उत्पत्ति 24:52
तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो ।
तिनीहरूका कुरा सुनेपछि अब्राहामको नोकरले भूइँमा निहुरेर परमप्रभुलाई दण्डवत् गर्यो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
26तब त्यस मानिसले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गर्यो ।
27त्यसले भन्यो, “परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर धन्यका हुनुहुन्छ, जसले मेरा मालिकप्रतिको करारको दया र विश्वस्तता त्याग्नुभएको छैन । परमप्रभुले नै मलाई डोर्याएर मेरा मालिकका कुटुम्बको घरमा ल्याइदिनुभएको छ ।”
45“मैले यी कुरा मनमनै भनिसक्न अगि नै, हेर्नुहोस्, रिबेका काँधमा आफ्नो गाग्रो बोकेर आइन्, र इनारमा ओर्लेर पानी उघाइन् । मैले तिनलाई भनेँ, ‘कृपया मलाई पानी पिउन देऊ ।’
46“तिनले तुरुन्तै आफ्नो काँधबाट गाग्रो झारेर भनिन्, ‘पिउनुहोस् र म तपाईंका ऊँटहरूका निम्ति पनि पानी पिउन दिनेछु ।’ तब मैले पानी पिएँ, र तिनले मेरा ऊँटहरूलाई पनि पानी पिउन दिइन् ।
47“मैले तिनलाई ‘तिमी कसकी छोरी हौ?’ भनी सोधेँ । “तिनले भनिन्, ‘नाहोर र मिल्काका छोरा बतूएलकी छोरी हुँ ।’ तब मैले तिनको नाकमा नत्थ र हातमा बालाहरू लगाइदिएँ ।
48अनि मैले आफ्नो शिर निहुराएर परमप्रभुको आराधना गरेँ, र मेरा मालिक अब्राहामका परमप्रभु परमेश्वरलाई धन्यको भनेँ, जसले मेरा मालिककै भाइकी नातिनी तिनका छोराको निम्ति पत्ता लगाउन मलाई ठिक बाटोमा डोर्याउनुभएको थियो ।
49अब तपाईंहरू मेरा मालिकसँग करारको विश्वासयोग्यता र भरोसायोग्य व्यवहार गर्नुहुन्छ भने मलाई भन्नुहोस् । होइन भने पनि मलाई भन्नुहोस्, र म दाहिने-देब्रे जता हुन्छ लागुँला ।”
12अब्राहामले फेरि त्यस देशका मानिसहरूलाई दण्डवत् गरे ।
51हेर्नुस्, रिबेका तपाईँको सामुन्ने छे । त्यसलाई लिएर जानुस्, र परमप्रभुले भन्नुभएजस्तै गरी त्यो तपाईंका मालिकका छोराकी पत्नी होस् ।”
53तब त्यसले सुन र चाँदीका गहनाहरू र लुगाहरू ल्याएर रिबेकालाई दियो । त्यसले तिनका दाजु र आमालाई पनि मूल्यवान् उपहारहरू दियो ।
54तब त्यो र त्यसका साथमा भएका मानिसहरूले खाए र पिए । तिनीहरूले त्यो रात त्यहीँ बिताए अनि बिहान उठेपछि त्यसले भन्यो, “मेरा मालिककहाँ जान अब मलाई बिदा दिनुहोस् ।”
34त्यसले भन्यो, “म अब्राहामको एक नोकर हुँ ।
35परमप्रभुले मेरा मालिकलाई धेरै आशिष् दिनुभएको छ र तिनी एक ठुला मानिस भएका छन् । उहाँले तिनलाई बगालहरू र बथानहरू, सुनचाँदी, दास-दासी, ऊँटहरू र गधाहरू दिनुभएको छ ।
36मेरा मालिककी पत्नी साराले बुढेसकालमा तिनको निम्ति एक जना छोरो जन्माइन्, र उनैलाई तिनले आफ्ना सबै कुरा दिएका छन् ।
30जब उनले आफ्नी बहिनीको नाकमा नत्थ र हातमा बाला देखे र “त्यस मानिसले मलाई यसो भन्यो” भन्ने कुरा आफ्नी बहिनीबाट सुने, तब उनी त्यस मानिसकहाँ गए, त्यो मानिस इनारको छेउमा ऊँटहरूका नजिकै उभिइरहेको थियो ।
7तब अब्राहामले उठेर त्यस देशका मानिसहरू अर्थात् हेतका छोराहरूका अगि निहुरेर दण्डवत् गरे ।
64रिबेकाले पनि आँखा उठाएर हेर्दा इसहाकलाई देखिन्, र ऊँटबाट ओर्लिन् ।
65तिनले नोकरलाई भनिन्, “हामीलाई भेट्न बाहिर हिँड्दै आउने मानिस को हुन्?” त्यस नोकरले भन्यो, “उनी त मेरा मालिक हुन् ।” तब रिबेकाले घुम्टो हालेर आफ्नो अनुहार छोपिन् ।
66त्यसपछि आफूले गरेका सबै काम त्यस नोकरले इसहाकलाई बतायो ।
26योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
2तिनले आफ्ना आँखा उठाएर हेरे, र तिनले आफ्नो सामु तिन जना मानिस उभिरहेका देखे । उनीहरूलाई देखेपछि तिनी पालको ढोकाबाट भेट गर्नलाई दौडेर गए, र भुइँसम्म निहुरेर दण्डवत् गरे ।
2अब्राहामले आफ्नो घरको सबै भन्दा पुरानो र तिनीसँग भएका सबै कुराहरूका अख्तियार गर्ने प्रमुख नोकरलाई भने, “तेरो हात मेरो तिघ्रामुनि राख्
3अनि तैँले अहिले म बसेको ठाउँका कनानीका छोरीहरूमध्ये कसैलाई पनि मेरो छोरोकी पत्नीको रूपमा ल्याइदिने छैनस् भनी म तँलाई स्वर्ग र पृथ्वीका परमप्रभु परमेश्वरको यो शपथ खान लाउँछु ।
14यसैले यसो होस्: जुन कन्यालाई म ‘तिम्रो गाग्रो मतिर पानी पिउनलाई ढल्काइदेऊ’ भनुँला, र जसले मलाई ‘खानुहोस्, म तपाईंका ऊँटहरूलाई पनि खुवाइदिन्छु’ भन्छिन्, तिनलाई नै तपाईंले आफ्ना दास इसहाकको निम्ति रोज्नुभएको होस् । तपाईंले मेरा मालिकलाई करारको दया देखाउनुभएको रहेछ भन्ने म त्यसैबाट थाहा पाउनेछु ।”
15त्यसले यो भनिसकेको पनि थिएन, रिबेका काँधमा गाग्रो राखेर आइन् । तिनी अब्राहामका भाइ नाहोरकी पत्नी मिल्काको छोरो बतूएलकी छोरी थिइन् ।
9त्यसैले त्यस नोकरले आफ्ना मालिक अब्राहामको तिघ्रामुनि हात राखेर यस विषयमा तिनीसित शपथ खायो ।
11त्यसले ऊँटहरूलाई सहरको बाहिर इनारको नजिकै घुँडा टेक्न लगायो । त्यो साँझपख स्त्रीहरू पानी भर्न आउने बेला थियो ।
12अनि त्यसले प्रार्थना गर्यो, “हे परमप्रभु मेरा मालिकका परमेश्वर, आज मलाई मेरो काममा सफल गराएर मेरा मालिक अब्राहामलाई आफ्नो दया देखाउनुहोस् ।
41उनी उठिन्, आफ्नो अनुहार जमिनमा घोप्टो पारिन् र भनिन्, “हेर्नुहोस्, तपाईंकी दासी मेरो मालिकको सेवकहरूका खुट्टा धुने दासी हुँ ।”
42यसैले आज इनारमा आइपुगेर मैले यसो भनेँ, 'हे परमप्रभु, मेरा मालिक अब्राहामका परमेश्वर, मेरो यात्रा सफल गराइदिने तपाईंको इच्छा भए,
43म इनारको छेउमा उभिरहेछु, पानी भर्नलाई आउने स्त्रीलाई मैले 'तिम्रो गाग्रोबाट मलाई अलिकता पानी पिउन देऊ,' भन्दा
28तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ । उहाँ अझै जीवितै हुनुहुन्छ ।” तिनीहरू भुइँमा लमतन्न परेर तिनलाई ढोग गरे ।
8मोशाले झट्टै भुइँतिर आफ्नो शिर झुकाएर आराधना गरे ।
61तब रिबेका उठिन् र तिनका सहेलीहरूसँग ऊँटहरूमा चढेर त्यस मानिसको पछि लागिन् । यसरी रिबेकालाई लिएर त्यो नोकर आफ्नो बाटो लाग्यो ।
20अरौनाले बाहिर हेरे र राजा र तिनका सेवकहरू आइरहेको देखे । त्यसैले अरौना बाहिर गएर आफ्नो अनुहार भुईंमा घोप्टो पारेर राजालाई दण्डवत् गरे ।
6त्यसपछि आ-आफ्ना छोराछोरीहरू लिएर कमारीहरू आएर एसावलाई ढोग गरे ।
5त्यस नोकरले तिनलाई भन्यो, “यदि त्यो स्त्री मेरो पछि लागेर यस देशमा आउने इच्छा गरिन भने मैले के गर्ने? के मैले तपाईंका छोरालाई जुन देशबाट तपाईं आउनुभयो त्यहीँ नै लैजाने?”
12तब योसेफले तिनीहरूलाई इस्राएलका घुँडाको बिचबाट हटाए, र तिनले भुइँमा घोप्टेर दण्डवत् गरे ।
3तिनी आफैचाहिँ तिनीहरूभन्दा अगिअगि गए । तिनी आफ्ना दाजुको नजिक नआउञ्जेलसम्म तिनले सात पटक भुइँमा शिर निहुर्याउँदै गए ।
23जब अबीगेलले दाऊदलाई देखिन्, तिनी हतार गरिन् र आफ्नो गधाबाट ओर्लिन् र दाऊदको सामु तिनले शिर तल गरिन् र जमिनमा घोप्टो परिन् ।
18तिनका दाजुहरू पनि आएर तिनका सामुन्ने घोप्टो परे । तिनीहरूले भने, “हेर्नुहोस्, हामी तपाईंका दास हौँ ।”
18यहोशापातले आफ्नो शिरलाई भूइँमा घोप्टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्ने घोप्टो परे ।
21दाऊद अरौनाकहाँ आउँदा, अरौनाले हेरे र दाऊदलाई देखे । तिनी खलाबाट बाहिर आए र आफ्नो अनुहार भुइँमा घोप्टो पारेर दाऊदको अघि घुँडा टेके ।
31मानिसहरूले विश्वास गरे । परमप्रभुले इस्राएलीहरूको वास्ता गर्नुहुन्छ र उहाँले तिनीहरूमाथि गरिएको थिचोमिचो देख्नुभएको छ भनी जब तिनीहरूले सुने, तिनीहरूले आ-आफ्ना शिर झुकाई उहाँको आराधना गरे ।
18तिनले “हजूर, पिउनुहोस्” भनेर तुरुन्तै गाग्रो झारिन्, र आफ्नो हातमा गाग्रो राखेर त्यसलाई पानी पियाइन् ।
29जब तिनीहरूले बलिदान चढाइसके, राजा र तिनीसँग भएका सबैले घोप्टो परे र आराधना गरे ।