१ शमूएल 30:6
दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
दाऊद साह्रै व्याकु भए, किनभने मानिसहरूले तिनलाई ढुङ्गाले हान्ने कुरा गरिरहेका थिए, किनकि सबै मानिसहरूको मन आ-आफ्नो छोराहरू र छोरीहरूका निम्ति तितो भएको थियो । तर दाऊदले परमप्रभु परमेश्वरमा आफूलाई शक्तिशाली बनाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3जब दाऊद र तिनका मानिसहरू त्यो सहरमा आए, यसलाई जलाइएको थियो र तिनीहरूका पत्नीहरू, छोराहरू र छोरीहरूलाई कैदीको रूपमा लगिएका थियो ।
4जब दाऊद र तिनीसँग भएका मानिसहरू डाँको छोडेर तिनीहरूमा रुने शक्ति नै नभएसम्म रोए ।
5दाऊदका दुवै पत्नीहरू यिजरेली अहीनोम र कार्मेली नाबालकी पत्नी अबीगेललाई कैदीको रूपमा लगिएका थियो ।
25दाऊदले त्यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्ट पार्छ । त्यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”
7दाऊदले पुजारी अहीमेलेकका छोरा अबीयाथारलाई भने, “बिन्ती छ, यहाँ मकहाँ एपोद ल्याऊ ।” अबीयाथारले दाऊदकहाँ एपोद ल्याए ।
8दाऊदले निर्देशनको निम्ति परमप्रभुसँग यसरी प्रार्थना गरे, “के मैले यो फौजको पिछा गरे भने, म तिनीहरूलाई भेट्टाउन सक्छु?” परमप्रभुले तिनलाई जवाफ दिनुभयो, “खेदेर जा, किनकि तैंले तिनीहरूलाई निश्चय नै भेट्टाउनेछस् र तैंले निश्चय नै सबै थोक छुटाउनेछस् ।”
1¶ यसैले दाऊद त्यहाँबाट भागे र अदुल्लामको गुफामा गए । जब तिनका दाजुहरू र तिनका बुबाका सबै घरानाले यो सुने, तिनीहरू तिनीकहाँ तल गए ।
2कष्टमा परेका हरेक, ऋणमा परेका हरेक र असन्तुष्ट हरेक, ती सबै तिनीकहाँ भेला भए । दाऊद तिनीहरूका कप्तान भए । तिनीसँग करिब चार सय जना मानिस थिए ।
3तब दाऊद त्यहाँबाट मोआबको मिस्पामा गए । तिनले मोआबको राजालाई भने, “कृपया, परमेश्वरले मेरो निम्ति के गर्नुहुन्छ भनी मैले थाहा नपाएसम्म मेरो बुबा र मेरो आमालाई तपाईंकहाँ रहन दिनुहोस् ।”
1¶ दाऊदले आफ्नो मनमा भने, “म कुनै दिन शाऊलको हातबाट नष्ट हुन्छु । मलाई पलिश्तीहरूको देशमा उम्केर जानुभन्दा उत्तम अरू केही हुँदैन । शाऊलले इस्राएलको सबै सिमानाभित्र मलाई खोज्न छोड्नेछ । यसरी म तिनको हातबाट उम्कनेछु ।”
2दाऊद उठे र आफू र आफूसँग भएका छ सय मानिससँगै गातका राजा माओकका छोरा आकीशकहाँ गए ।
12त्यसैले दाऊदका मानिसहरू फर्केर आए र भनिएका हरेक कुरा तिनलाई बताए ।
13दाऊदले तिनका मानिसहरूलाई भने, “हरेक मानिसले आ-आफ्नो तरवार भिर ।” त्यसैले हरेक मानिसले आ-आफ्नो तरवार भिरे । दाऊदले पनि आफ्नो तरवार भिरे । झण्डै चार सय मानिसहरू दाऊदको पछि लागे र दुई सय जनाचाहिं सरसामानसँगै बसे ।
21दाऊदको पछि जानलाई साह्रै कमजोर भएका दुई सय जना मानिसकहाँ तिनी आए, जसलाई अरूले बसोरको खोल्सामा नै बस्न लगाएका थिए । दाऊद र तिनीसँग भएका मानसिहरूलाई भेट्न यी मानिसहरू अगाडि गए । जब दाऊद यी मानिसकहाँ आए, तब तिनले उनीहरूलाई अभिवादन गरे ।
9दाऊदले शाऊललाई भने, “'हेर्नुहोस्, दाऊदले तपाइंको हानि गर्न खोज्दैछ' भन्ने मानिसहरूको कुरा तपाईंले किन सुन्नुहुन्छ?
23तब दाऊदले भने, “ मेरा भाइ हो, परमप्रभुले हामीलाई दिनुभएको कुरामा तिमीहरूले यस्तो व्यवहार गर्नुहुँदैन । उहाँले हाम्रो सुरक्षा गर्नुभएको छ र हाम्रो विरुद्धमा आउने लूटपाट गर्नेहरूलाई हाम्रो हातमा सुम्पनुभएको छ ।
14त्यसपछि दाऊदले गादलाई भने, “म ठुलो कष्टमा परेको छु । मानिसको हातमा पर्नुभन्दा परमप्रभुको हातमा नै हामी परौं, किनकि उहाँका दयापूर्ण कामहरू धेरै महान् छन् ।”
16तब शाऊलका छोरा जोनाथन उठे र होरेशमा दाऊदकहाँ गए र परमेश्वरमा तिनको हातलाई बलियो बनाए ।
30तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए । तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे ।
30त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो ।
2त्यसैले दाऊदले परमप्रभुसँग सहायताको निम्ति प्रार्थना गरे र उहाँलाई भने, “के म जाऊँ र पलिश्तीहरूलाई आक्रमण गरूँ?” परमप्रभुले दाऊदलाई भन्नुभयो, “जा, पलिश्तीहरूलाई आक्रमण गर् र कीलाहलाई बचा ।”
3दाऊदका मानिसहरूले तिनलाई भने, “हे्र्नुहोस्, हामी यहाँ यहूदामा डराएका छौं । हामी कीलाहमा पलिश्तीहरूका फौजको विरुद्धमा गयौं भने झन् कति धेरै डराउनेछौं?
31जब सिपाहीहरूले दाऊदले भनेका कुराहरू सुने, तब तिनीहरूले त्यो कुरा शाऊललाई बताए र तिनले दाऊदलाई लिन पठाए ।
32तब दाऊदले शाऊललाई भने, “त्यो पलिश्तीको कारणले कसैको हृदय हतास नहोस् । तपाईंको दास जानेछ र यो पलिश्तीसँग लड्नेछ ।”
18अमालेकीहरूले लगेका सबै थोक दाऊदले पुनः प्राप्त गरे । अनि दाऊदले आफ्नी दुई जना पत्नीलाई पनि छुटाए ।
29त्यहाँबाट दाऊद माथि गए र एन-गदीका किल्लाहरूमा बसे ।
26दाऊदले आफ्नो छेउमा उभिएका मानिसहरूलाई सोधे, “यो पलिश्तीलाई मार्ने र इस्राएलबाट निन्दा दुर गर्नेलाई के गरिनेछ? जीवित परमेश्वरको फौजलाई धम्की दिने यो बेखतनाको पलिश्ती को हो?”
13तब दाऊद र तिनीसँग भएका करिब छ सय जना मानिसहरू उठे र कीलाहबाट टाढा गए र तिनीहरू ठाउँ-ठाउँमा गए । दाऊद कीलाहबाट उम्के भनी शाऊललाई भनियो र तिनलले पिछा गर्न छोडे ।
14दाऊद उजाड-स्थान भएका किल्लाहरूमा, जीपको उजाड-स्थानको पडाडी देशमा बसे । शाऊलले तिनलाई हरेक दिन खोजे, तर परमेश्वरले तिनलाई उनको हातमा दिनुभएन ।
12परमप्रभुले आफूलाई इस्राएलमाथि राजाको रूपमा स्थापित गर्नुभएको थियो भनी दाऊदले जान्दथे र उहाँले आफ्ना मानिस इस्राएलको खातिर तिनको राज्यलाई उच्च पार्नुभएको थियो ।
17तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
1¶ हे परमप्रभु, दाऊदको खातिर तिनका सबै कष्टहरू याद गर्नुहोस् ।
1¶ त्यस दिन परमप्रभुमा दाऊदले यो गीत गाए, जुन दिन परमप्रभुले तिनलाई आफ्ना सबै शत्रुका हातबाट र शाऊलको हातबाट छुटकारा दिनुभयो ।
2तिनले प्रार्थना गरे, “परमप्रभु मेरो चट्टान र मेरो किल्ला हुनुहुन्छ, जसले मलाई बचाउनुहुन्छ ।
14दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्त राजालाई तेरो आफ्नै हातले मार्न तँलाई किन डर लागेन?”
7त्यसैले दाऊदले आफ्ना मानिसहरूलाई यी कुराहरू भनेर हप्काए र शाऊललाई आक्रमण गर्न तिनीहरूलाई अनुमति दिएनन् । शाऊल उठे, गुफाबाट बाहिर निस्के र आफ्नो बाटो लागे ।
12दाऊदले यस कुरालाई मन लिए र गातका राजा आकीशसँग धेरै डराए ।
29दाऊदले भने, “मैले अहिले के गरेको छु? के यो एउटा प्रश्न मात्र थिएन?”
3तर मानिसहरूले भने, “तपाईं युद्धमा जानु हुँदैन, किनकि भाग्यौं भने, तिनीहरूले हाम्रो वास्ता गर्ने छैनन् वा हामी आधा नै मरे पनि तिनीहरूले वास्ता गर्ने छैनन् । तर तपाईं त हामीजस्ता दश हजार बराबर हुनुहुन्छ! यसकारण तपाईं हामीलाई सहरबाट नै सहायता गर्न तयार हुनुहोस् ।”
10दाऊदले गणना गरेपछि तिनको हृदय दुःखी भयो । त्यसैले तिनले परमप्रभुलाई भने, “मैले यसो गरेर ठुलो पाप गरेको छु । अब हे परमप्रभु, आफ्नो सेवकको दोष हटाइदिनुहोस्, किनकि मैले धेरै मूर्ख भएर काम गरेको छु ।”
7तब दाऊद त्यही किल्लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्यसलाई दाऊदको सहर नामाकरण गरे ।
11त्यसपछि दाऊदले आफ्नो लुगा च्याते र तिनीसँग भएका सबै मानिसहरूले त्यसै गरे ।
20तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्यसपछि आफ्नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।
17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”
17दाऊदले परमेश्वरलाई भने, “सेनाको गन्ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”
6जब इस्राएलका मानिसहरूले आफूहरू कष्टमा परेको देखे, किनभने मानिसहरू व्याकुल थिए, मानिसहरू ओढारहरूतिर, झाडीहरूभित्र, चट्टानहरूमा, इनारहरूमा र खाल्डोहरूमा लुके ।
13तब दाऊदले गादलाई भने, “म साह्रै सङ्कष्टमा परेको छु! मानिसको हातमा पर्नुभन्दा मलाई परमप्रभुको हातमा नै पर्न देऊ, किनकि उहाँका करुणामय कामहरू धेरै महान् छन् ।”
14दाऊद आफ्ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
9इस्राएलका सारा कुलमा सबै मानिसले यसो भन्दै आपसमा बहस गर्दै थिए, “राजाले हामीलाई हाम्रा शत्रुहरूका हातबाट बचाए, र उनले हामीलाई पलिश्तीहरूका हातबाट पनि बचाए, तर उनी अहिले अब्शालोमको कारणले देशबाट भागेका छन् ।
24ए सबै सहायताको निम्ति परमप्रभुमा भरोसा गर्नेहरू हो, बलियो र दृढ होओ ।