अय्यूब 22:26

अनलक शाब्दिक बाइबल

किनकि त्‍यसपछि तपाईं सर्वशक्तिमान्‌मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्‍वरमा उचाल्‍नुहुनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 58:14 : 14 तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।”
  • अय्यू 27:10 : 10 के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ?
  • भजन 37:4 : 4 परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।
  • अय्यू 11:15 : 15 तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।
  • भजन 86:4 : 4 तपाईंको सेवकलाई खुसी बनाउनुहोस्, किनकि हे परमप्रभु, म आफ्‍नो प्राण तपाईंमा उचाल्‍नेछु ।
  • भजन 143:8 : 8 बिहानमा मलाई तपाईंको करारको विश्‍वस्‍तता सुन्‍न दिनुहोस्, किनकि म तपाईंमा भरोसा गर्छु । म कहाँ हिंड्नुपर्छ सो मलाई देखाउनुहोस्, किनकि म आफ्‍नो प्राण तपाईंतिर उचाल्छु ।
  • श्रेष्ठ 2:3 : 3 जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।
  • अय्यू 34:9 : 9 किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'
  • भजन 25:1 : 1 ¶ हे परमप्रभु, म आफ्‍नो जीवन तपाईंमा उचाल्छु ।
  • रोमी 7:22 : 22 किनकि म भित्री मनुष्यत्वसँगै परमेश्‍वरको व्यवस्थामा आनन्द मनाउँछु ।
  • १ यूह 3:20-21 : 20 किनकि यदि हाम्रो हृदयले हामीलाई दोष दिन्छ भने परमेश्‍वर हाम्रो हृदयभन्दा महान् हुनुहुन्छ, र उहाँले सबै थोक जान्‍नुहुन्छ । 21 प्रिय हो, यदि हाम्रो हृदयले हामीलाई दोष दिँदैन भने हामी परमेश्‍वरप्रति दृढ छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 22:21-25
    5 पदहरू
    83%

    21अब परमेश्‍वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्‍यसरी तपाईंकहाँ भलाइ आउनेछ ।

    22म तपाईंलाई बिन्ती गर्छु, उहाँको निर्देशनको वचन ग्रहण गर्नुहोस् । उहाँका वचनहरू आफ्‍नो हृदयमा जम्‍मा गर्नुहोस् ।

    23तपाईं सर्वशक्तिमान्‌कहाँ फर्कनुहुन्‍छ भने, अधार्मिकतालाई तपाईंले आफ्ना पालहरूबाट धेरै टाढा राख्‍नुहुन्‍छ भने, तपाईंको निर्माण हुनेछ ।

    24आफ्‍नो खजाना भुइँको धूलोमा, ओपीरको सुनलाई खोलाका ढुङ्गाहरूका बिचमा फाल्‍नुहोस्,

    25अनि सर्वशक्तिमान्‌ तपाईंको खजाना, तपाईंको बहुमूल्य चाँदी बन्‍नुहुनेछ ।

  • अय्यू 22:27-29
    3 पदहरू
    80%

    27तपाईंले आफ्‍नो प्रार्थना उहाँमा नै चढाउनुहुनेछ, अनि उहाँले तपाईंको बिन्‍ती सुन्‍नुहुनेछ । तपाईंले उहाँमा आफ्नो भाकल पुरा गर्नुहुनेछ ।

    28तपाईंले कुनै पनि आदेश दिनुहुनेछ, र तपाईंको निम्‍ति त्‍यो कुरो पुरा हुनेछ । तपाईंका मार्गहरूमा ज्योति चम्कनेछ ।

    29परमेश्‍वरले घमण्डी मानिसलाई निम्‍न स्‍तरमा झर्नुहुन्छ, र निराश भएकाहरूलाई उहाँले बचाउनुहुन्छ ।

  • अय्यू 11:15-18
    4 पदहरू
    80%

    15तब तपाईंले निश्‍चय पनि लाजको सङ्केतबिना नै आफ्नो अनुहार उठाउनुहुन्‍थ्‍यो । वास्तवमा तपाईं दृढ बन्‍नुहुन्‍थ्‍यो र डराउनुहुने थिएन ।

    16तपाईंले आफ्नो दुःख बिर्सनुहुन्‍थ्‍यो । तपाईंले त्‍यसलाई बगेर गएको पानीलाई झैं मात्र सम्झनुहुन्‍थ्‍यो ।

    17तपाईंको जीवन मध्यदिनको भन्दा चम्किलो हुन्‍थ्‍यो । त्‍यहाँ अँध्यारो भए पनि, त्‍यो बिहानजस्तै हुन्‍थ्‍यो ।

    18त्‍यहाँ आशा भएको हुनाले तपाईं सुरक्षित रहनुहुन्‍थ्‍यो । वास्तवमा तपाईंले आफ्नो सुरक्षा पाउनुहुन्‍थ्‍यो र तपाईंको विश्राम सुरक्षित हुन्‍थ्‍यो ।

  • अय्यू 27:9-11
    3 पदहरू
    78%

    9उसमाथि सङ्कष्‍ट आइपर्दा, के परमेश्‍वरले उसको पुकारा सुन्‍नुहुन्‍छ र?

    10के ऊ सर्वशक्तिमान्‌मा आनन्दित हुन्‍छ, अनि उसले हर समयमा परमेश्‍वरलाई पुकारा गर्छ?

    11म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको बारेमा सिकाउनेछु । म सर्वशक्तिमान्‌का विचारहरूलाई लुकाउनेछैनँ ।

  • अय्यू 8:5-6
    2 पदहरू
    77%

    5तर मानौँ, तपाईंले परमेश्‍वरलाई बडो मेहनत गरेर खोज्नुभयो, अनि आफ्नो बिन्ती सर्वशक्तिमान्‌लाई चढाउनुभयो ।

    6तपाईं शुद्ध र सोझो हुनुहुन्छ भने, उहाँले निश्‍चय पनि तपाईंको पक्ष लिनुहुन्‍छ, र तपाईंको उचित स्थानमा तपाईंलाई पुनर्स्थापित गर्नुहुन्‍छ ।

  • 26उसले परमेश्‍वरलाई प्रार्थना चढाउनेछ, र परमेश्‍वर ऊप्रति दयालु बन्‍नुहुनेछ, ताकि उसले आनन्दले परमेश्‍वरको मुहार हेर्छ । परमेश्‍वरले त्यो व्यक्तिलाई विजय दिनुहुन्‍छ ।

  • अय्यू 22:3-4
    2 पदहरू
    74%

    3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्‌लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्‍छ भने, त्यो उहाँको लाभ हो र?

    4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?

  • 21तर पनि उहाँले तपाईंको मुखमा हाँसो, र तपाईंको ओठमा आनन्‍दको सोरले भर्नुहुनेछ ।

  • 9किनकि तिनले भनेका छन्, 'परमेश्‍वरले जे इच्‍छा गर्नुहुन्‍छ त्‍यो गर्नमा मानिसलाई कुनै रमाहट हुँदैन ।'

  • 15तपाईंले मलाई बोलाउनुहुन्‍छ, र म जवाफ दिन्‍छु । आफ्‍नो हातको कामको लागि तपाईंको इच्छा हुन्‍छ ।

  • अय्यू 11:5-7
    3 पदहरू
    71%

    5तर परमेश्‍वर बोल्‍नुभए हुन्‍थ्‍यो, र तपाईंको विरुद्धमा आफ्नो ओठ खोल्‍नुभए हुन्‍थ्‍यो ।

    6उहाँले तपाईंलाई बुद्धिका रहस्यहरू देखाउनुहुन्‍थ्‍यो । किनकि समझशक्तिमा उहाँ महान् हुनुहुन्छ । तपाईंको अधर्मले पाउनेभन्दा थोरै दण्‍ड परमेश्‍वरले तपाईं दिनुहुन्छ भनी जान्‍नुहोस् ।

    7परमेश्‍वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्‍नुहुन्छ? सर्वशक्तिमान्‌लाई तपाईं सिद्ध रूपमा बुझ्‍न सक्‍नुहुन्छ?

  • 3तापनि, बरु म सर्वशक्तिमान्‌सित बोल्‍छु । म परमेश्‍वरसित तर्क गर्ने इच्छा गर्छु ।

  • 6के तपाईंको डर तपाईंको निश्‍चयता, अनि तपाईंका मार्गहरूका सत्यनिष्ठा तपाईंको आशा होइन र?

  • 2किनकि माथि हुनुभएको परमेश्‍वरबाट के हिस्सा पाइन्‍छ र? उच्‍चमा हुनुभएको सर्वशक्तिमान्‌बाट के उत्तराधिकार पाइन्‍छ र?

  • 22तब मलाई बोलाउनुहोस्, र म जवाफ दिनेछु । वा तपाईंसित म बोल्‍नेछु र तपाईंले जवाफ दिनुहोस् ।

  • 14तपाईं भन्‍नुहुन्‍छ, तपाईंले उहाँलाई देक्‍नुहुन्‍न, तपाईंको मुद्दा उहाँको सामु छ, र तपाईंले उहाँको प्रतीक्षा गरिरहनुभएको छ भने, उहाँले तपाईंलाई झन् कति थोरै जवाफ दिनुहोला!

  • 22तपाईंले मलाई बतासमा उचाल्‍नुहुन्छ र त्‍यसले मलाई उडाउने बनाउनुहुन्छ । तपाईंले मलाई आँधीमा यताउता हुत्‍याउनुहुन्छ ।

  • 17हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्‍वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्‌को ताडनालाई इन्कार नगर ।

  • 26परमप्रभुले तिमीहरूमाथि कृपादृष्‍टिले हेर्नुभएको होस् र तिमीहरूलाई शान्ति दिनुभएको होस् ।'

  • 14तब तिमीहरूले परमप्रभुमा आनन्द पाउनेछौ । अनि म तिमीहरूलाई पृथ्वीको उच्‍च स्थानहरूमा सवार गर्न लगाउनेछु । तिमीहरूका पुर्खा याकूबको उत्तराधिकारबाट म तिमीहरूलाई खान दिनेछु— किनकि परमप्रभुको मुखले बोलेको छ ।”

  • 25परमेश्‍वरको विरुद्धमा उसले आफ्नो हात पसारेको छ, र सर्वशक्तिमान्‌को विरुद्धमा अहङ्कारले व्यवहार गरेको छ,

  • 4परमप्रभुमा आफूलाई खुसी बनाऊ र उहाँले तिम्रो हृदयका इच्छाहरू पुरा गर्नुहुनेछ ।

  • 26मेरो शरीरको छाला, अर्थात् शरीर पूरै गलेपछि, मेरो शरीरमा नै म परमेश्‍वरलाई देख्‍नेछु ।

  • 6धेरै जना भन्छन्, “हामीलाई कुनै असल कुरा कसले देखाउनेछ र?” हे परमप्रभु, तपाईंको मुहारको ज्योति हामीमा चम्काउनुहोस् ।

  • 5जति बेला सर्वशक्तिमान्‌ मसितै हुनुहुन्थ्यो, र मेरा छोराछोरा मेरो वरिपरि हुन्‍थे,

  • 12मेरो बारेमा, मेरो इमान्‍दारीतामा तपाईंले मलाई सहायता गर्नुहुनेछ र मलाई सधैंभरि तपाईंकै सामु राख्‍नुहुनेछ ।

  • 6किनकि तपाईंले तिनलाई सदाको आशिष्‌‌‌ दिनुहुन्छ । आफ्‍नो उपस्थितिले आनन्दते तपाईंले तिनलाई खुसी तुल्याउनुहुन्छ ।

  • 4वास्तवमा तपाईंले परमेश्‍वरको आदर घटाउनुहुन्‍छ । उहाँको भक्तिमा तपाईंले बाधा दिनुहुन्छ ।

  • अय्यू 23:6-7
    2 पदहरू
    70%

    6उहाँले आफ्नो शक्तिको महान्‌तामा मेरो विरुद्धमा तर्क गर्नुहुन्छ? अहँ, बरु उहाँले मेरो कुरामा ध्यान दिनुहुन्छ ।

    7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्‍थ्‍यो ।

  • 1¶ तब अय्यूबले परमप्रभुलाई जवाफ दिए र यसो भने,

  • 1¶ तब अय्यूबले जवाफ दिए र भने,

  • 14जब मलाई दोष लगाउन परमेश्‍वर उठ्‍नुहुन्‍छ, तब म के गर्न सक्‍छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्‍छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्‍छु र?

  • 10अब महिमा र इज्‍जतले आफैलाई सुसज्‍जित पार । आदर र ऐश्‍वर्यले आफैलाई सुसोभित पार ।

  • 10यो अझै पनि मेरो सान्त्वना होस्– म पीडामा उफ्रे पनि त्‍यो घट्‍दैन, मैले परमपवित्रको वचन इन्कार गरेको छैनँ ।