मत्ती 13:53

अनलक शाब्दिक बाइबल

येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • मत्त 7:28 : 28 जब येशूले यी वचन भनेर सक्‍नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,
  • मर 4:33-35 : 33 यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो । 34 अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो । 35 त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ येशूले आफ्ना बाह्र जना चेलालाई शिक्षा दिइसक्‍नुभएपछि तिनीहरूका सहरहरूमा सिकाउन र प्रचार गर्न उहाँ त्यहाँबाट जानुभयो ।

  • 1¶ जब येशूले यी कुराहरू भनेर सिद्ध्यानुभयो, उहाँ गालीलबाट निस्कनुभयो, र यर्दन नदीको पारि यहूदियाको सिमानासम्म आउनुभयो ।

  • 1¶ येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,

  • मत्त 13:34-36
    3 पदहरू
    75%

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

    36तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”

  • 54तब येशू आफ्नै नगरमा प्रवेश गर्नुभयो अनि मानिसहरूलाई तिनीहरूका सभाघरहरूमा सिकाउनुभयो । परिणामचाहिँ यस्तो भयो, कि तिनीहरू आश्‍चर्य चकित भए र भने, “यी मानिसले उनको ज्ञान र आश्‍चर्यकर्महरू कहाँबाट पाउँछन्?

  • 1¶ उहाँ त्यहाँबाट जानुभयो र आफ्नो गाउँमा आउनुभयो, अनि चेलाहरूले उहाँलाई पछ्याए ।

  • 29येशूले त्यो ठाउँ छोड्नुभयो र गालील समुद्रको नजिक जानुभयो । त्यसपछि उहाँ डाँडामाथि जानुभयो र त्यहीँ बस्‍नुभयो ।

  • 1¶ त्यस दिन येशू घरबाट बाहिर निस्केर जानुभयो र समुद्रको छेउमा बस्‍नुभयो ।

  • 1¶ सुनिरहेका मानिसहरूलाई सबै कुरा भनेर सक्‍नुभएपछि येशू कफर्नहुममा प्रवेश गर्नुभयो ।

  • 28जब येशूले यी वचन भनेर सक्‍नुभयो, भिड उहाँको शिक्षा सुनेर साह्रै अचम्मित भयो,

  • 13फेरि उहाँ तालको छेउ भएर जानुभयो र सबै भिड उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सिकाउनुभयो ।

  • मत्त 13:51-52
    2 पदहरू
    71%

    51के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”

    52तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”

  • 13जब येशूले यो कुरा सुन्‍नुभयो, उहाँले त्यस ठाउँलाई छोडेर डुङ्गाबाट एकान्त स्थानमा जानुभयो । जब भिडहरूले यो कुरा सुने, तिनीहरूले उहाँलाई सहरहरूबाट पैदलै पछ्याए ।

  • 3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

  • 13त्यसपछि उहाँले तिनीहरूलाई छोड्नुभयो, फेरि डुङ्गामा चढ्नुभयो र तालको अर्को भागतिर जानुभयो ।

  • मर 4:33-35
    3 पदहरू
    70%

    33यस्ता धेरै दृष्‍टान्तद्वारा तिनीहरूले बुझ्‍न सक्‍नेसम्म उहाँले तिनीहरूलाई वचन सुनाउनुभयो ।

    34अनि उहाँले दृष्‍टान्तविना केही बताउनुभएन । तर उहाँ गुप्‍तमा हुनुहुँदा उहाँले आफ्ना चेलाहरूलाई सबै कुरा व्याख्या गरिदिनुभयो ।

    35त्यो दिन जब साँझ पर्‍यो, उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तालको पारिपट्टि जाऔँ ।”

  • 9त्यसपछि येशू त्यहाँबाट अलग्गिनुभयो र तिनीहरूका सभाघरहरूमा जानुभयो ।

  • 10येशू एकलै हुनुहुँदा उहाँका नजिकका मानिसहरू र बाह्र जना चेलाले उक्‍त दृष्‍टान्तको बारेमा उहाँसँग सोधे ।

  • 15अनि उहाँले तिनीहरूमाथि आफ्ना हात राख्‍नुभयो, र त्यसपछि त्यहाँबाट निस्कनुभयो ।

  • 53(नोटः उत्कृष्‍ट प्राचीन प्रतिलिपीहरूले यूहन्‍ना ७:५३-८:११लाई हटाएका छन् । ) [तब सबै जना आ-आफ्नो घरतिर गए । ]

  • 21त्यसपछि येशू त्यहाँबाट जानुभयो र टुरोस र सीदोन सहरहरूका क्षेत्रहरूतर्फ लाग्‍नुभयो ।

  • 18जब येशूले भिडलाई आफ्नो वरिपरि देख्‍नुभयो, उहाँले गालील समुद्रको अर्कोपट्टि जानको निम्ति निर्देशन दिनुभयो ।

  • 22येशू यरूशलेम जाने बाटोमा पर्ने हरेक सहर र गाउँमा घुम्‍नुभयो र तिनीहरूलाई सिकाउनुभयो ।

  • 13अनि शैतानले येशूको परीक्षा गरिसकेपछि उहाँलाई अर्को समय नआएसम्म छोडेर गयो ।

  • 7तब येशू उहाँका चेलाहरूसँग समुद्रतिर जानुभयो, अनि जब तिनीहरूले उहाँले गरिरहनुभएका सबै कुरा सुने तब गालील, यहूदिया,

  • 30तर उहाँ तिनीहरूका बिचबाट निस्केर आफ्नो बाटो लाग्‍नुभयो ।

  • 22जब तिनीहरूले यो सुने, तिनीहरू छक्‍क परे । त्यसपछि तिनीहरू उहाँबाट अलग्गिएर त्यहाँबाट गए ।

  • 15अनि जब येशूले यो थाहा पाउनुभयो, उहाँ त्यहाँबाट निस्कनुभयो । धेरै मानिसले उहाँलाई पछ्याए र उहाँले तिनीहरू सबैलाई निको पार्नुभयो ।

  • 34हेर, पुरै सहर येशूलाई भेट्न आयो । जब तिनीहरूले उहाँलाई देखे, तिनीहरूले उहाँलाई तिनीहरूको इलाका छोडेर त्‍यहाँबाट जान अनुरोध गरे ।

  • 19जब साँझ पर्‍यो, उहाँहरू सहर छोडेर जानुभयो ।

  • 53जब उहाँहरू पारी तरे, उहाँहरू गनेसरेतमा आए, र डुङ्गालाई त्यहीँ अड्‍याए ।

  • 46जब तिनीहरू गए, त्यसपछि उहाँ डाँडातिर प्रार्थना गर्न जानुभयो ।

  • 1¶ येशू एउटा डुङ्गाभित्र प्रवेश गर्नुभयो, पारिपट्टि जानुभयो, र आफ्नो सहरमा आइपुग्‍नुभयो ।

  • 34जब उहाँहरूले समुद्र पार गर्नुभयो, उहाँहरू गनेसरेतको भूमिमा आइपुग्‍नुभयो ।

  • 10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

  • 12तिनीहरूले येशूलाई पक्रन खोजे, तर तिनीहरू भिडसित डराए, किनभने उहाँले यो दृष्‍टान्त तिनीहरूकै विरुद्धमा बोल्नुभएको कुरा तिनीहरूले जाने । त्यसैले, तिनीहरूले उहाँलाई छाडे र गए ।

  • 1¶ तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,

  • 23उहाँले भिडलाई पठाइसक्‍नुपछि उहाँ आफैँ डाँडामा प्रार्थना गर्न जानुभयो । जब पूर्ण रूपमा साँझ भयो, उहाँ त्यहाँ एकलै हुनुहुथ्यो ।

  • 7त्यसपछि त्यो मानिस उठ्यो र आफ्नो घरतर्फ गयो ।

  • 3उहाँ यहूदिया छोडेर गालीलतिर जानुभयो ।

  • मर 5:20-21
    2 पदहरू
    68%

    20त्यसकारण, त्यो मानिस गयो र डेकापोलिसमा येशूले त्यसको निम्ति गर्नुभएका महान् कुराहरू बताउन थाल्यो, अनि तिनीहरू सबै छक्‍क परे ।

    21येशू फेरि डुङ्गा चढेर पारिपट्टि पुग्‍नुभयो र उहाँ समुद्रको छेउमा हुनुहुँदा उहाँको वरिपरि एउटा ठुलो भिड भेला भयो ।

  • 17जब येशूले भिडहरूलाई छोडेर घरभित्र पस्‍नु‍भयो, उहाँका चेलाहरूले उहाँलाई त्यो उखानको बारेमा सोधे ।

  • 2उहाँले तिनीहरूलाई धेरै कुरा दृष्‍टान्तमा सिकाउनुभयो र सिकाउँदै गर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो,

  • 12अनि जब यूहन्‍ना पक्राउमा परेको येशूले सुन्‍नुभयो, उहाँ गालीलमा फर्कनुभयो ।