२ शमूएल 12:27
त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
त्यसैले योआबले दाऊदकहाँ दूतहरू पठाए र भने, “मैले रब्बाको विरुद्धमा युद्ध लडेको छु र मैले सहरको पानीको आपुर्तीलाई कब्जा गरेको छु ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26यति बेला योआबले अम्मोनीहरूको रब्बाको विरुद्ध युद्ध गरे र तिनले राजकीय सहर कब्जा गरे ।
28यसकारण बाँकी फौजलाई भेला गर्नुहोस् र यो सहर विरुद्ध छआउनी हाल्नुहोस् र यसलाई कब्जा गर्नुहोस्, किनकि मैले त्यो सहर लिएँ भने, त्यसलाई मेरो नाउँ दिइने छ ।
29त्यसैले दाऊदले सबै फौजलाई एकसाथ भेला गरे र रब्बातिर गए । तिनले त्यो सहरको विरुद्ध युद्ध लडे र त्यो कब्जा गरे ।
1¶ बसन्त ऋतुको समय, अर्थात् समान्यतया राजाहरू लडाइँ गर्न जाने समयमा योआबले सेनालाई युद्ध गर्न लगे र अम्मोनीहरूको देशलाई उजाड पारे । तिनले गए र रब्बालाई घेरा हाले । दाऊदचाहिं यरूशलेममा नै रहे । योआबले रब्बालाई आक्रमण गरे र त्यसलाई पराजित गरे ।
16त्यसैले जब योआबले सहरमाथिको घेराबन्धीलाई हेरे, तब तिनले लड्नलाई बलियो शत्रु सिपाहीहरू छन् भनी जानेका ठाउँमा उरियाहलाई खटाए ।
17जब सहरका मानिसहरू बाहिर निस्के र योआबका फौजसँग युद्ध लडे, तब दाऊदका केही सिपाहीहरू मरे र हित्ती उरियाहलाई पनि त्यहीं मारियो ।
18जब योआबले युद्धको बारेमा हरेक खबर दाऊदलाई पठाए,
19तब तिनले दूतहरूलाई यसो भनेर आज्ञा दिए, “जब तैंले राजालाई युद्धका बारेमा सबै कुराहरू भनेर सिद्ध्याउँछस्,
20तब राजा रिसाउन सक्छन् र तिनले भन्ने छन्, 'तिमीहरू युद्ध गर्न सहरको यति नजिक किन गयौ? के उनीहरूले पर्खालबाट काँड हान्छन् भन्ने तिमीहरूले जानेनौ?
1¶ बसन्त ऋतुमा यस्तो भयो, यो समयमा राजाहरू सामान्यतया युद्धमा जान्छन्, जसले गर्दा दाऊदले योआब, तिनका सेवकहरू र इस्राएलका सबै फौजलाई पठाए । तिनीहरूले अम्मोनका फौजलाई नाश गरे र रब्बालाई घराबन्दी गरे । तर दाऊदचाहिं यरूशलेममा नै बसे ।
7जब दाऊदले यसको बारेमा सुने, तब तिनले योआब र सिपाहीहरूका सबै फौजलाई पठाए ।
8अम्मोनीहरू बाहिर निस्के र आफ्नो सहरको ढोकामा युद्धको मोर्चा बाँधे, जबकि सोबा र रहोबका अरामीहरू, अनि तोब र माकाका मानिसहरू भने तिनीहरूसँगै खुल्ला मैदानमा तैनाथ भए ।
8जब दाऊदले यो कुरा सुने, तिनले योआब र जम्मै सेनालाई तिनीहरूसँग भेट गर्न पठाए ।
9अम्मोनका मानिसहरू आए र सहरको मूल ढोकामा लडाइँको निम्ति पङ्क्तिवद्ध भए । सहायताका निम्ति आएका राजाहरू भने खुला मैदानमा थिए ।
15जब अम्मोनका सेनाले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि तिनका भाइ अबीशैको सामुबाट भागे र सहरभित्र फर्के । यसकारण योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा फिर्ता गए ।
22त्यसैले त्यो दूत विदा भयो र दाऊदकहाँ गयो र योआबले तिनलाई भन्न पठाएका हरेक कुरा भनिदिए ।
23त्यसपछि त्यो दूतले दाऊदलाई भने, “सुरुमा हामीभन्दा शत्रुहरू बलिया थिए । उनीहरू हामीमाथि खुल्ला मैदानमा आए, तर हामीले उनीहरूलाई भित्र पस्ने ढोकातिर नै फर्कायौं ।
13त्यसैले योआब र तिनका फौजका सिपाहीहरू अरामीहरूका विरुद्धमा युद्ध लड्न अगि बढे, जो इस्राएलका फौजका सामु भाग्न बाध्य भए ।
14जब अम्मोनको फौजले आरामीहरू भागेको देखे, तब तिनीहरू पनि अबीशैबाट भागे र सहरमा फर्केर गए । तब योआब अम्मोनका मानिसहरूबाट फर्के र यरूशलेममा आए ।
25दाऊदले त्यस दूतलाई भने, “योआबलाई भन्, 'यसले तिमीलाई दुःखित नतुल्याओस्, किनकि तरवारले एउटा वा अर्कोलाई नष्ट पार्छ । त्यो सहरको विरुद्ध तिम्रो युद्ध अझ धेरै बलियो पार र त्यसलाई नाश पार,' र तिनलाई उत्साह दिए ।”
15तिनीहरूले त्यसलाई बेथ-माकाको हाबिलमा भेट्टाए र घेराबन्दी गरे । तिनीहरूले सहरको विरुद्ध एउटा घेरा-मचान बनाए । योआबसँग भएका सबै फौजले पर्खाललाई ढाल्नलाई त्यसमा हिर्काउन लागे ।
16त्यसपछि एक जना बुद्धिमान स्त्रीले सहरबाट कराएर भनिन्, “ए योआब, सुन्नुहोस्, कृपया सुन्नुहोस्! मेरो नजिक आउनुहोस् र म तपाईंसँग कुरा गर्न सक्छु ।”
13सरूयाहका छोरा योआब र दाऊदका सेवकहरू निस्के र तिनीहरूलाई गिबोनको तलाउनेर भेटे । त्यहाँ तिनीहरू एक समूह तलाउको एक छेउमा र अर्को समूह अर्को छेउमा बसे ।
14रब्बाका पर्खालहरूमा म आगो बाल्नेछु, र युद्धको दिनको चिच्याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
5यबूसका बसिन्दाहरूले दाऊदलाई भने, “तपाईं यहाँ कहिल्यै आउनुहुनेछैन ।” तर दाऊदले सियोनको किल्ला अर्थात् दाऊदको सहरलाई लिए ।
6दाऊदले भनेका थिए, “यबूसीहरूलाई जोसुकैले सबभन्दा पहिले आक्रमण गर्छ त्यो नै मुखिया र कमान्डर हुनेछ ।” यसैले सरूयाहका छोरा योआबले सबभन्दा पहिले आक्रमण गरे, त्यसैले तिनलाई मुखिया बनाइयो ।
7तब दाऊद त्यही किल्लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्यसलाई दाऊदको सहर नामाकरण गरे ।
17जब दाऊदलाई यसको बारेमा बताइयो, तिनले जम्मै इस्राएललाई जम्मा गरे, यर्दन नदी पार गरे र उनीहरूकहाँ गए । तिनले आरामीहरूको विरुद्ध लडाइँ गर्न सेनाको तयारी गरे र तिनीहरूले तिनीसँग युद्ध गरे ।
4तर राजाको वचन योआबको विरुद्धमा लागू भयो । त्यसैले योआब त्यहाँबाट हिंडे र सारा इस्राएलभरी गए । तब तिनी यरूशलेममा फर्केर आए ।
3त्यसपछि सोबाका राजा रहोबका छोरा हददेजेरले यूफ्रेटिस नदीनेर आफ्नो शासन पुनर्स्थापना गर्नलाई यात्रा गरिरहँदा दाऊदले तिनलाई परास्त गरे ।
3सोबाका राजा हददेजेर यूफ्रेटिस नदीको किनारमा आफ्नो राज्य स्थापित गर्न जाँदै गर्दा दाऊदले हददेजेरलाई हमातमा पराजित गरे ।
11तिनका अरू बाँकी फौजलाई तिनले आफ्ना भाइ अबीशैको कमाण्डमा दिए, र उनीहरूलाई तिनले अम्मोनीहरूको विरुद्ध यद्धमा खडा गरे ।
9दाऊदले हददेजेरका फौजलाई दाऊदले परास्त गरेका थिए भनी जब हमातका राजा तोऊ सुने,
25मैले इनारहरू खनेको छु र पानी पिएको छु । मिश्रदेशका सबै नदीहरूलाई मेरा गोडाको पैतालमुनि मैले सुकाएको छु ।
6त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।
7जब उरियाह आइपुगे, तब दाऊदले योआब कस्ता छन्, फौज कस्तो छ र युद्ध कस्तो भइरहेको छ भनी सोधपुछ गरे ।
9जब दाऊदले सोबाका राजा हददेजेरका जम्मै सेनालाई परास्त गरेको कुरा हमातका राजा तोऊले सुने,
24त्यसपछि दाऊद महनोममा आए । अब्शालोमचाहीं र आफूसित भएका इस्राएलका सबै मानिसलाई लिएर यर्दन नदी तरे ।
12ती आराम, मोआब, अम्मोनका मानिसहरू, पलिश्तीहरू, र अमालेक साथै सोबाका राजा रहोबका छोरा हददेजेरबाट लुटेका सामानहरू पनि ।
17जब दाऊदलाई यो कुरा भनियो, तब तिनले सबै इस्राएललाई एकसाथ भेला गरे, यर्दन तरे र हेलाममा आइपुगे । तब आरामीहरूले आफूलाई दाऊदको विरुद्धमा युद्ध मोर्चामा खडा गराए र तिनीसित युद्ध लडे ।
2दाऊदले योआब र आफ्ना फौजका कमान्डरहरूलाई भने, “जाओ, बेर्शेबादेखि दानसम्मका इस्राएलका मानिसहरूको सङ्खया गन्ती गर र मलाई बताओ, ताकि म तिनीहरूको संख्या जान्न सकूँ ।”
9तिमीहरूले दाऊदका सहरका प्वालहरू देख्यौ, ती धेरै थिए र तिमीहरूले तल्लो तलाउबाट पानी जम्मा गर्यौ ।
7तापनि, दाऊदले सियोनका किल्ला कब्जा गरे, जुन अहिले दाऊदको सहर हो ।
20अम्मोनीहरूको सहर रब्बामा बेबिलोनी फौज आउनलाई एउटा बाटोमा निशाना बनाइदे । अर्कोमा तिनै फौजलाई यहूदामा र किल्ला भएको यरूशलेम सहरमा आउनलाई एउटा निशाना बनाइदे ।
4तिनले यहूदाका किल्लाबन्दी गरिएका सहरहरू जिते र यरूशलेममा आइपुगे ।
26जब योआब दाऊदकहाँबाट गए, तब तिनले अबनेरको पछि-पछि दूतहरू पठाए र तिनीहरूले तिनलाई सीराको इनारबाट फर्काए ल्याए, तर दाऊदलाई यो कुरा थाहा थिएन ।
7हददेजेरका सेवकहरूले भिरेका सुनका ढालहरू दाऊदले खोसे र ती यरूशलेममा ल्याए ।
20त्यसैले दाऊदले बाल-पराजीमा आक्रमण गरे र त्यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।
23त्यसैले योआब उठे, गशूरमा गए र अब्शालोमलाई यरूशलेममा फिर्ता ल्याए ।
4तापनि, योआब र फौजका कमाण्डरहरूका विरुद्धमा राजाको बोली नै अन्तिम भयो । त्यसैले योआब र कमाण्डरहरू इस्राएलका मानिसहरूको सङ्ख्या गणना गर्न राजाको उपस्थितिबाट निस्केर गए ।