उत्पत्ति 50:11
त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्यो यर्दन पारिपट्टि छ ।
त्यस देशका बासिन्दा कनानीहरूले आतादको खलामा गरेको शोक देखेर भने, “यो त मिश्रीहरूको निम्ति ठुलो शोकको बेला रहेछ ।” यसकारण यर्दननेरको त्यस ठाउँको नाउँ हाबिल-मिश्रइम राखियो । त्यो यर्दन पारिपट्टि छ ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
7योसेफ आफ्ना बुबालाई गाड्न गए । तिनका साथमा फारोका सारा अधिकारीहरू, उनका भारदारहरू र मिश्रका सबै मुख्य मानिसहरू, साथै
8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
9तिनका साथमा रथहरू र घोडचढीहरू पनि गए । त्यो एउटा ठुलो मानिसहरूको समूह थियो ।
10जब तिनीहरू यर्दननेरको आतादको खलामा आइपुगे, तब तिनीहरूले साह्रै अफसोस गरेर रुवाबासी गरे । अनि त्यहाँ योसेफले सात दिनसम्म आफ्ना बुबाको निम्ति शोक गरे ।
12यसरी याकूबले तिनीहरूलाई आज्ञा गरेबमोजिम छोराहरूले गरे ।
13तिनका छोराहरूले तिनलाई कनानसम्मै पुर्याए, र हित्ती एप्रोनसँग खेतसहित अब्राहामले चिहान बनाउनलाई किनेको ओडार, अर्थात् मम्रेनेरको मक्पेलाको खेतमा भएको ओडारमा तिनलाई गाडे ।
14आफ्ना बुबालाई गाडिसकेपछि आफ्ना दाजुभाइहरू र आफ्ना बुबालाई गाड्न तिनीसँग गएका सबैका साथमा योसेफ मिश्रमा फर्के ।
1¶ तब योसेफ यति व्याकुल भए कि तिनी आफ्ना बुबाको अनुहारमाथि घोप्टो परेर रोए, र तिनलाई चुम्बन गरे ।
2तब योसेफले आफ्नो सेवामा हुने वैद्यहरूलाई आफ्ना पिताको लाशमा सुगन्धित लेप दल्न लगाए । यसकारण ती वैद्यहरूले इस्राएलको लाशमा सुगन्धित लेप दले ।
3यसको निम्ति चालिस दिन लागेको थियो, किनकि सुगन्धित लेप लगाउँदा लाग्ने पुरा समय यति नै थियो । तिनको निम्ति मिश्रीहरूले सत्तरी दिन शोक मनाए ।
4शोक मनाउने दिन बितेपछि योसेफले फारोका भारदारहरूसँग यसरी कुरा गरे, “यदि ममाथि तपाईंहरूको निगाह छ भने कृपा गरी यो मेरो कुरा फारोकहाँ लगिदिनुहोस् ।
5मेरा बुबाले मलाई यसो भनेर शपथ खान लाउनुभयो: ‘म मर्न लागेको छु । कनान देशमा म आफैले खनेर बनाएको मेरो चिहानमा मलाई गाड्नू । तैँले मलाई त्यहीँ गाड्नेछस् ।’ यसकारण गएर मेरा बुबालाई त्यहीँ गाड्न दिनुहोस्, र त्यसपछि म फर्केर आउनेछु।”
30के यी डाँडाहरू पर्दनपारि, पश्चिमी सडकको पश्चिमपट्टि, अराबामा बस्ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेका फँलाटका रुखहरूको छेउमा छैनन् र?
34याकूबले आफ्ना वस्त्र च्याते र आफ्नो कम्मरमा भाङ्ग्रा लगाए । तिनले आफ्ना छोराको निम्ति धेरै दिनसम्म शोक गरे ।
35तिनका सबै छोराछोरीहरू तिनलाई सान्त्वना दिन तिनको नजिक आए, तर तिनले त्यो इन्कार गरे । तिनले भने, “म मेरो छोराको निम्ति शोक गर्दै चिहानमा पुग्नेछु ।” उनका बुबा उनको निम्ति रोए ।
49तिनीहरूले यर्दनको किनारमा मोआबको मैदानमा बेथ-यशीमोतदेखि हाबिल-शित्तिमसम्मै छाउनी हाले ।
7म पद्दन-आरामबाट आउँदा एप्रातमा पुग्न अझ केही टाढा छँदै कनान देशमा राहेल मरिन् । मैले तिनलाई एप्रात अर्थात् बेथलेहेम जाने बाटोमा गाडेँ ।”
11त्यस दिन यरूशलेमको विलाप मगिद्दोको बेँसीमा हदद-रिम्मोनको विलापझैँ हुनेछ ।
52तिनले दोस्रो छोरोको नाउँ एफ्राइम राखे किनकि तिनले भने, “परमेश्वरले मेरो कष्टलको देशमा मेरो फलिफाप गराउनुभएको छ ।”
5याकूबका जम्मा सन्तानको सङ्ख्या सत्तरी जना थियो । योसेफ पहिले नै मिश्रमा थिए ।
47लाबानले त्यसको नाउँ यगर-सहदूता राखे, तर याकूबले त्यसलाई गलेद भने ।
22तिनीहरूका पिता एफ्राइमले तिनीहरूको निम्ति धेरै दिनसम्म शोक गरे, र तिनका दाजुभाइ तिनलाई सान्त्वना दिन आए ।
18यो बेथ-अराबाको काँधतिर उत्तरतिर र अराबातिर तल आयो ।
15त्यसैले याकूब मिश्रमा गए । त्यहाँ तिनको मृत्यु भयो र हाम्रा पुर्खाहरू पनि त्यहीँ नै मरे ।
25तिनीहरू मिश्रबाट यात्रा गरी कनान देशमा आफ्ना पिताकहाँ आए ।
18तिनीहरूको बसोबास मिश्रको सिमानानजिक भएको अश्शूर देशतिर पर्ने हवीलादेखि शूरसम्म थियो । तिनीहरू एक-अर्काको शत्रुतामा बसे ।
26यसरी योसेफ एक सय दस वर्षको भएर मरे, र उनीहरूले तिनको लाश सुगन्धित लेप दलेर बाकसमा हालेर मिश्रमा नै राखे ।
1¶ योसेफको कुलको भू-भागको अंश यरीहोमा यर्दनबाट यरीहोको पानीका मुहानहरूको पूर्वतिर, मरुभूमितिर, बेथेलको पहाडी देश हुँदै यरीहोबाट माथि जान्छ ।