूले अपमानको ओइरो लगाउँछन् । तिनीहरूले तपाईंको अभिषिक्‍त जनको पाइलाको गिल्ला गर्छन् ।

  • 16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

  • 2तापनि उहाँ बुद्धिमान् हुनुहुन्छ, उहाँले विपत्ति ल्याउनुहुनेछ र आफ्‍नो वचनबाट उहाँ पछि हट्‍नुहुनेछैन । उहाँ दुष्‍ट घराना र पाप गर्न सहायता गर्नेहरूका विरुद्धमा उठ्नुहुनेछ ।

  • 20उहाँले अरू कुनै जातिमा त्‍यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।

  • 21तैंले यी कुराहरू गरेको छस्, तर म चूप लागेको छु । त्यसैले म पनि तँजस्तै हो भनी तैंले विचार गरिस् । तर म तेरो निन्दा गर्नेछु र तैंले गरेका सबै कुरा तेरै आँखाको सामु ल्याउनेछु ।

  • 31दुष्‍ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्‍छ र?

  • 28यसरी गरिब मानिसहरूको रोदन उहाँको कानले सुन्‍ने तिनीहरूले बनाए । कष्‍टमा परेका मानिसहरूको रोदन उहाँले सुन्‍नुभयो ।

  • 4तर कसैलाई मुद्धा ल्‍याउन नदेओ । कसैले कसैलाई पनि दोष नलगाओस् । किनकि मैले दोष लगाइरहेको तिमी, पुजारीहरूलाई नै हो ।