२ शमूएल 11:4

अनलक शाब्दिक बाइबल

दाऊदले दूतहरू पठाए र तिनलाई ल्याए । तिनकहाँ उनी आइन् र तिनी उनीसँग सुते (किनकि उनले आफूलाई रजस्वलाबाट भर्खरै मात्र शुद्ध पारेकी थिइन्)। त्‍यसपछि उनी आफ्नै घरमा फर्किन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • लैव्य 18:19 : 19 कुनै स्‍त्रीको रजस्‍वलाको समयमा त्योसँग सहवास नगर् । त्यो समयमा त्यो अशुद्ध हुन्छे ।
  • याक 1:14-15 : 14 तर हरेक व्यक्‍ति आफ्नै अभिलाषाद्वारा परीक्षामा पर्दछ, जसले उसलाई बहकाउँछ र प्रलोभनमा पार्दछ । 15 अभिलाषाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ । अनि पाप पूर्ण रूपमा बढेपछि त्यसले मृत्यु ल्याउँछ ।
  • भजन 51:1-9 : 1 ¶ हे परमेश्‍वर, तपाईंको करारको विश्‍वस्‍तताको कारणले ममाथि दया गर्नुहोस् । तपाईंको असङ्‍ख्‍य दयापूर्ण कामहरूको खातिर मेरा अपराधहरू मेटिदिनुहोस् । 2 मलाई मेरो अधर्मबाट पूर्ण रूपले धुनुहोस् र मेरो पापबाट मलाई शुद्ध पार्नुहोस् । 3 किनकि म आफ्‍ना अपराधहरू जान्दछु र मेरो पाप सधैं मेरै सामु छ । 4 तपाईंको विरुद्धमा, केवल तपाईंको विरुद्धमा मैले पाप गरेको छु र तपाईंको दृष्‍टिमा जे खराब छ त्यही गरेको छु । तपाईं बोल्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । तपाईंले न्याय गर्नुहुँदा तपाईं ठिक हुनुहुन्छ । 5 हेर्नुहोस्, म पापमा नै जन्में । आमाले गर्भमा गर्भधारण गर्ने बित्तिकै, म पापमा नै थिएँ । 6 हेर्नुहोस्, तपाईंले मेरो अन्तस्करणमा विश्‍वासयोग्ता खोज्‍नुहुन्छ । अनि भित्रको गोप्य ठाउँमा तपाईंले मलाई बुद्धिका कुरा सिकाउनुहुन्छ । 7 मलाई हिसपले शुद्ध पार्नुहोस् र म शुद्ध हुनेछु । मलाई धुनुहोस् र म हिउँभन्दा सेतो हुनेछु । 8 मलाई तपाईंको आनन्द र खुसी सुन्‍न दिनुहोस्, ताकि तपाईंले तोड्नुभएका हाडहरू आनन्‍दित होऊन् । 9 मेरा पापहरूबाट तपाईंको मुहार लुकाउनुहोस् र मेरा सबै अधर्महरू मेटाउनुहोस् । 10 हे परमेश्‍वर, ममा शुद्ध हृदय सृजनुहोस् । र मभित्र ठिक आत्मालाई नयाँ तुल्‍याउनुहोस् । 11 मलाई तपाईंको उपस्थितिबाट टाढा नपठाउनुहोस्, र मबाट तपाईंको पवित्र आत्मा नलानुहोस् । 12 तपाईंको मुक्‍तिको आनन्दलाई ममा पुनर्जीवित पार्नुहोस्, र इच्छुक आत्माले मलाई सम्हाल्नुहोस् । 13 तब अपराध गर्नेहरूलाई म तपाईंका मार्गहरू सिकाउनेछु र पापीहरू तपाईंतिर फर्कनेछन् । 14 हे मेरा उद्धारका परमेश्‍वर, रक्‍तपातको निम्ति मलाई क्षमा गर्नुहोस्, र तपाईंको धार्मिकताको आनन्दको निम्‍ति म काराउनेछु । 15 हे परमप्रभु, मेरा ओठहरू खोल्नुहोस्, र मेरो मुखले तपाईंको प्रशंसा गाउनेछ । 16 किनकि तपाईं बलिदानमा खुसी हुनुहुन्‍न, नत्र म बलि चढाउँथें । होमबलिमा तपाईं आनन्‍दित हुनुहुन्‍न । 17 परमेश्‍वरका बलिदानहरू तोडिएको आत्मा हो । हे परमेश्‍वर, तपाईंले तोडिएको र पश्‍चतापी हृदयलाई घृणा गर्नुहुनेछैन । 18 सियोनलाई तपाईंको सुभेच्छामा भलइ गर्नुहोस्, यरूशलेमको पर्खालहरू पनुःनिर्माण गर्नुहोस् । 19 तब तपाईं धार्मिकताको बलिहरूमा, होमबलिहरू र सम्‍पूर्ण होमबलिमा प्रशन्‍न हुनुहुनेछ । तब हाम्रा मानिसहरूले तपाईंको वेदीमा साँढेहरू चढाउनेछन् ।
  • लैव्य 12:2-5 : 2 “इस्राएलका मानिसहरूलाई यसो भन्‍नू, ‘यदि कुनै स्‍त्री गर्भवती भएर त्यसले छोरो जन्माई भने, त्यसको रजस्‍वलाका दिनहरूझैँ त्यो सात दिनसम्म अशुद्ध रहने छे । 3 आठौँ दिनमा चाहिँ त्यस बालकको खलडीको खतना गरिनुपर्छ । 4 त्यसपछि त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ । त्यसको शुद्धिकरणको समय पुरा नभएसम्म त्यसले कुनै पवित्र कुरा छुनुहुँदैन वा पवित्र स्थानमा आउनुहुँदैन । 5 तर यदि त्यसले छोरी जन्माई भने, त्यसको रजस्‍वलाको समयमा झैँ त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे । त्यसपछि त्यसको शुद्धिकरण छैसट्ठी दिनसम्मै जारी रहने छ ।
  • लैव्य 15:19-33 : 19 कुनै स्‍त्रीको महिनावारी भयो भने, त्यसको अशुद्धता सात दिनसम्‍म रहने छ, र त्यस स्‍त्रीलाई छुने मानिस साँझसम्‍म अशुद्ध हुने छ । 20 त्यसको महिनावारीको समयमा त्यो पल्‍टिने सबै कुरा अशुद्ध हुने छ, र त्यो बस्‍ने सबै कुरा अशुद्ध हुने छ । 21 त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ । 22 त्यो बस्‍ने जुनसुकै कुरा छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ । 23 चाहे त्यो त्यस स्‍त्रीको ओछ्‍यान होस् वा त्यो बस्‍ने कुनै कुरा, यदि कुनै मानिसले त्यो छुन्छ भने, त्यो साँझसम्म अशुद्ध हुने छ । 24 यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ । 25 यदि कुनै स्‍त्रीको आफ्नो रजस्‍वलाको समयभन्दा फरक समयमा धेरै दिनसम्म रगत बग्‍यो भने, वा त्यसको रजस्‍वलाको समयभन्दा लामो समयसम्म रगत बग्‍यो भने, त्यसको अशुद्धता बगिरहने यी सबै दिनमा त्यो आफ्नो महिनावारीको समयसरह नै हुने छे । त्यो अशुद्ध हुने छे । 26 रगत बग्‍ने समयमा त्यो पल्‍टिने सबै ओछ्‍यान त्यसको निम्ति रजस्‍वलाको बेलाझैँ हुने छ, र त्यो बस्‍ने सबै कुरा रजस्‍वलाको अशुद्धताझैँ अशुद्ध हुने छ । 27 यी कुराहरूमध्ये कुनैलाई छुने जो कोही अशुद्ध हुने छ । त्यसले आफ्ना लुगाहरू धोओस् र पानीले नुहाओस्, अनि त्यो साँझसम्म अशुद्ध हुने छ । 28 तर यदि त्यो स्‍त्री आफ्नो रगत बगाइबाट शुद्ध भई भने, त्यसले सात दिन गनोस् र त्यसपछि त्यो शुद्ध हुने छे । 29 आठौँ दिनमा त्यसले आफूसँग दुईवटा ढुकुर र परेवाका दुईवटा बचेरा लिएर भेट हुने पालको प्रवेशद्वारमा पुजारीकहाँ ल्याओस् । 30 पुजारीले एउटा चरोलाई पापबलिझैँ र अर्कोलाई होमबलिझैँ अर्पण गर्ने छ, र त्यसको अशुद्ध रगत बगाइको निम्ति परमप्रभुको अगि प्रायश्‍चित्त गर्ने छ । 31 यसरी तिमीहरूले इस्राएलका मानिसहरूलाई तिनीहरूका अशुद्धताबाट अलग गर्नू, ताकि म तिनीहरूका माझमा बस्‍ने पवित्र स्थानलाई तिनीहरूले अपवित्र गरेर तिनीहरू नमरून् । 32 तरल बग्‍ने समस्या भएको जो कोही, वीर्यपातको समस्या भएर अशुद्ध भएको पुरुष, 33 रजस्‍वलाको महिनावारी भएकी स्‍त्री, तरल बग्‍ने समस्या भएको पुरुष वा स्‍त्री, र अशुद्ध स्‍त्रीसँग सुत्‍ने पुरुष सबैका निम्ति विधिविधान यी नै हुन् ।’”
  • अय्यू 31:9-9 : 9 मेरो हृदय स्‍त्रीद्वारा धोकामा परेको छ भने, र मेरो छिमेकीको ढोकामा म ढुकिबसेको छु भने, 10 तब मेरी पत्‍नीले अर्कैको लागि अन्‍न पिसोस्, र अरू मानिसहरू त्यसमाथि घोप्‍टो परून् । 11 किनकि त्यो त डरलाग्दो अपराध हुन्छ । वास्तवमा यो न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्छ ।
  • भजन 50:18 : 18 तैंले चोरलाई भेट्दा, त्योसँग तँ सहमत हुन्छस् । व्याभिचार गर्नेसँग तँ मिल्‍छस् ।
  • नीति 30:20 : 20 व्यभिचारी स्‍त्रीको चाल यस्तो हुन्छः त्यसले खाएर आफ्नो मुख पुछ्छे अनि भन्छे, “मैले कुनै गल्ती गरेकी छैनँ ।”
  • उत्प 39:7 : 7 योसेफका मालिककी पत्‍नीले उनीप्रति चाहना राखिन् । तिनले भनिन्, “मसँग सुत ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 11:1-3
    3 पदहरू
    84%

    1¶ बसन्त ऋतुमा यस्‍तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्‍मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।

    2त्यसैले एक साँझ यस्‍तो भयो, दाऊद आफ्नो ओछ्‍यानबाट उठे र आफ्‍नो दरबारको छतमा हिंडिरहे । त्यहाँबाट तिनले एक जना स्‍त्रीलाई देखे जो नुहाइरहेकी थिइन्, र ती महिला हेर्दा साह्रै सुन्दरी थिइन् ।

    3त्यसैले दाऊदले मानिसहरू बोलाए र ती स्‍त्रीलाई चिन्‍नेहरूलाई सोधे । कसैले भन्यो, “के यिनी एलीआमकी छोरी बतशेबा र हित्ती उरियाहकी पत्‍नी होइनन् र?”

  • २ शमू 11:5-14
    10 पदहरू
    83%

    5ती स्‍त्री गर्भवती भइन् र उनले दाऊदलाई खबर पठाइन् र भनिन् । उनले भनिन्, “म गर्भवती भएछु ।”

    6त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।

    7जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।

    8दाऊदले उरियाहलाई भने, “तल आफ्नो घरमा जाऊ र आफ्नो खुट्टा धोऊ ।” त्यसैले उरियाह राजाको दरबारबाट गए र राजाले उरियाह गएपछि तिनको पछिपछि उपहार पठाए ।

    9तर उरियाह राजाको दरबारको ढोकामा आफ्ना मालिकका सेवकहरूसँगै सुते र तिनी तल आफ्नो घरमा गएनन् ।

    10जब तिनीहरूले दाऊदलाई भने, “उरियाह तल आफ्नो घरमा गएनन् ।” दाऊदले उरियाहलाई भने, “के तिमी यात्राबाट आएका होइनौ? तिमी तल आफ्नो घरमा किन नगएको?”

    11उरियाहले जवाफ दिए, “सन्दुक, इस्राएल र यहूदा पालमा बसिरहेका छन्, अनि मेरो मालिक योआब र मेरा मलिकका सेवकहरू खुल्‍ला मैदानमा छाउनीमा छन् । तब म आफ्‍नो घरमा खान, पिउन र मेरो पत्‍नीसँग सुत्‍नलाई कसरी जानु? जस्तो तपाईं जीवित हुनुहुन्छ, म यसो गर्ने छैन ।”

    12त्यसैले दाऊदले उरियाहलाई भने, “आज पनि यहीं बस र म तिमीलाई भोलि पठाउने छु ।” त्यसैले उरियाह त्यस दिन र अर्को दिन यरूशलेममा नै बसे ।

    13जब दाऊदले उनलाई बोलाए, उनले तिनको सामु खाए र पिए र दाऊदले तिनलाई मत्‍याए । साँझमा उरियाह आफ्नो मालिकका सेवकहरूसँगै भएको आफ्‍नो ओछ्‍यानमा सुत्‍न गए । उनी तल आफ्नो घरमा गएनन् ।

    14त्यसैले बिहान दाऊदले योआबलाई पत्र लेखे र यो उरियाहको हातमा पठाए ।

  • २ शमू 11:26-27
    2 पदहरू
    80%

    26जब उरियाहको पत्‍नीले आफ्‍नो पति उरियाह मरेको खबर सुनिन्, तब आफ्नो पतिको निम्ति तिनले गहिरो शोक गरिन् ।

    27जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।

  • 28तब राजा दाऊदले जवाफ दिए, “बतशेबालाई फेरि मकहाँ बोलाऊ ।” उनी राजाको उपस्थितिमा आएर राजाको सामु खडा भइन् ।

  • 24दाऊदले आफ्‍नी पत्‍नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्‍यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्‍यसलाई प्रेम गर्नुभयो

  • 13दाऊदले हेब्रोन छोडे र यरूशलेममा आए, त्‍यसपछि तिनले यरूशलेममा अरू धेरै उपपत्‍नीहरू र पत्‍नीहरू ल्याए र तिनका अरू धेरै छोराहरू र छोरीहरू जन्मे ।

  • १ राजा 1:15-16
    2 पदहरू
    72%

    15त्यसैले बतशेबा राजाको कोठामा गइन् । राजा अत्यन्तै वृद्ध भइसकेका थिए, र शूनम्मी अबीशगले राजाको सेवा गर्दै थिइन् ।

    16बतशेबाले शिर झुकाई राजाको सामु शाष्टाङ्ग दण्डवत् गरिन् । तब राजाले सोधे, “तिमी के चाहन्छ्यौ?”

  • 3यरूशलेममा दाऊदले अझै अरू पत्‍नीहरू ल्‍याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।

  • २ शमू 3:14-15
    2 पदहरू
    72%

    14त्यसपछि दाऊदले यसो भन्‍दै शाऊलका छोरा ईश्‍बोशेतकहाँ दूतहरू पठाए, “मलाई मेरी पत्‍नी मीकल देऊ, जसलाई मैले सय जना पलिश्‍तीको खलडीको मूल्य तिरें ।”

    15त्यसैले ईश्‍बोशेतले मीकललाई लिन पठाए र तिनलाई तिनको पति लैशका छोरा पल्तिएलकहाँबाट ल्‍याए ।

  • २ शमू 12:9-11
    3 पदहरू
    72%

    9त्यसैले तैंले परमप्रभुको दृष्‍टिमा जे खराब छ त्यही गरेर उहाँको आज्ञालाई किन तुच्‍छ ठानिस्? तैंले हित्ती उरियाहलाई तरवारले प्रहार गरिस् र त्यसको पत्‍नीलाई तेरो आफ्‍नै पत्‍नी हुनलाई लगेको छस् । तैंले अम्‍मोनको फौजको तरवारले त्यसलाई मारिस् ।

    10त्यसैले अब तरवारले तेरो घरानालाई कहिल्यै छोड्ने छैन, किनभने तैंले मलाई घृणा गरेको छस् र हित्ती उरियाहको पत्‍नीलाई तेरो आफ्‍नो पत्‍नीको रूपमा लिएको छस् ।'

    11परमप्रभु भन्‍नुहुन्छ, 'हेर्, म तेरो आफ्नै घरानाबाट विपद् ल्‍याउने छु । तेरै आफ्‍नै आँखाको सामु तेरा पत्‍नीहरूलाई म लिने छु र ती तेरो छिमेकीलाई दिने छु, र दिनको उज्‍यालोमा त्यो तेरा पत्‍नीहरूसित सुत्‍ने छ ।

  • 40जब दाऊदका सेवकहरू कार्मेलमा अबीगेलकहाँ आए, तब तिनीहरूले उनीसँग कुरा गरे र भने, “दाऊदले तपाईंलाई आफ्‍नो पत्‍नीको रूपमा लिन हामीलाई पठाउनुभएको छ ।”

  • १ शमू 18:26-27
    2 पदहरू
    70%

    26जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।

    27ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्‍वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्‍नी हुनलाई दिए ।

  • २ शमू 12:15-16
    2 पदहरू
    70%

    15त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।

    16दाऊदले त्‍यो केटाको निम्‍ति परमप्रभुसँग बिन्ती गरे । दाऊद उपवास बसे र भित्र गए र रातभरि भुईंमा पल्टिरहे ।

  • 14तापनि अमनोनले उनको कुरा सुनेनन् । तिनी तामारभन्दा बलिया भएका हुनाले, तिनले उनलाई समाते र तिनी उनीसित सुते ।

  • 3जब दाऊद यरूशलेममा आफ्नो दरबारमा आए, तब उनले दरबारको हेरचाह गर्न छोडेका दश जना पत्‍नीलाई लिए र तिनले उनीहरूलाई पालेको अधीनमा एउटा घरमा राखे । उनले उनीहरूलाई चाहिने सबै कुरा जुटाइदिए, तर तिनी फेरि उनीहरूसँग सुतेनन् । त्यसैले उनीहरूको मृत्युको दिनसम्म नै तिनीहरूलाई नजरबन्द गरियो, यसरी उनीहरू विधवाहरू भएझैं बसे ।

  • १ शमू 19:14-15
    2 पदहरू
    69%

    14जब शाऊलले दाऊदलाई ल्याउन दूतहरू पठाए, तब तिनले भनिन्, “तिनी बिरामी छन् ।”

    15तब शाऊलले दाऊदलाई हेर्न दूतहरू पठाए । उनले भने, “त्यसलाई ओछ्यामा नै मकहाँ ल्‍याऊ, ताकि म त्यसलाई मार्नेछु ।”

  • 20त्यसपछि दाऊद आफ्‍नो परिवारलाई आशिष् दिन फर्केर गए । शऊलकी छोरी मीकल दाऊदलाई भेट्न आइन् र भनिन्, “इस्राएलको राजाको आज कति ठुलो इज्‍जत भएको, जसले आफ्नो सेविकाहरू र सेवकहरूको माझ निर्लज्‍ज रूपमा आफूलाई निवर्वस्‍त्र पार्ने कुपात्रले झैं आफैलाई निर्वस्‍त्र तुल्याए ।”

  • 11जब उनले तिनकहाँ खाना ल्याएकी थिइन्, तब तिनले उनको हात समाते र उनलाई भने, “मेरी बहिनी, आऊ, मसँग सुत ।”

  • 6यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्‍नीद्वारा सोलोमनका पिता थिए ।

  • 35त्यसैले तिनले जे ल्याएकी थिइन् सो तिनको हातबाट दाऊदले ग्रहण गरे । तिनले उनलाई भने, “आफ्नो घरमा शान्तिसँग जाऊ । हेर, मैले तिम्रो कुरा सुनेको छु र तिमीलाई स्वीकार गरेको छु ।”

  • 22त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।

  • 14र बदनाम गराउने नियतले पत्‍नीलाई यसो भन्छ, 'मैले यो स्‍त्रीलाई ल्याएँ, तर म त्योसित सुत्‍न जाँदा त्यो कन्या केटी भएको पाइनँ ।'

  • 16तिनी आफ्नी बुहारी हुन् भन्‍ने थाहा नभएर उनी तिनीकहाँ सडकको किनारमा गए र भने, “आऊ, मलाई तिमीसँग सुत्‍न देऊ” अनि तिनले भनिन्, “तपाईं मसँग सुत्‍नका लागि मलाई के दिनुहुन्छ?”

  • 18बतशेबाले भनिन्, “ठिक छ । म राजासित कुरा गर्ने छु ।”

  • 42अबीगेलले हतार गरिन् र उठिन् र आफूसँगै लान आफ्‍ना पाँच जना दासीहरूसँगै गधामा बसिन्, अनि उनी दाऊदको दूतहरूको पछि लागिन् र तिनकी पत्‍नी भइन् ।

  • 21त्यसको ओछ्‍यान छुने मानिसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस् र त्यो मानिस साँझसम्‍म अशुद्ध रहने छ ।

  • 20तब दाऊद भुईंबाट उठे र आफू नुहाए, आफूलाई तेल घसे र आफ्‍ना लुगा फेरे । तिनी परमप्रभुको पवित्र वासस्थानमा गए र त्यहाँ आराधना गरे र त्‍यसपछि आफ्‍नो दरबारमा फर्केर आए । तिनले खाने कुराहरू मागेपछि, तिनीहरूले खाने कुरा दिए र तिनले खाए ।

  • 17त्‍यसपछि बेबिलोनीहरू त्‍यसकहाँ त्‍यसको कामुक ओच्छ्यानमा आए र आफ्‍ना छाडा यौनले तिनीहरूले त्‍यसलाई अशुद्ध पारे । त्‍यसले जे गरेकी थिई त्‍यसद्वारा त्‍यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्‍यो उनीहरूसँग टाढा भई ।

  • 2त्यस देशका रजौटा हिव्वी हमोरको छोरा शकेमले उनलाई देखी उनलाई प्रकेर लगे र उनीसित सहवास गरे ।

  • 24यदि कुनै मानिस त्यस स्‍त्रीसँग सुत्‍यो, र त्यसबाट बहने अशुद्ध कुरोले त्यसलाई छोयो भने, त्यो सात दिनसम्म अशुद्ध हुने छ । त्यो पल्‍टिने हरेक ओछ्‍यान अशुद्ध हुने छ ।

  • 18उनले भने, “म तिमीलाई बन्धकको रूपमा के दिऊँ?” तिनले जवाफ दिइन्, “तपाईंको छाप, त्यसको डोरी, र तपाईंको हातमा भएको त्यो लौरो ।” उनले ती सबै तिनलाई दिए र तिनीसँग सुते, अनि तिनी उनीद्वारा गर्भवती भइन् ।