मत्ती 10:41

अनलक शाब्दिक बाइबल

जसले अगमवक्‍तालाई तिनी अगमवक्‍ता भएको कारणले स्वागत गर्दछ, उसले अगमवक्‍ताको इनाम पाउनेछ । अनि जसले धर्मी मानिसलाई तिनी धर्मी भएको कारणले स्वागत गर्दछ, उसले धर्मी मानिसको इनाम पाउनेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • ३ यूह 1:5-8 : 5 प्रिय, भाइहरू र परदेशीहरूको निम्ति काम गर्दा तिमी विश्‍वासयोग्यताको अभ्यास गर्छौ, 6 जसले मण्डलीको सामु तिम्रो प्रेमको गवाही दिन्छन् । तिमीहरूले तिनीहरूलाई तिनीहरूका यात्रामा परमेश्‍वरको योग्य हुने तरिकाले पठाउन असल गर्छौ, 7 किनकि अन्यजातिहरूबाट केही नलिइ नाउँको खातिर तिनीहरू गए । 8 त्‍यसकारण यस्ताहरूलाई हामीले स्वागत गर्नुपर्छ, ताकि हामी सत्यताको लागि सहकर्मीहरू बन्‍न सकौँ ।
  • २ राजा 4:8-9 : 8 एक दिन एलीशा शूनेममा गए जहाँ एक जना प्रतिष्‍ठित स्‍त्री बस्थिन् । उनले तिनलाई तिनीसँगै खाना खान अनुरोध गरिन् । त्यसैले जब एलीशा त्यो बाटो भएर जान्थे, तब तिनी खानको लागि त्यहाँ रोकिन्थे । 9 ती स्‍त्रीले आफ्ना पतिलाई भनिन्, “हेर्नुहोस्, अब मलाई थाहा भयो, कि यिनी परमेश्‍वरका पवित्र मानिस हुन् जो सधैँ यो बाटो हिंड्‍छन् । 10 कौसीमा एलीशाको लागि एउटा सानो कोठा बनाऔँ, र त्यसमा एउटा खाट, टेबल, आसन र बत्ती राखौँ । तब तिनी हामीकहाँ आउँदा तिनी त्यहीँ बस्‍नेछन् ।”
  • २ राजा 4:16-17 : 16 एलीशाले भने, “एक वर्षपछि यही समयमा तिम्रो काखमा एउटा छोरो हुनेछ ।” तिनले जवाफ दिइन्, “होइन, हे मेरा मालिक र परमेश्‍वरका मानिस, आफ्नी दासीसित झुट नबोल्नुहोस् ।” 17 तर एलीशाले त्‍यो स्‍त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
  • २ राजा 4:32-37 : 32 जब एलीशा घरमा आइपुगे, तब बालक मरिसकेको थियो, र ओछ्यानमा शान्‍त थियो । 33 त्यसैले एलीशा भित्र गएर बालक र आफूलाई राखेर ढोका बन्द गरे, र परमप्रभुलाई प्रार्थना चढाए । 34 तिनी ओछ्यानमाथि चढे र बालकमाथि सुते । तिनले आफ्नो मुख उसको मुखमा, आफ्ना आँखा उसको आँखामा, र आफ्ना हात उसको हातमा राखे । तिनले आफैलाई बालकमाथि लमतन्‍न पारे, र बालकको शरीर न्यानो भयो । 35 तब एलीशा उठे, र कोठाको वरिपरि घुमे अनि तिनी फेरि ओछ्यानमा चढे र बालकमाथि लमतन्‍न परे । बालकले सात पटक छिउँ काड्‍यो र आफ्ना आँखा खोल्यो । 36 त्यसैले एलीशाले गेहजीलाई बोलाए र भने, “शूनम्मीलाई बोला ।” त्यसले उनलाई बोलायो, र जब तिनी कोठाभित्र आइन्, तब एलीशाले भने, “तिम्रो छोरोलाई बोक ।” 37 तब एलीशाको पाउमा तिनी भुइँसम्‍मै घोप्टो परिन्, अनि आफ्नो छोरोलाई उठाइन् र बाहिर गइन् ।
  • २ यूह 1:8 : 8 आफैँलाई हेर, कि तिमीले ती कुराहरू नगुमाऊ जसको लागि हामी सबैले परिश्रम गरेका छौँ, तर तिमीले पूरा इनाम पाउन सक ।
  • उत्प 20:7 : 7 यसैकारण, त्यस मानिसकी पत्‍नीलाई फर्काइदे, किनभने त्यो एउटा अगमवक्ता हो । त्यसले तेरो निम्ति प्रार्थना गर्नेछ, र तँ बाँच्‍नेछस् । तर यदि तैँले त्यसलाई फर्काइनस् भने, यो थाहा गर्, कि तँ र तेरा सबै निश्‍चय नै मर्नेछन् ।”
  • १ राजा 17:9-9 : 9 “उठेर सीदोनको सारपातमा जा, र त्यही बस् । हेर्, तेरो खानाको बन्दोवस्त मिलाउन मैले त्यहाँ एउटी विधवालाई आज्ञा दिएको छु ।” 10 त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?” 11 उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।” 12 उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।” 13 एलियाले उनलाई भने, “नडराऊ । गएर मैले भनेझैँ गर, तर पहिले मेरो निम्ति सानो रोटी बनाएर ल्याऊ । त्यसपछि तिमी र तिम्रो छोरोको निम्ती केही रोटी बनाऊ । 14 किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।” 15 त्यसैले उनले एलियाले भनेझैँ गरिन् । उनी र एलियालगायत उनको घरानाले धेरै दिनसम्म खाए ।
  • १ राजा 17:20-24 : 20 तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, के तपाईंले म जुन विधवासित बसिरहेको छु, उनको छोरोलाई मारेर उनीमाथि विपत्ति ल्याउनुभएको हो?” 21 त्यसपछि एलिया त्यस बालकमाथि तिन पटक लम्पसार परेर सुते । तिनले परमप्रभुलाई पुकारे, “हे परमप्रभु मेरा परमेश्वर, यो बालकको जीवन फर्कोस् भनी म तपाईंलाई बिन्ती गर्दछु ।” 22 परमप्रभुले एलियाको कुरा सुन्नुभयो । बालकको जीवन फर्केर आयो र त्यो जीवित भयो । 23 एलियाले बालकलाई लिई कोठाबाट बाहिर ल्याए । बालकलाई त्यसकी आमाको जिम्मा लगाएर तिनले भने, “हेर, तिम्रो छोरो बाँचेको छ ।” 24 ती स्त्रीले एलियालाई भनिन्, “अब मलाई थाहा भयो, कि तपाईं परमेश्वरका जन हुनुहुँदोरहेछ र तपाईंको बोलीमा भएको परमप्रभुको वचन तपाईंको मुखमा साँचो रहेछ ।”
  • १ राजा 18:3-4 : 3 आहाबले राजदरबारको जिम्मावाल ओबदियालाई बोलाए । ओबदियाले परमप्रभुलाई अत्यन्तै आदर गर्थे । 4 किनकि ईजेबेलले परमप्रभुका अगमवक्ताहरूलाई मार्दा ओबदियाले एक सय अगमवक्तालाई लिएर तिनीहरूलाई पचास-पचास गरी एउटा गुफामा लुकाई तिनीहरूलाई रोटी र पानी खुवाएका थिए ।
  • यशा 3:10 : 10 धर्मी मानिसलाई राम्रो हुनेछ भन, किनकि तिनीहरूले आफ्‍ना कामहरूका फल खानेछन् ।
  • मत्त 6:1 : 1 ¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।
  • मत्त 6:4 : 4 ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
  • मत्त 6:6 : 6 तर जब तिमीहरू प्रार्थना गर्छौ, तब आफ्नो भित्री कोठामा जाओ । ढोका बन्द गर र आफ्ना पितासँग प्रार्थना गर जो गुप्‍तमा रहनुहुन्छ । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
  • मत्त 6:18 : 18 यसरी मानिसहरूका नजरमा तिमीहरू उपवास बसिरहेका जस्तो देखिँदैनौ, तर गुप्‍तमा हुनुहुने तिमीहरूका पितालाई मात्र त्यो थाहा हुन्छ । अनि गुप्‍तमा देख्‍नुहुने तिमीहरूका पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।
  • मत्त 16:27 : 27 किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।
  • मत्त 25:34-40 : 34 त्‍यसपछि राजाले आफ्नो दाहिनेपट्टि भएकाहरूलाई भन्‍नेछन्, ‘आओ, तिमीहरू जो मेरा पिताद्वारा आशिषित् भएका छौ, संसारको सृष्‍टिदेखि नै तिमीहरूका लागि तयार पारिएको राज्‍यलाई अधिकार गर । 35 किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ; 36 म नाङ्गो थिएँ र तिमीहरूले मलाई लुगा पहिराइदियौ; म बिरामी थिएँ र तिमीहरूले मेरो वास्‍ता गर्‍यौ; म झ्‍यालखानामा थिएँ र तिमीहरू मकहाँ आयौ ।’ 37 त्‍यसपछि धर्मी जनहरूले जवाफ दिई भन्‍नेछन्, ‘प्रभु हामीले कहिले तपाईंलाई भोकाउनुभएको देख्‍यौँ र तपाईंलाई खुवायौँ? वा तिर्खाउनुभएको देख्यौँ र तपाईंलाई पिउन दियौँ? 38 र हामीले कहिले तपाईंलाई परदेशी भएको देख्‍यौँ र तपाईंलाई भित्र ल्यायौँ? 39 र हामीले तपाईंलाई बिरामी वा झ्‍यालखानामा कहिले देख्यौँ र हामी तपाईंकहाँ आयौँ?’ 40 र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’
  • लू 14:13-14 : 13 तर जब तिमीले भोज दिन्छौ, गरिब, लुला-लङ्गडा र दृष्‍टिविहीनहरूलाई बोलाऊ । 14 र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”
  • प्रेरि 16:15 : 15 तिनी र तिनका परिवार सबैजनालाई बप्‍तिस्‍मा दिएपछि तिनले हामीलाई यसो भन्दै आग्रह गरिन्, “यदि तपाईंहरूले मलाई प्रभुप्रति विश्‍वासयोग्य ठान्‍नुहुन्छ भने मेरो घरमा आएर बस्‍नुहोस् ।” भनी हामीलाई मनाइन् ।
  • रोमी 16:1-4 : 1 ¶ किंक्रियामा भएको मण्डलीकी सेविका हाम्री बहिनी फिबीको म तिमीहरू समक्ष प्रशंसा गर्छु । 2 ताकि तिमीहरूले तिनलाई प्रभुमा ग्रहण गर । यो विश्‍वसीहरूलाई सुहाउँदो प्रकारले गर अनि तिनलाई जे कुरामा तिमीहरूको खाँचो पर्छ, तिनलाई सहायता गर । किनकि तिनी आफैँ नै धेरैको साथै मेरो आफ्नै पनि सहयोगी भएकी छन् । 3 ख्रीष्‍ट येशूमा मेरा सहकर्मी प्रिस्का र अकिलासलाई अभिवादन गर, 4 जसले मेरो जीवनको निम्ति तिनीहरूको जीवन जोखिममा पारेका थिए । म तिनीहरूलाई धन्यवाद दिन्छु, मैले मात्र होइन, तर गैरयहूदीहरूका सबै मण्डलीहरूले धन्यवाद दिन्छन् ।
  • रोमी 16:23 : 23 गायस जसले मलाई र सम्पूर्ण मण्डलीलाई उहाँको घरमा राखेका छन्, उनले तिमीहरूलाई अभिवादन भनेका छन् । सहरका कोषाध्यक्ष इरास्तस र भाइ क्‍वार्टसले तिमीहरूलाई अभिवादन गरेका छन् ।
  • १ कोरि 9:17 : 17 किनकि यदि मैले आफूखुसी यसो गरेको छु भने मैले इनाम पाउँछु । तर यो आफूखुसी होइन भने मलाई सुम्पिएको जिम्मेवारी अझ पनि मसँग बाँकी नै छ ।
  • २ थेस 1:6-7 : 6 तिमीहरूलाई दुःख दिनेहरूलाई दुःख दिनु नै परमेश्‍वरको धार्मिकता हो, 7 र येशू ख्रीष्‍ट स्वर्गबाट स्वर्गदूतहरूका शक्‍तिसाथ उहाँको आगमनमा आउनुहुँदा, हामीसँग दुःख भोगेकाहरूलाई छुटकारा मिल्नेछ ।
  • २ तिमो 1:16-18 : 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
  • इब्रा 6:10 : 10 किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्‍वर अधर्मी हुनुहुन्‍न, किनभने तिमीहरूले विश्‍वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 10:39-40
    2 पदहरू
    87%

    39जसले आफ्नो जीवन भेट्टाउँछ, उसले त्यो गुमाउनेछ । तर जसले मेरो खतिर आफ्नो जीवन गुमाउँछ, उसले जीवन पाउनेछ ।

    40जसले तिमीहरूलाई स्वागत गर्दछ, उसले मलाई स्वागत गर्दछ र जसले मलाई स्वागत गर्दछ, उसले मलाई पठाउनुहुनेलाई पनि स्वागत गर्दछ ।

  • 42जसले यी सानाहरूमध्ये कसैलाई चेला भएको कारणले एक कचौरा चिसो पानी मात्र पनि पिउन देला, साँच्‍चै म तिमीहरूलाई भन्दछु, उसले कुनै रीतिले आफ्नो इनाम गुमाउनेछैन् ।

  • 41तिमीहरू ख्रीष्‍टका भएको हुनाले कसैले एक गिलास पानी दिन्छ भने पनि साँचो साँचो म भन्दछु, कि उसले आफ्नो इनाम गुमाउनेछैन ।

  • 37“जसले यस्तो बालकलाई मेरो नाउँमा ग्रहण गर्छ, उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने उसले मलाई मात्र होइन, तर मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्छ ।”

  • 20म साँचो, साँचो तिमीहरूलाई भन्दछु, जसले मैले जसलाई पठाउँछु त्यसलाई ग्रहण गर्छ, त्यसले मलाई ग्रहण गर्दछ, र जसले मलाई ग्रहण गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ ।

  • 5अनि जसले मेरो नाउँमा एउटा यस्तो सानो बालकलाई अपनाउँछ, उसले मलाई अपनाउँछ ।

  • 48र तिनीहरूलाई भन्‍नुभयो, “यदि कसैले मेरो नाउँमा सानो बालकलाई झैँ ग्रहण गर्छ भने उसले मलाई पनि ग्रहण गर्छ, र कसैले मलाई ग्रहण गर्छ भने, उसले मलाई पठाउनुहुनेलाई पनि ग्रहण गर्दछ । किनभने तिमीहरूमध्ये सबैभन्दा सानो नै सबैभन्दा महान् हो ।”

  • मत्त 5:11-12
    2 पदहरू
    71%

    11तिमीहरू धन्यका हौ, जब मानिसहरूले तिमीहरूको अपमान गर्दछन् र तिमीहरूलाई दुःख कष्‍ट दिन्छन्, वा मेरो खातिर तिमीहरूका विरुद्धमा झुटो रूपमा सबै किसिमका दुष्‍ट कुराहरू भन्दछन् ।

    12आनन्दित होओ र निकै खुसी होओ, किनकि स्वर्गमा तिमीहरूका इनाम ठुलो हुनेछ । किनभने यसरी नै तिमीहरूभन्दा अगिका अगमवक्‍ताहरूलाई मानिसहरूले सताएका थिए ।

  • 23त्यसदिन तिमीहरू रमाओ र आनन्दले उफ्र, किनकि निश्‍चय नै स्वर्गमा तिमीहरूका लागि ठुलो इनाम हुनेछ । किनकि तिनीहरूका पुर्खाहरूले पनि अगमवक्‍ताहरूलाई त्यसै गरेका थिए ।

  • 14र तिमी आशिषित् हुनेछौ, किनकि तिनीहरूले तिमीलाई तिम्रो गुणा फिर्ता गर्न सक्दैनन् । किनकि धर्मीहरूको पुनरुत्थान हुँदा तिम्रो गुण तिरिनेछ ।”

  • 30तिनीहरूले यस संसारमा अझै धेरै पाउनेछन् अनि आउने संसारमा अनन्त जीवन पाउनेछन् ।”

  • 31धर्मात्माले आफ्नो प्रतिफल पाउँछ भने दुष्‍ट र पापीले झन् कति बढी पाउलान्!

  • लू 10:7-8
    2 पदहरू
    68%

    7तिनीहरूले जे दिन्छन्, त्यहीँ खादै र पिउँदै त्यही घरमा रहो, किनकि खेताला उसको ज्यालाको योग्य हुन्छ । एउटा घरबाट अर्को घरमा नजाओ ।

    8तिमीहरू जुन सहरमा जान्छौ, त्यहाँ तिनीहरूले स्वागत गरे भने तिमीहरूका अगि जे राखिएको छ खाओ,

  • 30त्यसले यही संसारमा अहिले नै सतावटको साथै यसको सय गुणा घरहरू, दाजुभाइहरू, दिदी बहिनीहरू, आमाहरू, छोराछोरीहरू र आउने संसारमा अनन्त जीवन पाउनेछ ।

  • 10तिनीहरूका आफ्‍ना अपराध तिनीहरूले बोक्‍नेछन् । अगमवक्ताको अपराधचाहिं र उसँग सल्‍लाह लिनेको अपराधजस्‍तै हुनेछ ।

  • यूह 4:36-37
    2 पदहरू
    68%

    36जसले कटनी गर्छ, त्यसले ज्याला पाउँछ र अनन्‍त जीवनको निम्‍ति फल बटुल्‍छ, ताकि छर्ने र कटनी गर्ने सँगसँगै रमाउन सकून् ।

    37किनकि एउटाले छर्छ र अर्काले कटनी गर्छ भन्‍ने यो भनाइ यसैमा साँचो छ ।

  • 27किनकि मानिसका पुत्र आफ्ना पिताको महिमामा उहाँका स्वर्गदूतहरूसँग आउनेछन् । त्यसपछि उनले हरेक व्यक्‍तिलाई उसको कामअनुसारको प्रतिफल दिनेछन् ।

  • 29प्रत्येक जसले मेरो नामको खातिर घरबार, दाजुभाइ, दिदी-बहिनीहरू, बुबा, आमा, बालबच्‍चाहरू वा देश त्यागेको छ, उसले सय गुणा प्राप्‍त गर्नेछ र अनन्त जीवनको अधिकार पाउनेछ ।

  • 43सबै अगमवक्‍ताहरूले उहाँको गवाही दिएका छन् ताकि उहाँमाथि विश्‍वास गर्ने हरेकले उहाँको नाउँद्वारा पापको क्षमा पाओस् ।”

  • मत्त 10:13-14
    2 पदहरू
    67%

    13यदि त्यो घर योग्यको छ भने, तिमीहरूको शान्ति त्यसमाथि आओस् । तर यदि त्यो योग्यको छैन भने, तिमीहरूका शान्ति तिमीहरूकहाँ नै फर्केर आओस् ।

    14जसले तिमीहरूलाई ग्रहण गर्दैन वा तिमीहरूका वचन सुन्दैन, तिमीहरू त्यस सहर वा गाउँबाट निस्केर जाँदा, तिमीहरूका खुट्टाबाट धुलो टकटक्याइदेओ ।

  • 38अरूहरूलाई देऊ र तिमीहरूलाई पनि दिइनेछ । प्रशस्त परिमाणमा खाँदी-खाँदी, हल्लाई-हल्लाई पोखिने गरी, तिनीहरूले तिमीहरूका पोल्टामा खन्याउनेछन् । जुन नापले तिमीहरू नाप्‍तछौ, त्यहीँ नापले तिमीहरू पनि नापिनेछौ ।”

  • 5कसैले तिमीहरूलाई ग्रहण गर्दैन भने, जब तिमीहरू त्यस सहरलाई छोडछौ, तिनीहरूका विरुद्धमा साक्षीका लागि तिमीहरूका खुट्टाको धुलोसमेत टकटकाइदेओ ।”

  • 43म मेरा पिताको नाउँमा आएको छु, र तिमीहरू मलाई स्‍वीकार गर्दैनौ । यदि आफ्नै नाउँमा अर्को कोही आउने हो भने तिमीहरूले त्यसलाई स्वीकार गर्छौ ।

  • 14जसरी आफ्नो हातको कामले मानिसलाई इनाम दिन्छ, त्यसै गरी आफ्नै वचनको फलबाट ऊ असल थोकहरूले भरिन्छ ।

  • 14अनि यदि तिमीहरूले एलियालाई पाउने इच्छा गरिरहेका छौ भने, आउनुपर्ने एलिया उनी नै हुन् ।

  • 11तिमीहरू जुनसुकै सहर वा गाउँमा प्रवेश गर्छौ, त्यहाँ को योग्यको छ भनी पत्ता लगाओ र नगइन्जेलसम्म तिमीहरू त्यहीँ बस ।

  • 16जसले तिमीहरूले भनेको सुन्छ, त्यसले मैले भनेको सुन्छ, जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई इन्कार गर्छ, र जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई इन्कार गर्छ ।

  • 6परमेश्‍वरले हरेकलाई त्यसको आफ्ना कर्महरूको नापअनुसार दिनुहुनेछः

  • 14यदि कसैले गरेको काम रहिरह्‍यो भने त्यसले इनाम प्राप्‍त गर्नेछ ।

  • 4ताकि तिमीहरूको दान गुप्‍तमा होस् । त्यसपछि गुप्‍तमा देख्‍नुहुने पिताले तिमीहरूलाई इनाम दिनुहुनेछ ।

  • 18दुष्‍ट व्यक्तिले आफ्नो ज्याला पाउन झुट बोल्छ, तर ठिक कुरो छर्नेले सत्यताको ज्याला कटनी गर्ने छ ।

  • 40र राजाले जवाफ दिनेछन् र तिनीहरूलाई भन्‍नेछन्, ‘साँच्‍चै म तिमीहरूलाई भन्‍दछु, तिमीहरूले यहाँ मेरा भाइहरूमध्ये सानोभन्‍दा सानोलाई जे-जति गर्‍यौ, त्यो मेरो निम्ति नै गर्‍यौ ।’

  • 25किनकि अधार्मिकता गर्नेले उसले गरेको अधार्मिकताको कारण दण्ड पाउनेछ, र त्यसमा कुनै पक्षपात हुनेछैन ।

  • 7त्यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर ।

  • 24साँच्‍चै म तिमीलाई भन्दछु, “कुनै पनि अगमवक्‍तालाई आफ्नो ठाउँमा स्वीकार गरिँदैन ।

  • 35किनकि म भोकाएको थिएँ, अनि तिमीहरूले मलाई खान दियौ; म प्यासी थिएँ र तिमीहरूले मलाई पिउन दियौ; म परदेशी थिएँ र तिमीहरूले मलाई भित्र आउन दियौ;

  • मत्त 6:1-2
    2 पदहरू
    66%

    1¶ तिमीहरूले आफ्ना धार्मिक कार्यहरूलाई मानिसहरूको सामुन्‍ने तिनीहरूले देखून् भनेर नगर्न सावधान रहो, नत्रता स्वर्गमा हुनुहुने पिताबाट तिमीहरूले कुनै इनाम पाउनेछैनौ ।

    2त्यसैले, जब तिमीहरूले कसैलाई केही दान दिन्छौ, तब मानिसहरूबाट प्रशंसा पाउनको निम्ति पाखण्डीहरूले सभाघरहरू र सडकहरूमा गरेजस्तै आफ्नैअगि तुरही नफुक । साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिनीहरूले आफ्ना इनाम पाइसकेका छन् ।

  • 7राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।”

  • 8अब रोप्‍ने र पानी हाल्ने एकै हुन्, ती हरेकले आफ्नो कामको परिश्रमअनुसार ज्याला पाउनेछन् ।

  • 4येशूले तिनीहरूलाई भन्‍नुभयो, “एउटा अगमवक्‍ताको आफ्नो गाउँ, नातेदार र आफ्नो घर परिवारबाहेक कहीँ पनि अनादर हुँदैन ।”

  • 46किनकि यदि तिमीलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने तिमीहरूले के इनाम पाउँछौ र? के कर उठाउनेहरूले पनि त्यसै गर्दैनन् र?

  • 10माग्‍ने हरेकले यो पाउनेछ; र खोज्‍ने व्यक्‍तिले भेट्टाउनेछ; र ढकढक्याउने व्यक्‍तिका लागि उघारिनेछ ।

  • 17साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूले जे देखेका छौ धेरै अगमवक्‍ताहरू र धर्मी मानिसहरूले ती हेर्ने इच्छा गरे, र तिनीहरूले ती देखेनन् । तिमीहरूले जे सुनेका छौ तिनीहरूले ती सुन्‍ने इच्छा गरे, तर तिनीहरूले ती सुनेनन् ।

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”