होशे 12:4
तिनले स्वर्गदूतसँग लडन्त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्वर बोल्नुभयो ।
तिनले स्वर्गदूतसँग लडन्त गरे र जिते । तिनी रोए र उहाँको निगाहको निम्ति बिन्ती गरे । तिनले बेथेलमा परमेश्वरलाई भेटे । त्यहाँ तिनीसँग परमेश्वर बोल्नुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
3गर्भमा नै याकूबले आफ्नो दाजुको कुर्कुच्चा समाते, र आफ्नो जवान अवस्थामा तिनले परमेश्वरसँग लडन्त गरे ।
23यसरी तिनले आफ्ना सबै सम्पत्ति खोला पारि पठाए ।
24याकूब एक्लै रहे, र एक जना मानिसले तिनीसित सूर्योदय नभएसम्म कुस्ती खेले ।
25ती मानिसले याकूबलाई जित्न नसक्ने देखेपछि तिनले याकूबको कम्मरको खोक्रो भागमा प्रहार गरे । याकूब तिनीसित कुस्ती खेल्दा तिनको कम्मरको गेडी फुस्क्यो ।
26ती मानिसले भने, “मलाई जान देऊ किनकि उज्यालो हुँदै छ ।” याकूबले भने, “तपाईंले मलाई आशिष् नदिउञ्जेलसम्म म तपाईंलाई जान दिन्नँ ।”
27ती मानिसले तिनलाई भने, “तिम्रो नाउँ के हो?” याकूबले जवाफ दिए, “याकूब ।”
28ती मानिसले भने, “अबदेखि उसो तिम्रो नाउँ याकूब नभई इस्राएल हुनेछ । किनकि तिमीले परमेश्वर र मानिसहरूसित कुस्ती खेली जित हासिल गरेका छौ ।”
29याकूबले तिनलाई सोधे, “कृपया, मलाई तपाईंको नाउँ बताइदिनुहोस् ।” तिनले भने, “किन तिमी मेरो नाउँ सोध्छौ?” त्यसपछि त्यहाँ तिनले याकूबलाई आशिष् दिए ।
30याकूबले त्यस ठाउँको नाउँ पनीएल राखे किनकि तिनले भने, “मैले परमेश्वरलाई आमने-सामने देखेर पनि मेरो ज्यान जोगिएको छ ।”
5उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ । पुकारा गर्नुपर्ने उहाँको नाउँ “परमप्रभु” हो ।
4जब परमप्रभुका दूतले यी वचन इस्राएलका सबै मानिसलाई भने, तब मानिसहरू चिच्चाए र रोए ।
13तिनीसित कुराकानी गर्नुभएको ठाउँबाट परमेश्वर जानुभयो ।
14परमेश्वर तिनीसित कुराकानी गर्नुभएको ठाउँमा याकूबले ढुङ्गाको एउटा वेदी खडा गरे । तिनले त्यसमाथि अर्घ-बलि चढाएर तेल खन्याए ।
15परमेश्वर तिनीसित बोल्नुभएको त्यस ठाउँलाई याकूबले बेथेल नाउँ दिए ।
6याकूब तिनीसित भएका सबै मानिससित लूज अर्थात् बेथेलमा आइपुगे जुन कनान देशमा पर्छ ।
7त्यहाँ तिनले एउटा वेदी बनाए, र त्यसको नाउँ एल-बेथेल राखे किनकि तिनी आफ्ना दाजुबाट भाग्दा त्यहाँ परमेश्वरले आफैलाई तिनीकहाँ प्रकट गराउनुभएको थियो ।
12परमप्रभुका दूत तिनीकहाँ देखा परे र तिनलाई भने, “तँ बलवान् योद्धा होस्, परमप्रभु तँसँग हुनुहुन्छ!”
8त्यहाँबाट तिनी बेथेलको पूर्वतिरको देशतिर गए, जहाँ तिनले बेथेललाई पश्चिमतिर र ऐलाई पूर्वतिर पारेर तिनको पाल टाँगे । त्यहाँ तिनले एउटा वेदी बनाए र परमप्रभुको नाउँको पुकारा गरे ।
1¶ याकूब पनि आफ्नो बाटो लागे, र परमेश्वरका दूतहरूले तिनीसित भेट गरे ।
3अनि हामी यहाँबाट प्रस्थान गरी माथि बेथेलमा जाऔँ । त्यहाँ म परमेश्वरको लागि एउटा वेदी बनाउनेछु जसले मेरो दुःखमा मलाई जवाफ दिनुभयो र म जहाँ गए पनि उहाँ मसित हुनुभएको छ ।”
17किनकि तिमीहरूलाई थाहै छ, कि पछि गएर उनले त्यो आशिष्को उत्तराधिकार प्राप्त गर्ने इच्छा गर्दा उनलाई अस्वीकार गरियो, किनभने उनले विलाप गर्दा आँशुका साथ पश्चात्ताप गर्ने मौकासमेत पाएन, यद्यपि उनले यसलाई चाहेका थिए ।
12तिनले पृथ्वीमा खडा गरिएको एउटा भर्याङको सपना देखे । त्यसको टुप्पाचाहिँ आकाशसम्मै पुगेको रहेछ र परमेश्वरका दूतहरू त्यसमा उक्लने र ओर्लने गर्दा रहेछन् ।
9याकूब पद्दन-आरामबाट आउँदा परमेश्वर फेरि तिनीकहाँ प्रकट हुनुभई तिनलाई आशिष् दिनुभयो ।
11सपनामा परमेश्वरका दूतले मलाई भने, 'हे याकूब!' मैले जवाफ दिएँ, “हजुर, म यहाँ छु ।'
2राती दर्शनमा परमेश्वर इस्राएलसँग यसो भन्दै बोल्नुभयो “याकूब, याकूब ।” तिनले भने, “म यहीँ छु ।”
23त्यसैले तिनले आफूसित आफ्ना आफन्तहरू लिई सात दिनसम्म तिनको पिछा गरे । लाबानले गिलादको पहाडी देशमा तिनलाई भेट्टाए ।
42मेरा पिताका परमेश्वर जो अब्राहामका परमेश्वर र इसहाकका भय हुनुहुन्छ, उहाँ मसित नहुनुभएको भए निश्चय नै तपाईंले मलाई रित्तै हात पठाउनुहुने थियो । परमेश्वरले ममाथिको थिचोमिचो र मैले गरेको कडा परिश्रम देख्नुभएको छ । त्यसैले उहाँले गत रात तपाईंलाई हप्काउनुभयो ।”
13म बेथेलको परमेश्वर हुँ जहाँ तैँले खामोलाई अभिषेक गरिस् र मसित भाकल गरिस् । अब उठ् र यस देश छाडेर तेरो जन्मभूमिमा फर्कि' ।”
8राहेलले भनिन्, “निकै सङ्घर्ष गरेर मैले मेरी दिदीमाथि जित हासिल गरेको छु ।” उनले त्यसको नाउँ नप्ताली राखिन् ।
36एसावले भने, “त्यसको नाउँ याकूब राखिएको के ठिकै होइन? किनभने त्यसले मलाई दुई पल्ट ठग्यो । त्यसले मेरो ज्येष्ठ-अधिकार हर्यो, र अहिले मैले पाउने आशिष् पनि लग्यो ।” उनले फेरि भने, “के तपाईंले मेरो निम्ति एउटै आशिष् पनि जगेडा राख्नुभएको छैन?”
22दाऊदले जवाफ दिए, “बालक जीवित हुँदा म उपवास बसें र रोएँ । मैले भनें, 'कसले जान्दछ कतै परमप्रभु अनुग्रही हुनुहुने छ ताकि बालक बाँच्न सकोस्?'
17गिदोनले उहाँलाई भने, “तपाईं मसँग खुशी हुनुहुन्छ भने, मसँग बोल्ने तपाईं नै हुनुहुन्छ भनेर तपाईंले मलाई एउटा चिन्ह दिनुहोस् ।
16ती स्वर्गदूत, जसले मलाई सबै खराबीबाट जोगाउनुभएको छ, उहाँले नै यी बालकहरूलाई आशीर्वाद देऊन् । मेरो र मेरा पिता अब्राहाम र इसहाकका नाउँ यिनीहरूमा बोलाइयोस् । पृथ्वीमा यिनीहरू अधिक सङ्ख्यामा बढून् ।”
17तब तिनले पनीएलको किल्ला भत्काइदिए र त्यस सहरका मानिसहरूलाई मारे ।
22योसेफका घरानाले बेथेललाई आक्रमण गर्नको निम्ति तयारी गरे, र परमप्रभु तिनीहरूसँग हुनुहुन्थ्यो ।
22तिनी परमप्रभुका दूत रहेछन् भनेर गिदोनले बुझे । गिदोनले भने, “हे परमप्रभु परमेश्वर! किनकि मैले परमप्रभुका दूतलाई आमने-सामने देखें!”
8त्यहाँबाट तिनी पनीएलमा गए र त्यहाँका मानिसहरूसँग पनि त्यही कुरा भने, तर पनीएलका मानिसहरूले तिनलाई सुक्कोतका मानिसहरूले झैं बोलेर जवाफ दिए ।