यशैया 62:8

अनलक शाब्दिक बाइबल

परमप्रभुले आफ्नो दाहिने बाहुली र आफ्नो सामर्थ्यद्वारा शपथ खानुभएको छ, “निश्‍चय नै तेरो अन्‍न तेरो शत्रुहरूलाई म फेरि दिनेछैन । विदेशीहरूले तेरो नयाँ दाखमद्य पिउनेछैनन्, जसको निम्ति तैंले काम गरेको छस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 28:33 : 33 तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।
  • यिर्मि 5:17 : 17 त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।
  • व्यव 28:31 : 31 तिमीहरूले दाखबारी लगाउने छौ, तर यसको फल खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गोरुलाई मारिने छ, तर तिमीहरूले त्यसको मासु खान पाउने छैनौ । तिमीहरूकै आँखाको अगि तिमीहरूको गधालाई जबरजस्ती लगिने छ, र तिमीहरूले फिर्ता पाउने छैनौ । तिमीहरूको भेडा तिमीहरूका शत्रुहरूलाई दिइने छ, र तिमीहरूलाई सहायता गर्ने कोही हुने छैन ।
  • यशा 65:21-23 : 21 तिनीहरूले घरहरू बनाउनेछन् र तिनमा बसोवास गर्नेछन् । तिनीहरूले दाखबारीहरू लगाउनेछन् र तिनका फल खानेछन् । 22 तिनीहरूले घर निर्माण गरेपछि फेरि त्‍यसमा अरू कोही बस्‍ने कुरा कदापि हुनेछैन । तिनीहरूले रोप्‍ने र फल अरूले खाने हुनेछैन, किनकि मानिसहरूका दिनहरू रूखहरूका दिनहरू जस्तै हुनेछ । मेरा चुनिएकाहरूले आफ्‍ना हातका कामको पुर्ण रूपमा उपभोग गर्नेछन् । 23 तिनीहरूले व्यर्थमा परिश्रम गर्नेछैनन्, न त निराशामा जन्‍म दिनेछन् । किनकि तिनीहरू र तिनीहरूसँगै तिनीहरूका सन्तानहरू पनि परमप्रभुद्वारा आशिष् दिइएका सन्तानहरू हुन् ।
  • लैव्य 26:16 : 16 म तिमीहरूका बिचमा आतङ्क फैलाउने छु, आँखालाई नष्‍ट गर्ने र प्राणलाई शिथिल गराउने रोगहरू र ज्वरोहरू पठाउने छु । तिमीहरूले छरेका बिउ व्यर्थ हुने छन्, किनभने तिमीहरूका शत्रुहरूले त्यसको उब्जनी खाने छन् ।
  • न्या 6:3-6 : 3 यस्‍तो भयो, जति बेला इस्राएलीहरूले आफ्‍ना बालीहरू लगाउँथे, त्‍यति बेला मिद्दानीहरू र अमालेकीहरू र पूर्वका मानिसहरूले इस्राएलीहरूलाई आक्रमण गर्थे । 4 तिनीहरूले देशमा आफ्ना सेना तयार गर्थे, र गाजासम्मै सबै बालीहरू नष्‍ट गर्थे । तिनीहरूले इस्राएलमा भोजन, भेडाहरू, गाइवस्तु वा गधाहरू केही पनि छोड्दैनथे । 5 तिनीहरूले आफ्‍ना पाल्तु वस्तुहरू र पालहरू लिएर आउँदा, तिनीहरू सलहहरूका हुलझैं हुन्‍थे, र तिनीहरूका मानिसहरू र ऊँटहरू गन्‍न असम्भव हुन्थ्यो । त्यस देशलाई नष्‍ट गर्नको निम्ति तिनीहरूले आक्रमण गर्थे । 6 मिद्दानीहरूले इस्राएलीहरूलाई यति धेरै कमजोर बनाए, जसको कारणले इस्राएलका मानिसहरूले परमप्रभुलाई पुकारे ।
  • यशा 1:7 : 7 तिमीहरूका देश विनाश भएको छ । तिमीहरूका सहरहरू भष्‍म पारिएका छन् । तिमीहरूका खेतहरू— नचिनेका मानिसहरूले तिमीहरूकै सामु ती नष्‍ट पारिरहेका छन्— उजाड पारेर छोडिएको छ, नचिनेका मानिसहरूले सर्वनाश पारेका छन् ।
  • यहे 20:5 : 5 तिनीहरूलाई भन्‌, 'परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जुन दिन मैले इस्राएललाई छानें, र याकूबको घरानासित शपथ खानलाई मैले हात उचाले र मैले आफूलाई मिश्रदेशमा तिनीहरूका बिचमा प्रकट गरें । जति बेला तिनीहरूसित शपथ खान मैले आफ्‍नो हात उचालें । मैले भनें, “म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ”—
  • व्यव 32:40 : 40 किनकि मेरो हात स्वर्गतर्फ उठाई म भन्छु, 'जस्तो म सदा जीवित रहन्छु, त्यसरी नै म काम गर्ने छु ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 9कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”

  • यशा 62:6-7
    2 पदहरू
    74%

    6ए यरूशलेम, मैले तेरा पर्खालहरूमा रक्षकहरू राखेको छु । तिनीहरू दिनरात चुप बस्दैनन् । तिमीहरू जो परमप्रभुलाई पुकार्छौ, विश्राम नलेओ ।

    7उहाँले यरूशलेमलाई पुनःस्थापना गरेर र पृथ्वीमा यसलाई प्रशंसा नबनाएसम्म उहाँलाई विश्राम गर्न नदेओ ।

  • 5विदेशीहरू खडा हुनेछन् र तिमीहरूका भेडाबाख्रा चराउनेछन्, र विदेशीका छोराहरूले तिमीहरूका खेतबारी र दाखबारीहरूमा काम गर्नेछन् ।

  • 22परमप्रभु तेरा परमेश्‍वर, आफ्‍ना मानिसहरूका निम्‍ति बहस गर्नुहुने परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, “हेर्, मैले तेरो हातबाट धरमराउने कचौरा— मेरो क्रोधको कचौरा— लिएको छु, ताकि तैंले फेरि त्‍यो पिउनेछैनस् ।

  • 8परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।

  • 8यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।

  • 19परमप्रभुले आफ्ना मानिसहरूलाई जवाफ दिनुभयो, “हेर, म तिमीहरूका निम्ति अन्‍न, नयाँ दाखमद्य, र तेल पठाउनेछु । ती कुराहरूले तिमीहरू सन्तुष्‍ट हुनेछौ, र तिमीहरूलाई फेरि म जातिहरूका बिचमा अपमानित तुल्‍याउनेछैनँ ।

  • 7परमप्रभुले याकूबको घमण्डमा यसरी शपथ खानुभएको छ, “निश्‍चय नै तिनीहरूका कुनै पनि कामहरू म कदापि बिर्सनेछैनँ ।”

  • 15तपाईंको दाहिने हातले रोपेको जरा, तपाईंले बढाउनुभएको बिरुवा यही हो ।

  • 51तिमीहरू नष्‍ट नभएसम्म तिनीहरूले तिमीहरूका बाछा-बाछी र तिमीहरूको देशको फल खाने छन् । तिमीहरूलाई नष्‍ट नगरुञ्‍जेलसम्म तिनीहरूले तिमीहरूका लागि कुनै अन्‍न, नयाँ मद्य वा तेल वा बाछा-बाछी वा भेडा-बाख्रा छाड्ने छैनन् ।

  • 9“तिनीहरूमाथि म आफैँ आफ्ना हात टक्‍टक्याउनेछु, र तिनीहरूका आफ्नै दासहरूले तिनीहरूलाई लुट्नेछन्।” त्यसपछि सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

  • 21तेरा सबै मानिस धर्मी हुनेछन् । तिनीहरूले सदाको निम्ति देश अधिकार गर्नेछन् । म महिमित हुन सकूँ भनेर ती मैले रोपेका बिरुवाका हाँगा र मेरा हातका काम हुन् ।

  • 15म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।

  • 17तिमीहरूको जस्तै देशमा, अन्‍न र नयाँ दाखमद्यको देशमा, रोटी र दाखबारीको देशमा म आएर मैले तिमीहरूलाई नलगेसम्म तिमीहरूले यसै गर्नेछौ ।'

  • 10विदेशीहरूका छोराहरूले तेरा पर्खालहरू पुनःनिर्माण गर्नेछन् र तिनीहरूका राजाहरूले तेरो सेवा गर्नेछन् । मेरो क्रोधमा मैले तँलाई दण्ड दिए तापनि मेरो कृपामा म तँलाई दया देखाउनेछु ।

  • 4मैले तिमीहरूलाई दिएको उत्तराधिकार तिमीहरूले गुमाउने छौ । तिमीहरूले नचिनेको देशमा म तिमीहरूलाई आफ्‍ना शत्रुहरूको दास तुल्याउनेछु, किनकि तिमीहरूले मेरो क्रोधमा आगो सल्काएका छौ, जुन सदासर्वदा बल्‍नेछ ।”

  • 5दाख बटुल्‍ने समयसम्मै तिमीहरूले दाइँ गर्ने छौ, र रोपाइँको समयसम्मै दाख बटुल्‍ने छौ । तिमीहरूले भरपेट रोटी खाने छौ र भूमिमा तिमीहरूले जहाँ आफ्नो घर बसाल्छौ त्यहाँ सुरक्षितसाथ जिउने छौ ।

  • मीका 6:14-15
    2 पदहरू
    69%

    14तिमीहरूले खानेछौ तर तृप्‍त हुनेछैनौ; तिमीहरूको खालीपन तिमीहरूभित्रै रहनेछ । तिमीहरू वस्तुहरू संचय गर्नेछौ तर जोगाउनेछैनौ, र तिमीहरूले जे जोगाउँछौ, त्यो म तरवारलाई दिनेछु ।

    15तिमीहरूले छर्नेछौ तर कटनी गर्नेछैनौ । तिमीहरूले जैतूनको तेल निकाल्नेछौ तर त्यस तेलले आफैँलाई अभिषेक गर्नेछैनौ । तिमीहरूले दाख पेल्नेछौ तर मद्य भने पिउनेछैनौ ।

  • 28तब तिनीहरूले पिउनलाई तेरो हातबाट कचौरा लिन इन्कार गरे भने, तैंले तिनीहरूलाई यसो भन्‍नू, 'सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः तिमीहरूले निश्‍चय पनि यसलाई पिउनैपर्छ ।

  • 16किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।

  • 17“यसैले, परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ, म आफ्‍नो पवित्र पर्वत सियोनमा बास गर्छु । तब यरूशलेम पवित्र हुनेछ, र त्यसबाट फेरि कहिलै कुनै सेना हिंड्‍नेछैन ।

  • 2तर अन्‍नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्‍त हुनेछैन ।

  • 26तेरा अत्याचारीहरूलाई तिनीहरूका आफ्नै मासु खुवाउनेछु । अनि तिनीहरू आफ्‍नै रगले दाखमद्यले झैं मात्‍नेछन् । तब म परमप्रभु, तेरो मुक्‍तिदाता र तेरा उद्धारक, याकूबको शक्तिशाली परमेश्‍वर हुँ भनी सारा मानवजातिले जान्‍नेछन् ।”

  • 15सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् ।

  • 1¶ किनकि सियोनको खातिर चूप लाग्‍नेछैन र यरूशलेमको खातिर म मौन रहनेछैन, जबसम्‍म त्यसको धार्मिकता चहकिलो रूपमा बढ्‍दैन र त्यसको उद्धार दन्केको एउटा राँकोझैं हुँदैन ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 15किनकि परमप्रभु इस्राएलका परमेश्‍वरले मलाई यसो भन्‍नुभयो, “मेरो हातबाट क्रोधको मदिराले भरिएको यो कचौरा लि, र मैले तँकहाँ पठाउने सबै जातिलाई यो पिउन लगा ।

  • 2त्यस दिनमाः दाखमद्यको दाखबरीले यो गीत गाउँछ ।

  • 6आफ्‍नो क्रोधमा मैले मानिसहरूलाई कुल्चें र तिनीहरूलाई मेरो क्रोधमा पिउन लगाएँ । अनि तिनीहरूका रगतलाई मैले पृथ्वीमा खन्याएँ ।

  • 17त्यसैले तिमीहरूका फसल, तिमीहरूका छोराछोरी अनि तिमीहरूका खानेकुरा स्वाहा पारिनेछन् । तिनीहरूले तिमीहरूका भेडा-बाख्रा र गाईवस्तु खानेछन् । तिनीहरूले तिमीहरूका दाखका बोट र अञ्जीरका बोटहरूका फल खानेछन् । तिमीहरूले भरोसा गरेका तिमीहरूका किल्ला भएका सहरहरूलाई तिनीहरूले तरवारले नष्‍ट पार्नेछन् ।

  • यशा 60:16-17
    2 पदहरू
    68%

    16तैंले जातिहरूको दूध पनि पिउनेछस् र राजहरूका दूध कानेछस् । म, परमप्रभु नै तेरो उद्धारक र मुक्‍तिदाता, याकूबको शक्तिशाली हुँ भन्‍ने तैंले जान्‍नेछस् ।

    17काँसाको सट्टामा म सुन ल्‍याउनेछु, फलामको सट्टामा म चाँदी ल्‍याउनेछु । काठको साटो काँसा र ढङ्गाको साटो फलाम ल्याउनेछु । शन्तिलाई म तेरो गभर्नर र न्यायलाई तेरो शासक नियुक्‍त गर्नेछु ।

  • 12किनभने शान्तिको बीउ छरिनेछ; माथि बढ्दै गरेको दाखले आफ्नो फल दिनेछ र पृथ्वीले आफ्नो उब्जनी: आकाशले शीत दिनेछ, किनभने यी बाँकी रहेका मानिसहरूलाई म यी सबै कुराहरू उत्तराधिकारमा दिनेछु ।

  • 14सर्वशक्तिमान् परमप्रभुले आफ्नै जीवनको शपथ खानुभएको छ, ‘सलहको हुलझैं म तिमीहरूका बिचमा मानिसहरूले भर्नेछु, र तिनीहरूले तिमीहरूको विरुद्धमा युद्धको सोर निकाल्ने छन् ।’

  • 14उनले तिमीहरूका उत्तम खेतहरू, दाखबारीहरू र जैतूनका बगैंचाहरू लिनेछन् र ती आफ्ना सेवकहरूलाई दिनेछन् ।

  • 9तेरो हात तेरा शत्रुहरूका विरुद्ध उठ्नेछन् र त्यसले तिनीहरूलाई सर्वनाश गर्नेछ ।

  • 33तिमीहरूको देशको उब्जनी र तिमीहरूको परिश्रमको फल तिमीहरूले नचिनेको जातिले खाइदिने छ । तिमीहरू सधैँ थिचोमिचोमा पर्ने छौ र पेलिने छौ ।

  • 12वास्तवमा, तेरो सेवा नगर्ने जातिहरू र राज्यहरू नाश हुनेछन् । ती जातिहरू पुर्ण रूपमा नष्‍ट पारिनेछ ।

  • 14त्यसपछि तैंले नचिन्‍ने देशमा म तँलाई तेरा शत्रुहरूको सेवा गर्न लगाउनेछु, किनकि तेरो विरुद्धमा मेरो रिसमा आगो दन्कने छ ।”

  • 13मैले तिमीहरूलाई तिमीहरूले श्रम नगरेको भूमि, तिमीहरूले निर्माण नगरेका सहरहरू दिएँ, र तिमीहरू तिनमा बस्छौ । तिमीहरूले नरोपेको दाखबारी र जैतूनको बगैँचाको फल तिमीहरूले खान्छौ ।'

  • 8किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 8किनकि म परमप्रभुले न्यान मन पराउँछु र म डकैती र अन्यायलाई घृणा गर्छु । तिनीहरूलाई इमानदार भएर म प्रतिफल दिनेछु र तिनीहरूसित म अनन्तको करार बाँध्‍नेछु ।

  • 11परमप्रभुले दाऊदसित पक्‍का शपथ खानुभयो, एउटा पक्‍का शपथ जसलाई उहाँले उल्टाउनुहुनेछैनः “तेरा सन्तानमध्ये एक जनालाई तेरो सिंहासनमा म राख्‍नेछु ।

  • 3त्‍यो दिनमा तिमीहरूका कष्‍ट र पीडाबाट, अनि तिमीहरूले गर्नुपर्ने कडा परिश्रमबाट परमप्रभुले तिमीहरूलाई विश्राम दिनुहुन्‍छ,

  • 39तिमीहरूले दाखबारी लगाई त्यसको कटनी गर्ने छौ, तर तिमीहरूले दाखरस पिउन पाउने छैनौ, न त दाख नै जम्मा गर्न पाउने छौ किनकि किराहरूले ती खाइदिने छन् ।

  • 13परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ, “हेर, मेरा सेवकहरूले खानेछन्, तर तिमीहरू भोकै हुनेछौ । मेरा सेवकहरूले पिउनेछन्, तर तिमीहरू तिर्खाउनेछौ । मेरा सेवकहरूले आनन्दित हुनेछन्, तर तिमीहरू लाजमा पर्नेछौ ।

  • 8“म, परमप्रभुले आफैंसित यो प्रतिज्ञा गरेको छु — यो परमप्रभु सर्वशक्तिमान् परमेश्‍वर घोषणा हो, म याकूबको घमण्डलाई घृणा गर्छु, म त्यसका किल्लाहरूलाई घृणा गर्छु । यसकारण म त्यो सहरमा भएका सबै थोकसँगै त्‍यसलाई सुम्पिदिनेछु ।”