१ इतिहास 24:4

अनलक शाब्दिक बाइबल

ईतामारको सन्तानका बिचमा भन्‍दा एलाजारका सन्तानमा धेरै अगुवाहरू थिए, त्यसैले तिनीहरूले एलाजारका सन्‍तानलाई सोह्र समूहमा विभाजन गरे । तिनीहरूले यो काम वंशका मुखिया र ईतामारका सन्‍तानबाट गरेका थिए । यो विभाजन वंश-वंश अनुसार आठ थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 25:11-13 : 11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । 12 यसकारण परमप्रभु भन्‍नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । 13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्‍तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्‍वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
  • १ इति 15:6-9 : 6 मरारीका सन्‍तानबाट मुखिया असायाह र तिनका आफन्तहरू २२० जना थिए । 7 गेर्शोनका सन्‍तानबाट मुखिया योएल र तिनका आफन्तहरू १३० जना थिए । 8 एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए । 9 हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए । 10 उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए । 11 दाऊदले सादोक र अबियाथार पुजारीहरू, अनि लेवी उरीएल, असायाह, योएल, शमायाह, एलीएल र अम्‍मीनादाबलाई बोलाए । 12 तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।
  • १ इति 23:24 : 24 आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 24:5-8
    4 पदहरू
    84%

    5तिनले तिनीहरू पक्षपात नगरी चिट्ठा हालेर उनीहरूको विभाजन गरे, किनकि एलाजार र ईतामार दुवैका सन्‍तानमध्‍येबाट तिनीहरू पवित्रस्‍थानका अधिकारीहरू र परमेश्‍वरका अधिकारीहरू थिए ।

    6नतनेलका छोरा शमायाहले, एक जना लेवी र शास्‍त्रीले राजा, अधिकारीहरू, सादोक पूजाहारी, अबियाथारका छोरा अहीमेलेक, पुजारी र लेवीहरूका परिवारहरूका मुखियाहरूका सामुन्‍ने तिनीहरूका नाउँहरू लेखे । एलाजारका सन्‍तानबाट र ईतामारका सन्‍तानबाट पालो-पालो एक-एक परिवारको चिट्ठा तानियो ।

    7पहिलो चिट्ठा यहोयारीबको, दोस्रो यदायाहको,

    8तेस्रो हारीमको, चौथो सोरीमको,

  • १ इति 24:1-3
    3 पदहरू
    83%

    1¶ हारूनका सन्तानहरूको आधारमा विभाजन गरिएका काम गर्ने समूहहरू यी नै थिएः नादाब, अबीहू, एलाजार र ईतामार ।

    2नादाब र अबीहू आफ्‍ना पिताको मृत्‍यु हुनुभन्‍दा अगाडि नै मरे । तिनीहरूका कुनै सन्तान थिएनन्, त्यसैले एलाजार र ईतामारले पुजारीहरूको रूपमा सेवा गरे ।

    3दाऊदले एलाजारका सन्‍तान सादोक र ईतामारका सन्‍तान अहीमेलेकको साथमा तिनीहरूलाई पुजारीहरूका काम विभाजन गरे ।

  • १ इति 24:30-31
    2 पदहरू
    76%

    30मूशीका छोराहरू: महली, एदेर र यरीमोत । आ-आफ्ना परिवारहरूअनुसार सूचिकृत गरिएका लेवीहरू यिनै थिए ।

    31आ-आफ्ना पिताका परिवारका अगुवाहरू र तिनीहरूका भाइहरूले राजा दाऊद, सादोक, अहीमेलेक, अनि पूजाहारी र लेवीका मुखियाहरूको उपस्‍थितिमा चिट्ठा हाले । तिनीहरूले हारूनका सन्‍तानहरूले गरेझैं चिट्ठा हाले ।

  • 4“तिमध्‍येका चौबीस हजारको काम परमप्रभुका मन्‍दिरको कामको रेखदेख गर्ने थियो, र छ हजार अधिकारीहरू र न्‍यायकर्ताहरू थिए ।

  • १ इति 26:11-12
    2 पदहरू
    72%

    11माहिला हिल्‍कियाह, साहिंला तबलियाह र कान्‍छा जकरिया थिए । होसाका सबै छोराहरू र दाजुभाइका जम्‍मा सङ्‍ख्‍या १३ जना थिए ।

    12तिनीहरूका अगुवाहरूअनुसार द्वारपालका यी दलहरूले आफ्‍ना आफन्तहरूझैं परमप्रभुको मन्‍दिरको सेवा गर्नुपर्थ्यो ।

  • 24आ-आफ्ना वंशअनुसार लेवीका सन्तानहरू यी नै थिए । परमप्रभुको भवनमा सेवाको काम गर्ने वंशका नामअनुसार गनिएका र सूचिकृत गरिएका बीस वर्ष र त्‍योभन्‍दा बढी उमेरका अगुवाहरू तिनीहरू थिए ।

  • 11चौथो यिस्री र तिनका छोराहरू र आफन्तलाई पर्‍यो, जम्मा १२ जना,

  • १ इति 27:1-2
    2 पदहरू
    71%

    1¶ यो इस्राएली परिवारका अगुवाहरू, हजार र सयका कामण्‍डरहरू, अनि विभिन्‍न किसिमले राजाको सेवा गर्ने सेनाका अधिकारीहरू सूची हो । हरेक सेनाको दलले एक महिनापछि अर्को महिनामा गर्दै वर्षभरि सेवा गर्थे । हरेक दलमा चौबिस हजार जना मानिसहरू थिए ।

    2पहिलो महिनाको भाग जब्‍दीएलका छोरा याशोबामको थियो । तिनको भागमा चौबिस हजार जना मानिसहरू थिए ।

  • 24तिनीहरूका पिताका घरानाहरूका मुखियाहरू यी नै थिएः एपेर, यिशी, एलीएल, अज्रीएल, यर्मिया, होदबिया र यहदीएल । तिनीहरू वीर मानिसहरू र प्रख्यात मानिसहरू अनि तिनीहरूका परिवारका मुखियाहरू थिए ।

  • 24त्यसपछि मैले पुजारीय अधिकारीहरूबाट बाह्र जना मानिस छानें: शरेबियाह र जशब्याह अनि तिनीहरूका दस जना दाजुभाइ थिए ।

  • 27बिसौं एलीआता र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 46यसैले मोशा, हारून र इस्राएलका अगुवाले सबै लेवीहरूलाई आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका

  • १ इति 15:8-10
    3 पदहरू
    70%

    8एलीजापानका सन्‍तानबाट मुखिया शमायाह र तिनका आफन्तहरू २०० जना थिए ।

    9हेब्रोनका सन्‍तानबाट एलीएल मुखिया र तिनका आफन्तहरू ८० जना थिए ।

    10उज्‍जीएलका सन्‍तानबाट मुखिया अम्‍मीनादाब र तिनका आफन्तहरू ११२ जना थिए ।

  • 44मोशा र हारूनले यी पुरुषहरूलाई इस्राएलका बाह्र कुललाई नेतृत्व गर्ने बाह्र पुरुषसँगै गन्ती गरे ।

  • 14र इस्राएलको हरेक कुलबाट एक-एक जना गरी दस जना अगुवालाई तिनीसँगै पठाए र तिनीहरू सबै इस्राएलको कुलका परिवारको प्रमुख थिए ।

  • 31चौबीसौं रोममती-एजेर र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना ।

  • 32यरियाहका २,७०० आफन्तहरू थिए, जो परिवारका योग्य अगुवाहरू थिए । यिनीहरूलाई दाऊद राजाले रूबेनीहरू, गादीहरू र मनश्‍शेका आधा कुलमाथि परमेश्‍वरसम्‍बन्‍धी हरेक कुरा र राज्‍य-शासनका कामको हेरविचार गर्नेहरू बनाए ।

  • 6तिनले उनीहरूलाई लेवीका छोराहरू गेर्शोन, कहात र मरारीका नाउँबमोजिम विभाजन गरे ।

  • 4तिनीहरूका साथै तिनीहरूसँग पुर्खाका वंशअनुसार युद्ध गर्नलाई छत्तिस हजार योद्धाहरू थिए, किनकी तिनीहरूका धेरै पत्‍नीहरू र छोराहरू थिए ।

  • 12एघारौं एल्‍यासीबको, बाह्रौं याकीमको,

  • 23हेब्रोनका छोराहरू: अगुवा यरियाह, माइला अमर्याह, साँहिंला यहासेल, कान्‍छा यकमाम ।

  • 24एल्‍यहोएनैका छोराहरू होदबिया, एल्‍यासीब, पलयाह, अक्‍कूब, योहानान, दलायाह र अनानी गरी सात जना थिए ।

  • १ इति 25:23-24
    2 पदहरू
    68%

    23सोह्रौं हनन्‍याह र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

    24सत्रौं योश्‍बाकाशा र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 40आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरेका पुरुषहरूको सङ्ख्या २,६३९ थियो ।

  • 20एलीएनै, सिल्‍लतै, एलीएल,

  • 19आफ्ना सहरहरूका छेउछाउका बस्तीहरूमा वा हरेक सहरमा बस्‍ने हारूनका वंशका पुजारीमध्ये सबै पुरुषलाई र लेवीहरूका आफ्ना पुर्खाहरूका विवरणमा नाउँ लेखिएका पुजारीहरू सबैलाई पनि आआफ्ना भाग दिन विशेष मानिसहरू खटाइए ।

  • 9तिनीहरूका पुर्खाका घरानाहरूका मुखियाहरूको वंशहरू र योद्धाहरू सङ्‍ख्‍या २०,२०० र थिए ।

  • 24लेवीहरूका अगुवाहरू हशब्याह, शरेबियाह, कादमीएलका छोरा येशूअ र तिनीहरूका सहयोगीहरू, जो तिनीहरूका सामुन्‍ने खडा हुन्थे, र आ-आफ्नो पालोअनुसार परमेश्‍वरका जन दाऊदको आज्ञामुताबिक प्रशंसा गर्ने र धन्यवाद दिने गर्थे ।

  • नहे 11:12-14
    3 पदहरू
    68%

    12र मन्‍दिरको निम्‍ति काम गर्ने तिनीहरूका सहयोगीहरू सबै जम्‍मा ८२२ जना मानिस थिए । अदायाह, जो यरोहामका छोरा, जो पेलाल्‍याहका छोरा, जो अम्‍सीका छोरा, जो जकरियाका छोरा, जो पशहूरका छोरा, जो मल्‍कियाहका छोरा थिए ।

    13तिनका दाजुभाइहरू जो परिवारका मुखियाहरू थिए– सबै जम्‍मा २४२ जना थिए । अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,

    14र तिनका दाजुभाइहरू जो योग्‍य मानिसहरू थिए– सबै जम्‍मा १२८ जना साहसिला लडाकाहरू थिए । तिनीहरूका प्रमुख अधिकृतचाहिँ हग्‍गदोलीमका छोरा जब्‍दीएल थिए ।

  • 18एघारौं अज्रेल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 44आ-आफ्ना कुल र तिनीहरूका पुर्खाका परिवारअनुसार गन्ती गरिएका पुरुषहरूको सङ्ख्या ३,२०० थियो ।

  • 28महलीबाट: एलाजार, जसका छोराहरू थिएनन्‌ ।

  • 19परमप्रभु इस्राएलका परमेश्‍वरले तिनीहरूका पुर्खा हारूनलाई दिनुभएको निर्देशनअनुसार तिनले उनीहरूलाई दिएका प्रक्रियाको अनुसरण गरेर तिनीहरूले परमप्रभुको मन्‍दिरमा गर्ने आफ्‍नो सेवाको कामको क्रम यही थियो ।

  • 20तेह्रौं शूबाएल र तिनका छोराहरू र आफन्तहरूलाई पर्‍यो, जम्मा १२ जना,

  • 19तिनीसँगै हशब्याह पनि आए । त्यहाँ मरारीका छोराहरूमध्येका एक अर्थात् यशयाह र तिनका दाजुभाइ र तिनीहरूका छोराहरू गरी जम्मा बिस जना पुरुष थिए ।

  • 16मानिसहरूबाट चुनिएका पुरुषहरूका नाउँहरू यिनै थिए । तिनीहरूले आ-आफ्ना पुर्खाहरूका कुलको नेतृत्व गरे । तिनीहरू इस्राएलका कुलहरूका अगुवाहरू थिए ।

  • 12कहातका चार छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्‍जीएल थिए ।