अय्यूब 31:2
किनकि माथि हुनुभएको परमेश्वरबाट के हिस्सा पाइन्छ र? उच्चमा हुनुभएको सर्वशक्तिमान्बाट के उत्तराधिकार पाइन्छ र?
किनकि माथि हुनुभएको परमेश्वरबाट के हिस्सा पाइन्छ र? उच्चमा हुनुभएको सर्वशक्तिमान्बाट के उत्तराधिकार पाइन्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ मैले मेरा आँखासित करार बाँधेको छु । तब कसरी कुनै कन्यालाई म कुदृष्टिले हेर्न सक्छु र?
13दुष्ट मानिसले परमेश्वरबाट पाउने हिस्सा यही हो । सर्वशक्तिमान्बाट अत्याचारीले पाउने आफ्नो पैतृक-अंश यही हो ।
14जब मलाई दोष लगाउन परमेश्वर उठ्नुहुन्छ, तब म के गर्न सक्छु र? जब मेरो न्याय गर्न उहाँ आउनुहुन्छ, तब म उहाँलाई कसरी जवाफ दिन सक्छु र?
12के परमेश्वर स्वर्गको उच्चमा हुनुहुन्न र? आकाशका ताराहरूको उच्चता हेर्नुहोस्, ती कति उच्चमा छन्!
13तपाईं भन्नुहुन्छ, 'परमेश्वरलाई के थाहा छ? के उहाँले निस्पट्ट अन्धकारमा न्याय गर्न सक्नहुन्छ र?
15सर्वशक्तिमान् को हो र हामीले उहाँको आराधना गर्नू? हामीले उहाँमा प्रार्थना चढायौं भने हामीले के लाभ पाउँछौं र?'
29परमेश्वरबाट दुष्ट मानिसले पाउने भाग, परमेश्वरले उसको निम्ति साँच्नुभएको पैतृक-अंश यही हो ।
17“के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
3विपत्ति अधर्मी मानिसहरूका लागि हो, अनि विनाशचाहिं दुष्ट काम गर्नेहरूका लागि हो भनी मैले विचार गर्थें ।
13कसले उहाँलाई पृथ्वीको निरीक्षक तुल्याएको हो र? कसले सारा संसार उहाँको अधीनमा राखिदिएको हो र?
3के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
5माथि आकाशमा हेर्नुहोस् र विचार गर्नुहोस् । आकाशलाई हेर्नुहोस्, जुन तपाईंभन्दा माथि छ ।
6तपाईंले पाप गर्नुभयो भने, परमेश्वरको के नोक्सान हुन्छ र? तपाईंका अपराधहरूको थुप्रो लाग्यो भने, तपाईंले उहाँलाई के गर्नुहुन्छ र?
7तपाईं धर्मी हुनुहुन्छ भने, तपाईंले उहाँलाई के दिन सक्नुहुन्छ र? तपाईंको हातबाट उहाँले के ग्रहण गर्नुहुन्छ र?
22परमेश्वरले त उच्चमा हुनेहरूको पनि न्याय गर्नुहुन्छ, तब के कसैले उहाँलाई ज्ञान सिकाउन सक्छ र?
17मानिस के हो र तपाईंले उसको ख्याल राख्नुपर्ने, तपाईंले आफ्नो मनलाई उसमा लगाउनुपर्ने,
1¶ दुष्ट मानिसहरूको न्याय गर्ने समय सर्वशक्तिमान्ले किन तोक्नुभएको छैन? परमेश्वरप्रति विश्वासयोग्य हुनेहरूले उहाँको न्यायको दिन आएको किन देखेका छैनन्?
7परमेश्वरलाई खोजेर तपाईंले उहाँलाई बुझ्न सक्नुहुन्छ? सर्वशक्तिमान्लाई तपाईं सिद्ध रूपमा बुझ्न सक्नुहुन्छ?
8यो विषय स्वर्गजत्तिकै अग्लो छ । तपाईंले के गर्न सक्नुहुन्छ? यो पातालभन्दा गहिरो छ । तपाईंले के जान्न सक्नुहुन्छ?
11परमेश्वरको सान्त्वना, तपाईंप्रति कोमल वचनहरू, के ती तपाईं ज्यादै तुच्छ छन् र?
12तपाईंको हृदयले तपाईंलाई किन टाढा लैजान्छ? तपाईंका आँखा किन चम्किन्छन्?
13जसले गर्दा आफ्नो आत्मालाई तपाईंले परमेश्वरको विरुद्धमा फर्काउनुहुन्छ, र आफ्नो मुखबाट यस्ता वचनहरू बोल्नुहुन्छ?
14मानिस के हो र ऊ शुद्ध हुनुपर्यो? स्त्रीबाट जन्मेको मानिस को हो जो धर्मी हुनुपर्यो?
11तिनीहरू भन्छन्, “परमेश्वरले कसरी जान्नुहुन्छ? के सर्वोच्चसँग ज्ञान छ र?”
20तब बुद्धि कहाँबाट आउँछ? सुझबुझको ठाउँ कहाँ छ?
31दुष्ट मानिसको सामु उसको मार्गलाई कसले दोषी ठहराउँछ र? उसको गरेको कामको बदला कसले लिन सक्छ र?
3आफ्ना हातको कामलाई तुच्छ ठान्नलाई, तपाईंले मेरो थिचोमिचो गर्नु असल हो र, जब कि दुष्टहरूका योजनाहरूमा तपाईं मुस्काउनुहुन्छ?
4के तपाईंका मासुका आँखा छन्? के मानिसले झैं तपाईं देख्नुहुन्छ?
13उहाँको विरुद्धमा तपाईं किन सङ्घर्ष गर्नुहुन्छ? उहाँले त आफ्ना कुनै पनि कामको लेखा दिनुपर्दैन ।
17जसले परमेश्वरलाई यसो भने, 'हामीबाट जानुहोस्, ' जसले यसो भने, 'सर्वशक्तिमान्ले हामीलाई के गर्न सक्नुहुन्छ र?'
19ज्योतिको बासस्थानमा जाने बाटो कता— अन्धकारको बारेमा, त्यसको ठाउँ कहाँ बस्छ?
10त्यसैले हे सुझबुझ भएका मानिसहरू हो, मेरो कुरा सुन्नुहोस् । परमेश्वरले कदापि दुष्ट काम गर्नुहुन्न । सर्वशक्तिमान्ले कदापि पाप गर्नुहुन्न ।
3तपाईं धर्मी हुनुहुन्छ भने, सर्वशक्तिमान्लाई के आनन्द मिल्छ र? तपाईंले आफ्ना मार्गहरू दोषरहित बनाउनुहुन्छ भने, त्यो उहाँको लाभ हो र?
26किनकि त्यसपछि तपाईं सर्वशक्तिमान्मा रमाउनुहुनेछ । तपाईंले आफ्नो अनुहार परमेश्वरमा उचाल्नुहुनेछ ।
3हे परमप्रभु, मानिस के हो र तपाईंले त्यसलाई ध्यान दिनुहुन्छ वा मानिसको छोरो को हो जसको बारेमा तपाईंले विचार गर्नुहुन्छ?
13म आफैलाई मदत गर्न सक्दिन भन्ने कुरा सत्य होइन र, अनि बुद्धिलाई मबाट खेदिएको छैन र?
33के तैंले आकाशको शासन गर्ने नियमहरूलाई जानेको छस्? के तैंले आकाशको नियमलाई पृथ्वीमाथि बसाउन सक्छस्?
11मैले तिर्नुपर्ने गरी कसले मलाई कुनै कुरो दिएको छ र? सम्पूर्ण आकाशमुनि भएका सबै थोक मेरै हुन् ।
8के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
16गरिब मानिसहरूलाई मैले तिनीहरूको इच्छा वञ्चित गरेको छु भने, अर्थात् विधवाका आँखालाई मैले आँसुले धमिल्याएको छु भने,
23उहाँको चालको विषयमा कसले उहाँलाई कदापि निर्देशन दिएको छ र? कसले उहाँलाई कदापि यसो भन्न सक्छ र, 'तपाईंले अधर्मको काम गर्नुभएको छ?'
2“जब तपाईं भन्नुहुन्छ, 'परमेश्वरको सामु मेरो अधिकार' तब त्यो न्यायोचित नै हो भन्ने विचार तपाईंलाई हुन्छ?
28यो पनि न्यायाधीशहरूले दण्ड दिने अपराध हुन्थ्यो, किनकि माथि विराजमान् हुनुहुने परमेश्वरलाई मैले इन्कार गरेको हुन्थें ।
3के उहाँको फौजको गन्ति गर्न सकिन्छ र? कसमाथि उहाँको ज्योति चम्कँदैन र?
5के तपाईंको दुष्टता विशाल छैन र? के तपाईंको अधर्मको असीमित छैन र?
32मैले देख्न नसक्ने कुरा मलाई सिकाउनुहोस् । मैले पाप गरेको छु, तर त्यो काम म फेरि गर्नेछैनँ ।'
13तपाईंका आँखा यति शुद्ध छन्, कि तपाईं दुष्टलाई हेर्नुहुन्न, र तपाईंले गलत काम गर्नेलाई कृपाले हेर्न सक्नुहुन्न । त्यसोभए किन तपाईंले धोका दिनेलाई कृपाले हेर्नुभएको छ? दुष्टहरूले तिनीहरूको आफ्नो सङ्ख्याभन्दा धेरै धर्मीहरूलाई निल्दा तपाईं किन चुप बस्नुभएको छ?
32किनकि परमेश्वर मजस्तै मानिस हुनुहुन्न, कि म उहाँलाई जवाफ दिन सकूँ, वा अदालतमा हामी सँगसँगै आउन सकौं ।
23किनकि परमेश्वरबाट आउने विनाशदेखि म डराएँ । उहाँको ऐश्वर्यको कारण मैले ती कुराहरू गर्न सकिनँ ।