१ राजा 11:22

अनलक शाब्दिक बाइबल

तब फारोले तिनलाई भने, “तर तिमीलाई यहाँ मसित केको अभाव छ र तिमी आफ्नै देशमा जान खोज्छौ?” हददले जवाफ दिए, “कुनै कुराको अभाव छैन । कृपया, मलाई जान दिनुहोस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • २ शमू 18:22-23 : 22 तब सादोकका छोरा अहीमासले योआबलाई फेरि पनि भने, “जेसुकै भए पनि, कृपया मलाई दौडेर जान र कूशीको पछि-पछि लाग्‍न दिनुहोस् ।” योआबले जवाफ दिए, “हे मेरो छोरो, तिमीले यो खबरको निम्ति कुनै इनाम पाउने छैनौ भन्‍ने देखेर पनि तिमी किन दौडिन चाहन्छौ?” 23 अहीमासले भने, “जेसुकै होस्, म दौडने छु ।” त्यसैले योआबले तिनलाई जवाफ दिए, “दौड ।” अनि अहीमास मैदानको बाटो हुँदै दौडे र कूशीलाई उछिने ।
  • भजन 37:8 : 8 क्रोधित नहोऊ र निराश नहोऊ । चिन्ता नगर । यसले समस्‍यामा मात्र पार्छ ।
  • यिर्मि 2:31 : 31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?
  • मर 14:31 : 31 तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्‍कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
  • लू 22:35 : 35 तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जब मैले तिमीहरूलाई पैसाको थैलो, खानेकुरा, वा जुत्ताहरूविना पठाउँदा, के तिमीहरूलाई केही कुराको खाँचो पर्‍यो र?” र तिनीहरूले जवाफ दिए, “खाँचो परेन ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ राजा 11:17-21
    5 पदहरू
    86%

    17तर त्यस बेला हदद बालक भएकोले आफ्ना पिताका सेवकहरूद्वारा तिनलाई अन्य एदोमीहरूसँगै मिश्रमा लगिएको थियो ।

    18तिनीहरू मिद्यानबाट निस्केर पारानमा आइपुगे जहाँबाट तिनीहरूले आफूसँगै केही मानिसहरूलाई मिश्रका राजा फारोकहाँ लिएर गए । फारोले तिनलाई एउटा घर, देश र भोजन जुटाइदिएका थिए ।

    19हददले फारोको दृष्टिमा ठुलो निगाह पाए र फारोले तिनलाई आफ्नी पत्नी तहपेनस रानीकी एउटी बहिनीसित विवाह गरिदिए ।

    20तहपेनसकी बहिनीले हददबाट एउटा छोरो जन्माइन् । तिनीहरूले तिनलाई गनूबत नाम राखे । तहपेनसले तिनलाई फारोको राजदरबारमा हुर्काइन् । त्यसैले गनूबत फारोका छोराछोरीहरूका बिचमा राजदरबारमा हुर्किए ।

    21तिनी मिश्रमा छँदा दाऊद आफ्ना पुर्खाहरूसित मिल्न गए र सेनापति योआब मरे भनी जब हददले सुने तिनले फारोलाई भने, “मेरो आफ्नै देशमा जानलाई मलाई अनुमति दिनुहोस् ।”

  • 28फारोले भने, “परमप्रभु तिमीहरूका परमेश्‍वरलाई उजाड-स्थानमा बलिदान चढाउन जान दिन म अनुमति दिनेछु । तिमीहरू धेरै टाढा भने जानुहुँदैन । मेरो लागि प्रार्थना चढाऊ ।”

  • 56तर त्‍यसले तिनीहरूलाई भन्‍यो, “परमप्रभुले मेरो यात्रा सफल गराउनुभएको हुनाले मलाई नअलमल्‍याउनुहोस्‌ । मलाई जान दिनुहोस्, र म मेरा मालिककहाँ जानेछु ।”

  • 23र म तँलाई भन्दछु, 'मेरो छोरोलाई जान दे ताकि त्यसले मेरो आराधना गरोस् ।' तर तैँले त्यसलाई जान दिन इन्कार गरेकोले निश्‍चय नै म तेरो जेठो छोरोलाई मार्नेछु' ।”

  • 5इस्राएलीहरू भागे भनी जब मिश्रका राजालाई बताइयो फारो र तिनका अधिकारीहरूको मन इस्राएलीहरूको विरुद्धमा फर्कियो । तिनीहरूले भने, “हामीले के गर्‍यौँ? हामीले इस्राएललाई हाम्रो सेवा गर्नबाट छाडिदिएछौँ ।”

  • 20अनि फारोले तिनको बारेमा आफ्‍ना मानिसहरूलाई आदेश दिए र तिनीहरूले तिनलाई तिनकी पत्‍नी र तिनीसँग भएका सबै थोकसहित पठाए ।

  • 29तिनले भने, “कृपया मलाई जान दिनुहोस् । किनकि हाम्रो परिवारको सहरमा एउटा बलिदान छ, र म त्यहाँ हुनुपर्छ भनी मेरो दाजुले मलाई आदेश दिएका छन् । मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने, कृपया मलाई जान र आफ्‍ना दाजुहरूलाई भेट्न दिनुहोस् ।' यसकारण तिनी राजासँग खानलाई टेबलमा आएका छैनन् ।”

  • 17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।

  • १ शमू 29:7-8
    2 पदहरू
    69%

    7त्यसैले अब फर्क र शान्तिसँग जाऊ, ताकि तिमीले पलिश्‍ती शासकहरूलाई अप्रशन्‍न तुल्याउनेछैनौ ।

    8दाऊदले आकीशलाई भने, “तर मैले के गरेको छु? म तपाईंको सामुन्‍ने आजको दिनसम्म बस्‍दा तपाईंले आफ्नो दासमा के भेट्टाउनुभएको छ, ताकि म मेरा मालिक राजाका शत्रुहरू विरुद्ध जान र युद्ध गर्न सक्‍दिन?”

  • निर्ग 12:31-32
    2 पदहरू
    69%

    31रातमा फारोले मोशा र हारूनलाई बोलाउन पठाए र भने, “उठ, तिमी र इस्राएलीहरू मेरा मानिसहरूका बिचबाट निस्केर जाओ । तिमीहरूले चाहेजस्तै गएर परमप्रभुको आराधना चढाओ ।

    32तिमीहरूले भनेजस्तै तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू लिएर जाओ र मलाई पनि आशिष् देओ ।”

  • 1¶ तब परमप्रभुले मोशालाई भन्‍नुभयो, “फारो र मिश्रमा मैले ल्याउने एउटा विपत्ति अझै पनि बाँकी छ । त्यसपछि त्यसले तिमीहरूलाई यहाँबाट जान दिनेछ । अन्त्यमा त्यसले तिमीहरूलाई जान दिँदा त्यसले तिमीहरूलाई पूर्ण रूपमा निकालिदिनेछ ।

  • 24फारोले मोशालाई बोलाउन पठाए र भने, “गएर परमप्रभुको आराधना गर । तिमीहरूका परिवारहरू पनि तिमीहरूसँगै जान सक्‍नेछन्, तर तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरूलाई भने यहीँ छाड ।”

  • 30तर होबाबले मोशालाई भने, “म तिमीहरूसँग जाँदिनँ । म मेरो आफ्नै मुलुकतिर र मेरा आफ्नै मानिसहरूकहाँ जाने छु ।”

  • 17जब इस्राएलले यसो भनेर एदोमका राजालाई दूतहरू पठाए, ‘कृपया हामीलाई तपाईंको देशबाट भएर जान दिनुहोस्,’ एदोमका राजाले सुनेनन् । तिनीहरूले मोआबका राजाकहाँ पनि दूतहरू पठाए, तर तिनले इन्कार गरे । यसरी इस्राएलचाहिं कादेशमा नै बसे ।

  • 18त्यसैले मोशा आफ्ना ससुरा यित्रोकहाँ गई तिनलाई भने, “मलाई मिश्रमा भएका मेरा आफन्तहरू जीवितै छन् कि छैनन् भनी हेर्न फर्केर जान दिनुहोस् ।” यित्रोले मोशालाई भने, “शान्तिसित जाऊ ।”

  • २ शमू 15:19-20
    2 पदहरू
    68%

    19तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।

    20किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्‍ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्‍वासनीयता तिमीसँगै रहोस् ।”

  • 17मेरा मानिसहरूलाई जान नदिएर तैँले अझै पनि आफूलाई उचालिरहेको छस् ।

  • निर्ग 10:27-28
    2 पदहरू
    68%

    27तर परमप्रभुले फारोको ह्रदय कठोर पारिदिनुभयो र तिनले तिनीहरूलाई जान दिएनन् ।

    28फारोले मोशालाई भने, “मबाट जाऊ! एउटा कुराको बारेमा होसियार होऊ । अबदेखि मेरो सामु देख नपर किनकि मेरो अनुहार देखेको दिनमा तिमी मर्नेछौ ।”

  • 2फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्‍नँ ।”

  • 8फारोका सबै अधिकारी मकहाँ आई मेरो सामु निहुरिनेछन् । तिनीहरूले भन्‍नेछन्, 'तपाईंको पछि लाग्‍ने सबै मानिस जाऊन् ।' त्यसपछि म जानेछु ।” तब तिनी फारोकहाँबाट अति क्रोधित भएर गए ।

  • उत्प 50:5-6
    2 पदहरू
    68%

    5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्‌नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्‍यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”

    6फारोले जवाफ दिए, “तिमीलाई उनले शपथ खान लाएबमोजिम गएर तिम्रा बुबालाई गाड ।”

  • 11तिमीहरूमा बिचमा भएका पुरुषहरू मात्र गएर परमप्रभुको आराधना गरून् किनकि तिमीहरूले चाहेको यही नै हो ।” त्यसपछि मोशा र हारूनलाई फारोको उपस्थितिबाट हटाइयो ।

  • 18फारोले अब्रामलाई बोलाए र भने, “तिमीले मलाई यो के गरेको? तिनी तिम्रो पत्‍नी थिइन् भनी मलाई किन बताएनौ?

  • 26तब अब्शालोमले भने, “होइन भने, मेरो दाजु अमनोनलाई मसँग जान दिनुहोस् ।” राजाले उनलाई भने, “अमनोन तिमीसँग किन जाने नि?”

  • 17फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिश्तीको देशको बाटो नजिकै भए तापनि त्यहाँबाट भएर अगुवाइ गर्नुभएन । किनकि उहाँले भन्‍नुभयो, “तिनीहरूले लडाइँ देखेर तिनीहरूको मन बद्ली तिनीहरू मिश्रमा नै फर्केर जान सक्छन् ।”

  • 3तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”

  • 23परमेश्वरले सोलोमनको विरुद्धमा एल्यादाका छोरा रेसोनलाई पनि विरोधीको रूपमा उठाउनुभयो । तिनी आफ्ना मालिक सोबाका राजा हददेजेरबाट भागेका थिए ।

  • 11“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”

  • 18तर एदोमको राजाले तिनलाई जवाफ दिए, “तिमीहरू यो मुलुक भएर जान सक्दैनौ । तिमीहरू आयौ भने, म तरवार लिएर आक्रमण गर्न आउने छु ।”

  • 8मोशा र हारून फेरि पनि फारोकहाँ ल्याइए । फारोले तिनीहरूलाई भने, “तिमीहरूका परमप्रभु परमेश्‍वरको आराधना गर्न जाओ । तर जानेहरूचाहिँ को-को हुनेछन्?”

  • 33त्यसकारण ती ठिटाको साटोमा तपाईंका दासलाई नै हजुरको दासको रूपमा बस्‍न दिनुहोस्, र ती ठिटालाई तिनका दाजुहरूसँगै जान दिनुहोस् ।

  • 4तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”

  • 23तब फारो फर्केर आफ्नो घर गए । तिनले यसमा ध्यान पनि दिएनन् ।

  • 18तिनले भने, “मेरो मालिकले आफ्नो दासको किन खेदो गर्नुहुन्छ? मैले के गरेको छु? मेरो हातमा के खराबी छ?

  • 30अब तिमीले आफ्ना पिताको घरमा फर्कने चाहना गरेकाले तिमी आइसकेका छौ । तर तिमीले मेरा घर-देवताहरू किन चोरी गर्‍यौ?

  • 18त्यसैले मोशा फारोकहाँबाट गए र परमप्रभुलाई बिन्ती चढाए ।

  • 27'मलाई तपाईंको देश भएर जान दिनुहोस् । म लोकमार्ग भएर जानेछु । म दाहिने र देब्रे लाग्‍ने छैनँ ।