१ इतिहास 5:9

अनलक शाब्दिक बाइबल

र पूर्वपट्टि यूफ्रेटिस नदीसम्‍म फैलिएको उजाड-स्‍थानको छेउसम्‍म नै तिनीहरू बसोबास गर्थे । तिनीहरूसित गिलादमा पाल्‍तु पशुको संख्‍या ज्‍यादै बढेको हुनाले यसो भयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहो 22:8-9 : 8 र तिनीहरूलाई भने, “धेरै रुपियाँ-पैसा र सुन, चाँदी, काँसा र फलामसहित धेरै लत्ताकपडासहित तिमीहरूका पालहरूमा फर्क । तिमीहरूका शत्रुहरूबाट लिएका लूटका मालहरू तिमीहरूका दाजुभाइहरूसँग बाँड । 9 त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 5:7-8
    2 पदहरू
    76%

    7आ-आफ्‍ना वंशाक्रमअनुसार सूचीकृत भएका बीरहका आफन्तका वंशहरूः अगुवा यीएल, जकरिया, र

    8योएलका पनाति, शेमाका नाति र अजाजका छोरा बेला थिए । नेबो र बाल-मोनसम्म फैलिएर अरोएरमा,

  • १ इति 5:10-11
    2 पदहरू
    73%

    10शाऊलको समयमा रूबेनका वंशले हग्रीहरूलाई आक्रमण गरे र उनीहरूलाई जिते । तिनीहरूले गिलादको पूर्वपट्टिका सबै भूभागमा भएका हग्रीहरूका छाउनीहरूमा बसोबास गरे ।

    11गादका वंशका सदस्यहरू तिनीहरूका नजिक बाशानमा सलकासम्‍मै बसेका थिए ।

  • १ इति 4:39-40
    2 पदहरू
    73%

    39तिनीहरू आफ्‍ना बगालहरूका निम्‍ति खर्क खोज्‍दै बेँसीको पूर्वपट्टि गदोरको छेउसम्म गए ।

    40तिनीहरूले प्रसस्त र राम्रो खर्क भेट्टाए । त्यो भुभाग फराकिलो, शान्‍त र सूनसान थियो । अघि त्‍यो ठाउँमा हामका मानिसहरू बसेका थिए ।

  • 16तिनीहरू गिलादमा, बाशान र त्‍यसका नगरहरूमा, र शारोनका सबै खर्कहरू फैलिएका सिमानासम्‍मै बस्‍थे ।

  • यहो 13:25-27
    3 पदहरू
    70%

    25तिनीहरूका क्षेत्र याजेर, गिलादका सबै सहर र अम्‍मोनीहरूको आधा भू-भाग, रब्बाको पूर्वतिरको अरोएर,

    26हेश्बोनदेखि रामतमस्पा र बेतोनीमसम्म, महनोमदेखि दबीरको क्षेत्रसम्म ।

    27उपत्यका, मोशाले तिनीहरूलाई बेथ-हाराम, बेथ-निम्रा सुक्‍कोत, सापोन, होश्‍बोनका राजा सीहोनका बाँकी राज्य, साथै यर्दनलाई सिमानाको रूपमा, किन्‍नरेत समुद्रको तल्लो भागहरू, यर्दनभन्दा पर पूर्वतिरका भू-भाग दिए ।

  • 30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।

  • 1¶ रूबेन र गादका सन्तानहरूका गाईवस्‍तुहरू धेरै थिए । जब तिनीहरूले याजेर र गिलादको भूमी देखे, त्यो भूमी गाईवस्‍तुहरूको निम्ति असाध्यै राम्रो थियो ।

  • 33यर्दन नदीको पूर्वतिर भएको गिलाद, गादी, रूबेनी र मनश्शे सबै क्षेत्र, अर्नोन उपत्‍यकाको ओएरदेखि गिलाद र बाशानसम्मै कब्‍जा गरे ।

  • 19नेगेवका मानिसहरूले एसावको डाँडामा अधिकार गर्नेछन् र शेपेलाका मानिसहरूले पलिश्‍तीहरूको देशमा अधिकार गर्नेछन् । तिनीहरूले एफ्राइम र सामरियाका देशमा अधिकार गर्नेछन् । अनि बेन्यामीनले गिलादमा अधिकार गर्नेछ ।

  • 3तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्‍ये सबभन्‍दा महान् मानिस थिए ।

  • 33यत बेला सबै मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका मानिसहरू एकसाथ भेला भए । तिनीहरूले यर्दन तरे र यिजरेलको बेसीमा छाउनी हाले ।

  • 9त्यसैले रूबेनका सन्तानहरू, गादका सन्तानहरू र मनश्शेका आधा कुल इस्राएलका मानिसहरूलाई शीलोमा छोडेर घरतिर फर्के, जुन कनानको भूमि हो । तिनीहरू आफ्नै भू-भाग गिलादको प्रदेशमा जानलाई हिँडे, जुन तिनीहरूले मोशाद्वारा परमप्रभुको आज्ञा पालनमा आफैले स्वामित्वमा लिएका थिए ।

  • 27त्यसपछि यो पूर्वतिर बेथ-दागोनतिर र जबूलूनतिर लाग्यो र यिप्‍ताह-एलको बेँसीसम्म, उत्तरतिर बेथ-एमेक र नीएलसम्म पुग्यो । यो उत्तरतिर काबूलसम्म गयो ।

  • 5गिलादीहरूले एफ्राइमतर्फ जाने यर्दनका जँघारहरू कब्जा गरे । जब एफ्राइमका बाँचेकाहरूले यसो भने, “मलाई नदीपारि जान दिनुहोस्,” गिलादका मानिसहरूले त्यसलाई यस्तो भन्थे, “के तँ एफ्राइमी होस्?” त्यसले “होइनँ” भन्यो भने,

  • 17गिलाद यर्दनको पारिपट्टि नै बस्‍यो । अनि दान, ऊ जहाजहरूमा किन घुमिरह्‍यो? आशेर समुद्र किनारमा नै रह्‍यो र आफ्‍ना बन्दरगाहहरूको नजिक बस्‍यो ।

  • 7तिनीहरू सँगै बस्‍नको निम्ति तिनीहरूका सम्पत्ति ज्यादै धेरै भएकाले उनले यसो गरे । तिनीहरूका पाल्तु पशुहरूका कारण तिनीहरू बसिरहेका ठाउँले तिनीहरूलाई धान्‍न सकेन ।

  • 5गबालीहरूको भूमि, पूर्वतिरका सबै लेबनान, हर्मोन डाँडामुनि बाल-गाददेखि लेबो-हमातसम्म ।

  • 26हाम्रा बालबच्‍चाहरू, हाम्रा पत्‍नीहरू, हाम्रा गाईवस्‍तुहरू र हाम्रा सबै भेडाबाख्रा गिलादका सहरहरूमा रहने छन् ।

  • 28तिनीहरूका सम्पत्ति र बसोबास गरेका ठाउँहरू बेथेल र त्‍यसका वरिपरीका गाउँहरू थिए । तिनीहरू पूर्वमा नारान, पश्‍चिममा गेजेर र त्‍यसका बस्‍तीहरू, र शकेम र त्‍यसका बस्‍तीहरू अय्‍याह र त्‍यसका बस्‍तीहरूसम्‍म फैलिए ।

  • 3उनले पूर्व र पश्‍चिमका कनानीहरू, एमोरीहरू, हित्तीहरू, परिज्‍जीहरू, पहाडी देशका यबूसीहरू मिस्पाको मैदान नजिकका हेर्मोन डाँडा छेउछाउका हिव्वीहरूलाई पनि समाचार पठाए ।

  • 3यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे ।

  • 21तहतका छोरा जाबाद थिए । जाबादका छोरा शूतेहल थिए । (एसेर र एलादलाई चाहिं गातका मनिसहरूका गाईबस्‍तु लुट्न जाँदा त्‍यहाँका आदिवासीले मारे ।)

  • 11गिलाद, गशूरीहरू र माकातीहरूको प्रदेश, सबै हेर्मोन डाँडा, सलकासम्मका सबै बाशान;

  • 1¶ तब याकूब आफ्‍नो बाटो लागे र पूर्वका मानिसहरूको देशमा पुगे ।

  • गिन 26:29-30
    2 पदहरू
    66%

    29यिनीहरू मनश्‍शेका सन्तानहरू थिएः माकीरबाट माकीरीहरूको वंश (माकीर गिलादका बुबा थिए),

    30गिलादबाट गिलादीहरूका वंश भए । यिनीहरू गिलादका सन्तानहरू थिएः ईएजेरबाट ऐएजेरीहरूका वंश, हेलेकबाट हेलेकीहरूका वंश,

  • 16रूबेनीहरू र गादीहरूलाई मैले गिलाददेखि अर्नोन बेँसीसम्म (बेँसीको मध्य भाग त्यस इलाकाको सिमाना थियो) र यब्बोक नदी (जुन अम्मोनीहरूको सिमाना थियो) दिएँ ।

  • 4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।

  • 29। जसरी सेइरमा बस्‍ने एसावका सन्तानहरू र आर सहरमा बस्‍ने मोआबीहरूले मेरो निम्ति गरेथे त्यसै गरी मैले यर्दन पार गरी परमप्रभु हाम्रा परमेश्‍वरले हामीलाई दिनुहुने देशमा नपुगेसम्म त्यसै गर्नुहोस् ।'

  • 12मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।

  • 30के यी डाँडाहरू पर्दनपारि, पश्‍चिमी सडकको पश्‍चिमपट्टि, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र?

  • 14तिनका धेरै भेडाबाख्रा, गाईवस्तु र ठुलो परिवार भयो । यसैकारण पलिश्‍तीहरूले तिनको डाह गरे ।

  • 20आदाले याबाललाई जन्माइन् । तिनी पालमा बस्‍नेहरू र पशु पालन गर्नेहरूका पिता बने ।

  • 1¶ योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।

  • 39मनश्शेका छोरा माकीरका सन्तानहरू गिलादमा गए र त्यहाँ बसोबास गर्ने एमोरीहरूबाट यसलाई कब्जा गरे ।

  • 29तिनीहरू बिल्‍हा, एसेम, तोलद,

  • 5तिनले यूफ्रेटिस नदी नजिकै पतोरमा आफ्नै जाति र मानिसहरूसँग बसेका बओरका छोरा बालामकहाँ समाचारवाहकहरूलाई पठाए । तिनले उनलाई निमन्त्रणा दिए र भने, “हेर्नुहोस्, मिश्रबाट एउटा जाति आएको छ । तिनीहरूले धर्ती नै ढाकेका छन् र अहिले तिनीहरू मेरो छेवैमा छन् ।

  • 13त्यहाँबाट यो पूर्वतिर छिचोलेर गात-हेपेर र इथ-कासीनसम्म पुग्यो; त्यसपछि यो रिम्‍मोनसम्म पुग्यो र नेआतिर मोडियो ।

  • 21आफूसित भएका सबै थोक लिएर तिनी भागे, र छिट्टै महानदी पार गरेर गिलादको पहाडी देशतर्फ अगाडि बढे ।