Verse 2
पहिलो स्वर्गदूत गए र आफ्नो कचौरा पृथ्वीमा खन्याए । त्यस पशुको छाप हुने र त्यसको मूर्तिलाई पुजा गर्ने मानिसहरूलाई घिनलाग्दा र पीडादायी घाउहरू आए ।
Referenced Verses
- Rev 8:7 : 7 पहिलो स्वर्गदूतले आफ्नो तुरही फुके र त्यहाँ असिना र रगत मिसिएको आगो आयो । यसलाई तल पृथ्वीमा फालियो । यसले पृथ्वीको तिन भागको एक-तिहाइ भागलाई डढायो; तिन भागको एक-तिहाइ रुखहरूलाई डढायो र सबै हरिया घाँसलाई पनि डढायो । [टिपोटः केही पुराना संस्करणहरूमा यसलाई छोडिएको छ] । त्यसैले, यसको तिन भागको एक-तिहाइ डढेको थियो ।
- Rev 13:15-18 : 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् । 16 अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो । 17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ । 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
- Rev 16:11 : 11 तिनीहरूका पीडा र घाउहरूका कारण स्वर्गका तिनीहरूले परमेश्वरको नाउँको निन्दा गरे, र अझै पनि तिनीहरूले गरेका कामबाट पश्चात्ताप गर्न तिनीहरूले इन्कार गरे ।
- Exod 9:8-9 : 8 तब परमप्रभुले मोशा र हारूनलाई भन्नुभयो, “भट्टीबाट मुट्ठीभर खरानी लेओ । तँ मोशाले फारोले हेरिरहँदा त्यस खरानीलाई आकाशमा फ्याँक्नू । 9 ती मिश्र देशभरि मसिनो धुलो बन्नेछन् । तिनले मिश्र देशका सबै मानिस र पशुहरूमा फोका र खटिरा ल्याउनेछन् ।” 10 त्यसैले मोशा र हारूनले भट्टीबाट खरानी लिएर फारोको सामुन्ने खडा भए । त्यसपछि मोशाले खरानीलाई हावामा फ्याँके । खरानीले मानिस र पशुहरूमा फोका र खटिरा ल्याए । 11 फोकाको कारणले जादुगरहरूले मोशाको विरोध गर्न सकेनन् । किनकि फोका सबै मिश्रीमाथि आइपरेको थियो ।
- Deut 7:15 : 15 परमप्रभुले तिमीहरूबाट सबै रोग लैजानुहुने छ । तिमीहरूले जानेका मिश्रका कुनै पनि खराब रोगहरू तिमीहरूमाथि आउने छैनन्, तर तिमीहरूलाई घृणा गर्नेहरूमाथि उहाँले ती ल्याउनुहुने छ ।
- Deut 28:27 : 27 परमप्रभुले तिमीहरूलाई मिश्रका फोका, गिर्खा, पिला, चिलाउने रोगले आक्रमण गर्नुहुने छ जसबाट तिमीहरू निको हुन सक्दैनौ ।
- 1 Sam 5:6 : 6 अश्दोदका मानिसहरूमाथि परमप्रभुको हात भारी भयो । उहाँले तिनीहरूलाई विनाश पार्नुभयो, अनि अश्दोद र त्यसको वरिपरि क्षेत्रहरूमा गिर्खाको रूढीले प्रहार गर्नुभयो ।
- 1 Sam 5:9 : 9 तर तिनीहरूले त्यो वरिपरि ल्याएपछि, परमप्रभुको हात त्यो सहरको विरुद्धमा परेर ठुलो गोलमाल गोलमाल भयो । उहाँले सहरका साना र ठुला सबै मानिसहरूलाई प्रहार गर्नुभयो । अनि तिनीहरूमा गिर्खाको रूढी फैलियो ।
- 2 Chr 21:15 : 15 तँ आफैलाई चाहिं निको नहुने आन्द्राको रोग हुनेछ । त्यसले गर्दा दिनदिनै तेरा आन्द्रा बाहिर निस्केर आउनेछन् ।”
- 2 Chr 21:18 : 18 यी सबै भएपछि परमप्रभुले यहोरामलाई निको नहुने रोगले आन्द्रामा प्रहार गर्नुभयो ।
- Job 2:7-8 : 7 तब शैतान परमप्रभुको उपस्थितिबाट तुरुन्तै गयो । त्यसले अय्यूबलाई तिनको पाउको कुर्कुच्चादेखि तिनको शिरसम्म पीडादायी खटिराले प्रहार गर्यो । 8 आफूलाई कन्याउन अय्यूबले फुटेको भाँडोको एक टुक्रा खपटा लिए, र तिनी खरानीको बिचमा बसे ।
- Ps 78:26 : 26 उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
- Isa 1:5-6 : 5 तिमीहरूलाई अझै पनि किन पिटाइ खाँदैछौ? तिमीहरू किन झन् विद्रोह गर्छौ? सम्पुर्ण टाउको नै बिरामी छ र सम्पुर्ण हृदय नै कमजोर छ । 6 शिरदेखि पाउसम्म हानि नभएको कुनै अंग छैन । घाउहरू, चोटपटक र भर्खरका खुल्ला घाउहरू मात्र छन् । ती बन्द गरिएका, सफा गरिएका, पट्टि लगाइएका छैनन्, न त तेलले उपचार गरिएका छन् ।
- Isa 3:17 : 17 यसकारण परमप्रभुले सियोनकी छोरीहरूका टाउकोमा घावै-घाउ पार्नुहुनेछ, र परमप्रभुले तिनीहरूलाई मुडुलो पार्नुहुनेछ ।
- Isa 3:24 : 24 सुगन्धित अत्तरको सट्टामा दूर्गन्ध हुनेछ । अनि पटुकाको सट्टामा डोरी हुनेछ । राम्ररी कोरेको कपालको सट्टामा मुडुलो हुनेछ । अनि पोशाकको सट्टामा भाङ्ग्राको लुगा हुनेछ । र सुन्दरताको सट्टामा डामै-डाम हुनेछ ।
- Luke 16:20-22 : 20 लाजरस नाम गरेको, घावैघाउ भएको कोही एक जना मानिसलाई ल्याएर उसको ढोकामा राखिदिन्थे । 21 उसले त्यस धनी मानिसको टेबलबाट झरेका टुक्राटाक्रीले आफ्नो पेट भर्ने इच्छा गर्थ्यो र त्यसबाहेक, कुकुरहरू आएर उसका घाउहरू चाट्ने गर्थे । 22 यसपछि त्यो भिखारी मर्यो र स्वर्गदूतहरूले उसलाई उठाएर अब्राहामकहाँ लगे । त्यो धनी मानिस पनि मर्यो र गाडियो ।
- Acts 12:23 : 23 तिनले परमेश्वरलाई महिमा नदिएका हुनाले तुरुन्तै प्रभुका एउटा दूतले तिनलाई प्रहार गरे, अनि किरा परेर तिनी तिनी मरे ।
- Rev 14:16 : 16 तब बादलमाथि बस्नुहुनेले आफ्नो हँसिया पृथ्वीमाथि चलाउनुभयो, र पृथ्वीमा कटनी भयो ।