मत्ती 13:52

अनलक शाब्दिक बाइबल

तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “त्यसकारण, स्वर्गको राज्यको चेला बनेको हरेक शास्‍त्री एउटा मानिसजस्तो हो जो घरको मालिक हो, जसले भण्डारबाट नयाँ र पुराना चिजहरू निकाल्छ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • नीति 15:7 : 7 बुद्धिमान् मानिसहरूको ओठले चारैतिर ज्ञान फैलाउँछ, तर मूर्खहरूको हृदय त्यस्तो हुँदैन ।
  • १ तिमो 3:15-16 : 15 तर यदि मैले ढिलो गरेँ भने परमेश्‍वरको घराना जुन जीवित परमेश्‍वरको मण्डली, सत्यताको खाँबो र आड हो, त्‍यो सही बाटोमा डोर्‍याइनु पर्छ तिमीले जान भन्‍ने हेतुले म तिमीलाई लेख्‍दैछु । 16 र सँगै हामी, सहमत हुन्‍छौँ, “कि धार्मिकताको प्रकटित सत्‍याता महान छः उहाँ शरीरमा प्रकट हुनुभयो, पवित्र-आत्माद्वारा धर्मी ठहरिनुभयो, “स्वर्गदूतहरूबाट देखिनुभयो, जाति-जातिहरूको माझमा घोषणा गरिनु भयो, संसारमा विश्‍वास गरिनुभयो”, र “महिमामा माथि लगिनु भयो ।”
  • २ तिमो 3:16-17 : 16 सम्‍पूर्ण पवित्र-शास्‍त्र परमेश्‍वरबाट भएको हो र यो सिद्धान्तको लागि, दोष देखाउनको लागि, सच्‍याउनको लागि, धार्मिकतामा तालिम दिनको लागि लाभदायक छ, 17 ताकि परमेश्‍वरका मानिस सक्षम भएर हरेक असल काममा सुसज्जित हुन सकून् ।
  • तीत 1:9 : 9 तिनी भरोसा गर्न सक्‍ने वचनको सिद्धान्तमा दह्रोसँग लाग्‍नुपर्छ, ताकि तिनले जे उचित छ त्यस सिद्धान्तद्वारा उत्साह दिन सकून् र तिनको विरोध गर्नेहरूलाई हप्‍काउन सकून् ।
  • तीत 2:6-7 : 6 त्यसै गरी जवान पुरुषहरूलाई समझदार हुनलाई आह्वान गर । 7 सबै कुरामा आफैलाई असल कामहरूको एउटा नमुनाको रूपमा प्रस्तुत गर, तिमीले सिकाउँदा शुद्धता, प्रतिष्‍ठा र निन्दा गर्न नसक्‍ने बोली-वचन देखाऊ ।
  • १ यूह 2:7-8 : 7 प्रिय हो, मैले तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छैनँ, तर तिमीहरूसँग सुरुदेखि भएको पुरानो आज्ञा नै हो । तिमीहरूले सुनेको वचन पुरानो आज्ञा नै हो । 8 तापनि म तिमीहरूलाई नयाँ आज्ञा लेखिरहेको छु, जुन ख्रीष्‍टमा र तिमीहरूमा सत्‍य छ, किनभने अन्‍धकार बितिरहेको छ, र साँचो ज्‍योति अगिदेखि नै चम्किरहेको छ ।
  • नीति 18:4 : 4 मानिसको मुखका वचनहरू गहिरो पानी हुन् । बुद्धिको फुहारा बगिरहने खोला हो ।
  • मत्त 12:35 : 35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।
  • मत्त 23:34 : 34 त्यसकारण, हेर, म तिमीहरूकहाँ अगमवक्‍ताहरू, बुद्धिमान् मानिसहरू र शास्‍त्रीहरू पठाउँछु । तिनीहरूमध्ये कति जनालाई तिमीहरूले मार्नेछौ र क्रुसमा टाँग्‍नेछौ । अनि तिनीहरूमध्ये केहीलाई तिमीहरूले आफ्ना सभाघरहरूमा कोर्रा लगाउनेछौ र सहर हुँदो धपाउनेछौ ।
  • लू 11:49 : 49 त्यसैकारणले गर्दा, परमेश्‍वरको विवेकले भन्दछ, “म तिमीहरूलाई अगमवक्‍ता र प्रेरितहरूकहाँ पठाउनेछु र तिमीहरूले तिनीहरूलाई सताउनेछन् र यीमध्ये कतिलाई मार्नेछन् ।
  • यूह 13:34 : 34 म तिमीहरूलाई नयाँ आज्ञा दिइरहेको छु, कि तिमीहरू एकले अर्कोलाई प्रेम गर्नुपर्छ, जसरी मैले तिमीहरूलाई प्रेम गरेको छु । त्यसैले पनि तिमीहरू एकले अर्कालाई प्रेम गर्नुपर्छ ।
  • २ कोरि 3:4-6 : 4 र यो ख्रीष्‍ट येशूद्वारा परमेश्‍वरमा भएको हाम्रो आत्मविश्‍वास हो । 5 कुनै पनि कुरा हामीबाट आइरहेको छ भनेर दाबी गर्न हामी आफैँ योग्य छैनौँ । बरु, हाम्रो योग्यता परमेश्‍वरबाट आएको हो । 6 परमेश्‍वरले हामीलाई नयाँ करारका सेवकहरू हुन योग्य बनाउनुभएको छ । यो करार अक्षरबाट होइन, तर आत्माबाट हो । किनकि अक्षरले मार्दछ, तर आत्माले जीवन दिन्छ ।
  • २ कोरि 4:5-7 : 5 किनकि हामी आफैँलाई होइन, तर ख्रीष्‍टको खातिर तिमीहरूका सेवकको रूपमा रहेर ख्रीष्‍ट येशूलाई घोषणा गर्छौं जो प्रभु हुनुहुन्छ । 6 किनकि परमेश्‍वरले भन्‍नुभयो, “अन्धकारबाट ज्योति चम्कनेछ ।” येशू ख्रीष्‍टको उपस्थितिमा परमेश्‍वरको महिमाको ज्ञानको ज्योति दिन उहाँ हाम्रो हृदयमा चम्कनुभएको छ । 7 यो अति नै महान् शक्‍ति हामीसँग होइन, तर परमेश्‍वरसँग छ भन्‍ने स्पष्‍ट पार्नको निम्ति हामीसँग यो धन माटाका भाँडाहरूमा छ ।
  • एफिसी 3:4 : 4 जब तिमीहरू यसको बारेमा पढ्छौ, तब ख्रीष्‍टको लुकिएको सत्यताको बारेमा मसँग भएको अन्तर्दृष्‍टिको बारेमा तिमीहरूले बुझ्‍न सक्‍ने छौ ।
  • एफिसी 3:8 : 8 परमेश्‍वरका निम्ति अलग गरिएकाहरू मध्ये म सबै भन्दा सानो भएतापनि, उहाँले मलाई यो वरदान दिनुभयो । गैरयहूदीहरूलाई ख्रीष्‍ट येशूको अचिन्तनीय सम्पत्तिको विषयमा सुसमाचार घोषणा गर्नको निम्ति यो वरदान मलाई दिइयो ।
  • कलस्सी 1:7 : 7 यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्‍टको विश्‍वसनीय सेवक हुन् ।
  • कलस्सी 3:16 : 16 ख्रीष्‍टको वचन तिमीहरूमा प्रशस्त मात्रामा रहोस् । सारा बुद्धिले एक अर्कालाई भजन, गीत र आत्मिक गानहरूले शिक्षा र अर्ती देओ । तिमीहरूका हृदयमा परमेश्‍वरका निम्ति धन्यवादका गीतहरू गाओ ।
  • १ तिमो 3:6 : 6 तिनी नयाँ विश्‍वासी हुनुहुँदैन ताकि तिनी घमण्डी भएर शैतानझैँ दण्डमा नपरून् ।
  • नीति 22:17-18 : 17 आफ्नो कान थाप् र बुद्धिमान्‌का वचनहरू सुन् अनि मेरो ज्ञानमा तेरो हृदय लगा । 18 किनभने तिनलाई तँभित्र राखिस् भने र ती सबै तेरो ओठमा तयार भए भने यो तेरो लागि रमणीय हुने छ ।
  • उप 12:9-9 : 9 उपदेशक बुद्धिमान् थिए, र तिनले मानिसहरूलाई ज्ञानका कुराहरू सिकाए । तिनले अध्ययन गरे, र मनन गरे अनि धेरै हितोपदेशहरू ठिक क्रममा मिलाएर राखे । 10 उपदेशकले सत्यताका प्रस्ट र सिधा वचनहरूको प्रयोग गरी लेख्‍ने कोसिस गरे । 11 बुद्धिमान् मानिसका वचनहरू गोठालोको लट्ठीझैँ हुन्छन् । गुरुहरूले सङ्कलन गरेका भनाइहरू दह्रिलो किसिमले ठोकेका किल्लाहरूझैँ हुन्छन्, जुन एउटै गोठालाबाट सिकाइएका हुन् ।
  • श्रेष्ठ 7:13 : 13 दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।
  • एज्रा 7:6 : 6 एज्रा बेबिलोनबाट आए, र इस्राएलका परमप्रभु परमेश्‍वरले दिनुभएका मोशाको व्यवस्थामा तिनी निपुण अध्यापक थिए । परमप्रभुको हात तिनीमाथि भएको हुनाले तिनले मागेका हरेक कुरा राजाले दिए ।
  • एज्रा 7:10 : 10 परमप्रभुको व्यवस्थाका विधिहरू र आज्ञाहरू अध्ययन गर्न, पालन गर्न र सिकाउन एज्राले आफ्नो ह्रदय समर्पित गरेका थिए ।
  • एज्रा 7:21 : 21 म अर्तासास्तले यूफ्रेटिस नदीपारिको प्रान्तमा भएका सबै कोषाध्यक्ष यो आदेश दिन्छु, कि एज्राले तिमीहरूबाट मागेका कुनै पनि थोक प्रचुर मात्रामा दिनू,
  • नीति 10:20-21 : 20 धर्मी व्यक्तिको जिब्रो शुद्ध चाँदी हो, तर दुष्‍टहरूको हृदयमा थोरै मूल्य हुन्छ । 21 धर्मी व्यक्तिको ओठले धेरैलाई तृप्‍त पार्छ, तर समझशक्तिको कमीको कारण मूर्खहरू मर्छन् ।
  • नीति 11:30 : 30 धर्मात्मा जीवनको रुखझैँ हुने छ, तर हिंसाले जीवन लिन्छ ।
  • नीति 16:20-24 : 20 सिकाइएको शिक्षामा मनन गर्नेले असल कुरो पाउने छ, र परमप्रभुमाथि भरोसा गर्नेहरू आशिषित् हुने छन् । 21 हृदयमा बुद्धिमान् हुनेलाई विवेकशील भनिन्छ, र मिठा बोलीवचनले सिकाउने क्षमताको विकास गर्छ । 22 समझशक्ति भएको व्यक्तिको लागि त्यो जीवनको फुहारा हो, तर मूर्खहरूको अर्ती नै तिनीहरूको मूर्खता हो । 23 बुद्धिमान् व्यक्तिको हृदयले उसको मुखलाई अन्तर्दृष्‍टि प्रदान गर्छ, र उसको ओठमा विश्‍वसनीयता थप्छ । 24 मिठा वचनहरू महका चाकाजस्ता हुन्, जुन प्राणको लागि मिठो हुन्छ, र हड्‍डीहरूका लागि चङ्गाइ हुन्छ ।
  • २ कोरि 6:10 : 10 हामी अफसोसी भएर काम गर्छौं, तर सधैँ आनन्दमा रमाइरहेका छौँ । हामी गरिब भएर काम गर्छौं, तर धेरैलाई धनी बनाउँछौँ । हामी केही नभए जस्तो गरी काम गर्छौं, तापनि सबै थोकहरू पाएका छौँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 51के तिमीहरूले यी सबै कुराहरू बुझेका छौ?” चेलाहरूले उहाँलाई भने, “बुझेका छौँ ।”

  • मत्त 13:42-48
    7 पदहरू
    74%

    42तिनीहरूले तिनीहरूलाई आगोको भट्टीमा फालिदिनेछन्, जहाँ रुवाबासी र दाह्रा किटाइ हुनेछ ।

    43तब धर्मी मानिसहरू उनीहरूका पिताको राज्यमा सूर्यझैँ चम्कनेछन् । जससँग कान छ, उसले सुनोस् ।

    44स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।

    45फेरि, स्वर्गको राज्य एक जना व्यापारीले मूल्यवान् मोतीहरू खोजेजस्तै हो ।

    46जब उसले धेरै मूल्य भएको एउटा मोती भेट्टायो, ऊ गयो र उसँग भएका सबै थोक बेच्यो र त्यो किन्यो ।

    47फेरि, स्वर्गको राज्य समुद्रमा फ्याँकिएको जालजस्तो हो, अनि त्यसले सबै खालका प्राणीलाई बटुल्यो ।

    48जब त्यो भरियो, जालाहारीहरूले त्यसलाई समुद्रको किनारमा ताने । तब उनीहरू बसे अनि राम्रा कुराहरू भाँडाहरूमा बटुले । तर काम नलाग्‍ने चिजहरूलाई फ्याँकिदिए ।

  • लू 5:36-39
    4 पदहरू
    73%

    36त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्‍टान्त भन्‍नुभयो, “कसैले पनि पुरानो कपडा टाल्नलाई नयाँ कपडा च्यात्दैन । उसले त्यसो गर्‍यो भने, उसले त्यो नयाँ कपडालाई च्यातेको हुन्छ, तर त्यो नयाँ कपडाको टुक्रा पुरानो कपडासँग पनि मिल्दैन ।

    37साथै कसैले पनि पुरानो मशकमा नयाँ दाखमद्य हाल्दैन । उसले त्यसो गर्‍यो भने नयाँ दाखमद्यले पुरानो मशकलाई फुटाउनेछ र दाखमद्य पोखिन्छ र मशक पनि नष्‍ट हुनेछ ।

    38तर नयाँ दाखमद्य नयाँ मशकमा नै राख्‍नुपर्छ ।

    39पुरानो दाखमद्य पिएर कसैले पनि नयाँ दाखमद्यको चाह गर्दैन, किनभने उसले “पुरानो नै असल छ भन्छ ।”

  • मत्त 9:16-17
    2 पदहरू
    72%

    16कसैले पनि पुरानो वस्‍त्रमा नयाँ कपडाको टुक्रा जोड्दैन, किनकि त्यो टुक्रा वस्‍त्रबाट च्यातिनेछ, र त्यहाँ झन् नराम्रो दुलो हुनेछ ।

    17न त कसैले पुरानो मद्यको मशकमा नयाँ दाखमद्य राख्दछ । तिनीहरूले त्यसो गरे भने, त्यो मशक फुट्नेछ र सबै दाखमद्य पोखिनेछ, र मद्यको मशक नष्‍ट हुनेछ । त्यसको सट्टामा, तिनीहरूले नयाँ दाखमद्यलाई नयाँ मद्यको मशकमा रख्दछन्, र दुवै सुरक्षित रहन्‍छन् ।”

  • 35एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।

  • मर 2:21-22
    2 पदहरू
    72%

    21कसैले पनि पुरानो लुगालाई नयाँ कपडाले टाल्दैन, नत्रता त्यो टालेको कपडा यसबाट अर्थात् पुरानोबाट नयाँ च्यातेर जानेछ, अनि उक्‍त फटाइ झनै नराम्रो हुनेछ ।

    22कसैले पनि नयाँ दाखरस पुरानो मशकमा हाल्दैन, नत्रता दाखमद्यले छालालाई फटाउँछ अनि दाखमद्य र मशक दुवै गुम्‍नेछन् । बरु नयाँ दाखमद्य नयाँ मशकमा हाल ।”

  • मत्त 13:33-37
    5 पदहरू
    72%

    33त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ खमिरजस्तो हो जुन एउटी स्‍त्रीले लिइन् र तिन कचौरा पिठोमा त्यो नफुलेसम्म मिसाइन् ।”

    34येशूले यी सबै कुरा भिडलाई दृष्‍टान्तहरूमा भन्‍नुभयो । अनि दृष्‍टान्तहरूमा बाहेक उहाँले तिनीहरूलाई केही पनि भन्‍नुभएन ।

    35योचाहिँ अगमवक्‍ताहरूले जे भनेका थिए, ती कुरा सत्य ठहरिऊन् भनेर हुन आयो, जब उहाँले भन्‍नुभयो, “म मेरो मुख दृष्‍टान्तहरूमा खोल्नेछु । म यस संसारको सुरुदेखि लुकाइएका कुराहरूलाई प्रकट गर्नेछु ।”

    36तब येशूले भिडलाई छोड्नुभयो र घरभित्र जानुभयो । उहाँका चेलाहरू उहाँकहाँ आएर भने, “खेतका सामाहरूको बारेमा भनिएको दृष्‍टान्त हामीलाई व्याख्या गरिदिनुहोस् ।”

    37येशूले जवाफ दिनुभयो र भन्‍नुभयो, “जसले बारीमा असल बिउ छरे उनीचाहिँ मानिसका पुत्र हुन् ।

  • 53येशूले यी दृष्‍टान्तहरू सक्‍नुभएपछि उहाँ त्यस ठाउँबाट जानुभयो ।

  • मत्त 13:10-13
    4 पदहरू
    71%

    10चेलाहरू आएर येशूलाई भने, “तपाईं भिडहरूसँग किन दृष्‍टान्तहरूमा बोल्नुहुन्छ?”

    11येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूलाई स्वर्गको राज्यका रहस्यहरू बुझ्‍ने मौका दिइएको छ, तर तिनीहरूलाई यो दिइएको छैन ।

    12किनकि जोसँग छ, उसलाई अझ धेरै दिइनेछ, अनि ऊसँग प्रशस्त हुनेछ । तर जोसँग छैन, ऊसँग भएको पनि उसबाट लिइनेछ ।

    13त्यसैले, तिनीहरूसँग म दृष्‍टान्तमा बोल्दछु, किनकि तिनीहरूले देखे तापनि तिनीहरूले वास्तवमा देख्दैनन् । अनि तिनीहरूले सुने तापनि वास्तवमा तिनीहरूले सुन्दैनन्, न त तिनीहरूले बुझ्दछन् ।

  • 14किनकि यो परदेश जानै लागेको मानिसजस्‍तै हो । उसले आफ्ना नोकरहरूलाई बोलाए र तिनीहरूलाई आफ्नो सम्‍पत्तिको जिम्‍मा दिए ।

  • मत्त 13:23-24
    2 पदहरू
    71%

    23असल माटोमा छरिएको चाहिँ त्यो हो, जसले वचन सुन्छ र त्यसलाई बुझ्छ । त्यसले नै साँचो रूपमा फल फलाउँछ र केहीले सय गुणा, केहीले साठी गुणा, र केहीले तिस गुणा फल फलाउँछ ।”

    24येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त प्रस्तुत गर्नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्य यस्तो मानिसजस्तो हो जसले आफ्नो जमिनमा असल बिउ छर्‍यो ।

  • 1¶ किनकि परमेश्‍वरको राज्य एक जना जमिन मालिकजस्तै हो, जो दाखबारीको लागि खेतालाहरूलाई ज्यालादारीमा लगाउन एका बिहानै बाहिर गए ।

  • मत्त 22:1-2
    2 पदहरू
    69%

    1¶ तिनीहरूसँग यसो भन्दै येशू दृष्‍टान्तमा बोल्नुभयो,

    2“स्वर्गको राज्य एउटा यस्तो राजाजस्तो हो, जसले आफ्नो छोराको निम्ति विवाह भोजको तयारी गरे ।

  • 31त्यसपछि येशूले तिनीहरूलाई अर्को दृष्‍टान्त भन्‍नुभयो । उहाँले भन्‍नुभयो, “स्वर्गको राज्यचाहिँ रायोको दानाजस्तो हो जुन एउटा मानिसले लियो र आफ्नो बारीमा छर्‍यो ।

  • 18तब बिउ छर्नेको दृष्‍टान्त सुन ।

  • मर 12:1-2
    2 पदहरू
    69%

    1¶ त्यसपछि येशूले तिनीहरूलाई दृष्‍टान्तमा सिकाउन थाल्नुभयो । उहाँले भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए, त्यसको वरिपरि बार लगाए र कोलको निम्ति एउटा खाल्डो खने । उनले त्यहाँ एउटा मचान बनाए र दाख उमार्नेहरूलाई दाखबारी भाडामा दिए । त्यसपछि उनी यात्रामा लागे ।

    2ठिक समयमा उनले दाखको केही फल पाउन दाख उमार्नेहरूकहाँ एक जना नोकर पठाए ।

  • 20उहाँले फेरि भन्‍नुभयो, “परमेश्‍वरको राज्यलाई म केसँग तुलना गर्न सक्छु?

  • 42प्रभुले भन्‍नुभयो, “विश्‍वासयोग्य र बुद्धिमान् व्यवस्थापकलाई मालिकले आफूमुनिका सेवकहरूलाई उनीहरूको भागको खाना ठिक समयमा खाना दिन्छन् ।

  • 3तब येशूले दृष्‍टान्तहरूमा उनीहरूलाई धेरै कुरा भन्‍नुभयो । उहाँले यसो भन्‍नुभयो, “हेर, एक जना बिउ छर्ने मान्छे बिउ छर्न निस्क्यो ।

  • 13अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरूले यो दृष्‍टान्त बुझ्दैनौ? त्यसो भए, तिमीहरूले अरू दृष्‍टान्तहरू कसरी बुझ्‍नेछौ?”

  • 18तब येशूले भन्‍नुभयो, “परमेश्‍वरको राज्य केजस्तो छ र म यसलाई केसँग तुलना गर्न सक्छु?

  • 45असल मान्छेले आफ्नो हृदयको भण्डारबाट असल कुरा निकाल्छ र खराब मान्छेले आफ्नो हृदयको भण्डारबाट खराब कुरा नै निकाल्दछ । किनकि उसले आफ्नो हृदयको प्रशस्तबाट त्यही बोल्दछ र जे भण्डार गरी राखेको छ, त्यहीँ निकाल्छ ।

  • लू 12:33-34
    2 पदहरू
    68%

    33आफ्ना धन सम्पत्ति बेच र गरिबहरूलाई देओ । तिनलाई नखिइने थैलीभित्री राख; स्वर्गमा धन संचय गर, जहाँ चोरले चोर्न सक्दैन, र किराले हानि पुर्‍याउँदैन, न त खिया नै लाग्दछ ।

    34जहाँ तिम्रो धन छ, त्यहीँ नै तिम्रो मन पनि हुनेछ ।

  • 23यसैकारण, स्वर्गको राज्यलाई एउटा यस्तो राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्ना नोकरहरूसित आफ्नो हिसाब मिलाउन चाहे ।

  • 1¶ येशूले आफ्ना चेलाहरूलाई यसो पनि भन्‍नुभयो, “कोही एक जना धनी मानिसको एउटा व्यवस्थापक थियो र त्यस व्यवस्थापकले तिनको धन फजुल खर्च गरिरहेको छ भनी तिनलाई सुनाइदिए ।

  • 34यो यात्रामा गएका एक जना मानिसजस्तो होः उसले आफ्नो घर छोड्छ र उसका नोकरहरू हरेकलाई आ-आफ्‍नो कामसहित उसको घरको जिम्मा दिन्छ । अनि उसले पहरेदारलाई जागा रहन आज्ञा दिन्छ ।

  • 27त्यस जग्गाका मालिकका दासहरू आए र तिनलाई भने, ‘हजूर, के तपाईंको बारीमा असल बिउ मात्र छर्नुभएको थिएन र? अहिले यिनमा सामाहरू कसरी आए?’

  • 25किनभने जोसँग छ, त्यसलाई अझ बढ्ता गरी दिइनेछ र जोसँग छैन, त्यससँग भएको पनि खोसिनेछ ।”