यिर्मिया 20:16

अनलक शाब्दिक बाइबल

त्यो मानिस परमप्रभुले नष्‍ट गर्नुभएका सहरहरूजस्तो होस् जसलाई उहाँले दया देखाउनुभएन । त्यसले बिहानै मदतको गुहार र मध्यदिनमा युद्धको रोदन सुन्‍न परोस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 18:22 : 22 तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।
  • व्यव 29:23 : 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्‍ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
  • यिर्मि 48:3-4 : 3 सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ । 4 मोआब नष्‍ट पारिएको छ । त्यसका बच्‍चाहरू चिच्‍च्याएको सोर सुनिन्छ ।
  • यहे 21:22 : 22 यसको विरुद्धमा भत्‍काउने मूढा राख्‍नलाई, गला खोलेर मार्ने हुकुम दिनलाई, युद्धको आवाज सुनाउलाई, मूल ढोका भत्‍काउने ठुला-ठुला मूढाहरू लाउनलाई, घेरा-मचान खडा गर्नलाई त्‍यसको दाहिने हातमा यरूशलेमको चिट्ठा पर्नेछ ।
  • हो 10:14 : 14 यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।
  • हो 11:8 : 8 ए एफ्राइम, म कसरी तँलाई त्याग्‍न सक्‍छु? ए इस्राएल, म कसरी तँलाई अरूकहाँ सुम्‍पिन सक्‍छु र? म तँलाई कसरी अदमाझैं बनाउन सक्छु? म तँलाई कसरी सबोयीमझैं बनाउन सक्छु? मेरो हृदय मभित्र परिवर्तन भएको छ, र मेरो सम्पूर्ण दया जागेको छ ।
  • आमो 1:14 : 14 रब्बाका पर्खालहरूमा म आगो बाल्‍नेछु, र युद्धको दिनको चिच्‍याहट, र हुरीबतासमा हुने आँधीको दिनको, आवाज निकालेर दरबारहरूलाई भस्म पार्नेछ ।
  • आमो 2:2 : 2 मोआबमा म आगो पठाउनेछु, र त्यसले किर्योतका किल्लाहरूलाई भस्म पार्नेछ । चिच्‍याहट र तुरहीको आवाजमा, ठुलो गर्जनसहित मोआबचाहिं मर्नेछ ।
  • आमो 4:11 : 11 मैले तिमीहरूका बिचमा भएका सहरहरू नाश पारें, जसरी परमेश्‍वरले सदोम र गमोरालाई नाश पार्नुभएको थियो । तिमीहरू आगोबाट बाहिर तानिएका अगुल्‍टाहरूझैं थियौ । तापनि तिमीहरू मतर्फ फर्केका छैनौ —यो परमप्रभुको घोषणा हो ।
  • योना 3:4 : 4 योना सहरभित्र प्रवेश गर्न थाले र एक दिनको यात्रापछि उनले कराए र यसो भने, “अबको चालीस दिनमा निनवे नाश हुनेछ ।”
  • योना 3:9-9 : 9 कसलाई जान्‍दछ? परमेश्‍वर नरम बन्‍न र आफ्नो मनलाई बद्लन र आफ्नो भयङ्कर क्रोधबाट फर्कन सक्‍नुहुन्‍छ, जसले गर्दा हामी नष्‍ट हुनेछैनौं ।” 10 तिनीहरूले जे गरे त्‍यो परमेश्‍वरले देख्‍नुभयो । यसरी तिनीहरू आफ्ना दुष्‍ट मार्गहरूबाट फर्के । यसैले परमेश्‍वरले तिनीहरूलाई दिन्‍छु भन्‍नुभएको दण्डको बारेमा उहाँले आफ्नो मन परिवर्तन गर्नुभयो, र उहाँले त्यसो गर्नुभएन ।
  • योना 4:2 : 2 यसैले योनाले परमप्रभुसँग प्रार्थना गरे र यसो भने, “हे परमप्रभु, के म आफ्नो देशमा हुँदा मैले यही कुरा भनेको थिइनँ र? यसकारण म तर्शीशमा भागेर जाने प्रयत्‍न गरें, किनभने मलाई थाहा थियो, कि तपाईं अनुग्रही परमेश्‍वर हुनुहुन्छ, दयाले पूर्ण, रिसाउनमा ढिलो र प्रतिज्ञामा विश्‍वसनीय हुनुहुन्छ, र तपाईंले विपत्ति पठाउन रोक्‍नुहुन्‍छ ।
  • सप 1:16 : 16 त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।
  • सप 2:9 : 9 यसैकारण सेनाहरूका परमप्रभु, इस्राएलका परमेश्‍वर यो घोषणा गर्नुहुन्छ, म जीवित रहेझैँ, मोआब सदोमझैँ हुनेछ, र अम्मोनीहरू गमोराझैँ अर्थात् काँडाहरू र नुनको खाडल भएको ठाउँझैँ हुनेछन्, जो सधैँको निम्ति त्यागिएका छन् ।”
  • लू 17:29 : 29 तर त्यो दिन जब लोत सदोम छोडेर गए, त्यसपछि आगो र गन्धक स्वर्गबाट बर्सियो र सबै कुरालाई नष्‍ट गर्‍यो ।
  • २ पत्रु 2:6 : 6 अनि अधर्मीहरूमाथि के आइपर्नेछ भन्‍ने कुराको उदाहरणको निम्ति परमेश्‍वरले सदोम र गमोरा सहरहरूलाई खरानीमा परिणत गरिदिनुभयो र तिनीहरूलाई विनाशको निम्ति दोषी ठहराउनुभयो ।
  • यहू 1:7 : 7 यो त सदोम र गमोरा र वरपरका सहरहरूजस्तै हो, जसले आफैँलाई कामुक अनैतिकतामा संलग्‍न गराए र तिनीहरू अस्वाभाविक अभिलाषाहरूको निम्ति लागिपरे । अनन्तको आगोमा दण्ड भोग्‍नेहरूको उदाहरणको रूपमा तिनीहरू प्रकट गरिए ।
  • यिर्मि 4:19 : 19 ए मेरो हृदय, मेरो हृदय! म आफ्‍नो हृदयको पीडामा छु । मेरो हृदय मभित्रै हल्लिएको छ । म चुप रहन सक्दिनँ किनकि मैले तुरहीको आवाज अर्थात् युद्धको ध्वनि सुनेको छु ।
  • यिर्मि 18:8 : 8 तर मैले त्‍यस्तो घोषणा गरेको त्यो जाति दुष्‍ट्याइँबाट फर्कन्छ भने मैले त्यसमाथि ल्याउने योजना गरेको विपत्ति म ल्याउनेछैनँ ।
  • यिर्मि 26:13 : 13 त्यसैले अब, आ-आफ्ना चाल र अभ्यासहरू सुधार्नुहोस् र परमप्रभु तपाईंहरूका परमेश्‍वरको सोर सुन्‍नुहोस्, ताकि उहाँले तपाईंहरूको विरुद्धमा घोषणा गर्नुभएको विपत्तिको विषयमा उहाँले आफ्नो मन बद्लनुहुनेछ ।
  • उत्प 19:24-25 : 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो । 25 उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 80%

    14त्‍यो दिन श्रापित होस् जति बेला म जन्मेको थिएँ । मेरी आमाले मलाई जन्म दिएकी दिन आशिषित नहोस् ।

    15मेरा बुबालाई यो खबर दिने मानिस श्रापित होस्, जसले यसो भनेर बडो आनन्द दियो, 'तपाईंको छोरो जन्मिएको छ' ।

  • 17किनकि त्यसले मेरी आमालाई नै मेरो चिहान बनाएर मलाई गर्भमै मारेन । त्यो गर्भ सधैं गर्भवती नै रहनेथियो ।

  • अय्यू 3:3-4
    2 पदहरू
    74%

    3“म जन्मेको दिन नष्‍ट होस्, त्‍यो रात जसले भन्‍यो, 'एउटा बालकको गर्भधारण भएको छ ।'

    4त्यो दिन अन्धकार होस् । परमेश्‍वरले माथिबाट त्‍यसलाई याद नगरून्, न त यसमा घाम लागोस् ।

  • 21त्यसका सन्‍तानलाई, तिनीहरूका पुर्खाहरूका अपराधको निम्ति मार्ने ठाउँ तयार पार्, यसरी तिनीहरू उठ्नेछैनन् र पृथ्वी अधीन गर्नेछैनन् र सारा संसारलाई सहरहरूले भर्नेछैनन् ।

  • 40जसरी परमेश्‍वरले सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूलाई नष्‍ट गर्नुभयो, त्यसरी नै त्यहाँ कोही बस्‍नेछैन, कुनै व्यक्ति त्यहाँ रहनेछैन, यो परमप्रभुको घोषणा हो ।”

  • 71%

    21त्यसकारण तिनीहरूका सन्तानलाई अनिकालमा पर्न दिनुहोस्, र तिनीहरूलाई तरवार खेलाउनेहरूका हातमा सुम्पिनुहोस् । यसरी तिनीहरूका स्‍त्रीहरू शोकमा परून् र विधना होऊन्, अनि तिनीहरूका पुरुषहरू मारिऊन्, र तिनीहरूका युवाहरू युद्धमा तरवारले मारिऊन् ।

    22तपाईंले तिनीहरूको विरुद्धमा एक्‍कासि आक्रमणकारीहरू ल्याउनुहुँदा तिनीहरूका घरहरूबाट रुवाबासीको सोर सुनियोस् । किनकि तिनीहरूले मलाई पक्रन एउटा खाडल खनेका छन्, र मेरो खुट्टाका लागि लुकाएर पासो थापेका छन् ।

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • अय्यू 3:7-9
    3 पदहरू
    71%

    7हेर, त्यो रात बाँझो होस् । यसमा कुनै हर्षको सोर नआओस् ।

    8लिव्यातन्‌लाई कसरी ब्युँझाउने भनी जानेकाहरूले, त्यस दिनलाई सराप दिऊन् ।

    9त्यो दिनको बिहानका ताराहरू अँध्यारो होऊन् । त्यो दिनले ज्योति खोजोस्, तर नपाओस्, न त यसले मिरमरेको प्रथम किरणलाई देख्‍न पाओस् ।

  • 20तब परमप्रभुले भन्‍नुभयो, “सदोम र गमोराको विरुद्धमा उठेको आवाज धेरै ठुलो, र तिनीहरूका पाप साह्रै गम्भीर भएको कारण

  • 18नत्रता परमप्रभुले देख्‍नुहुने छ र असहमति जनाउनुहुने छ अनि त्यसबाट आफ्नो क्रोध हटाउनुहुने छ ।

  • 13प्रसवको पीडा त्यसमाथि आउनेछ, तर त्यो एउटा मूर्ख छोरा हो, किनकि जन्मने समय हुँदा पनि त्यो कोखबाट बाहिर आउँदैन ।

  • अय्यू 24:20-21
    2 पदहरू
    70%

    20उसलाई जन्माउने गर्भले उसलाई बिर्सिनेछ । किराले त्यसलाई मिठो मानेर खानेछ । फेरि उसको सम्झना गरिनेछैन । यसरी एउटा रुखलाई झैं दुष्‍टतालाई टुक्राटुक्रा पारिनेछ ।

    21बच्‍चा नजन्माएकी बाँझी स्‍त्रीलाई दुष्‍टले निलिहाल्‍छ । उसले विधवाको निम्‍ति कुनै असल कुरा गर्दैन ।

  • 12त्यसलाई कसैले दया नदेखाओस् । त्यसका अनाथ छोराछोरीलाई कसैले दया नगरोस् ।

  • 19त्यसपछि राज्यहरूमध्ये धेरै प्रशंसा गरिएको कल्दीहरूका गौरवको वैभव बेबिलोनलाई, परमेश्‍वरले सदोम र गमोरालाई झैं नष्‍ट पार्नुहुनेछ ।

  • 18आशा बाँकी छँदै आफ्नो छोरोलाई अनुशासनमा राख, र त्यसलाई मृत्युण्ड दिने इच्छा नबना ।

  • 8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • हो 10:14-15
    2 पदहरू
    69%

    14यसैले तिमीहरूका मानिसहरूमा युद्धको गर्जन हुनेछ, र तिमीहरूका किल्‍लाबन्‍दी गरिएका सहरहरू नष्‍ट हुनेछन् । युद्धको दिनमा शल्मनले बेथ-आर्बेललाई नाश गरेझैं त्‍यो हुनेछ, जुन बेला आमाहरूलाई आफ्‍ना छोराछोरीसितै टुक्रा-टुक्रा पारिएको थियो ।

    15यसैले ए बेथेल, तेरो ठुलो दुष्‍टताको कारणले, तँलाई पनि यस्तै हुनेछ । झिसमिसेमा इस्राएलका राजा पूर्ण रूपले नाश पारिनेछ ।

  • 12‘धिक्‍कार त्यसलाई जसले रगतले शहर बनाउँछ, र जसले अधर्ममा नगर स्थापना गर्दछ ।’

  • 20त्यसैले हे स्‍त्रीहरू हो, परमप्रभुको वचन सुन । उहाँको मुखबाट निस्कने सन्देशमा ध्यान देओ । तब आ-आफ्ना छोरीहरूलाई शोकको गीत र हरेक छिमेकी स्‍त्रीलाई मृत्‍यु संस्‍कारको गीत सिकाओ ।

  • विलाप 2:20-21
    2 पदहरू
    69%

    20हे परमप्रभु, हेर्नुहोस्, र यसरी व्यवहार गर्नेहरूलाई विचार गर्नुहोस् । के स्‍त्रीहरूले आफ्नै गर्भको फल अर्थात् आफैले जन्माएका बालबच्‍चालाई खाने? के पुजारी र अगमवक्ता परमप्रभुको पवित्र वासस्थानमा मारिने?

    21युवाहरू र पाकाहरू सडकहरूका धूलोमा पस्रिन्छन् । मेरा युवतीहरू र युवाहरू तरवारले ढालिएका छन् । तिनीहरूलाई दया नदेखाइकन तपाईंले तिनीहरूलाई मार्नुभएको छ ।

  • 12सहरबाट मर्न लागेको मानिसको क्रन्दन निस्कन्छ, अनि घाइतेको गलाले मदतको लागि चिच्‍च्याउँछ । तर परमेश्‍वरले दोष लगाउनुहुन्‍न ।

  • 3सुन! होरोनैमबाट क्रन्दनको सोर आइरहेको छ, जहाँ भग्‍नावशेष र ठुलो विनाश छ ।

  • 20तब येशूले ती सहरहरूलाई हकार्न थाल्नुभयो जहाँ उहाँका धेरैजसो शक्‍तिशाली कार्यहरू भएका थिए, किनकि तिनीहरूले पश्‍चात्ताप गरेका थिएनन् ।

  • 8बेबिलोनकी छोरी, चाँडै नष्‍ट हुन्‍छ । तैंले हामीलाई जे गरिस् त्‍यसको बदला लिने व्यक्‍ति धन्यको होस् ।

  • 28र उजाड सहरहरूमा बसेको छ । अहिले कुनै मानिस नबस्‍ने घरहरूमा, जुन फोहोरको थुप्रो हुन तयार थिए ।

  • 27स्वर्गले उसको अधर्म प्रकट गर्नेछ, र साक्षीको रूपमा पृथ्वी नै उसको विरुद्धमा खडा हुनेछ ।

  • 10त्यसका छोराछोरी भौंतारिऊन् र आफ्‍ना भग्‍नावशेष घर छोडेर जाँदा तिनीहरूले भीख मागून् ।

  • 16त्यो दिन किल्ला भएका शहरहरु र उच्‍च धरहराहरूको विरुद्ध तुरही र चेतावनीको सोरको दिन हुनेछ ।

  • 17त्यसले सराप्‍न मन परायो । त्‍यो त्यसैमाथि आइपरोस् । त्यसले आशिष्‌लाई ‌‌घृणा गर्‍यो । त्यसकहाँ कुनै आशिष्‌‌‌ नआओस् ।

  • 6परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्‍वरले भन्‍नुभयो, “यो पनि हुनेछैन ।”

  • 3किनकि यस ठाउँमा जन्मने छोराहरू र छोरीहरू, तिनीहरूलाई जन्माउने आमाहरू र तिनीहरूलाई यस देशमा जन्मने पार्ने बाबुलाई परमप्रभु यसो भन्‍नुहुन्छ,

  • 15चारैतिर त्यसको विरुद्धमा सोर उच्‍च पार । त्यसले आत्मसमर्पण गरेको छ । त्यसका धरहराहरू ढलेका छन् । त्यसका पर्खालहरू भत्काइएका छन्, किनकि यो परमप्रभुको बदला हो । त्यसमाथि बदला लेओ । त्यसले जस्‍तो गरेको छ तेस्तै त्यसलाई गर ।

  • 14कसैले आफ्नो छिमेकीलाई बिहान सबेरै चर्को सोरमा आशिष् दिन्छ भने, त्यो आशिष्‌लाई श्राप ठानिन्छ ।

  • 25उहाँले ती सहरहरू, सबै समतल भूमि, र ती सहरहरूका बासिन्दाहरू, र भूमिमा उब्जेका सबै बिरुवाहरूलाई नष्‍ट पार्नुभयो ।

  • 3होइन भने, म त्यसलाई नाङ्गो पार्नेछु र त्यो जन्‍मको दिनमा झैं म त्यसको नग्‍नता देखाउनेछु । उजाड-स्‍थानजस्‍तै, एउटा सुख्‍खा लागेको देशजस्‍तै, म त्यसलाई बनाउनेछु, र त्यसलाई तिर्खाले मर्ने म बानउनेछु ।

  • 14त्यसका पुर्खाहरूका पापहरू परमप्रभुलाई बताइयोस् । अनि त्यसकी आमाकी पाप नबिर्सियोस् ।

  • 19तँमाथि वियोग र विनाश, अनिकाल र तरवार— यी दुई कष्‍टहरू आइपरेका छन्— तँसँग कसले शोक गर्नेछ? तँलाई कसले सान्त्वना दिनेछ?

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 20उसका आँखाले उसको आफ्नो विनाश देखून्, र सर्वशक्तिमान्‌को क्रोध उसले पिउनुपरोस् ।

  • 17पृथ्वीबाट उसको सम्झना लुप्‍त हुनेछ । सडकमा उसको कुनै नाउँ हुनेछैन ।

  • 20एक दिन उसलाई जे हुन्छ, त्यसमा पश्‍चिममा बस्‍नेहरू मानिसहरू आतङ्कित हुनेछन् भने, पूर्वमा बस्‍नेहरू त्‍यसमा त्रसित हुनेछन् ।