आमोस 6:10
जब कुनै मानिसको आफन्त तिनीहरूका लासहरू निकाल्न आउँछ— जसले ती लासहरू घरबाट बाहिर निकालेर तिनलाई जलाउँछ— उसले त्यस घरमा भएको मानिसलाई सोध्छ, “के तिमीसँग अरू कोही बाँकी छ?” तब त्यो मानिसले भन्छ, “छैन ।” त्यसपछि उसले भन्नेछ, “चुप लाग, किनकि हामीले परमप्रभुको नाउँ लिनुहुँदैन ।”