२ पत्रुस 1:13
जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ ।
जबसम्म म यो शरीररूपी पालमा छु तिमीहरूलाई जागा राख्नु र यी कुराहरूको बारेमा तिमीहरूलाई सम्झाउनु मेरो निम्ति असल हुन्छ भन्ने मलाई लाग्छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
10त्यसकारण भाइ हो, आफ्नो बोलावट र चुनाउ निश्चित गर्नको लागि सक्दो प्रयास गर । तिमीहरूले त्यो गर्यौ भने, तिमीहरू लोट्नेछैनौ ।
11त्यसकारण, हाम्रा प्रभु येशू ख्रीष्टको अनन्त राज्यमा प्रवेशको निम्ति तिमीहरूले प्रशस्त अनुमति पाउनेछौ ।
12यसैले, तिमीहरूलाई यी कुराहरू थाहा भएर अहिले तिमीहरू यो सत्यतामा बलियो भए तापनि म तिमीहरूलाई यी कुराहरू सम्झाउन सधैँ तयार छु ।
14किनकि मैले यो पाललाई चाँडै त्याग्दै छु भन्ने मलाई थाहा छ जुन कुरा हाम्रा प्रभु येशू ख्रीष्टले यो मलाई देखाउनुभएको छ ।
15मेरो प्रस्थानपछि पनि तिमीहरूले यी कुराहरू सधैँ सम्झन सक भनेर म सक्दो प्रयास गर्नेछु ।
1¶ प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
2ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
4तिम्रो आँसुको सम्झना गर्दै म तिमीलाई भेट्न चाहन्छु, ताकि म आनन्दले भरिन सकूँ ।
5सुरुमा तिम्रा हजुरआमा लोइस र आमा युनिसमा भएको तिम्रो असल विश्वासको सम्झना गर्दै, त्यो विश्वास तिमीमा पनि छ भन्ने कुरामा म विश्वस्त छु ।
6यही कारणले गर्दा मैले तिमीमाथि हात राखेर तिमीले प्राप्त गरेको परमेश्वरको वरदानलाई फेरि प्रज्वलित पार ।
8यसकारण, तिमीले के गर्नुपर्छ, त्यो कुरा तिमीलाई आज्ञा दिनको निम्ति ख्रीष्टमा ममा साहस भए, तापनि
6यदि तिमीले यी कुराहरू दाजुभाइहरूको अगाडि राखीदियौ भने, तिमी येशू ख्रीष्टको असल सेवक हुनेछौ । किनकि तिमी विश्वासको वचन र तिमीले पछ्याएको असल शिक्षाद्वारा पोषित हुनेछौ ।
19अझ धेरै काम गर भनेर म तिमीहरूलाई उत्साह दिन्छु । त्यसकारण, म तिमीहरूकहाँ चाँडै फर्केर आउनेछु ।
17तर प्रिय हो, तिमीहरूले हाम्रा प्रभु येशू ख्रीष्टका प्रेरितहरूले पहिले बोलेका वचनहरूलाई स्मरण गर ।
14मेरा भाइहरू हो, म आफैँ पनि तिमीहरूको बारेमा विश्वस्त छु । म विश्वस्त छु, कि तिमीहरू आफैँ पनि भलाइले पूर्ण र सबै ज्ञानले भरिएका छौ । म विश्वस्त छु, कि तिमीहरू एक-अर्कालाई अर्ती दिन पनि समर्थ छौ ।
15तर मलाई परमेश्वरद्वारा दिइएको वरदानको कारण म तिमीहरूलाई फेरि याद दिलाउनको लागि केही कुराहरूको बारेमा अझ साहससित लेखिरहेको छु ।
31त्यसैले होसियार हुनुहोस् । यो सम्झना गर्नुहोस् कि तिन वर्षसम्म दिन र रात आँशु बगाउँदै तपाईंहरू हरेक जनालाई निर्देशन दिन म पछि परिनँ ।
32र अब म तपाईंहरूलाई परमेश्वरमा र उहाँको अनुग्रहको वचनमा सुम्पिन्छु, जुन तपाईंहरूलाई निर्माण गर्न र परमेश्वरमा समर्पित भएकाहरू सबैका माझमा तपाईंहरूलाई उत्तराधिकार दिन सक्षम छ ।
5म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ?
10म टाढा हुँदा यी कुराहरू तिमीहरूलाई लेख्दै छु, ताकि म तिमीहरूमा रहँदा निर्दयतासाथ व्यवहार गर्नु नपरोस् । मैले प्रभुबाट पाएको अधिकार तिमीहरूको निर्माण गर्नको निम्ति प्रयोग गर्न सकूँ, भत्काउन होइन ।
14म तिमीलाई यी कुराहरू लेख्छु र म तिमी कहाँ चाँडै आउने आशा गर्दछु ।
15तर यदि मैले ढिलो गरेँ भने परमेश्वरको घराना जुन जीवित परमेश्वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्यो सही बाटोमा डोर्याइनु पर्छ तिमीले जान भन्ने हेतुले म तिमीलाई लेख्दैछु ।
13त्यसकारण, तिमीहरूका मनलाई बाँध । आफ्नो सोचाइमा संयमी होओ । येशू ख्रीष्ट तिमीहरूकहाँ प्रकट हुनुहुँदा तिमीहरूकहाँ ल्याइने अनुग्रहमा पूर्ण आशा राख ।
6म यो कुरामा निश्चित छु, कि तिमीहरूमा यो असल कामलाई प्रारम्भ गर्नुहुनेले येशू ख्रीष्टको दिनसम्म यसलाई पुरा गर्न निरन्तरता दिनुहुनेछ ।
7तिमीहरू सबैका निम्ति मैले यस्तो प्रकारले विचार गर्नु मेरो निम्ति उचित छ, किनकि मैले तिमीहरू सबैलाई मेरो हृदयमा राखेको छु । मेरो कैदमा र सुसमाचारको समर्थन एवम् निश्चयता दुवैमा तिमीहरू सबै अनुग्रहमा मेरा साझेदारहरू भएका छौ ।
11म तिमीहरूलाई भेट्ने इच्छा गर्छु, ताकि तिमीहरूलाई बलियो बनाउनको लागि म तिमीहरूलाई केही आत्मिक वरदानहरू दिन सकूँ ।
22अब भाइहरू हो, म तिमीहरूलाई उत्साह दिन्छु, कि यी उत्साहका वचनहरूलाई पालन गर, जुन मैले छोटकरीमा तिमीहरूलाई लेखेको छु ।
3मैले म्याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्छौ ।
13म नआउदासम्म वचन पढाईमा, अर्ति दिने कुरामा, र शिक्षा दिने कुरामा ध्यान देऊ ।
17यसकारण, मैले तिमीहरूकहाँ मेरा प्रिय र प्रभुमा विश्वासयोग्य बालक तिमोथीलाई पठाएँ । मैले हरेक स्थान र हरेक मण्डलीमा सिकाएबमोजिम ख्रीष्टमा मेरो जीवन कस्तो छ सो उनले तिमीहरूलाई सम्झना गराउनेछन् ।
9जतिसक्दो छिटो मकहाँ आऊ ।
2म तिमीहरूको प्रशंसा गर्दछु किनकि तिमीहरूले हरेक कुरामा मलाई सम्झन्छौ । म तिमीहरूको प्रशंसा गर्दछु, किनकि मैले सिकाएका शिक्षा तिमीहरूले कायम राख्छौ ।
3हर समय तिमीहरूको सम्झना गर्दा, म मेरा परमेश्वरलाई धन्यवाद दिन्छु ।
8उसको निम्ति गरेको तिमीहरूको प्रेम सार्वजनिक रूपमा प्रकट गर ।
14तिनीहरूलाई यी कुराहरूको निरन्तर सम्झना दिलाऊ । शब्दहरूमा तर्क-वितर्क नगर भनी तिनीहरूलाई परमेश्वरको अगाडि चेतावनी देओ, किनभने तिनीहरूले केही फाइदा गर्दैनन् र यी कुराहरू सुन्नेहरूलाई नोक्सान मात्र पुग्छ ।
3हामी निरन्तर रूपमा तिमीहरूको विश्वासको काम, प्रेमको परिश्रम र आत्मविश्वासको धैर्यलाई सम्झना गर्दछौँ जुन परमेश्वर पिताको सामु हाम्रा प्रभु येशू ख्रीष्टमा भएको भविष्यको कारणले गर्दा हो ।
24तर तिमीहरूका निम्ति शरीरमा रहनुचाहिँ धेरै आवश्यक छ ।
25यस कुरामा म निश्चित भएको कारणले म जान्दछु, कि विश्वासमा तिमीहरूको प्रगति र आनन्दको निम्ति म तिमीहरू सँग-सँगै रहेर निरन्तरता दिनेछु ।
17त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्वासयोग्यतालाई नगुमाओ ।
16माकेडोनिया जाँदा तिमीहरूकहाँ आएर भेटघाट गर्ने मैले योजना बनाउँदै थिएँ । माकेडोनियाको यात्रापछि म फेरि तिमीहरूलाई भेट्न चाहन्थेँ, र तिमीहरूले मलाई यहूदियाको बाटो हुँदै पठाएको चाहन्थेँ ।
13हामी तिमीहरूले पढ्न र बुझ्न नसक्ने गरी केही पनि लेख्दैनौँ । म आशा गर्छु, कि तिमीहरूले पूर्ण रूपले बुझ्नेछौ ।
13म सुसमाचारको निम्ति कारागारमा हुँदा उसले तिम्रो सट्टामा मेरो सेवा गर्न सक्ने थियो भनेर मैले उसलाई मसँगै राख्न चाहन्थेँ ।
1¶ विश्वासीहरूको सेवा-कार्यको विषयमा तिमीहरूलाई लेखिरहन म आवश्यक ठान्दिनँ ।
5यसैकारण, जब मैले सहनै सकिन तिमीहरूको विश्वासबारे जान्न र परीक्षा गर्नेवालाले तिमीहरूलाई परीक्षामा पारेर हाम्रो मेहनत व्यर्थमा जान्छ कि भनेर मैले उनलाई पठाएँ ।
6जब तिमोथी तिमीहरू कहाँबाट विश्वास र प्रेमको सुसमाचार लिएर आए कि तिमीहरूसँग सधैँ हामीसँगका असल क्षणहरूको सम्झना छ र जसरी हामी तिमीहरूलाई भेट्न उत्कट इच्छा गर्छौं त्यसै गरी तिमीहरू पनि हामीलाई हेर्न उत्कट इच्छा गर्छौ ।
13मैले प्रायः तिमीहरूकहाँ आउने इच्छा गरेँ भन्ने कुरामा तिमीहरू अनभिज्ञ होऊ भन्ने म चाहन्नँ, तर मलाई अहिलेसम्म रोकिएको छ । मैले बाँकी गैरयहूदीहरूका माझमा झैँ तिमीहरूका माझमा पनि केही फल पाउनको लागि यो चाहेको हुँ ।
13मैले तिमीलाई लेख्नु धेरै कुराहरू छन्, तर मैले तिनीहरूलाई कागज र मसीले लेख्ने इच्छा गर्दिनँ ।
21तिमीले मेरो आज्ञा पालन गर्छौ भन्ने निश्चयतासाथ म तिमीलाई यो पत्र लेख्दै छु । मलाई विश्वास छ, कि तिमीले मैले भनेको भन्दा पनि बढी गर्नेछौ ।
3प्रियहरू, हाम्रो साझा मुक्तिको विषयमा मैले तिमीहरूलाई लेख्न प्रयत्न गर्दा, विश्वासीहरूलाई सधैँको निम्ति दिइएको विश्वासको लागि साँचो रूपमा सङ्घर्ष गर्न उपदेश दिनलाई मैले तिमीहरूलाई यो लेख्न आवश्यक भयो ।
14जुन-जुन असल कुराहरू परमेश्वरले तिमीलाई सुम्पनुभएको छ, त्यसलाई हामीभित्र बास गर्नुहुने पवित्र आत्माद्वारा सुरक्षित राख ।