रोमीहरू 8:31
त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
त्यसो भए, यी कुराहरूको विषयमा हामी के भनौँ त? यदि परमेश्वर नै हाम्रो पक्षमा हनुहुन्छ भने, हाम्रो विरुद्धमा को हुन्छ र?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
32जसले आफ्ना पुत्रलाई पनि बाँकी राख्नुभएन तर हामी सबैको तर्फबाट उहाँलाई सुम्पिदिनुभयो, कसरी उहाँले हामीलाई उहाँसँगै सबै थोक पनि सितैँमा दिनुहुन्न र?
33परमेश्वरका चुनिएकाहरूका विरुद्धमा कसले दोष ल्याउने? धर्मी तुल्याउनुहुने त परमेश्वर नै हुनुहुन्छ ।
34दण्डको आज्ञा दिनुहुने को हुनुहुन्छ? हाम्रो निम्ति मर्नुहुने त ख्रीष्ट नै हुनुहुन्छ, अनि त्यसभन्दा बढी उहाँ जीवित भई उठ्नु पनि भयो । उहाँले आदरको स्थानमा रहेर परमेश्वरसँग शासन गर्दै हुनुहुन्छ, र हाम्रा लागि मध्यस्थता गरिरहनुहुने उहाँ नै हुनुहुन्छ ।
35हामीलाई ख्रीष्टको प्रेमबाट कसले अलग गर्न सक्नेछ? सङ्कष्टले, वा दुःखले, वा सतावटले, वा भोकले, वा नग्नताले, वा खतराले, वा तरवारले?
36जस्तो लेखिएको छ, “तपाईंको लाभको निम्ति हामी दिनभरि मारिन्छौँ । हामीलाई मारिने भेडाहरूझैँ ठानियो ।”
37यी सबै कुरामा हामी हामीलाई प्रेम गर्नुहुनेद्वारा विजेताहरूभन्दा पनि बढी छौँ ।
38किनकि म विश्वस्त भएको छु, कि न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न शासकहरूले, न वर्तमानका कुराहरूले, न आउने कुराहरूले,
39न उचाइले, न गहिराइले, न सृष्टि गरिएको कुनै थोकले हाम्रा प्रभु ख्रीष्ट येशूमा भएको परमेश्वरको प्रेमबाट हामीलाई अलग गर्न सक्छ ।
27जसले हृदयको खोजी गर्नुहुन्छ उहाँले पवित्र आत्माको विचार जान्नुहुन्छ, किनकि उहाँले परमेश्वरको इच्छाअनुसार विश्वासीहरूको तर्फबाट अन्तरबिन्ती गर्नुहुन्छ ।
28हामी जान्दछौँ, कि परमेश्वरलाई प्रेम गर्नेहरू र उहाँको उद्देश्यअनुसार बोलाइएकाहरूका निम्ति उहाँले सबै थोकमा एकसाथ भलाइको निम्ति काम गर्नुहुन्छ अर्थात् (नोटः केही पुरानो संस्करणमा यस्तो छ) सबै थोकले एकसाथ भलाइको निम्ति नै काम गर्छन् ।
29किनकि जसलाई उहाँले पहिलेदेखि नै जान्नुहुन्थ्यो, धेरै भाइहरूमध्ये ज्येष्ठ होऊन् भनी उहाँले तिनीहरूलाई आफ्नो पुत्रको स्वरूप समान हुन पहिले नै नियुक्ति गर्नुभयो ।
30जसलाई उहाँले पहिले नै नियुक्ति गर्नुभयो, तिनीहरूलाई उहाँले बोलाउनु पनि भयो । जसलाई उहाँले बोलाउनुभयो, तिनीहरूलाई धर्मी पनि ठहर्याउनुभयो । जसलाई उहाँले धर्मी ठर्याउनुभयो, तिनीहरूलाई उहाँले महिमित पनि पार्नुभयो ।
14त्यसो हो भने, हामी के भनौँ त? के परमेश्वरसित अधार्मिकता छ त? कहिल्यै यस्तो नहोस् ।
1¶ त्यसकारण, अब ख्रीष्ट येशूमा भएकाहरूलाई दण्डको कुनै आज्ञा छैन ।
2किनकि ख्रीष्ट येशूमा जीवनको आत्माको सिद्धान्तले मलाई पाप र मृत्युको सिद्धान्तबाट स्वतन्त्र बनाएको छ ।
14किनकि जति परमेश्वरका आत्माद्वारा डोर्याइएका छन्, तिनीहरू नै परमेश्वरका छोराछोरीहरू हुन् ।
16हामी परमेश्वरका सन्तान हौँ भनी पवित्र आत्मा स्वयम्ले हाम्रो आत्मालाई गवाही दिनुहुन्छ ।
17यदि हामी सन्तानहरू हौँ भने त हामी उत्तराधिकारीहरू पनि हौँ अर्थात् परमेश्वरका उत्तराधिकारीहरू हौँ । अनि हामी ख्रीष्टसँगै साझे-उत्तराधिकारीहरू हौँ । वास्तवमा हामीले उहाँसँगै कष्ट भोग्यौँ भने, हामी पनि उहाँसँगै महिमित हुन सक्छौँ ।
18यो वर्तमान समयका कष्टहरू हामीलाई प्रकट गरिने महिमासँग तुलना गर्न योग्यका छैनन् भन्ने म ठान्छु ।
40जो हाम्रो विरुद्धमा छैन, त्यो हाम्रो हो ।
8तर परमेश्वरले हामीप्रति उहाँको आफ्नो प्रेम प्रमाणित गर्नुहुन्छ, किनकि हामी पापी हुँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो ।
9अहिले हामी उहाँको रगतद्वारा अझ धेरै धर्मी ठहराइएका छौँ, अनि हामी उहाँको क्रोधबाट बचाइनेछौँ ।
10हामी शत्रु हुँदा नै हामीलाई उहाँका पुत्रको मृत्युद्वारा परमेश्वरसँग मिलाप गराइयो; मिलाप भएपछि उहाँको जीवनद्वारा हामी अझ धेरै बचाइनेछौँ ।
8किनकि हामी सत्यको विरुद्ध केही पनि गर्न सक्दैनौ, केवल सत्यको निम्ति मात्र गर्न सक्छौँ ।
8जो शरीरमा छन्, उनीहरू परमेश्वरलाई खुसी तुल्याउन सक्षम छैनन् ।
9तापनि तिमीहरू शरीरमा छैनौ, तर आत्मामा छौ, यदि यो सत्य हो भने परमेश्वरका आत्मा तिमीहरूमा बास गर्नुहुन्छ । तर यदि कसैसँग ख्रीष्टका आत्मा हुनुहुन्न भने, त्यो उहाँको होइन ।
11येशू ख्रीष्टमा हामी परमेश्वरका सन्तानको रूपमा चुनिएका थियौँ । सबै कुरा आफ्नो इच्छा अनुसार गर्नुहुनेको योजनामा हामी अगिबाटै चुनिएका थियौँ ।
8किनकि यदि हामी जिउँछौँ भने, प्रभुकै निम्ति जिउँछौँ र यदि हामी मर्छौं भने, हामी प्रभुकै निम्ति मर्छौं । त्यसैले, हामी चाहे जिऔँ वा मरौँ, हामी प्रभुकै हौँ ।
36किनकि सबै थोक उहाँबाट, उहाँद्वारा र उहाँकै निम्ति हुन् । उहाँलाई नै सदासर्वदा महिमा होस् । आमेन ।
19तब तिमीहरूले मलाई भन्नेछौ, “उहाँले किन अझ पनि गल्ती नै भेट्टाउनुहुन्छ त?”
1¶ हामी अब के भनौँ त? के अनुग्रह प्रशस्त होस् भनेर हामीले पाप गरिरहने त?
5तर यदि हाम्रो अधार्मिकताले परमेश्वरको धार्मिकतालाई देखाउँछ भने हामी के भन्न सक्छौ र? परमेश्वरले उहाँको क्रोध प्रकट गर्नुहुँदा उहाँ अधर्मी ठहरिनुहुन्न, के अधर्मी ठहरिनुहुन्छ त? म मानवीय तर्कअनुसार बोलिरहेको छु ।
6कहिल्यै यस्तो नहोस्! किनकि त्यसो भए त परमेश्वरले कसरी संसारको न्याय गर्नुहुन्छ?
1¶ तब हामी के भनौँ त? हाम्रा पुर्खा अब्राहामले शरीरअनुसार के पाए त?
2यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्वरको सामु त होइन ।
8तर यदि हामी ख्रीष्टसँग मरेका छौँ भने, हामी विश्वास गर्छौं, कि हामी पनि उहाँसँगै जिउनेछौँ ।
9त्यसो भए के त? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
1¶ हामी विश्वासद्वारा धर्मी ठहरिने हुनाले हाम्रा प्रभु येशू ख्रीष्टद्वारा हामी परमेश्वरसँग शान्तिमा छौँ ।
2हामीले उहाँप्रतिको विश्वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्वरको महिमामा सहभागी हुनेछौँ भन्ने दृढतामा रमाउँछौँ ।
5प्रेममा परमेश्वरले हामीलाई येशू ख्रीष्टद्वारा आफ्नै निज पुत्रहरूका रूपमा ग्रहण गर्नको निम्ति पूर्णनिर्धारण गर्नुभयो । उहाँले यसो गर्नुभयो किनकि उहाँले योजना गर्नुभएको कुरा गर्न उहाँ प्रसन्न हुनुभयो ।
24यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्वास गर्छौं ।
7यसैकारणले गर्दा, अब तिमी दास होइनौ, तर पुत्र हौ । यदि तिमी पुत्र हौ भने, तिमी परमेश्वरको एक उत्तराधिकारी पनि हौ ।
30त्यसो भए, हामी के भनौँ त? गैरयहूदीहरू जसले धार्मिकतालाई पछ्याइरहेका थिएनन्, तिनीहरूले धार्मिकता अर्थात् विश्वासद्वारा आउने धार्मिकता प्राप्त गरे ।
17हामीले प्रभु येशू ख्रीष्टमाथि विश्वास गर्दा उहाँले हामीलाई दिनुभएको त्यही वरदान उहाँले तिनीहरूलाई दिनुभयो भने, परमेश्वरको विरोध गर्ने म को थिएँ र?’’’
16यसैले, यो विश्वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।
36यसकारण, पुत्रले तिमीहरूलाई स्वतन्त्र पार्यो भने तिमीहरू साँच्चै स्वतन्त्र हुनेछौ ।
6तर हाम्रा निम्ति “परमेश्वर पिता एक मात्र हुनुहुन्छ, जसबाट नै सबै कुरा हुन आए, र हामी उहाँकै निम्ति जिउँछौ; र एउटै प्रभु येशू ख्रीष्ट जसद्वारा सबै कुरा अस्तित्वमा आउँछन् र जसद्वारा नै हामी अस्तित्वमा छौँ ।”
5जो शरीरअनुसार जिउँछन्, तिनीहरूले शरीरको कुरामा ध्यान दिन्छन्, तर जो आत्माअनुसार जिउँछन्, तिनीहरूले आत्माको कुरामा ध्यान दिन्छन् ।
15त्यसो भए के त? के हामी व्यवस्थामा छैनौँ, तर अनुग्रहमा छौँ भनेर हामी पाप गरौँ त? कहिल्यै यस्तो नहोस् ।
16त्यसैले, यो इच्छा गर्नेको कारणले होइन, न त दौडनेको कारणले नै हो, तर दया देखाउनुहुने परमेश्वरको कारणले नै हो ।