यहेज्केल 4:12
जौका केकजस्तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।”
जौका केकजस्तै बनाएर तैंले खानेछस्, तर तैंले मानिसहरूकै आँखाको सामुन्ने मानिसको दिसालाई दाउराको रूपमा प्रयोग गरेर त्यो पकाउनेछस् ।”
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
13किनकि परमप्रभु भन्नुहुन्छ, “यसको अर्थ यही हो कि इस्राएलीहरूलाई जुन-जुन जातिकहाँ म धपाउनेछु, उनीहरूका बिचमा तिनीहरूले यसरी नै दूषित भोजन खानेछन् ।”
14तर मैले भनें, “धिक्कार, हे परमप्रभु परमेश्वर, म कहिले पनि अशुद्ध भएको छैनँ । युवावस्थादेखि अहिलेसम्म कहिल्यै आफै मरेको थोक अथवा पशुले मारेको कुरा वा दुषित मासु मैले कहिलै खाएको छैनँ ।”
15यसैले उहाँले मलाई भन्नुभयो, “हेर, म तँलाई मानिसहरूका दिसाको सट्टा गोबर प्रयोग गरेर तेरो रोटी पकाउन दिनेछु, यसैले तैंले त्यसमाथि आफ्नो रोटी पकाउन सक्छस् ।
16उहाँले मलाई यो पनि भन्नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्नको मूल बन्द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन् ।
17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
8किनभने हेर्! म तँलाई डोरीहरूले कसी राख्नेछु, यसरी तेरा घेराको दिन समाप्त नहोउञ्जेल तँ यताउता फर्कन सक्नेछैनस् ।
9त्यसपछि गहूँ, जौ, सिमी, दाल, कोदो र कठिया लिएर एउटै भाँडामा हालेर तँ कोल्टे परेर सुत्ने दिनअनुसार तेरो लागि रोटी पका । तिन सय नब्बे दिनसम्म तैंले त्यो खानेछस् ।
10तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्यो खानेछस् ।
11अनि तैंले एक माना पानी पिउनेछस्, त्यो तैंले तोकिएको तोकिएको बेलामा पिउनेछस् ।
3हेर, म तिमीहरूका सन्ततिलाई हप्काउन जाँदैछु, र म तिमीहरूका अनुहारमा गोबर छरिदिनेछु, तिमीहरूका चाड-पर्वहरूको गोबर, र त्योसँगै त्यसले तिमीहरूलाई लैजानेछ ।
29तिमीहरूले आफ्ना छोराछोरीहरूका मासु खाने छौ ।
22तब मैले गरेझैं तिमीहरूले पनि गर्नेछौः तिमीहरूले आफ्नो अनुहारका रौं छोप्नेछैनौ, न त शोक गर्ने मानिसहरूका रोटी खानेछौ ।
5तैँले मसिनो पिठो लिएर बाह्रवटा रोटी बनाउनू । हरेक रोटीमा एक पाथी पिठो होस् ।
17परमेश्वरको वचन यसो भनेर मकहाँ आयो,
18“ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
19अनि देशका मानिसहरूलाई यसो भन्: 'यरूशलेमका बासिन्दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “तिनीहरूले आफ्नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका हिंसाको कारणले त्यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
14तिमीहरूले खानेछौ तर तृप्त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।
2अखमिरी रोटी र खमिर नहाली तेलमा मुछेको फुरौला अनि तेल दलेको खमिरविनाको बाबर पनि लिएर आइज ।
19मसिनो पीठो, तेल र महले बनेको मेरो रोटी मैले तँलाई दिएँ— सुगन्धित बास्ना हुनलाई तैंले ती तिनीहरूका अगि चढाइस् किनकी यस्तै भएको छ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।
26जब म तिमीहरूका भोजनको आपूर्ति रोकिदिने छु, दस जना स्त्रीले एउटै भाँडोमा तिमीहरूका निम्ति रोटी बनाउने छन्, र वजनअनुसार तिनीहरूले तिमीहरूका रोटी वितरण गर्ने छन् । तिमीहरूले खाने त छौ, तर तृप्त हुने छैनौ ।
20खमिरबाट बनेको कुनै पनि थोक तिमीहरूले नखानू । तिमीहरू जहाँ बसे तापनि तिमीहरूले खमिर नहालेको रोटी मात्र खानू ।”
22तिमीहरूले आफ्ना खोपिएका चाँदीका र सुनले बनाइएका आकृतिहरूलाई अपवित्र तुल्याउनेछौ । तिमीहरूले महिनावारीको फोहर फालेझैं ती फाल्नेछौ । तिनलाई तिमीहरू भन्नेछौ, “यहाँबाट गइहाल ।”
24तिमीहरूले रगत नखाओ । यसलाई पानीलाई झैँ भुइँमा खन्याइदिनू ।
25तिमीहरूले रगत नखाओ । तिमीहरूले परमप्रभुको दृष्टिमा जे ठिक छ त्यो गर्यौ भने तिमीहरू र तिमीहरूका छोराछोरीहरूको भलो हुने छ ।
10यी बलिहरू अति पवित्र छन् । हरेक पुरुषले यो खानुपर्छ, किनभने तिनीहरू तिमीहरूका निम्ति पवित्र छन् ।
32मासु र रोटीबाट जे बाँकी हुन्छ त्यसलाई जलाउनू ।
12तर प्रमुख कमाण्डरले भने, “के तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्न मेरा मालिकले मलाई पठाउनुभएको हो र? के पर्खालमाथि बस्ने मानिसहरूलाई पनि यो कुरा भन्न उहाँले मलाई पठाउनुभएको होइन र, जसले तिमीहरूसँगै आफ्नो दिसा खानुपर्छ र आफ्नो पिसाब पिउनुपर्छ?”
12“तर तिमीहरूले परमप्रभुको टेबिल अशुद्ध छ, र त्यसमा भएका फलफुल र रोटी घृणायुक्त छन् भनेर त्यो अपवित्र बनाउँछौ ।
19जब तिमीहरूले त्यस भूमिमा उत्पादन भएको खानेकुरा खान्छौ, तिमीहरूले बलिदान चढाउनुपर्छ र मेरो निम्ति यसलाई चढाउनुपर्छ ।
20आफ्नो मुछेको पहिलो पिठोबाट खलाबाट नै उठाइएको बलिदानको रूपमा यसलाई उठाउन एउटा रोटी चढाउनुपर्छ । तिमीहरूले यसलाई यसरी उठाउनुपर्छ ।
19के तिमीहरूले आफ्ना खुट्टाहरूले कुल्चेको कुराबाट मेरा भेडाहरूले खानु, र तिमीहरूका खुट्टाहरूले धमिलो पारेको पानी पिउनुपर्छ?
19मर्नु नपर्ने मानिसहरूलाई मार्नलाई र बाँच्न नपर्नेहरूको जीवन बचाउनलाई तिमीहरूका कुरा सुन्ने मेरा मानिसहरूलाई झुटा कुरा गरेर र आफ्ना दुई-चार मुट्ठी जौ र रोटीका केही टुक्राहरूका निम्ति मेरो मानिसहरूका बिचमा तिमीहरूले मलाई बिटुलो पार्यौ ।
28तिमीहरूका अपवित्रताका कारण तिमीहरूभन्दा अगिका मानिसहरूलाई झैँ त्यस भूमिले तिमीहरूलाई पनि उकेलेर बाहिर ननिकालोस् ।
25परदेशीको हातबाट तिमीहरूका परमेश्वरको भोजन अर्पण नगर्नू । अङ्गभङ्ग भएका वा खोट भएका पशुहरू, तिमीहरूका निम्ति ग्रहण हुने छैनन्’ ।”
10“तब तँसगै गएका मानिसहरूका आँखाकै सामु तैंले त्यो माटोको भाँडा फुटाइदे ।
28तर त्यो उमाल्न प्रयोग गरिएको माटोको भाँडालाई भने फुटाउनू । यदि त्यो काँसाको भाँडामा उमालिएको भए, त्यसलाई माँझेर सफा पानीले धुनू ।
15त्यसकारण सर्वशक्तिमान् परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ, “हर, मैले यो जातिलाई ऐरेलु खुवाउन र विषालु पानी पियाउन लागेको छु ।
27तर प्रधान सेनापतिले तिनीहरूलाई भने, “के मेरा मालिकले तिमीहरूका मालिक र तिमीहरूलाई मात्र यो कुरा भन्नलाई मलाई पठाउनुभएको हो र? के पर्खालमा बस्ने यी मानिसहरूलाई पनि होइन र, जसले तिमीहरूसँगै तिनीहरूका आफ्नै दिसा र पिसाब खानुपर्नेछ?”
17किनभने म मानवजातिमाथि संकट ल्याउनेछु, अनि तिनीहरूले परमप्रभुको विरुद्ध पाप गरेका हुनाले तिनीहरू अन्धा मानिसहरूझैँ हिँड्नेछन् । तिनीहरूको रगत धुलोझैँ र तिनीहरूका भित्री अङ्गहरू लादीझैँ बाहिर फ्याँकिनेछन् ।
6सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू । सातौँ दिनमा परमप्रभुको निम्ति चाड हुनेछ ।
13खन्नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।
8त्यस रात तिमीहरूले आगोमा पोलेर त्यो मासु खानू । तितो सागसित खमिर नहालेको रोटीसितै तिमीहरूले त्यो खानू ।
9काँचो वा पानीमा उमालेर नखाओ । बरु, यसको टाउको, यसका खुट्टा र भित्री भागहरूसमेत आगोमा पोलेर खाओ ।
4'तिनीहरू रोग लागेरले मर्नेछन् । तिनीहरूका निम्ति शोक गरिने वा गाडिनेछैन । तिनीहरू जमिनमा गोबरजस्तै हुनेछन् । किनकि तरवार र अनिकालले तिनीहरूको अन्त्य हुनेछ, र तिनीहरूका लाशहरू आकाशका चराहरू र जमिनका पशुहरूका लागि आहार हुनेछन् ।'
3उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो, मैले तँलाई दिएको त्यो मुट्ठो खा र यसले तेरो पेट भर ।” यसैले मैले त्यो खाएँ, र त्यो मेरो मुखमा महझैं गुलियो थियो ।
15यसैले म तँलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु, र तँलाई देशहरूमा तितरबितर पार्नेछु । यसरी तँमा भएको अशुद्धताबाट तँलाई शुद्ध पार्नेछु ।
17“ए मानिसको छोरा, जब इस्राएलको घराना आफ्नो देशमा बसोबास गरे, तब तिनीहरूले त्यस देशलाई आफ्ना चालहरू र कामहरूले अशुद्ध पारे । मेरा सामु तिनीहरूका चालहरू स्त्रीको रजस्वलाको अशुद्धताझैं थिए ।
35जुन कुरामाथि तिनीहरूको सिनु खस्छ, त्यो वस्तु भट्टी वा सानो चुलो जे भए तापनि त्यसलाई टुक्रा-टुक्रा गरिनुपर्छ । ती अशुद्ध हुन् र तिमीहरूका निम्ति ती अशुद्ध रहून् ।
23परमप्रभुको सामु भएको खमिर नहालेको रोटीको टोकरीबाट एउटा रोटी, तेलमा पोलेको एउटा फुरौला र एउटा बाबर लिनू ।
24यस्ता कामहरू गरेर आफैलाई अपवित्र नबनाउनू, किनभने जुन जातिहरूलाई मैले तिमीहरूका सामुबाट निकाल्दै छु ती यी सबै कारणले अपवित्र भएका छन् ।