मत्ती 14:9

अनलक शाब्दिक बाइबल

राजा तिनको बिन्‍तीबाट निकै निराश भए, तर उनको आफ्नो शपथको कारण र उनीसँग रात्री भोजमा सामेल भएका सबै मानिसको कारणले गर्दा राजाले यस्तै होस् भनेर आज्ञा दिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 30:5-8 : 5 तर यदि त्यसका बुबाले त्यसको भाकल र प्रतिज्ञा सुन्छ र यदि त्यसले त्यसलाई केही भन्‍दैन भने, त्यसले गरेका सबै भाकल र प्रतिज्ञाहरू हराउने छन् । 6 तथापि, यदि त्यसका बुबाको त्यसले आफैलाई बाँधेकी र गरेकी सबै भाकल र प्रतिज्ञा सुन्छ र त्यसले त्यसै दिन रद्द गर्छ भने, ती रहने छैनन् । परमप्रभुले त्यसलाई क्षमा गर्नुहुने छ, किनभने त्यसका पिताले त्यसको विरोध गरेका थिए । 7 यदि त्यो भाकल गरेकै बेला त्यसले कुनै पुरुषसँग विवाह गर्छे वा त्यसले आफैलाई बाध्य पार्ने सोच-विचार नै नगरी प्रतिज्ञा गर्छे भने, ती भाकलहरू रहने छन् । 8 तर यदि त्यसका पतिले सुनेको दिन नै त्यसलाई रोक्छ भने, त्यसले गरेकी भाकलहरू अर्थात् त्यसले आफैलाई बाँधेकी सोचविचार नगरी गरेकी त्यसको मुखको बोलीलाई त्यस रद्द गर्छे । परमप्रभुले त्यसलाई मुक्‍त गर्नुहुने छ ।
  • न्या 11:30-31 : 30 यिप्‍ताले परमप्रभुसँग एउटा बाकल गरे र भने, “तपाईंले मलाई अम्मोनका मानिसहरूमाथि विजय दिनुभयो भने, 31 अम्मोनका मानिसहरूबाट म शान्‍तमा फर्केर आउँदा मेरा घरको ढोकाहरूबाट मलाई भेट्न जेसुकै कुरा बाहिर आए पनि त्‍यो परमप्रभुको हुनेछ, र त्‍यसलाई म होमबलिको रूपमा चढाउनेछु ।”
  • न्या 11:39 : 39 दुई महिनाको अन्त्यमा उनी आफ्ना बुबाकहाँ फर्किन्, र आफूले गरेको भाकलअनुसार तिनले उनलाई गरे । यति बेलासम्‍म उनले कुनै मानिससित सहवास गरेकी थिइनन्, र इस्राएलमा एउटा यस्तो प्रचलन बन्यो,
  • न्या 21:1 : 1 ¶ इस्राएलका मानिसहरूले मिस्पामा एउटा प्रतिज्ञा गरेका थिए, “हामीहरूमध्ये कसैले पनि आफ्नी छोरीलाई बेन्यामीनीलाई विवाह गरेर दिनेछैनौं ।”
  • न्या 21:7-9 : 7 बाँकी भएकाहरूलाई कसले पत्‍नीहरू दिनेछन्, किनकि हामी कसैले पनि आफ्ना छोरीहरू तिनीहरूलाई विवाह गरेर दिनेछैनौं भनेर परमप्रभुसँग प्रतिज्ञा गरेका छौं?” 8 तिनीहरूले भने, “मिस्पामा परमप्रभुकहाँ इस्राएलका कुनचाहिं कुल आएनन्?” याबेश-गिलादबाट कोही पनि सभामा आएका थिएनन् भन्‍ने कुरा थाहा भयो । 9 किनकि मानिसहरूलाई मिलाएर राखेर गन्ती गर्दा, हेर, याबेश-गिलादका कोही पनि बासिन्दा त्यहाँ थिएनन् । 10 त्यस सभाले आफ्ना बाह्र हजार वीरहरूलाई याबेश गिलादका स्‍त्री र बालबालिका सहित सबै बासिन्दाहरूलाई तरवारको धारले प्रहार गर्ने सुझावहरू दिएर पठाए । 11 “यस्तो गर्नू: हरेक पुरुष र मानिससँग सहवास गरेका स्‍त्रीलाई मार्नू ।” 12 याबेश-गिलादमा बस्‍नेहरूमध्ये ती मानिसहरूले चार सय यस्ता जवान स्‍त्रीहरू भेट्टाए को कहिल्यै कुनै मानिससँग सुतेका थिएनन्, र तिनीहरूले उनीहरूलाई कनानमा शीलोको छाउनीमा लगे । 13 सारा सभाले रिम्मोनको चट्टानमा भएका बेन्यामीनका मानिसहरूलाई सन्देश पठाए र तिनीहरूले उनीहरूलाई शान्तिको प्रस्ताव राखेका थिए । 14 ती बेन्यामीनीहरू त्यो समयमा फर्के र तिनीहरूलाई याबेश गिलादका स्‍त्रीहरू दिइयो । तर तिनीहरू सबैका निम्ति पुग्‍ने स्‍त्रीहरू थिएनन् । 15 बेन्यामीनीहरूलाई जे भयो त्यसको निम्ति मानिसहरू दुःखित थिए, किनभने परमप्रभुले इस्राएलका कुलहरूका बिचमा विभाजन गराउनुभएको थियो । 16 त्यसपछि सभाका अगुवाहरूले भने, “बाँकी भएका बेन्यामीनीहरूका निम्ति पत्‍नीहरू हामी कसरी जुटाउनेछौं? किनभने बेन्यामीनी स्‍त्रीहरू मारिएका छन् ।” 17 तिनीहरूले भने, “बेन्यामीनका बाँचेकाहरूको निम्ति एउटा उत्तराधिकार हुनुपर्छ, ताकि इस्राएलबाट एउटा कुलको नाश नहोस् । 18 हामीले तिनीहरूलाई आफ्ना छोरीहरूबाट पत्‍नीहरू दिन सक्दैनौं, किनकि इस्राएलका मानिसहरूले प्रतिज्ञा गरेका थिए, “बेन्यामीनीहरूलाई पत्‍नी दिने कुनै पनि व्‍यक्‍ति श्रापित होस् ।’” 19 यसैले तिनीहरूले भने, “तिमीहरूलाई थाहा छ, कि हरेक वर्ष शीलोमा परमप्रभुको निम्ति एउटा भोज हुन्छ (जुनचाहिं बेथेलको उत्तरमा, बेथेलबाट शकेमजाने बाटोको पूर्व, र लबोनाको दक्षिणमा पर्छ) ।” 20 तिनीहरूले बेन्यामीनका मानिसहरूलाई यसो भनेर निर्देशन दिए, “गुप्‍तमा लुक र दाखबारीहरूमा पर्ख । 21 शीलोबाट युवतीहरू नाच्नलाई बाहिर निस्कने समयलाई हेर । तब दाखबारीहरूबाट बाहिर निस्‍क र तिमीहरू हरेकले शीलोबाट युवतीललाई आफ्नी पत्‍नीको रूपमा लिएर बेन्यामीनको भूमिमा फर्क । 22 जब तिनीहरूका बुबा वा दाजुभाइहरू हाम्रो विरोध गर्न हामीकहाँ आउँछन्, तब हामी तिनीहरूलाई भन्‍नेछौं, ‘हामीमाथि कृपा गर्नुहोस्! तिनीहरूलाई रहन दिनुहोस् किनभने हामीले युद्धको बेला हरेक मानिसको निम्ति पत्‍नी दिएनौं । तपाईंहरू निर्दोष हुनुहुन्छ, किनकि तपाईंले तिनीहरूलाई आफ्ना छोरीहरू दिनुभएको होइन ।’” 23 बेन्यामीनी मानिसहरूले त्यस्तै गरे । तिनीहरूले नाचिरहेका युवतीहरूबाट पत्‍नीहरू लिए र तिनीहरूसँगै अगि बढे । तिनीहरू आफ्नै उत्तराधिकारको ठाउँमा फर्केर गए । तिनीहरूले नगरहरू बनाए र त्‍यसमा बसोबास गरे ।
  • १ शमू 14:24 : 24 त्यस दिन इस्राएलका मानिसहरू व्याकुल भएका थिए किनभने, “साँझसम्म र मैले आफ्‍ना शत्रुहरूमाथि बद्‍ला नलिएसम्म खाना खाने कुनै पनि मानिस श्रापित होस्” भनेर शाऊलले मानिसहरूलाई शपथ खान लगाएका थिए । त्यसैले फौजका कुनै पनि व्‍यक्‍तिले खाना चाखेका थिएनन् ।
  • १ शमू 14:28 : 28 तब मानिसहरूमध्ये एक जनाले भने, “ तपाईंको बुबाले 'आजको दिन खाना खाने मानिस श्रापित होस्' भनी मानिसहरूलाई कडा शपथ खान लगाउनुभयो, यद्यपि मानिसहरू भोकले कमजोर भएका छन् ।
  • १ शमू 14:39-45 : 39 किनकि जसरी इस्राएललाई छुटकारा दिनुहुने परमप्रभु जीवित हुनुहुन्छ, यो मेरो छोरा जोनाथन नै भए पनि निश्‍चय नै मर्नेछ ।” तर सबै मानिसमध्येका कुनैले पनि तिनलाई जवाफ दिएन । 40 तब तिनले सबै इस्राएललाई भने, “तिमीहरू एकपट्टि खडा हुनुपर्छ, अनि म र मेरो छोरा जोनाथन अर्कोपट्टि खडा हुनेछौं ।” मानिसहरूले शाऊललाई भने, “तपाईंलाई जे असल लाग्छ सो गर्नुहोस् ।” 41 शाऊलले भने, “हे परमप्रभु इस्राएलका परमेश्‍वर, यो पाप म वा मेरो छोरा जोनाथनले गरेको हो भने, हे परमप्रभु इस्राएलका परमेश्‍वर मलाई ऊरीम दिनुहोस् । तर यो पाप तपाईंका मानिस इस्राएलले गरेका हुन् भने तुम्मीम दिनुहोस् ।” अनि चिट्ठाले जोनाथन र शाऊललाई पार्‍यो, तर फौजलाई अलग गर्‍यौ । 42 त्यसपछि शाउलले भने, “म र मेरो छोरा जोनाथनको बिचमा चिट्ठा हाल ।” अनि चिट्टाले जोनाथनलाई छान्यो । 43 शाऊलले जोनाथनलाई भने, “तिमीले के गरेका छौ मलाई भन ।” जोनाथनले तिनले भने, “मैले मेरो हातमा भएको लट्ठीको टुप्पोले थोरै मह चाखें । म यहाँ छु । म मर्नेछु ।” 44 शाऊलले भने, “ए जोनाथन, तिमी मरेनौ भने, परमेश्‍वरले मलाई त्‍यसै वा त्‍योभन्दा बढी गर्नुभएको होस् ।” 45 तब मानिसहरूले शाऊललाई भने, “इस्राएलको निम्ति यत्रो विजय ल्याउने जोनाथन मर्नुपर्छ? यस्‍तो हुँदै नहोस्! परमप्रभु जीवित हुनुभएझैं, तिनको शिरबाट एउटा कपाल पनि झर्नेछैन, किनकि आज तिनले परमेश्‍वरसँग काम गरेका छन् ।” यसरी मानिसहरूले जोनाथनको उद्धार गरे ताकि तिनी मरेनन् ।
  • १ शमू 25:22 : 22 भोलि बिहानसम्म यससँग भएका सबै पुरुषहरूमध्ये एक जनालाई पनि मैले छोडें भने म दाऊदलाई यस्‍तै र यो भन्दा बढ्ता होस् ।”
  • १ शमू 25:32-34 : 32 दाऊदले अबीगेललाई भने, “इस्राएलका परमप्रभु परमेश्‍वरले तिमीलाई आशिष् देऊन्, जसले आज मलाई भेट्न तिमीलाई पठाउनुभयो । 33 तिम्रो बुद्धि धन्यको होस् र तिमी धन्यकी हौ, किनभने तिमीले आज मलाई रक्‍तपात र आफ्नो निम्ति आफ्नै हातले बद्‍ला लिनबाट बचाएकी छ्यौ! 34 किनकि साँचो भन्दा, जस्तो परमप्रभु इस्राएलका परमेश्‍वर जीवित हुनुहुन्छ, जसले मलाई तिमीलाई चोट पुर्‍याउनबाट बचाउनुभयो, तिमी मलाई भेट्‍न नआएको भए भोलि बिहानसम्ममा नाबालसँग एउटा पुरुष बालक पनि बाँकी रहने थिएन ।”
  • १ शमू 28:10 : 10 शाऊलले परमप्रभुको नाउँमा शपथ खाए र भने, “जस्‍तो परमप्रभु जीवित हुनुहुन्छ, तिमीलाई यो कुराको निम्ति कुनै दण्ड हुनेछैन ।”
  • २ राजा 6:31-33 : 31 तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।” 32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?” 33 तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”
  • उप 5:2 : 2 बोल्नमा हतार नगर्, र परमेश्‍वरको सामु आफ्नो विषय लैजान तेरो हृदयमा आतुरी नगर् । परमेश्‍वर स्वर्गमा हुनुहुन्छ, तर तँ पृथ्वीमा छस् । त्यसैले तेरा वचनहरू थोरै होऊन् ।
  • दानी 6:14-16 : 14 जबा राजाले यो कुरा सुने, तिनी धेरै विचलित भए, र दानिएललाई यस कानूनबाट बचाउन तिनले दिमाग लगाए । तिनले सूर्यास्तसम्मै दानिएललाई बचाउने हरसम्‍भव प्रयास गरे । 15 त्‍यसपछि षड्यन्त्र रच्ने यी मानिसहरू एकसाथ राजाकहाँ भेला भए र तिनलाई भने, “हे महाराजा हजुरलाई यो थाहा होस्, कि यो मादी र फारसीहरूको ऐन हो, जसलाई राजाले जारी गर्ने अर्को कुनै उर्दि वा नियमले हेरफेर गर्न सक्दैन ।” 16 अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।”
  • मत्त 14:1 : 1 ¶ त्यस समयमा शासक हेरोदले येशूको बारेमा समाचार सुने ।
  • मत्त 14:5 : 5 हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।
  • मत्त 27:17-26 : 17 त्यसैले, जब तिनीहरू आपसमा भेला भए, पिलातसले तिनीहरूलाई भने, “मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरिदिएको तिमीहरू चाहन्छौ– बारब्बा कि येशू जसलाई ख्रीष्‍ट भनिन्छ?” 18 किनकि उनलाई थाहा थियो, कि तिनीहरूले उहाँलाई तिनीकहाँ ईर्ष्याको कारणले गर्दा सुम्पेका थिए । 19 जब उनी न्यायकर्ताको आसनमा बसिरहेका थिए, उनकी पत्‍नीले उनलाई सन्देश पठाइन् र भनिन्, “ती निर्दोष मानिसलाई केही नगर्नुहोस्, किनकि उनको कारणले गर्दा आज मैले सपनामा निकै दुःख भोगेकी छु ।” 20 तब मुख्य पुजारीहरू र एल्डरहरूले बारब्बालाई छोड्न र येशूलाई मार्नको निम्ति भिडलाई राजी गराए । 21 ती हाकिमले तिनीहरूलाई सोधे, “यी दुईमध्ये मैले तिमीहरूका निम्ति कसलाई मुक्त गरेको तिमीहरू चाहन्छौ?” तिनीहरूले भने, “बारब्बा ।” 22 पिलातसले तिनीहरूलाई भने, “ख्रीष्‍ट भनिने येशूलाई चाहिँ म के गरूँ?” तिनीहरू सबैले जवाफ दिए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 23 र उनले भने, “किन, उनले के अपराध गरेका छन्?” तर तिनीहरू झन् चर्को स्वरले यसो भनी कराए, “त्यसलाई क्रुसमा झुन्ड्याउनुहोस् ।” 24 जब, पिलातसले आफूले केही गर्न नसक्‍ने देखे, बरु खैलाबैला मच्‍चिन लागेको थाहा पाएर, उनले पानी लिई भिडको सामु आफ्ना हात धोए र भने, “यी निर्दोष मानिसको रगतदेखि म निर्दोष छु । तिमीहरू आफैँ जान ।” 25 सबै मानिसले भने, “उसको रगत हामी र हाम्रा छोराछोरीहरूमाथि परोस् ।” 26 अनि उनले बारब्बालाई तिनीहरूका निम्ति छोडिदिए, तर उनले येशूलाई कोर्रा लगाए र क्रुसमा झुन्ड्याउनको निम्ति सुम्पिदिए ।
  • मर 6:14 : 14 हेरोद राजाले यो सुने, किनभने येशूको नाउँ प्रसिद्ध भएको थियो । केहीले भनिरहेका थिए, “बप्‍तिस्मा-दिने यूहन्‍ना मृत्युबाट जीवित भई उठे । त्यसैले, यी आश्‍चर्यकर्महरू उहाँद्वारा हुँदै छन् ।”
  • मर 6:20 : 20 किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।
  • मर 6:26 : 26 राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।
  • लू 13:32 : 32 येशूले भन्‍नुभयो, “जाऊ र त्यो फ्याउरोलाई भन, हेर, मैले आज र भोलि भूतहरू निकाल्छु र निको पार्नेछु र तेस्रो दिन मेरो लक्ष्य पुरा गर्नेछु ।
  • यूह 19:12-16 : 12 यस जवाफमा पिलातसले उहाँलाई छोड्ने कोसिस गरे, तर यहूदीहरू यसो भन्दै कराए, “तपाईंले यो मानिसलाई छोड्नुभयो भने तपाईं कैसरको मित्र हुनुहुन्‍नः जसले आफैँलाई राजा तुल्याउँछ, त्यो कैसरको विरुद्ध बोल्छ ।” 13 जब पिलातसले यी कुराहरू सुने, तिनले येशूलाई बाहिर ल्याए, र “ढुङ्गाको पेटी” (हिब्रूमा “गब्बथा”) भनिने ठाउँको न्याय आसनमा बसे । 14 निस्तारको तयारीको दिनको करिब छैठौँ पहर भएको थियो । पिलातसले यहूदीहरूलाई भने, “हेर, तिमीहरूका राजा यहाँ हुनुहुन्छ!” 15 तिनीहरू ठुलो सोरमा कराए, “यसलाई लानुहोस्, यसलाई लानुहोस्, यसलाई क्रुसमा टाँग्‍नुहोस्!” पिलातसले तिनीहरूलाई भने, “के तिमीहरूका राजालाई मैले क्रुसमा टाँग्‍नुपर्ने हो?” मुख्य पुजारीहरूले जवाफ दिए, “हामीसँग कैसरबाहेक अरू कुनै राजा छैन ।” 16 तब पिलातसले क्रुसमा टाँग्‍नको लागि येशूलाई तिनीहरूकहाँ सुम्पे ।
  • प्रेरि 24:23-27 : 23 त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए । 24 केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने । 25 तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।” 26 त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे । 27 तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।
  • प्रेरि 25:3-9 : 3 र तिनीहरूले पावलको विषयमा सहायताको निम्ति फेस्तससँग अनुरोध गरे, कि तिनले उनलाई यरूशलेममा बोलाउन्, ताकि तिनीहरूले उनलाई बाटोमा नै मर्न सकून् । 4 तर पावल कैसरियाको कैदी थिए, र तिनी आफैँ पनि चाँडै त्यहाँ फर्कनु थियो भनी फेस्तसले जवाफ दिए । 5 उनले भने “यसकारण जान सक्‍नेहरू हामीसँगै जानुपर्छ । यदि त्यो मनिसमा कुनै गल्ती छन् भने, तिमीहरूले दोष लगाउनुपर्छ ।” 6 आठ वा दश दिन अझ बसेपछि फेस्तस कैसरियातिर गए । र अर्को दिन उनी न्यायको आसनमा बसे र पावललाई तिनीकहाँ ल्याइयोस् भनी आदेश दिए । 7 जब उनी आइपुगे यरूशलेमका यहूदीहरू नजिकै उभिए र तिनीहरूले साबित नै गर्न नसक्‍ने गम्भीर अभियोगहरू ल्याए । 8 पावलले आफ्नो बचाउ गरे र भने, “यहूदीहरूको नामको विरुद्ध होइन, नत कुनै मन्दिरको विरुद्धमा र न त कैसरको विरुद्धमा, मैले कसैको विरुद्धमा गल्ति गरेको छैनँ ।” 9 तर फेस्तसले यहूदीको समर्थन पाउन चाहन्थे र उनले पावललाई जवाफ दिए र भने, “के तिमी यरूशलेम गएर यी कुराहरूको इन्साफ मद्वारा गरिएको चाहन्छौ?”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • मर 6:16-28
    13 पदहरू
    92%

    16तर जब हेरोदले यो सुने, तिनले भने, “यूहन्‍ना, जसको मैले टाउको कटाएको थिएँ, तिनी जीवित भई उठेछन्!”

    17किनभने हेरोदले यूहन्‍नालाई हेरोदियास (तिनको भाइकी पत्‍नी) को कारण गिरफ्तार गर्न र कैदमा हाल्न लगाए, किनभने तिनले उनलाई विवाह गरेका थिए ।

    18किनभने यूहन्‍नाले हेरोदलाई भने, “आफ्नो भाइकी पत्‍नीलाई विवाह गर्न तिनलाई उचित छैन भनेका थिए ।”

    19तर हेरोदियासले वैरभाव राखेकि थिइन् र तिनलाई मार्न चाहन्थिन्, तर सकेकी थिइनन्,

    20किनभने हेरोद यूहन्‍नासित डराउँथे; तिनी धर्मी र पवित्र जन थिए भन्‍ने तिनलाई थाहा थियो, अनि हेरोदले उनलाई सुरक्षित राखे । तिनको प्रचार सुन्दा हेरोद अशन्त हुन्थे, तरै पनि खुसीसाथ सुन्थे ।

    21त्यसपछि एउटा उपयुक्‍त मौका मिल्यो । हेरोदले तिनको जन्म दिनमा आफ्ना भारदारहरू, कप्‍तानहरू र गालीलका अगुवाहरूलाई भोज दिए ।

    22हेरोदियासकी छोरी आफैँ आइन् र तिनीहरूको लागि नाचिन् अनि तिनले हेरोद र उनका पाहुनाहरूलाई प्रशन्‍न तुल्याइन् । राजाले त्यस केटीलाई भने, “तिमीलाई जे इच्छा लाग्‍छ सो माग, म तिमीलाई दिनेछु ।”

    23तिनले शपथ खएर भने, “तिमीले मसित जे माग्छौ, म तिमीलाई मेरो राज्यको आधा भागसम्म पनि दिनेछु ।”

    24तिनी बाहिर निस्किन् र आफ्नी आमालाई भनिन्, “म तिनीसित के मागौँ?” र तिनले भनिन्, “बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर ।”

    25तिनी तुरुन्तै राजाकहाँ आइन् र यसो भन्दै मागिन्, “मलाई झट्टै बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर थालीमा दिनुहोस् भन्‍ने म चाहन्छु ।”

    26राजा निकै दुःखित भए, तर आफ्ना पाहुनाहरू र शपथको कारण राजाले तिनको बिन्‍ती इन्कार गर्न सकेनन् ।

    27त्यसैले, राजाले आफ्ना रक्षकहरूमध्ये एक जना सिपाहीलाई यूहन्‍नाको शिर ल्याउने आदेश दिएर पठाए । सुरक्षाकर्मी गए र झ्यालखानामा उनको टाउको काटे ।

    28सिपाहीले थालमा उनको टाउको ल्याए र ती केटीलाई दिए, र ती केटीले आफ्नी आमालाई दिइन् ।

  • मत्त 14:3-8
    6 पदहरू
    86%

    3किनकि हेरोदले आफ्ना भाइ फिलिपकी पत्‍नी हेरोदियासको कारण यूहन्‍नालाई समाती उनलाई बाँधेर झ्यालखानामा हालेका थिए ।

    4किनकि यूहन्‍नाले तिनलाई भनेका थिए, “तिनलाई आफ्नी पत्‍नीको रूपमा राख्‍नु तपाईंको निम्ति उचित छैन ।”

    5हेरोदले उनलाई मार्न सक्थे, तर उनी मानिसहरूसँग डराए, किनभने मानिसहरूले यूहन्‍नालाई अगमवक्‍ता मान्थे ।

    6तर जब हेरोदको जन्म दिन आयो, हेरोदियासकी छोरीले मानिसहरूका माझमा नाचिन् र हेरोदलाई प्रसन्‍न बनाइन् ।

    7त्यसको प्रतिक्रियामा तिनलाई जे मागे पनि दिनेछु भनेर हेरोदले वाचा गर्दै शपथ खाए ।

    8आफ्नी आमाले सिकाएपछि तिनले भनिन्, “मलाई यहाँ एउटा थालमा बप्‍तिस्मा-दिने यूहन्‍नाको शिर दिनुहोस् ।”

  • मत्त 14:10-11
    2 पदहरू
    84%

    10हेरोदले मानिसहरू पठाए र झ्यालखानामा यूहन्‍नाको शिर काटिदिए ।

    11अनि उनको शिर थालमा राखेर ल्याइयो र त्यस ठिटीलाई दिइयो र तिनले त्यो आफ्नी आमाकहाँ लगिन् ।

  • २ राजा 9:33-34
    2 पदहरू
    72%

    33येहूले भने, “तिनलाई तल फालिदेओ ।” त्यसैले तिनीहरूले ईजेबेललाई तल फालिदिए, र तिनका केही रगत उछिट्टिएर भित्तामा र घोडाहरूमा परे, अनि येहूले तिनलाई खट्टाले कुल्चिदिए ।

    34जब येहू दरबारभित्र पसे, तब तिनले खानपान गरे । तब तिनले भने, “अब त्‍यो श्रापित स्‍त्रीलाई हेर र त्‍यसलाई गाडिदेओ, किनकि त्‍यो राजाकी छोरी थिई ।”

  • 9हेरोदले भने, “मैले यूहन्‍नाको टाउको काटेँ, तर यो को हो जसको बारेमा म यस्तो कुरा सुन्दै छु?” र हेरोदले येशूलाई हेर्ने बाटो खोज्‍ने कोसिस गरे ।

  • लू 3:19-20
    2 पदहरू
    70%

    19यूहन्‍नाले हेरोदलाई उनका भाइकी पत्‍नी हेरोदियासलाई विवाह गरेको साथै उनले गरेको अन्य खराबीहरूका निम्ति पनि हप्काए ।

    20तर हेरोदले अझ बढी दुष्‍ट काम गरे । किनभने उनले यूहन्‍नालाई जेलमा हालेका थिए ।

  • १ राजा 3:24-27
    4 पदहरू
    70%

    24राजाले भने, “मलाई एउटा तरवार ल्याइदेऊ ।” त्यसैले तिनीहरूले राजाको सामु एउटा तरवार ल्याइदिए ।

    25तब राजाले भने, “जीवित छोरोलाई काटेर दुई भाग लगा अनि आधा भाग एउटी स्त्रीलाई र बाँकी आधा भाग अर्की स्त्रीलाई दिनू ।”

    26तब आफ्नो छोरोको निम्ति दयाले भरिएर जीवित छोरोकी आमाले राजालाई भनी, “हे मेरा मालिक, जीवित बालक त्यसलाई नै दिनू र त्यसलाई कुनै पनि हालतमा नमार्नू ।” तर अर्की स्त्रीले भनी, “त्यो न मेरो हुने छ न तेरो । त्यसलाई दुई टुक्रा पारियोस् ।”

    27तब राजाले जवाफ दिए, “जीवित बालक पहिलो स्त्रीलाई दिनू, र त्यसलाई कुनै पनि हालतमा नमार्नू । त्यो नै बालककी आमा हो ।”

  • २ शमू 14:15-16
    2 पदहरू
    67%

    15अब यो देखेर म मेरो मालिक राजासँग यो कुरा गर्न आएको छु, किनभने मानिसहरूले मलाई भयभीत तुल्याएका छन् । तपाईंको दासीले मनमनै भनिन्, 'म अब महाराजासित कुरा गर्ने छु । सायद महाराजाले आफ्नो दासीको बन्ती पुरा गरिदिनुहुने छ ।

    16सायद महाराजाले मेरो बिन्‍ती सुन्‍नुहुने छ र परमेश्‍वरले हामीलाई दिनुभएको उत्तराधिकारबाट म र मेरो छोरोलाई नष्‍ट पार्ने मानिसहरूको हातबाट मुक्‍त गर्नुहुने छ ।'

  • 28राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’

  • मत्त 22:6-7
    2 पदहरू
    66%

    6अरूहरूले चाहिँ राजाका नोकरहरूलाई पक्रे; तिनीहरूसँग लाजमर्दो व्यवहार गरे, र तिनीहरूलाई मारे ।

    7तर राजा रिसाए । उनले आफ्ना सेनाहरू पठाए; ती हत्याराहरूलाई मारे, र तिनीहरूको सहर जलाइदिए ।

  • 14त्यसैले राजाले त्यसै गरियोस् भनी आज्ञा दिए । शूशनमा एउटा आदेश निकालियो, र तिनीहरूले हामानका दसै जना छोरालाई झुण्ड्याए ।

  • लू 23:15-16
    2 पदहरू
    66%

    15हेरोदले पनि दोषी भेट्टाएनन्, किनकि उनले हामीकहाँ फिर्ता पठाए । र हेर, यिनले मृत्युदण्ड पाउनेयोग्य कुनै काम गरेका छैनन् ।

    16यसकारण म यिनलाई सजाय दिनेछु र छोडिदिन्छु ।”

  • 7अनि शासक हेरोदले जे भइरहेको थियो, त्यो सुनेर उनी अन्योलमा परे, कारण बप्‍तिस्मा-दिने यूहन्‍ना जीवित भएका छन् भनेर कसैले उनलाई सुनाइदिएको थियो ।

  • 16त्यसैले जब तिनी राजदरबारमा घोडाहरू पस्‍ने ठाउँमा पुगिन्, तब तिनीहरूले तिनलाई समाते र त्यहीँ तिनलाई मारियो ।

  • २ शमू 14:11-13
    3 पदहरू
    65%

    11उनले भनिन्, “महाराजाले परमप्रभु आफ्‍ना परमेश्‍वरलाई सम्झनुभएको होस्, ताकि रगतको बदला लिनेले अब उसो नाश गर्ने छैन ताकि तिनीहरूले मेरो छोरालाई नाश गर्ने छैनन् । राजाले जवाफ दिए, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, तिम्रो छोराको शिरको एउटा कपाल पनि भुईंमा खस्‍ने छैन ।

    12अनि ती स्‍त्रीले भनिन्, “कृपया आफ्नो दासीलाई महाराजासँग अरू एउटा कुरा गर्न दिनुहोस् ।” तिनले भने, “भन ।”

    13त्यसैले ती स्‍त्रीले भनिन्, “तपाईंले परमश्‍वरका मानिसहरूका विरुद्धमा किन यस्तो कुरा गर्नुभएको छ? राजाले यसो भन्‍नुहुँदा उहाँ कुनै दोषी व्यक्‍तिजस्तै हुनुहुन्छ, किनभने राजाले आफ्नो निर्वासित छोरालाई फिर्ता ल्याउनुभएको छैन ।

  • 6अब चाडको समयमा पिलातसले सामान्यतया तिनीहरूले अनुरोध गरेअनुसार एउटा कैदीलाई मुक्‍त गर्थे ।

  • 2राजाको रक्षा गर्ने परमेश्‍वरको शपथको कारण तिनको आज्ञा मान्‍न म तँलाई सल्लाह दिन्छु ।

  • 43उहाँले त्यस बारेमा कसैलाई थाहा नदिन कडा आज्ञा दिनुभयो । अनि उहाँले ती बालिकालाई केही खाने कुरा दिनुभयो ।

  • 18अनि राजाले जवाफ दिए र ती स्‍त्रीलाई भने, “मैले तिमीलाई सोध्‍ने कुनै पनि कुरा मबाट नलुकाऊ ।” ती स्‍त्रीले जवाफ दिइन्, “हे मेरा मालिक महाराजा भन्‍नहोस् ।”

  • 15यसैले तिनी राजाको घोडा ढोकामा आएको बेला तिनीहरूले तिनलाई समाते र तिनलाई त्यहीं मारे ।

  • 17बरु, तिनले आफ्नो व्यक्‍तिगत सेवकलाई बोलाए र भने, “यो स्‍त्रीलाई मबाट हटाओ र त्‍यसलाई निकालेपछि ढोका बन्‍द गरिदेओ ।”

  • 31राजाले तिनलाई भने, “तिनले भनेजस्तै गर । तिनलाई मारेर गाड । यसरी म र तिमीले मेरा पिताको घरानाबाट विनाकारण योआबले बगाएको रगतको दोष लैजाने छौ ।