१ कोरिन्थीहरू 7:40

अनलक शाब्दिक बाइबल

तापनि मेरो विचारमा यदि तिनी त्यस्तै अवस्थामा बस्छिन् भने तिनी अझ धेरै प्रसन्‍न रहन्छिन् । अनि मसँग पनि परमेश्‍वरको आत्मा छ भनी म विचार गर्दछु ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 7:1 : 1 ¶ अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।
  • १ कोरि 7:6 : 6 म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु ।
  • १ कोरि 7:8 : 8 अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।
  • १ कोरि 7:25-26 : 25 अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु । 26 त्यसकारण, आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।
  • १ कोरि 7:35 : 35 म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।
  • १ कोरि 9:1-3 : 1 ¶ के म स्वतन्‍त्र छैनँ? के म प्रेरित होइनँ? के मैले येशू हाम्रा प्रभुलाई देखेको छैनँ? के तिमीहरू परमप्रभुमा मेरा हातका सिप होइनौ र? 2 म अरूको लागि प्रेरित नभए तापनि तिमीहरूको लागि त हुँ । तिमीहरू नै परमप्रभुमा मेरो प्रेरितको कामको प्रमाण हौ । 3 यो मलाई जाँच्न खोज्नेहरूलाई जवाफ होः
  • १ कोरि 14:36-37 : 36 के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो? 37 यदि कसैले आफैँलाई अगमवक्‍ता वा आत्मिक सम्झन्छ भने मैले तिमीलाई लेखेका कुराहरू परमप्रभुका आज्ञाहरू हुन् भनी उसले स्वीकार गर्नुपर्छ ।
  • २ कोरि 10:8-9 : 8 किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्‍जित हुनेछैन । 9 मेरा पत्रहरूद्वारा म तिमीहरूलाई भयभीत तुल्याउँदै छु भन्‍ने देखाउन चाहन्‍नँ । 10 तर केही मानिसहरू भन्छन्, “त्यसका पत्रहरू गम्भीर र शक्‍तिशाली छन्, तर त्यो शारीरिक रूपमा कमजोर छ । त्यसका वचनहरू सुन्‍न योग्यका छैनन् ।”
  • २ कोरि 12:11 : 11 म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।
  • १ थेस 4:8 : 8 त्यसकारण, जसले यो इन्कार गर्दछ त्यसले मानिसलाई होइन तर परमेश्‍वरलाई इन्कार गर्दछ, जसले तिमीहरूलाई आफ्ना पवित्र आत्मा दिनुहुन्छ ।
  • २ पत्रु 3:15-16 : 15 र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् । 16 पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 7:32-39
    8 पदहरू
    84%

    32तिमीहरू निस्फिक्री होओ भन्‍ने म चाहन्छु । अविवाहित पुरुषले प्रभुलाई कसरी खुसी पार्ने भनी उहाँका कुराहरूका बारेमा चिन्ता गर्दछ ।

    33तर विवाहित पुरुषले आफ्नी पत्‍नीलाई कसरी प्रसन्‍न पार्ने भनी संसारका कुराहरूमा फिक्री गर्दछ ।

    34ऊ दोहोरो मनको हुन्छ । अविवाहित स्‍त्री वा कन्याले शरीरमा र आत्मामा कसरी पवित्र हुन सक्छु भनी प्रभुका कुराहरूका फिक्री गर्दछ । तर विवाहित स्‍त्रीले आफ्नो पतिलाई कसरी प्रसन्‍न पार्न सकिन्छ भनी संसारका कुराहरूको चिन्ता गर्दछे ।

    35म तिमीहरूको आफ्नै भलाइका निम्ति भन्‍दछु, तिमीहरूलाई प्रतिबन्ध लगाउन होइन । जे ठिक छ म त्यही भन्दछु ताकि तिमीहरू बाधाबिना एक चित्तका भई भक्तिका साथ प्रभुमा लागिरहन सक ।

    36कसैले विचार गर्दछ कि उसले मगनी भएकी आफ्नी कन्यासँग राम्रो व्यवहार गरिरहेको छैन भन्‍ने ठान्छ र तिनको विवाह गर्ने उमेर बितिसकेको छ भने चाहेबमोजिम उसले गरोस् ।

    37तर यदि ऊ हृदयमा पक्‍का छ, ऊ कुनै करकापमा परेको छैन भने र उसले आफ्नो इच्छा वशमा राख्‍न सक्छ, र उसले आफ्नो हृदयमा यसो गर्ने अर्थात् आफ्नी मगनी भएकी कन्यालाई कुमारी नै राख्‍ने निर्णय गरिसकेको छ भने उसले असल नै गर्दछ ।

    38त्यसैले, जसले आफ्नी कन्यासँग विवाह गर्दछ उसले असल नै गर्दछ, र जसले विवाह नगर्ने इच्छा गर्दछ भने उसले अझ बढी राम्रो गर्दछ ।

    39स्‍त्री तिनको पति बाँचुञ्‍जेलसम्म बन्धनमा बाँधिएकी हुन्छिन् । तर तिनको पतिको मृत्यु भयो भने तिनी जोसँग विवाह गर्न चाहन्छिन् त्यससँग विवाह गर्न स्वतन्‍त्र हुन्छिन्, तर त्यो व्यक्‍ति प्रभुमा हुनुपर्छ ।

  • रोमी 7:1-4
    4 पदहरू
    76%

    1¶ भाइ हो, के तिमीहरूलाई थाहा छैन (किनकि म व्यवस्था जान्‍नेहरूसित बोल्दै छु), कि व्‍यवस्थाले मानिस जीवित रहँदासम्म मात्र नियन्‍त्रण गर्छ?

    2किनकि एक विवाहित स्‍त्री आफ्नो पति जीवित रहँदासम्म व्यवस्थाद्वारा बाँधिएकी हुन्छे, तर यदि उसको पति मर्‍यो भने ऊ त्यो विवाहको व्यवस्थाबाट मुक्त हुन्छे ।

    3त्यस्तै, उसको पति जीवित हुँदा ऊ अर्को पुरुषसँग बसी भने, उसलाई व्यभिचारिणी स्‍त्री भनिनेछ । तर उसको पति मर्‍यो भने, ऊ त्यस व्यवस्थाबाट मुक्त हुन्छे, अनि अर्को पुरुषसँग बसी भने पनि ऊ व्यभिचारिणी हुँदिन ।

    4त्यसैले, मेरा भाइहरू हो, तिमीहरू पनि ख्रीष्‍टको शरीरद्वारा व्यवस्थाको निम्ति मरेका थियौ । हामीले परमेश्‍वरको निम्ति फल फलाउन सकौँ भनेर तिमीहरू अर्कैसँग अर्थात् मृतकहरूबाट जीवित पारिनुभएकासँग एक हुन सक्यौ ।

  • १ कोरि 7:6-17
    12 पदहरू
    76%

    6म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु ।

    7सबै जना मजस्तै भएको म इच्छा गर्दछु । तर हरेकले परमेश्‍वरबाट आ-आफ्नो वरदान पाएको छ । एक जनाले एक प्रकारको वरदान र अर्कोले अर्कै प्रकारको वरदान पाएको छ ।

    8अविवाहित र विधवाहरूलाई म भन्दछु कि तिनीहरू मजस्तै अविवाहित रहन्छन् भने यो तिनीहरूका लागि असल हुन्छ ।

    9तर यदि तिनीहरूले आफूलाई वशमा राख्‍न सक्दैनन् भने तिनीहरूले विवाह गरून् । कामुकतामा जल्नुभन्दा तिनीहरूका निम्ति विवाह गर्नु असल हो ।

    10अब विवाहितका निम्ति म यो आज्ञा दिन्छु । मैले होइन, तर प्रभुले दिनुहुन्छः

    11तर यदि तिनी आफ्‍नो पतिबाट अलग हुन्छिन भने, तिनी विवाह नगरी बसून् कि त उनीसँग मिलाप गर्नुपर्दछ । अनी “पतिले आफ्नी पत्‍नीसँग सम्बन्ध विच्‍छेद गर्नुहुदैन ।”

    12तर बाँकीलाई म भन्दछु (मैले होइन तर प्रभुले भन्‍नुहुन्छ) कि यदि कुनै भाइसँग अविश्‍वासी पत्‍नी छ र तिनी ऊसँग बस्‍नलाई सन्तुष्‍ट छिन् भने उसले तिनीसँग सम्बन्ध विच्छेद नगरोस् ।

    13यदि पत्‍नीसँग अविश्‍वासी पति छ भने र ऊ तिनीसँग सन्तुष्‍ट छ भने, तिनले ऊसँग सम्बन्ध विच्छेद नगरुन् ।

    14किनकि अविश्‍वासी पति पत्‍नीद्वारा पवित्र ठहरिन्छ र अविश्‍वासी पत्‍नी विश्‍वासी पतिको कारण पवित्र ठहरिन्छे, नत्रता तिमीहरूका छोरा छोरीहरू अपवित्र हुनेछन्, तर वास्तवमा तिनीहरू पवित्र छन् ।

    15तर यदि अविश्‍वासी जीवन साथी छुट्टिन्छ भने, त्यसलाई जान देऊ । यस्तो अवस्थामा भाइ वा बहिनी तिनीहरूका प्रतिज्ञामा बाँधिनेछैन । परमेश्‍वरले हामीलाई शान्तिमा बस्‍न बोलाउनुभएको छ ।

    16स्‍त्री हो, तिमीलाई के थाहा सायद तिमीले आफ्नो पतिलाई बचाउन सक्छ्यौ कि? अथवा पुरुष हो, तिमीलाई के थाहा, सायद तिमीले आफ्नी पत्‍नीलाई बचाउन सक्छौ कि?

    17प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।

  • १ कोरि 7:24-29
    6 पदहरू
    75%

    24भाइहरू हो, हामीलाई विश्‍वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ ।

    25अब कहिल्यै विवाह नगरेकाहरूको सम्बन्धमा मसँग प्रभुबाट केही पनि आज्ञा छैन । तर प्रभुको कृपाद्वारा विश्‍वासयोग्य ठहरिएको व्यक्‍तिको रूपमा म मेरो राय दिन्छु ।

    26त्यसकारण, आउन लागेको सङ्कष्‍टको कारणले गर्दा जुन व्यक्‍ति जस्तो अवस्थामा छ, त्यही अवस्थामा बस्‍नु असल हुन्छ ।

    27के तिमी कुनै स्‍त्रीसँग वैवाहिक बन्धनमा बाँधिएका छौ? तिनीबाट स्वतन्‍त्र हुन नखोज । के तिमी अविवाहित छौ? पत्‍नीको खोजी नगर ।

    28तर तिमीले विवाह गर्‍यौ भने पनि तिमीले पाप गर्दैनौ । कुनै कन्या केटीले विवाह गर्छ भने तिनले पाप गरेकी हुँदिन । तापनि विवाह गर्नेहरूले जीवन जिउने क्रममा धेरै दुःखकष्‍ट भोग्‍नेछन् र म तिमीहरूलाई तीबाट बचाउन चाहन्छु ।

    29तर भाइहरू हो, म यो भन्छु कि समय छोटो छ । अब उप्रान्त पत्‍नी हुनेहरू पत्‍नी नभएजस्तो गरी जिऊन् ।

  • १ कोरि 7:1-4
    4 पदहरू
    71%

    1¶ अब तिमीहरूले लेखेका यी कुराहरूका विषयमा भन्‍नुपर्दा पुरुषको लागि स्‍त्रीलाई नछुनु नै असल हो ।

    2तर धेरै अनैतिक कामहरूका अनेक परीक्षाहरूको कारणले गर्दा हरेक मानिसको आफ्नै पत्‍नी होस् र हरेक स्‍त्रीको आफ्नै पति होस् ।

    3पतिले पत्‍नीलाई उसको वैवाहिक हक देओस् र त्यसरी नै पत्‍नीले पनि आफ्नो पतिलाई ।

    4आफ्नो शरीरमाथि पत्‍नीको अधिकार हुँदैन; उसको पतिको हुन्छ । र यसरी नै आफ्नो शरीरमाथि पतिको आफ्नो अधिकार हुँदैन, तर पत्‍नीको भने हुन्छ ।

  • गिन 30:6-7
    2 पदहरू
    67%

    6तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए ।

    7यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् ।

  • 17प्रभुसित जोडिने व्यक्‍ति उहाँसँग आत्मामा एउटै हुन्छ ।

  • गिन 30:9-11
    3 पदहरू
    67%

    9तर विधवा र पतिसँग छुटिएकाको निम्ति, त्यसले आफैलाई बाँधेकी सबै कुरा त्यो विरुद्ध रहिरहने छ ।

    10यदि महिलाले आफ्नो पतिको घरमा भाकल गर्छे वा शपथ खाएर आफैलाई बाध्य बनाउँछे भने,

    11र त्यसको पतिले यो सुन्यो, तर त्यसले त्यसलाई केही भन्दैन र त्यसको विरोध गर्दैन भने, त्यसका सबै भाकल रहनुपर्छ र त्यसका वाचाबन्धनहरू रहनुपर्छ ।

  • 15तरै पनि, यदि तिनीहरू भद्रतासाथ विश्‍वास, प्रेम र पवित्र आत्मामा लागि रहे भने बालक जन्माउदा तिनीहरू बचाइनेछन् ।

  • 11तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।

  • 14यसकारण म चाहन्छु जवान स्‍त्रीहरूले हाम्रा विरोधीहरूलाई हामीले खराबी गरेकोमा दोष लगाउने मौका नदिनको लागि विवाह गरून्, बालबच्‍चा जन्माउन, घरवार चलाऊन् ।

  • 6तैपनि मोजमस्तीको लागि जिउने स्‍त्री जीउदै मरेकी जस्‍तै हुन्‍छिन ।

  • 2त्यो आफ्नो घरबाट गइसकेपछि त्यो कसैकी पत्‍नी हुन सक्छे ।

  • 5के अरू प्रेरितहरू, प्रभुका भाइहरू र केफासले गरेजस्तै हामीले पनि आफूसँग विश्‍वासी पत्‍नी लिएर हिँड्ने अधिकार छैन?

  • 20परमेश्‍वरले बोलाउनुहुँदा कुनै व्यक्‍ति जस्तो अवस्थामा थियो, हरेक त्यही बोलावटमा रहोस् ।

  • 10चेलाहरूले येशूलाई भने, “यदि पतिको आफ्नी पत्‍नीसँग यस्तो अवस्था हुन्छ भने, विवाह नगर्नु नै असल हो ।”

  • 13तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?

  • 34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।