अय्यूब 39:22

अनलक शाब्दिक बाइबल

त्यसले डरको खिल्ली उडाउँछ, र हतोत्साही हुँदैन । तरवार देखेर त्यो फर्केर भाग्‍दैन ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 39:16 : 16 त्यसले आफ्ना बच्‍चाहरूलाई आफ्नो नभएजस्तै गरी निर्दयतापूर्वक व्यवहार गर्छ । त्यसको परिश्रम व्यर्थैमा खेर जान्छ कि भनी त्यो डराउँदैन,
  • अय्यू 39:18 : 18 जब त्यो तीव्र गतिमा दोडन्‍छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।
  • अय्यू 41:33 : 33 पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • अय्यू 39:23-25
    3 पदहरू
    82%

    23काँडको ठोक्रो त्यसको छेउमा धर्ररर बज्छ, अनि त्यहाँ भाला र तरवार चम्कन्छ ।

    24क्रोध र रिसले त्यसले जमिनलाई निलिदिन्छ । तुरहीको आवाजले गर्दा त्यो एक ठाउँमा खडा हुन सक्दैन ।

    25जब तुरही बजेको सुनिन्‍छ, तब त्यसले भन्छ, 'आहा!' कमान्‍डरहरूका गर्जने आवाज र होहल्‍लाले, त्यसले टाढैबाट युद्धको गन्ध थाहा पाउँछ ।

  • अय्यू 39:18-21
    4 पदहरू
    82%

    18जब त्यो तीव्र गतिमा दोडन्‍छ, त्यसले घोडा र त्यसमा सवार हुनेलाई गिल्ला गर्छ ।

    19घोडालाई त्यसको शक्ति तैंले दिएको हो? त्यसको गर्दनमा जगरले पहिराएको तैंले हो?

    20त्यसलाई तैंले कहिल्यै सलहले झैं उफ्रन लगाएको छस्? त्यसको चर्को हिनहिनाइ डरलाग्दो हुन्‍छ ।

    21त्यसले शक्तिमा टाप बजाउँछ, र आफ्नो ताकतमा आनन्द मनाउँछ । हतियारको सामना गर्न त्यो जाइलाग्छ ।

  • अय्यू 41:25-29
    5 पदहरू
    75%

    25त्यो खडा हुँदा देवताहरू पनि डराउँछन् । डरको कारण ती पछि हट्छन् ।

    26तरवारले त्यसलाई हान्‍ने हो भने, त्यसले केही हुँदैन, न त भाला, काँड वा अरू कुनै चुच्‍चे हतियारले त्यसलाई केही हुन्‍छ ।

    27त्यसले फलामलाई पराल भएझैं, र काँसालाई कुहेको काठ भएझैं ठान्‍छ ।

    28काँडले त्यसलाई भगाउन सक्दैन । घुयेंत्रोले हानेको ढुङ्गा त त्यसको लागि भुस बन्छ ।

    29मुङ्ग्राहरूलाई त परालझैं ठानिन्छ । भालाको प्रहारमा त त्यसले गिल्ला गर्छ ।

  • 22त्यसको गर्धनमा बल हुन्छ, र त्यसको सामु त्रासले नाच लगाउँछ ।

  • 22अन्धकारबाट ऊ फर्कनेछ भनी उसले सोच्दैन । तरवारले उसको प्रतीक्षा गर्छ ।

  • अय्यू 41:9-10
    2 पदहरू
    73%

    9हेर्, त्यसो गर्ने कसैको आशा पनि झुटो सबित हुन्छ । के त्यसको हेराइले पनि कोही मूर्छै परेर भुइँमा ढल्‍नेछैनन् र?

    10कोही पनि यति हिंस्रक छैन त्यसले लिव्यातन्‌लाई उत्तेजित पार्ने आँट गर्छ । त्यसो हो भने, मेरो सामु को खडा हुन सक्छ?

  • नीति 30:30-31
    2 पदहरू
    73%

    30सिंह पशुहरूमध्ये सबैभन्दा शक्तिशाली हुन्छ, जो कुनै प्राणीदेखि तर्कंदैन ।

    31शानसँग हिँड्ने कुखुराको भाले, बोका र आफ्नो छेउमा सिपाहीहरू राखेर हिँड्ने राजा ।

  • 7सहरको होहल्ला सुनेर त्यसले गिल्ला गर्दै हाँस्‍छ । लखेट्नेले कराएको त्यसले सुन्दैन ।

  • अय्यू 20:24-25
    2 पदहरू
    71%

    24त्‍यो मानिस फलामको हतियारबाट भागे तापनि, काँसको धनुले उसलाई प्रहार गर्नेछ ।

    25आफ्नो पिठिउँबाट उसले त्यो तान्‍नेछ, र चम्कने टुप्पो उसको कलेजोबाट बाहिर निस्कनेछ । उसमा त्रासहरू आउनेछन् ।

  • 26यो दुष्‍ट मानिस हठ, बाक्लो ढाल लिएर, परमेश्‍वरलाई आक्रमण गर्न दौडन्छ ।

  • 19परमेश्‍वरका सृष्‍टिहरूमध्ये त्यो मुख्य हो । त्यसलाई बनाउनुहुने परमेश्‍वरले मात्र त्यसलाई पराजित गर्न सक्‍नुहुन्छ ।

  • 33पृथ्वीमा त्यसको बराबरी कोही छैन, जसलाई बिनाडर बाँच्न बनाइएको छ ।

  • 18परमेश्‍वरले मानिसको जीवनलाई खाडल पर्नबाट, उसको जीवनलाई मृत्युमा जानबाट बचाउनुहुन्छ ।

  • 13परमप्रभु त्‍योमाथि हाँस्‍नुहुनेछ, किनकि त्यसको दिन आइरहेको उहाँले देख्‍नुहुन्छ ।

  • अय्यू 9:34-35
    2 पदहरू
    69%

    34अर्को कुनै न्यायाधीश छैन, जसले परमेश्‍वरको लौरो मबाट हटाउन सक्छ, जसले मलाई भयभीत पार्नबाट उहाँको त्रासलाई रोक्‍न सक्छ ।

    35तब म बोल्‍नेछु र उहाँदेखि डराउँदिनँ, तर अहिलेको जस्ता कुराहरू छन्, म त्यसो गर्न सक्दिनँ ।

  • 6धर्मीहरूले यो देख्‍नेछन् र भय मान्‍नेछन् । तिनीहरूले त्यसलाई हाँसो उडाउनेछन् र यसो भन्‍नेछन्,

  • 22विनाश र अनिकाल देखेर तपाईं हास्‍नुहुनेछ, अनि पृथ्‍वीका जङ्गली जनावरहरूदेखि तपाईं डराउनुहुनेछैनौ ।

  • आमो 2:15-16
    2 पदहरू
    69%

    15धनुधारी खडा हुनेछैन । तीव्र गतिमा दौडने उम्कने छैन । घोडचडीले आफैंलाई बचाउन सक्‍नेछैन ।

    16त्यस दिनमा सबैभन्दा साहसी योद्धाहरू पनि नाङ्गै भाग्‍नेछन् — यो परमप्रभुको घोषणा हो ।”

  • 23नदीको बाडी उर्लेर किनारमा आयो भने त्यो काँप्दैन । यर्दन नदी नै उर्लेर आई त्यसको मुखमा पस्‍यो भने पनि त्यो निर्धक्‍क हुन्छ ।

  • 24त्यसकारण मानिसहरू उहाँदेखि डराउँछन् । आफ्नै मनले बुद्धिमान् सम्‍झनेहरूलाई उहाँले ध्यान दिनुहुन्‍न ।”

  • 6मानिसहरूका भीडसँग म डराउनेछैन जो चारैतिर मेरो विरुद्धमा खडा भएका छन् ।

  • 12मानिसले पश्‍चाताप गर्दैन भने, परमेश्‍वरले युद्धको निम्ति आफ्नो तरवार धारिलो पार्नुहुन्छ, र आफ्नो धनु तयार पार्नुहुन्छ ।

  • भजन 112:7-8
    2 पदहरू
    68%

    7त्‍यो खराब समाचारदेखि डराउँदैन । त्यो परमप्रभुमा भरोसा गरेर दृढ हुन्छ ।

    8त्यसले आफ्ना शत्रुहरूमाथि विजय नदेखेसम्‍म त्यसको हृदय विनाडर शान्त हुन्‍छ ।

  • 25दुष्‍टहरूबाट अकस्मात् आउने त्रास वा विपत्तिदेखि नडरा ।

  • 22तापनि परमेश्‍वरले शक्तिशाली मानिसहरूलाई आफ्नो शक्तिले घिसार्नुहुन्छ । उहाँ खडा हुनुहुन्छ, तर जीवनमा तिनीहरूलाई बलियो पार्नुहुन्‍न ।

  • 24निराशा र पीडाले त्यसलाई भयभीत पार्छ । युद्धको लागि तयार राजाझैं उसको विरुद्धमा तिनीहरूले प्रभुत्‍व जमाउँछन् ।

  • 10यसैकारण तिनीहरूले राजाहरूलाई जिस्काउँछन्, र शासकहरू तिनीहरूका निम्ति हाँसोका पात्र मात्र हुन् । हरेक किल्लाहरू देखेर तिनीहरू हाँस्‍छन्, किनभने तिनीहरूले माटोको ढिस्को बनाएर ती लैजान्छन् ।

  • 1¶ कसैले नलखेट्दा पनि दुष्‍ट मानिसहरू भाग्छन्, तर धर्मी मानिसहरू जवान सिंहझैँ निर्भीक हुन्छन् ।

  • 43तपाईंले त्यसको तरवारको धारलाई फर्काउनुभएको छ र युद्ध हुँदा त्यसलाई खडा पार्नुभएको छैन ।

  • 16बुद्धिमान् मानिस डराएर दुष्‍टताबाट टाढै बस्छ, तर मूर्खले निश्‍चयतासाथ चेताउनीलाई खारेज गरिदिन्छ ।

  • 23जब कोर्राले अकस्मात् मार्छ, तब उहाँले निर्दोषहरूको निराशाको उपहास गर्नुहुन्छ ।

  • 11त्रासहरूले चारैतिरबाट उसलाई डरमा पार्नेछन् । तिनले उसलाई पछिपछि खेद्‍नेछन् ।

  • 5डराउनुपर्ने कुनै कारण नभए तापनि तिनीहरू भयङ्कर डरमा हुन्‍छन् । किनकि तिमीहरू विरुद्ध पाल टाँग्‍नेहरूका हाडहरू परमेश्‍वरले छरपस्ट पार्नुहुनेछ । यस्ता मानिसहरू लाजमा पर्नेछन्, किनभने परमेश्‍वरले तिनीहरूलाई इन्कार गर्नुभएको छ ।

  • 26तिमीहरूमाथि विपत्ति आइपर्दा म खिसी गर्ने छु; त्रास आउँदा म तिमीहरूलाई उपहास गर्ने छु-

  • 23परमप्रभुप्रतिको आदरले मानिसहरूलाई जीवनमा डोर्‍याउँछ । यो हुने कुनै पनि व्यक्ति सन्तुष्‍ट हुने छ, र त्यसलाई नोक्सानीले छुँदैन ।