यहेज्केल 33:17
तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्!
तर तेरा मानिसहरू भन्छन्, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” तर तिमीहरूका चाल पो न्यायपूर्ण छैनन्!
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
24तर धर्मी मानिसले आफ्नो धार्मिकतालाई त्यागेर पाप गर्छ, र दुष्ट मानिसले गरेका घिनलाग्दा कामहरू गर्छ भने, के त्यो बाँच्नेछ र? उसले विद्रोह गरेर मलाई धोका दिएको कारणले उसले अघि गरेको कुनै पनि धर्मिकताको कामको सम्झना हुनेछैन । यसैले उसले गरेका पापहरूमा नै ऊ मर्नेछ ।
25तर तिमीहरू भन्छौ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलका घराना, सुन । के मेरो चालहरू न्यायपुर्ण छैनन्? अन्यायपुर्ण त तिमीहरूका चालहरू होइनन् र?
26जब धर्मी मानिसले आफ्नो धार्मिकता त्याग्छ र अधर्म गर्छ, र तिनका कारणले मर्छ, तब ऊ आफैले गरको अधर्मको कारणले ऊ मर्छ ।
29तर इस्राएलको घरानाले भन्छ, 'परमप्रभुको चाल न्यायपुर्ण छैन' । ए इस्राएलको घराना, मेरो चाल कसरी न्यायपुर्ण छैन? तिमीहरूको चालचाहिं न्यायपुर्ण छैन ।
30यसकारण, ए इस्राएलका घराना, म तिमीहरू हरेक मानिसको न्याय उसको चालअनुसार गर्नेछु— यो परमप्रभु परमेश्वरको घोषणा हो । पश्चात्ताप गर, आफ्ना सबै अपराधहरूबाट फर्क, ताकि तिमीहरूको पाप तिमीहरूको विरुद्ध ठेस लाग्ने ढुङ्गाहरू नबनून् ।
18जब कुनै धर्मी मानिस आफ्नो धार्मिकताबाट तर्केर पाप गर्छ, तब त्यो त्यही पापमा मर्नेछ!
19जब कुनै दुष्ट मानिस आफ्नो दुष्टताबाट फर्केर न्यायपूर्ण र धर्मी काम गर्छ भने, यी कुराहरूका कारणले त्यो जिउनेछ!
20तर तिमीहरू भन्छौ, “परमप्रभुको चाल न्यायपूर्ण छैन!” ए इस्राएलको घराना, म तिमीहरूको चालअनुसार नै हरेकको न्याय गर्नेछु!’”
12यसैले, ए मानिसको छोरा, तेरा मानिसहरूलाई भन्, ‘धर्मी मानिसले पाप गर्छ भने त्यसको धार्मिकताले त्यसलाई बचाउनेछैन! दुष्ट मानिसले आफ्नो पापबाट पश्चात्ताप गर्छ भने त्यसको दुष्टताले त्यो नष्ट हुनेछैन! किन धर्मी मानिसले पाप गर्छ भने त्यो आफ्नो धार्मिकताको कारणले बच्नेछैन ।
13मैले धर्मीलाई यसो भनें, “त्यो निश्चय नै बाँच्नेछस्!” र त्यसले आफ्नो धार्मिकतामा विश्वास गरेर अन्याय गर्छ भने, त्यसको कुनै पनि धार्मिकतालाई म सम्झना गर्नेछैनँ । त्यसले गरेको दुष्टताको कारणले त्यो मर्नेछ ।
14यसैले मैले दुष्टलाई यसो भनें, “तँ निश्चय नै मर्नेछस्”, तर त्तसपछि त्यसले आफ्नो पापको पश्चात्ताप गर्छ र न्यायपूर्ण र ठिक काम गर्छ भने,
17तिमीहरूले आफ्ना बोलीले परमप्रभुलाई थकित तुल्याका छौ । तर तिमीहरू भन्छौ, “हामीले उहाँलाई कसरी थकित तुल्याएका छौँ?” यसो भनेर, “दुष्ट काम गर्ने सबै परमप्रभुको दृष्टिमा असल छ, र उहाँ तिनीहरूमा खुशी हुनुहुन्छ,” वा “न्यायका परमेश्वर कहाँ हुनुहुन्छ?”
16त्यसले गरेका कुनै पनि पापको सम्झना हुनेछैन । त्यसले न्यायपूर्ण र धार्मिक रूपमा काम गरेको छ र यसैले त्यो निश्चय नै जिउनेछ ।
18उसको बुबाले अरूबाट जबरदस्ती लिएर थिचोमिचो गरेको र आफ्नो भाइको डकैती गरेको, र आफ्ना मानिसहरूका माझमा जे असल छैन त्यही गरेको कारणले, हेर, ऊ आफ्नो अधर्ममा मर्नेछ ।
19तर तिमीहरू भन्छौ, 'छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नु किन नपर्ने?' किनकि छोराले न्याय र धार्मिकता पुरा गर्छ र मेरा सबै विधिहरू पालन गर्छ । उसले ती पुरा गर्छ । ऊ निश्चय नै बाँच्नेछ ।
20जसले पाप गर्छ, मर्नेचाहिं उही हो । छोरोले आफ्नो बुबाको अधर्मको फल भोग्नेछैन, र बुबाले आफ्नो छोराको अधर्मको फल भोग्नेछैन । ठिक काम गर्नेको धार्मिकता उसमाथि नै रहनेछ र दुष्टको दुष्ट्याइँ पनि उसमाथि नै रहनेछ ।
8दोषी मानिसको बाटो टेडो हुन्छ, तर निर्दोषले ठिक काम गर्छ ।
8शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।
9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्ना पाप भन्नेछन् । तिनीहरूले त्यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।
7तिनीहरू भन्छन्, “परमप्रभुले देख्नुहुन्न । याकूबका परमेश्वरले यो कुरामा ध्यान दिनुहुन्न ।”
30यसैले, ए मानिसको छोरा, मन्दिरहरूका पर्खालहरू र ढोकाहरूका छेउमा तेरा मानिसहरू तेरो बारेमा कुरा गरिरहेका छन्, र हेरकले अर्को मानिस, र हरेक मानिसले आफ्नो भाइलाई यस्तो भन्छ, ‘जाऔं र परमप्रभुको मुखबाट निस्कने अगमवक्ताको वचन सुनौं!’
31यसैले मानिसहरूले सधैं गरेझैं धेरै जना तँकहाँ आउनेछन्, र तेरो अगि बस्नेछन् र तेरा वचनहरू सुन्नेछन्, तर तिनीहरूले ती पालना गर्नेछैनन् । तिनीहरूका मुखमा ठिक शब्दहरू छन्, तर तिनीहरूका हृदयहरू अन्यायपूर्ण फाइदाको पछि छन् ।
33हामीमाथि आइपरेका हरेक कुरामा तपाईं धर्मी हुनुहुन्छ किनकि तपाईंले विश्वाससाथ व्यवहार गर्नुभएको छ, तर हामीले चाहिँ दुष्टतापूर्वक काम गरेका छौँ ।
10परमप्रभु आफ्ना मानिसलाई यसो भन्नुहुन्छ, “तिनीहरू बरालिन मन पराउने भएको हुनाले त्यसो गर्नदेखि तिनीहरूले आफ्ना खुट्टालाई रोकेका छैनन् ।” परमप्रभु तिनीहरूसित खुसी हुनुहुन्न । अब उहाँले तिनीहरूका अधर्म सम्झनुभएको छ, र तिनीहरूका पापलाई दण्ड दिनुभएको छ ।
2तिनीहरू भन्छन्छन्, 'जीवित परमप्रभुको नाउँमा' तापनि तिनीहरूले झूटा शपथ खाँदैछन् ।”
17यसकारण परमप्रभु तिनीहरूका जवानहरूसित आनन्दित हुनुहुन्न, न त उहाँले तिनीहरूका अनाथ र विधवाहरूमाथि दया गर्नुहुनेछ, किनकि हरेक व्यक्ति अधर्मी र दुष्ट छन्, अनि हरेक मुखले मूर्ख कुराहरू गर्छन् । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु, उहाँको हात अझै पसारिएकै छ ।
17यी मानिसहरूले शान्तिको मार्ग जानेका छैनन् ।
23जसले घुस लिएर दुष्टलाई छोडिदिन्छ र निर्दोषलाई उसको अधिकार हनन् गर्छ!
1¶ हे परमप्रभु, मैले तपाईंकहाँ विवाद ल्याउँदा तपाईं धर्मी हुनुहुन्छ । मैले गुनासो गर्नुपर्ने कारण निश्चय पनि मैले तपाईंलाई बताउनुपर्छः किन दुष्टका मार्गहरू सफल हुन्छन्? सबै विश्वासहीन मानिस सफल छन् ।
27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।
5एक जना धर्मी र न्याय तथा धर्मिकता कायम राख्ने मानिसको बारेमा के भण्न सकिन्छ—
27किनकि उहाँको अनुसरण गर्नबाट तिनीहरू तर्के, र उहाँका कुनै पनि मार्गको अनुसरण गर्न इन्कार गरे ।
14यसकारण परमप्रभुले विपत्तिलाई पठाउन तयार राख्नुभएको छ, र त्यो हामीमाथि ल्याउनुभएको छ, किनभने परमप्रभु हाम्रा परमेश्वर आफूले गर्नुहुने सबै काममा धर्मी हुनुहुन्छ, तापनि हामीले उहाँको वचन पालना गरेका छैनौं ।
20धर्मी मानिस आफ्नो धार्मिकताबाट फर्केर दुष्ट्याइँ गर्छ, र त्यसको लागि ठक्कर खाने ढुङ्गो मैले राखें भने त्यो मर्नेछ । तैंले त्यसलाई चेताउनी नदिएको हुनाले त्यो आफ्नै पापमा मर्नेछ, र त्यसले गरेका धर्मिक कामहरूको सम्झना म राख्नेछैन, तर त्यसका रगत लेखा म तेरो हातबाट लिनेछु ।
21तर आफ्ना घृणित प्रतिमाहरू र घिनलाग्दा मूर्तिहरूलाई भक्ति गर्ने हृदय भएकाहरूलाई चाहिं म तिनीहरूका कामहरूको प्रतिफल तिनीहरूकै शिरमा खन्याइदिनेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
4त्यसैले मैले भनें, “निश्चय नै यिनीहरू मात्र दुःखी मानिसहरू रहेछन् । तिनीहरू मूर्ख छन्, किनकि तिनीहरू परमप्रभुका मार्ग जान्दैनन्, न त तिनीहरूका परमेश्वरका आज्ञाहरू जान्दछन् ।
27ए याकूब, तँ किन यसो भन्छस्, ए इस्राएल, तँ किन घोषणा गर्छस्, “मेरो बाटो परमप्रभुबाट लुकाइएको छ र मेरो परमेश्वरले मेरो बदलाको वास्ता गर्नुहुन्न”?
17मेरो अनादर गर्नेहरूलाई तिनीहरूले निरन्तर यसो भनिरहेका छन्, 'तिमीहरूका निम्ति शान्ति हुने छ भनी परमप्रभु घोषणा गर्नुहुन्छ ।' आफ्नै हृदयको हठमा हिंड्ने हरेक व्यक्तिले भन्छ, 'तिमीहरूमाथि विपत्ति आउनेछैन ।'
24दुष्ट मानिसलाई “तिमी धर्मात्मा हौ,” भनी भन्ने कुनै पनि व्यक्ति मानिसहरूद्वारा श्रापित हुने छ, र जाति-जातिहरूद्वारा घृणित हुने छ ।
22उसको विरुद्धमा उसले गरेको सारा अपराधको सम्झना फेरि गरिनेछैन । उसले अभ्यास गरेको धर्मिकताको कारणले ऊ बाँच्नेछ ।
4यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
7ए धर्मी जन, धर्मीको मार्ग सिधा हुन्छ । धर्मी जनको मार्गलाई तपाईंले सोझो बनाउनुहुन्छ ।
22किनकि तिमीहरूले झुटा बोलेर धर्मीहरूलाई निराश तुल्याएका हुनाले, जबकि मैले उसलाई निरास तुल्याउने इच्छा गरिनँ, र तिमीहरूले दुष्ट व्यक्तिका कामहरूलाई उत्साह दियौ ताकि आफ्नो प्राण बचाउन आफ्ना चालबाट ऊ फर्कनेछैन—
27यसकारण, ए मानिसको छोरो, इस्राएलका घरानासँग बोल् र तिनीहरूलाई भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यसमा पनि तिमीहरूका पुर्खाहरू मप्रति विश्वासघाती बनेर मेरो निन्दा गरे ।
9किनकि यी विद्रोही मानिसहरू, झुट बोल्ने छोराछोरी, परमप्रभुको शिक्षा नसुन्ने छोराछोरी हुन् ।
3के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
5तिनीहरूले उहाँको विरुद्धमा भ्रष्टतापूर्वक काम गरेका छन् । तिनीहरू उहाँका छोराछोरी होइनन् । यो तिनीहरूको अपमान हो । तिनीहरू बाङ्गो र टेडो पुस्ता हुन् ।
11किनकि इस्राएल र यहूदाका घरानाहरूले मलाई पूर्ण रूपमा धोका दिएक छन्, यो परमप्रभुको घोषणा हो ।
25धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
8“किनभने मेरा विचारहरू तिमीहरूका विचारहरू होइनन्, न त तिमीहरूका उपायहरू मेरा उपायहरू हुन्— यो पमरप्रभुको घोषणा हो—