उत्पत्ति 2:11

अनलक शाब्दिक बाइबल

पहिलो नदीको नाम पीशोन हो । यो त्यही नदी हो जुन हवीलाको सारा भूमिमा बग्दछ, जहाँ सुन पाइन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 25:18 : 18 तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्‍शूर देशतिर पर्ने हवीलादेखि शूरसम्‍म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
  • १ शमू 15:7 : 7 त्यसपछि शाऊलले हविलादेखि मिश्रदेशको पूर्वमा पर्ने शूरसम्म नै आक्रमण गरे ।
  • उत्प 10:7 : 7 सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।
  • उत्प 10:29 : 29 ओपीर, हवीला योबाबका पिता बने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 2:12-15
    4 पदहरू
    85%

    12त्यस भूमिको सुन असल छ । त्यहाँ खोटो र आनिक्स पत्थर पनि छन् ।

    13दोस्रो नदीको नाम गीहोन हो । योचाहिँ कूशको सारा भूमिमा बग्दछ ।

    14तेस्रो नदीको नाम टाइग्रिस हो, जुन अश्शूरको पूर्वबाट बग्दछ । चौथो नदी यूफ्रेटिस हो ।

    15परमप्रभु परमेश्‍वरले मानिसलाई अदनको बगैँचामा लगी त्यहाँ खेतीपाती गर्न र त्यसको हेरचाह गर्न राख्‍नुभयो ।

  • उत्प 2:8-10
    3 पदहरू
    82%

    8परमप्रभु परमेश्‍वरले अदनको पूर्वतिर एउटा बगैँचा लगाउनुभयो, र उहाँले बनाउनुभएको मानिसलाई त्यहीँ राख्‍नुभयो ।

    9हेर्नमा राम्रो र खानको निम्ति असल फल भएको सबै रुखलाई परमप्रभु परमेश्‍वरले भूमिबाट उमार्नुभयो । बगैँचाको बिचमा भएको जीवनको रुख, अनि असल र खराबको ज्ञान दिने रुख पनि उहाँले उमार्नुभयो ।

    10बगैँचालाई भिजाउन अदनबाट एउटा नदी निस्केको थियो । त्यहाँबाट त्यो छुट्टिएर चारवटा नदी बनेका थिए ।

  • 6यसका ढुङ्गाहरूका ठाउँमा नीर पाइन्छ, र यसमा धूलोमा सुन मिसिएको छ ।

  • 23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

  • 1¶ निश्‍चय नै चाँदीको एउटा खानी हुन्छ, एउटा ठाउँ छ जहाँ तिनीहरूले सुनलाई शुद्ध पार्छन् ।

  • उत्प 2:4-6
    3 पदहरू
    67%

    4परमप्रभु परमेश्‍वरले आकाश र पृथ्वीलाई सृष्‍टि गर्नुभएको समयमा भएका घटनाक्रमहरूको वृत्तान्त यही थियो ।

    5पृथ्वीको भूमिमा अझै कुनै वनस्पति थिएन, र कुनै बिरुवा पनि उम्रेको थिएन, किनभने परमप्रभु परमेश्‍वरले पृथ्वीमा पानी वर्साउनुभएको थिएन, र भूमिमा खेती गर्नको निम्ति त्यहाँ कुनै मानिस थिएन ।

    6तर पृथ्वीबाट माथि आएको कुइरोले जम्मै भूमिको सतहलाई भिजाउने गर्थ्यो ।

  • उत्प 11:1-2
    2 पदहरू
    67%

    1¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।

    2तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्यही बसे ।

  • 24आफ्‍नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्‍नुहोस्,

  • उत्प 1:9-11
    3 पदहरू
    66%

    9परमेश्‍वरले भन्‍नुभयो, “आकाशमुनिको जम्मै पानी एक ठाउँमा जम्मा होस्, र ओभानो जमिन देखा परोस् ।” तब त्यस्तै भयो ।

    10परमेश्‍वरले ओभानो जमिनलाई “पृथ्वी” भन्‍नुभयो, र जम्मा भएको पानीलाई “समुद्र” भन्‍नुभयो । उहाँले हेर्नुभयो, र त्यो असल थियो ।

    11परमेश्‍वरले भन्‍नुभयो, “पृथ्वीले आ-आफ्नो प्रजातिअनुसारको वनस्पति, बिउ हुने बोट-बिरुवाहरू र फलभित्रै बिउ हुने फल-फलाउने रुखहरू उमारोस् ।” तब त्यस्तै भयो ।

  • १ इति 1:19-20
    2 पदहरू
    66%

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • 9यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पा्र्नुभयो ।

  • 19कूश देशको पुष्पराज त्यसको बराबर हुँदैन, न त त्‍यसलाई निखुर सुनले मूल्‍य तोक्‍न सकिन्छ ।

  • 29ओपीर, हवीला योबाबका पिता बने ।

  • 6तिनले मन्‍दिरलाई बहुमूल्‍य पत्‍थरहरूले सिंगारे । सुनचाहिं पर्वेमको सुन थियो ।

  • 7किनकि परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई बेसीँ र पर्वतहरू हुँदै खोलानाला र मुल भएको असल देशमा ल्याउँदै हुनुहुन्छ ।

  • 4त्यो मरुभूमि र लेबनानदेखि महानदी यूफ्रेटिससम्म, हित्तीहरूका सबै भूमि र घाम अस्ताउने भूमध्य सागरसम्म हुने छ ।

  • 2तिनले यसलाई भित्र र बाहिर निखुर सुनले मोहोरे अनि यसको चारैतिर सुनको बिट लगाए ।

  • 15साथै, प्राचीन पर्वतहरूका उत्तम कुराहरू, र अनन्तका पर्वतहरूका अनमोल कुराहरूले आशिषित् होस् ।

  • 18त्यसै दिन परमप्रभुले यसो भनेर अब्रामसँग करार बाँध्‍नुभयो, “म तेरा सन्तानहरूलाई यसैद्वारा यो भूमि दिन्छु, जुन मिश्रादेखि महानदी अर्थात् युफ्रेटिससम्म छ-

  • उत्प 1:6-7
    2 पदहरू
    65%

    6परमेश्‍वरले भन्‍नुभयो, “पानीको बिचमा एउटा क्षेत्र होस्, र त्यसले पानीलाई दुई भागमा विभाजन गरोस् ।”

    7परमेश्‍वरले त्यो क्षेत्र बनाएर त्यसमुनि र माथिको पानीलाई विभाजन गर्नुभयो । तब त्यस्तै भयो ।

  • 19परमप्रभु परमेश्‍वरले भूमिबाट सबै पशुहरू र आकाशका सबै पक्षीहरू बनाउनुभयो । त्यसपछि मानिसले ती सबैलाई के नामले बोलाउँदो रहेछ भनेर उहाँले ती त्यसको अगि ल्याउनुभयो । हरेक जीवित प्राणीलाई मानिसले जे-जे नामले बोलायो, त्यही-त्यही नै हरेकको नाम भयो ।

  • 25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

  • 8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

  • 15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।

  • अय्यू 28:10-11
    2 पदहरू
    64%

    10उसले चट्टानहरूका बिचमा सुरुङहरू बनाउँछ । उसका आँखाले त्यहाँ हरेक बहुमूल्य वस्तु देख्छ ।

    11उसले खोलाहरू थुन्छ जसको कारणले ती बग्‍दैनन् । त्यहाँ जे लुकेको छ, त्‍यो उसले बाहिर प्रकाशमा ल्याउँछ ।

  • 7तिनीहरूका देश सुन र चाँदीले भरिएको छ र तिनीहरूका सम्पत्तिको कुनै कमी छैन । तिनीहरूका देश घोडाहरूले पुर्ण छ, न त तिनीहरूका रथहरूको नै कुनै कमी छ ।

  • 11यसको निम्ति सुनका चारवटा मुन्द्रा झुण्ड्याउनू ।

  • 11हामी तिम्रो लागि चाँदीको जलप लगाइएका सुनका गहनाहरू बनाउने छौँ । प्रेमिका आफैसित बोल्दैः

  • 6जङ्गलमा सिँचाइ गर्न मैले पानीका तलाउहरू बनाएँ अनि रुखहरू लहलह बढे ।

  • 2अगाधका मूलहरू र स्वर्गका झ्यालहरू बन्द गरिए, अनि पानी पर्न रोकियो ।

  • 11तिनले यसलाई निखुर सुनले मोहोरे र यसको चारैतिर सुनको बिट लगाए ।

  • 23त्यसैकारण जुन भूमिबाट त्यो निकालिएको थियो त्यही भूमिमा खेतीपाती गर्न परमप्रभु परमेश्‍वरले त्यसलाई अदनको बगैँचाबाट निकालिदिनुभयो ।

  • 10उहाँले मूलहरूलाई बेसीहरूमा बगाउनुभयो । पहाडहरूका बिचबाट खोलाहरू बग्छन् ।

  • 11दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।

  • 17सुन र स्फटिक त्यसको बराबरी हुन सक्‍दैन, न त निखुर सुनका गहनासित त्यो साट्न नै सकिन्छ ।

  • 6तिनीहरू उपत्यकाझैँ, नदी किनारको बगैँचाझैँ, परमप्रभुले रोप्‍नुभएको एलवाहरूजस्तै र पानी छेउका देवदारुजस्तै फैलिएका छन् ।