२ कोरिन्थीहरू 12:3

अनलक शाब्दिक बाइबल

र मलाई थाहा छ, त्यो मानिस शरीरमा वा शरीरविनै हो, मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।

थप स्रोतहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ कोरि 12:1-2
    2 पदहरू
    96%

    1¶ मैले गर्व गर्नैपर्छ, तर यसबाट केही लाभ हुँदैन । तर प्रभुको दर्शन र प्रकाशहरूमा म लागिरहन्छु ।

    2म ख्रीष्‍टमा एक जना मानिसलाई चिन्छु जो चौध वर्ष अगाडि तेस्रो स्वर्गसम्म उचाली लगियो, शरीरमा वा शरीरविनै मलाई थाहा छैन, तर परमेश्‍वरलाई थाहा छ ।

  • २ कोरि 12:4-11
    8 पदहरू
    85%

    4कि ऊ स्वर्गमा उचालि लगियो र उसले कसैले उच्‍चारण नै गर्न नसक्‍ने अति पवित्र कुराहरू सुन्यो ।

    5त्यस मानिसको तर्फबाट म गर्व गर्छु । तर म आफ्नै दुर्वलताबाहेक अरू कुरामा गर्व गर्नेछैन ।

    6यदि मैले गर्व नै गर्न चाहेको भए तापनि म मूर्ख बन्‍नेछैन किनकि मैले सत्य बोलिरहेको छु । तर कसैले पनि मबाट देखेको वा सुनेका कुरा भन्दा बढि मलाई नसोचोस् भनेर म गर्व गर्नदेखि थामिन्छु ।

    7आश्‍चर्यजनक प्रकाशहरूको कारण म गर्व गर्नदेखि थामिन्छु । त्यसकारण, म घमण्डले नफूलूँ भनेर एउटा काँढो मेरो शरीरमा दिइएको छ । म धेरै घमण्डी नहूँ भनेर शैतान तर्फको दूत मलाई दुःख दिनको निम्ति दिइएको छ ।

    8मबाट यो काँढो निकालिदिनुभएको होस् भनेर मैले प्रभुसित तिन पटक बिन्‍ती गरेँ ।

    9अनि उहाँले मलाई भन्‍नुभयो, “मेरो अनुग्रह तिम्रो निम्ति प्रशस्त छ, किनकि दुर्बलतामा नै शक्‍ति सिद्ध हुन्छ ।” यसैले, ख्रीष्‍टको शक्‍ति ममा बास गरोस् भनेर म मेरो दुर्बलतामा गर्व गर्नेछु ।

    10त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।

    11म मूर्ख भएको छु! तिमीहरूले मलाई यसो गर्न कर लगायौ, किनकि तिमीहरूबाट त मेरो प्रशंसा हुनुपर्ने थियो । किनकि म केही नभए तापनि ती सर्वोच्‍च प्रेरितहरूभन्दा तुच्छ छैनँ ।

  • २ कोरि 11:5-6
    2 पदहरू
    72%

    5किनकि म विचार गर्दछु, कि ती सर्वोच्‍च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।

    6तर भाषण गर्नमा तालिम प्राप्‍त नभए पनि, म ज्ञानमा अनभिज्ञ छैनँ । हामीले सबै कुरामा हर किसिमले तिमीहरूलाई यो कुरा थाहा दिएका छौँ ।

  • एफिसी 3:3-4
    2 पदहरू
    71%

    3मलाई दिइएको प्रकाश अनुसार म यी कुराहरू लेख्दै छु । मेरो अर्को पत्रमा मैले सम्क्षिप्‍त रूपमा लेखेको कुरा एउटा गुप्‍त सत्यता हो ।

    4जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।

  • 11मानिसमा भएको आत्माबाहेक कसले मानिसका विचारहरू बुझ्‍न सक्छ? यसरी नै, परमेश्‍वरका आत्माबाहेक कसैले पनि परमेश्‍वरका गहिरा कुराहरू बुझ्दैन ।

  • 16त्यसैले, हामीले एक चोटि ख्रीष्‍टलाई त्यसै गरेका भए तापनि अब उसो हामी कसैलाई मानिसको दृष्‍टिकोणअनुसार मूल्याङ्कन गर्दैनौँ । अब हामी कसैलाई कदापि त्यसरी हेर्दैनौँ ।

  • गलाती 1:11-12
    2 पदहरू
    70%

    11भाइहरू हो, तिमीहरूले यो कुरा जान भन्‍ने म चाहन्छु, कि मैले घोषणा गरेको सुसमाचार मानिसहरूबाट मात्र आएको होइन ।

    12मैले यो कुनै मानिसबाट प्राप्‍त गरेको होइन, न त मलाई यो सिकाइएको थियो । बरु, मलाई यो येशू ख्रीष्‍टको प्रकाशद्वारा दिइएको थियो ।

  • २ कोरि 11:30-31
    2 पदहरू
    69%

    30यदि मैले घमण्ड गर्नैपर्छ भने, मेरा कमजोरीहरू देखाउने कुरामा घमण्ड गर्छु ।

    31प्रभु येशूका पिता र सदासर्वदा प्रशंसा गरिनुहुने परमेश्‍वरलाई थाहा छ कि मैले ढाँटेको छैन!

  • 17म यरूशलेम फर्केपछि मैले मन्दिरमा प्रार्थना गरिरहँदा, म अर्धचेत अवस्थामा पुगेँ ।

  • फिलि 3:10-12
    3 पदहरू
    69%

    10यसैकारण, अब म उहाँ र उहाँको पुनरुत्थानको शक्‍तिलाई जान्‍न चाहन्छु र उहाँका कष्‍टहरूमा सहभागी हुन चाहन्छु । उहाँको मृत्युको समरूपतामा म बद्‌लिन चाहन्छु,

    11ताकि मैले मरेकाहरूबाटको पुनरुत्‍थानको कुनै किसिमले अनुभव गर्न सकूँ ।

    12मैले यी सबै कुराहरू प्राप्‍त गरिसकेको छु, वा म पूर्ण भइसकेको छु भन्‍ने कुरा साँचो होइन । तर जे कुराको निम्ति म ख्रीष्‍टद्वारा चुनिएको थिएँ, ती मैले पक्रन सकूँ भनेर म जोड दिन्छु ।

  • 4मेरो विरुद्धमा कुनै अभियोग भएको मलाई थाहा छैन, तर यसको अर्थ म निर्दोष छु भन्‍ने चाहिँ होइन । परमेश्‍वरले नै मेरो न्याय गर्नुहुन्छ ।

  • 12किनकि अहिले हामी ऐनामा अप्रत्यक्ष देख्छौँ, तर त्यस बेला आमने-सामने देख्‍नेछौँ । अहिले म थोरै जान्दछु, तर त्यस बेला म पूर्ण रूपमा जान्‍नेछु, जसरी म पूर्ण रूपमा जानिएको छु ।

  • १ कोरि 8:2-3
    2 पदहरू
    69%

    2यदि कसैले केही जान्दछु र म कोही हुँ भनी विचार गर्छ भने त्यो व्यक्‍तिले जति जान्‍नुपर्ने हो त्यति जानेको हुँदैन ।

    3तर यदि कसैले परमेश्‍वरलाई प्रेम गर्छ भने त्यो व्यक्‍ति उहाँद्वारा चिनिएको हुन्छ ।

  • 11यसैकारण, म वा तिनीहरू जसले भए पनि हामी प्रचार गर्छौं र तिमीहरूले विश्‍वास गर्‍यौ ।

  • 16मैले गैरयहूदीहरूका माझमा उहाँलाई घोषणा गर्न सकूँ भनेर उहाँका पुत्रलाई ममा प्रकट गर्नको निम्ति उहाँको अनुग्रहद्वारा उहाँले मलाई बोलाउनुभयो । मैले तुरुन्तै शरीर र रगतको सल्लाह लिइनँ,

  • 11मैले त्यो ज्योतिको चमकले गर्दा देख्‍न सकिनँ । त्यसैले, मसँग भएका मानिसहरूका हातबाट डोर्‍याइएर म दमस्कस गएँ ।

  • २ कोरि 11:16-17
    2 पदहरू
    68%

    16म फेरि भन्दछुः मलाई कसैले मूर्ख नसम्झोस् । तर यदि तिमीहरूले सम्झन्छौ भने पनि मलाई मूर्खकै रूपमा ग्रहण गर, ताकि म अलिकति भए पनि घमण्ड गर्न सकूँ ।

    17मैले भनेको यो घमण्डको निश्‍चयतालाई परमप्रभुले स्वीकार गर्नुभएको छैन, तर म मूर्खझैँ बोल्दै छु ।

  • 4यद्यपि, म आफैँले शरीरमा भरोसा राख्‍न सक्थे । यदि कसैले आफ्नो शरीरमा भरोसा राख्‍ने विचार गर्छ भने, त्योभन्दा बढी म गर्न सक्छु ।

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 14परमेश्‍वरका आत्माका कुराहरू अनात्मिक व्यक्‍तिले ग्रहण गर्दैन, किनकि तिनीहरू त्यसका निम्ति मूर्खता हुन्छन् । उसले तिनीहरूलाई बुझ्‍न सक्दैन किनभने तिनीहरूलाई आत्मिक रूपले जाँच्‍न सकिन्छ ।

  • १ कोरि 2:2-3
    2 पदहरू
    67%

    2तिमीहरूका माझमा हुँदा येशू ख्रीष्‍ट र क्रुसमा टाँगिनुभएका येशूलाई बाहेक मैले कुनै पनि कुरा नजान्‍ने निर्णय गरे ।

    3अनि कमजोरी, डर र धेरै कम्पसाथ म तिमीहरूसित थिएँ ।

  • 13तर तिमीहरू यो कुरा जान्दछौ, कि मेरो शारीरिक बिमारीको कारण मैले तिमीहरूलाई पहिलो पटक सुसमाचार घोषणा गरेँ ।

  • 11किन? किनकि म तिमीहरूलाई प्रेम गर्दिनँ र? परमेश्‍वर जान्‍नुहुन्छ ।

  • 13किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्‍वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।

  • 18त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।

  • 27तर म आफ्‍नो शरीरलाई वशमा राख्छु र यसलाई दासजस्‍तै बनाउँछु, ताकि प्रचार गरेपछि म आफैँचाहिँ अयोग्य नबनूँ ।

  • 18अनि तिन वर्षपछि केफासलाई भेट्न म यरूशलेम गएँ र त्यहाँ उनीसँग पन्ध्र दिनसम्म बसेँ ।

  • 2म तिमीहरूसँग बिन्‍ती गर्दछु, कि तिमीहरूसँग म उपस्थित हुँदा, मलाई आत्म-विश्‍वासका साथ साहसी हुन आवश्यक पर्नेछैन । तर मेरो विचारमा हामी शरीरअनुसार बाँचिरहेका छौँ भनी ठान्‍नेहरूको विरोध गर्दा म साहसी हुन आवश्यक पर्नेछ ।

  • 12यसको निम्ति म सतावटमा परेको छु, तरै पनि म शर्माऊँदिनँ । किनकि म उहाँलाई जान्दछु र विश्‍वास गर्दछु, साथै म विश्‍वस्त छु कि उहाँले मैले सुम्पेका सबै कुराहरूलाई अन्तिम दिनसम्म सुरक्षित राख्‍नुहुनेछ ।

  • 1¶ म येशू ख्रीष्‍टमा साँचो भन्दछु । म ढाँट्‌दिनँ, र मेरो विवेकले पवित्र आत्मामा मसँगै साक्षी दिन्छ,

  • 23किनकि मैले चयन गर्नुपर्ने यी दुवै कुराद्वारा म बिचमा परेको छु । म बिदा भएर ख्रीष्‍टसँग हुने इच्छा गर्दछु, जुनचाहिँ झनै असल कुरा हो ।

  • 3किनभने शरीरमा म अनुपस्थित भए तापनि आत्मामा म तिमीहरूसँगै उपस्थित छु; त्यस्तो काम गर्नेलाई म त्यहीँ भएजस्तै गरेर मैले अगिबाटै न्याय गरिसकेको छु ।

  • 15यसकारण, हामी परिपक्‍व भएकाहरू सबैले यसरी विचार गरौँ । यदि तिमीहरूले कुनै कुरालाई भिन्‍न प्रकारले विचार गर्दछौ भने परमेश्‍वरले ती कुराहरूलाई पनि तिमीहरूका निम्ति प्रकट गर्नुहुनेछ ।