मत्ती 13:36

अनलक शाब्दिक बाइबल

तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 13:1 : 1 ¶ त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।
  • मत्त 13:11 : 11 येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।
  • मत्त 14:22 : 22 उहाँले आफ्ना चेलाहरूलाई तुरुन्तै डुङ्गामा चढेर उहाँभन्दा अगि अर्को पट्टि जान लगाउनुभयो, जब कि भिडलाई चाहिँ उहाँ आफैँले बिदा गर्न चाहनुभयो ।
  • मत्त 15:15-16 : 15 पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।” 16 येशूले भन्‍नुभयो, “के तिमी अझै अबुझ छौ?
  • मत्त 15:39 : 39 त्यसपछि येशूले भिडलाई पठाउनुभयो र डुङ्गामा चढ्नुभयो र मगादानको क्षेत्रतर्फ जानुभयो ।
  • मर 4:34 : 34 अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।
  • मर 6:45 : 45 उहाँका चेलाहरूलाई डुङ्गामा चढ्न लगाएर उहाँले भिडलाई पारिपट्टि बेथसेदातिर उहाँभन्दा अगि जना लगाउनुभयो ।
  • मर 7:17 : 17 जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।
  • मर 8:9 : 9 त्यहाँ लगभग चार हजार जना पुरुष थिए । येशूले तिनीहरूलाई पठाउनुभयो ।
  • यूह 16:17-20 : 17 तब उहाँका चलाहरूमध्ये केहीले एक आपसमा भने “‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ ।’ र ‘किनकि म पिताकहाँ जाँदै छु’ भनेर उहाँले हामीलाई के भन्‍नुभएको हो?” 18 त्यसैले तिनीहरूले भने, “उहाँले ‘केही बेरमा’ भनेर के भन्‍नुभएको? उहाँले केको बारेमा बताउँदै हुनुहुन्छ? सो हामी जान्‍दैनौ ।” 19 तिनीहरूले येशूलाई सोध्‍न चाहेको उहाँले देख्‍नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले एक आपसमा सोधेको कुरा यही हो कि जसको बारेमा मैले भनेँ ‘अब उप्रान्त तिमीहरूले मलाई केही बेरमा नै देख्‍नेछैनौ, र फेरि केही बेरपछि तिमीहरू मलाई देख्‍नेछौ’ ।” 20 म तिमीहरूलाई साँचो साँचो भन्दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार खुसी हुनेछ; तिमीहरू निराशाले भरिनेछौ, तर तिमीहरूको निराशा आनन्दमा बद्‌लिनेछ ।
  • मत्त 9:28 : 28 जब येशू घरभित्र आउनुभयो, ती दृष्‍टिविहीनहरू उहाँकहाँ आए । येशूले तिनीहरूलाई भन्‍नुभयो, “म यो गर्न सक्छु भनी के तिमीहरू विश्‍वास गर्छौ?” तिनीहरूले उहाँलाई भने “ज्यू, प्रभु ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मत्त 13:23-31
    9 पदहरू
    82%

    23असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

    25तर जब मानिसहरू सुते, उसको शत्रु आयो, र गहुँ बारीमा सामा पनि छारिदिएर गयो ।

    26जब बोट देखा पर्‍यो र तिनीहरूले अन्‍न फलाउन थाले, तब सामाहरू पनि देखा परे ।

    27त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

    28तिनले उनीहरूलाई भने, ‘यो एउटा शत्रुले गरेको हो ।’ ती दासहरूले तिनलाई भने, ‘के हामी गएर त्यसलाई उखालेको तपाईं चाहनुहुन्छ?’

    29त्यस जमिनका मालिकले भने, ‘होइन, जब तिमीहरूले सामाहरूलाई उखेल्छौ, तिमीहरूले तीसँगै गहुँलाई पनि उखेलौला ।

    30कटनी गर्ने समयसम्म यी दुवैलाई सँगै हुर्कन देओ । कटनीको समयमा फसल कटनी गर्नेहरूलाई म भन्‍नेछु, “पहिले सामाहरूलाई उखेल र त्यसलाई जलाउनलाई मुठाहरूमा बाँध, तर गहुँलाई मेरो ढुकुटीमा जम्मा गर’ ।”

    31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

  • मत्त 13:37-41
    5 पदहरू
    80%

    37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

    38बारीचाहिँ संसार हो; अनि असल बिउचाहिँ राज्यका पुत्रहरू हुन् । अनि सामाहरूचाहिँ दुष्‍टका छोराहरू हुन्,

    39र त्यो शत्रु जसले ती सामाहरू छरे, त्योचाहिँ दुष्‍ट हो । फसलको कटनी संसारको अन्त हो, र कटनी गर्नेहरूचाहिँ स्वर्गदूतहरू हुन् ।

    40त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।

    41मानिसका पुत्रले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछन्, र तिनीहरूले उनको राज्यबाट पाप ल्याउने सबै थोक र पाप गर्ने सबै जनालाई बटुल्नेछन् ।

  • मत्त 13:3-4
    2 पदहरू
    79%

    3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

    4जसै उनले छरे, केही बिउहरू बाटोको छेउमा परे, अनि चराहरू आएर ती बिउलाई निलिदिए ।

  • 10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

  • 17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।

  • 9त्यसपछि उहाँका चेलाहरूले उहाँलाई यो दृष्‍टान्तको अर्थ के हुन सक्छ भनी सोधे ।

  • मत्त 13:18-19
    2 पदहरू
    76%

    18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

    19जब कसैले राज्यको वचन सुन्छ तर त्यसलाई बुझ्दैन, तब दुष्‍ट आउँछ र उसको हृदयमा जे छरिएको थियो, त्यो खोसेर लैजान्छ । योचाहिँ त्यो बिउ हो जुन बाटोको छेउमा छरिएको थियो ।

  • मत्त 13:33-35
    3 पदहरू
    75%

    33त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

  • 10येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।

  • 15पत्रुसले उत्तर दिए र येशूलाई भने, “यस दृष्‍टान्तको बारेमा हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • 3“सुन, बिउ छर्ने बिउ छर्न निस्क्यो ।

  • मर 4:33-34
    2 पदहरू
    72%

    33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

    34अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।

  • 53येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।

  • 5“एउटा बिउ छर्ने केही बिउहरू छर्नलाई निस्क्यो । उसले छर्दा केही बिउहरू बाटोमा परे र ती बिउहरू खुट्टाले कुल्चिए, र आकाशका चराहरूले ती खाए ।

  • मर 4:13-14
    2 पदहरू
    71%

    13अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”

    14बिउ छर्नेले वचन छर्छ ।

  • 11अब दृष्‍टान्तको अर्थ यही होः बिउ परमेश्‍वरको वचन हो ।

  • 1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।

  • 13येशूले उत्तर दिनुभयो र भन्‍नुभयो, “हरेक बिरुवा जुन स्वर्गमा हुनुहुने मेरा पिताले रोप्‍नुभएको छैन, त्यो उखेलिनेछ ।

  • 18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

  • 1¶ तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,

  • मत्त 21:33-34
    2 पदहरू
    70%

    33अर्को दृष्‍टान्त सुन । एक जना मानिस थिए, जो जमिन मालिक थिए । उनले त्यहाँ दाखबारी लगाए र त्यसको वरिपरि बार लगाए; त्यहाँ दाख पेल्ने कोल बनाए; रेखदेखको निम्ति एउटा धरहरा बनाए; र खेतालाहरूलाई त्यसको ठेक्‍का दिए । त्यसपछि उनी अर्कै देशमा गए ।

    34जब दाखको फसलको समय आयो, उनले दाखबारीका खेतालाहरूकहाँ दाख ल्याउनको लागि नोकरहरू पठाए ।

  • 9उहाँले मानिसहरूलाई यो दृष्‍टान्त भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाएर कामदारहरूलाई जिम्मा दिएर आफू लामो समयको लागि अर्को देशमा गए ।

  • 1¶ त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।

  • 37उहाँले चेलाहरूलाई भन्‍नुभयो, “फसल त प्रशस्‍त छन्, तर खेतालाहरू थोरै छन् ।

  • 1¶ त्यसपछि येशू भिडहरू र आफ्ना चेलाहरूसँग बोल्नुभयो ।

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 7अरू बिउहरू काँडाघारी माझमा परे । ती काँडाका बोटहरू बढेर आए र तिनलाई निसासिदिए ।

  • 28जब येशू घरभित्र पस्‍नुभयो, चेलाहरूले उहाँलाई गुप्‍तमा सोधे, “हामीले यसलाई किन निकाल्न सकेनौँ?”

  • 13त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।

  • 26येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य जमिनमा बिउ छर्ने मानिसजस्तो हो ।

  • 34यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।