यूहन्ना 21:23
त्यसैले, ती चेला मर्नेछैनन् भन्ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएन, तर “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्नुभएको थियो ।
त्यसैले, ती चेला मर्नेछैनन् भन्ने यो भनाइ भाइहरूमाझ फैलियो । तरै पनि येशूले पत्रुसलाई अर्का चेला मर्दैनन् भन्नुभएन, तर “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त?” भन्नुभएको थियो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
18साँचो साँचो म तिमीलाई भन्दछु, जब तिमी जवान थियौ, तिमी आफैँ कपडा लगाउँथ्यौ र जहाँ जान चाहन्थ्यौ त्यतै जान्थ्यौ, तर जब तिमी वृद्ध हुन्छौ, तिमीले आफ्ना हात पसार्नेछौ र कसैले तिमीलाई कपडा लगाइदिनेछ र तिमी जहाँ जान चाहँदैनौ त्यहाँ तिमीलाई बोकेर लगिन्छ ।
19पत्रुसले कस्तो किसिमको मृत्युले परमेश्वरलाई महिमा दिन्छ भनी सङ्केत गर्न येशूले यसो भन्नुभयो । उहाँले यो बताउनुभएपछि पत्रुसलाई भन्नुभयो, “मलाई पछ्याऊ ।”
20पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
21पत्रुसले तिनलाई देखे, र येशूलाई भने, “प्रभु, यी मानिसले चाहिँ के गर्नेछन्?”
22येशूले तिनलाई भन्नुभयो, “यदि म नआउञ्जेसम्म तिनी रहेको चाहेँ भने पनि तिमीलाई के भयो त? मलाई पछ्याऊ ।”
24यी कुराहरूको गवाही दिने, र यी कुराहरू लेख्ने यिनै चेला हुन्, र हामी जान्दछौँ, कि तिनको गवाही सत्य छ ।
25येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
51म तिमीहरूलाई साँचो, साँचो भन्दछु, यदि कसैले मेरो वचन पालना गर्छ भने, त्यसले कहिल्यै मृत्यु देख्नेछैन ।”
35यदि तिमीहरूले एकले अर्कालाई प्रेम गर्यौ भने यसैद्वारा तिमीहरू मेरा चेलाहरू हौ भनी सबैले जान्नेछन् ।
36सिमोन पत्रुसले उहाँलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ?” येशूले जवाफ दिनुभयो, “म जहाँ जाँदै छु, तिमी अहिले पछ्याउन सक्दैनौ, तर तिमीले पछि पछ्याउनेछौ ।”
37पत्रुसले उहाँलाई भने, “प्रभु, मैले तपाईंलाई अहिले नै किन पछ्याउन सक्दिनँ? म तपाईंको लागि मेरो ज्यान पनि दिनेछु ।”
38येशूले जवाफ दिनुभयो, “के तिमीले मेरो निम्ति आफ्नो ज्यान नै दिनेछौ त? साँचो, साँचो म तिमीलाई भन्दछु, कि तिमीले मलाई तिन पल्ट इन्कार गरेपछि मात्र भाले बास्नेछ ।”
25येशूले तिनलाई भन्नुभयो, “पुनरुथान र जीवन म नै हुँ; जसले मलाई विश्वास गर्छ, त्यो मरे तापनि जीवित हुनेछ ।
26जसले मलाई विश्वास गर्छ र ममा जिउँछ त्यो कहिल्यै मर्नेछैन । के तिमी यो विश्वास गर्छ्यौ?”
16अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।
17तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्नुभएको हो?”
18त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्दैनौ ।”
19तिनीहरूले येशूलाई सोध्न चाहेको उहाँले देख्नुभयो, र उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्नेछौ’ ।”
16दिदुमस भनिने थोमाले उनका सङ्गी चेलाहरूलाई भने, “हामी पनि जाऔँ, कि हामी पनि येशूसँगै मर्न सकौँ ।”
33कस्तो किसिमको मृत्यु मर्दै हुनुहुन्छ भन्ने सङ्केत गर्न उहाँले यो कुरा भन्नुभएको थियो ।
19तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
22उहाँले कसको बारेमा कुरा गर्दै हुनुहुन्छ भनेर छक्क पर्दै चेलाहरूले एक आपसमा हेराहेर गर्न थाले ।
23उहाँका चेलाहरूमध्ये एक जना जसलाई येशूले प्रेम गर्नुहुन्थ्यो तिनी टेबलमा येशूको छातीमा अडेस लगेर ढल्किरहेका थिए ।
24यसकारण सिमोन पत्रुसले यो चेलालाई इसारा गरेर भने, “उहाँले हामीमध्ये कसको बारेमा भन्दै हुनुहुन्छ, हामीलाई भन ।”
25त्यसैले, तिनी येशूको छातीमा ढल्किएर बसे, र उहाँलाई भने, “प्रभु, यो को हो?”
20उहाँले मन्दिरमा सिकाउनुहुँदा यी वचनहरू ढुकुटीमा भन्नुभयो र कसैले उहाँलाई पक्रेन, किनभने उहाँको समय अझै आएको थिएन ।
21त्यसैले, उहाँले फेरि तिनीहरूलाई भन्नुभयो, “म जाँदै छु; तिमीहरूले मलाई खोज्नेछौ । र तिमीहरूको पापमा मर्नेछौ । जहाँ म जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।”
22यहूदीहरूले भने, “के यसले आफैँलाई मार्नेछ? के यसले त्यसैले ‘म जहाँ जाँदै छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ’ भनेको हो?”
33साना बालकहरू हो, म तिमीहरूसँग अझ केही समयसम्म हुनेछु । मैले यहूदीहरूलाई भनेझैँ, अहिले म तिमीहरूलाई यो पनि भन्छु, तिमीहरूले मलाई खोज्नेछौ, ‘जहाँ म गइरहेको छु, त्यहाँ तिमीहरू आउन सक्दैनौ ।’
35पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
32उहाँको मृत्यु कस्तो किसिमले हुनेछ भनी येशूले सङ्केत गरेर भन्नुभएको उहाँको वचन पुरा होस् भनेर यसो भएको थियो ।
24यसकारण म तिमीहरूलाई भन्दछु, तिमीहरू आफ्नो पापमा नै मर्नेछौ, किनभने म उही हुँ भनी तिमीहरूले विश्वास नगरेसम्म तिमीहरू आफ्नो पापमा नै मर्नेछौ ।”
4जब येशूले यो सुन्नुभयो, उहाँले भन्नुभयो, “यस बिरामीले मृत्युमा पुर्याउँदैन, तर बरु यो परमेश्वरको महिमाको निम्ति हो, ताकि परमेश्वरका पुत्र यसद्वारा महिमित हुन सकून् ।”
23येशूले तिनीहरूलाई जवाफ दिनुभयो र भन्नुभयो, “मानिसका पुत्रको निम्ति महिमित हुने समय आएको छ ।
24साँचो, साँचो म तिमीहरूलाई भन्दछु, गहुँको दाना जबसम्म माटोमा झरेर मर्दैन, यो आफैँ एकलो रहन्छ, तर यदि त्यो मर्छ भने यसले धेरै फल फलाउनेछ ।
27तर म तिमीहरूलाई साँचो भन्दछु, यहाँ तिमीहरूमध्ये उभिनेहरू कोही छन् जसले मृत्युको स्वाद चाख्नअगि परमेश्वरको राज्य देख्नेछैनन् ।
7येशूले जवाफ दिनुभयो, र तिनलाई भन्नुभयो, “म के गरिरहको छु, तिमी अहिले यसलाई बुझ्दैनौ, तर तिमीले यो पछि बुझ्नेछौ ।”
37तर तिनीहरूमध्ये केहीले भने, “के अन्धाका आँखा खोल्ने यी मानिसले यस मानिसलाई पनि नमर्ने तुल्याउने बनाउन सक्दैनथ्यो र?”
22यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्न?”
23येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।”
12यसकारण चेलाहरूले उहाँलाई भने, “प्रभु, यदि तिनी निद्रामा परेका छन् भने तिनी होसमा आउनेछन् ।”
13अहिले येशूले तिनको मृत्युको बारेमा बोल्नुभएको थियो, तर उहाँ आरामको निद्राको बारेमा बोलिरहनुभएको छ भन्ने तिनीहरूले सोचे ।
31तर पत्रुसले भने, “यदि म तपाईंसँगै मर्नुपर्छ भने पनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” तिनीहरू सबैले उही प्रतिज्ञा गरे ।
23येशूले तिनलाई भन्नुभयो, “तिम्रा भाइ फेरि जीवित हुनेछन् ।”
30यस पुस्तकमा नलेखिएका अरू धेरै चिन्हहरू येशूले चेलाहरूको उपस्थितिमा गर्नुभयो,
33पत्रुसले उहाँलाई भने, “प्रभु, म तपाईंसँग जेल र मृत्युसम्म जानको निम्ति तयार छु ।”
22तर येशूले तिनलाई भन्नुभयो, “मलाई पछ्याऊ, र मुर्दाले नै मुर्दालाई गाड्न छोडिदेऊ ।”
11येशूले पत्रुसलाई भन्नुभयो, “तरवारलाई म्यानमा नै राख । के पिताले मलाई दिनुभएको कचौरा मैले पिउनु पर्दैन र?”
28मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
67तब येशूले ती बाह्र जनालाई भन्नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?”