Verse 18
मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्नलाई चम्किलो सेतो वस्त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्न सक ।
Referenced Verses
- Rev 16:15 : 15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्न नपरोस् ।”
- Rev 19:8 : 8 तिनलाई मलमलको वस्त्र लगाउन अनुमति दिइयो, (किनकि मलमलको वस्त्र उहाँका पवित्र मानिसहरूका धार्मिक कार्यहरू हुन् ) ।
- Isa 55:1 : 1 ¶ “आओ, हरेक व्यक्ति जो तिर्खाएको छौ आओ, पानीमा आओ, अनि तिमीहरू जोसँग पैसा छैन, आओ, किन र खाओ! आओ, पैसाविना र मूल्यविना दाखमद्य र दूध किन ।
- Matt 13:44 : 44 स्वर्गको राज्यचाहिँ जमिनमा लुकाइएको धनजस्तै हो । एक जना मानिसले त्यो भेट्टायो अनि त्यसलाई लुकायो । उसको आनन्दमा ऊ जान्छ, उसँग भएका सबैथोक बेच्छ, अनि उसले त्यो जमिन किन्छ ।
- Dan 12:2 : 2 पृथ्वीको माटोमा सुतेकाहरूमध्ये धेरै जना, कोही अनन्तको जीवनको निम्ति, अनि कोही लाज र अनन्तको निन्दाको निम्ति फेरि उठ्नेछन् ।
- Jas 2:5 : 5 मेरा प्रिय भाइहरू हो, सुन, के परमेश्वरले संसारका गरिबहरूलाई विश्वासमा धनी हुनको निम्ति र उहाँलाई प्रेम गर्नेहरूका निम्ति उहाँले प्रतिज्ञा गर्नुभएको राज्यको उत्तराधिकारीहरू हुनलाई चुन्नुभएन र?
- 1 Pet 1:7 : 7 तिमीहरूको विश्वास जाँचियोस् भनेर यो भएको हो, जुन विश्वास आगोमा नष्ट भएर जाने सुनभन्दा धेरै बहुमूल्य छ । येशू ख्रीष्ट प्रकट हुनुहुँदा तिमीहरूको विश्वास स्थापित भएर यसले प्रशंसा, महिमा र आदर उत्पन्न गरोस् भनेर यसो भएको हो ।
- Rev 2:9 : 9 मलाई तिम्रा कष्टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
- Rev 3:17 : 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।
- Rev 7:13 : 13 त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”
- Mal 3:3 : 3 उहाँ चाँदी खार्ने र सफा गर्नेझैँ गरी बस्नुहुनेछ, र उहाँले लेवीका छोराहरूलाई शुद्ध पार्नुहुनेछ । उहाँले तिनीहरूलाई सुन र चाँदीलाई झैँ खार्नुहुनेछ, र तिनीहरूले धार्मिकताका भेटीहरू परमप्रभुकहाँ ल्याउनेछन् ।
- Matt 25:9 : 9 तर बुद्धिमती कन्याहरूले जवाफ दिए र भने, ‘तिमीहरू र हामी दुवैलाई प्रशस्त पुग्ने तेल नभएकोले, तेल बेच्नेहरूकहाँ जाओ र आफ्नो लागि तेल किन ।’
- Luke 12:21 : 21 यसरी नै कसैले आफ्नो धन सम्पत्तिको संचय गरेर आफ्नै लागि राख्दछन् र यो परमेश्वरकहाँ पुग्दैन ।”
- John 9:6-9 : 6 येशूले यी कुराहरू भनिसक्नुभएपछि उहाँले भुइँमा थुक्नुभयो र थुकले माटो मुछ्नुभयो, अनि त्यसको आँखामा पोतिदिनुभयो । 7 उहाँले त्यसलाई भन्नुभयो, “जाऊ, सिलोआमको तलाउमा धोऊ (जसको अर्थ हुन्छ, ‘पठाइएको ।’) । त्यसैले त्यो गयो, धोयो र देख्ने भएर आयो । 8 त्यसपछि त्यसका छिमेकीहरू र त्यसलाई पहिला भिखारीको रूपमा देख्नेहरूले भने, “त्यो बसेर भिख माग्ने गर्ने के यही नै होइन?” 9 केहीले भने, “यही हो ।” अरूहरूले भने, “होइन, यो त्यहीजस्तो देखिन्छ ।” तर त्यसले भन्यो, “म त्यही हुँ ।” 10 तिनीहरूले त्यसलाई भने, “अनि तिम्रा आँखा कसरी खोलिए त?” 11 त्यसले जवाफ दियो, “येशू भनिने मानिसले माटो मुछ्नुभयो, मेरो आँखामा पोतिदिनुभयो र मलाई भन्नुभयो ‘सिलोआममा जाऊ र धोऊ ।’ त्यसकारण म गएँ र धोएँ अनि मैले मेरो दृष्टि पाएँ ।”
- 1 Cor 3:12-13 : 12 यदि त्यस जगमाथि कसैले सुन, चाँदी, बहुमूल्य पत्थर, काठ, वा परालको प्रयोग गरेर निर्माण गर्छ भने 13 उसको काम दिनमा प्रकट गरिनेछ, किनकि दिनको उज्यालोले त्यो प्रकट गर्नेछ । किनकि त्यो आगोमा प्रकट हुनेछ । हरेकको कामको गुणस्तरलाई आगोद्वारा जाँचिनेछ ।
- 2 Cor 5:3 : 3 हामी यसको इच्छा गर्छौं किनकि यसलाई पहिरिएपछि हामी नाङ्गा हुनेछैनौँ ।
- 2 Cor 8:9 : 9 किनकि हाम्रा प्रभु येशू ख्रीष्टको अनुग्रह तिमीहरूलाई थाहा छ । उहाँ धनी हुनुभए तापनि तिमीहरूका खातिर गरिब हुनुभयो, ताकि उहाँको गरिबीबाट तिमीहरू धनी बन्न सक ।
- 1 Tim 6:18 : 18 तिनीहरूलाई असल काम गर्न, तिनीहरू असल काममा धनी हुन, उदार हुन र बाडचुड गर्ने इच्छा गर्न भन ।
- Ps 16:7 : 7 मलाई सल्लाह दिनुहुने परमप्रभुलाई म धन्यको भन्नेछु । रातको समयमा पनि मेरो मनले मलाई शिक्षा दिन्छ ।
- Ps 32:8 : 8 म तँलाई शिक्षा दिनेछु र तँ हिंड्नुपर्ने बाटो सिकाउनेछु । तँमाथि मेरो दृष्टि राखेर म तँलाई शिक्षा दिनेछु ।
- Ps 73:24 : 24 तपाईंले मलाई आफ्नो सल्लाहले मार्गदर्शन गर्नुहुनेछ र पछि मलाई महिमामा ग्रहण गर्नुहुनेछ ।
- Ps 107:11 : 11 तिनीहरूले परमेश्वरको वचन विरुद्धमा विद्रोह गरेको र सर्वोच्चको सल्लाहलाई इन्कार गरेको हुनाले यसो भएको थियो ।
- Prov 1:25 : 25 तिमीहरूले मेरा सबै निर्देशनलाई बेवास्ता गरेका छौ, र मेरो सुधारलाई वास्तै गरेका छैनौ ।
- Prov 1:30 : 30 तिनीहरूले मेरो निर्देशनलाई मानेनन्, र मेरो सुधारलाई तुच्छ ठाने ।
- Prov 19:20 : 20 सरसल्लाह सुन् र अर्तीलाई स्वीकार गर्, ताकि तेरो जीवनको अन्त्यसम्ममा तँ बुद्धिमान् बन्न सक्छस् ।
- Prov 23:23 : 23 सत्यलाई किन्, र त्यसलाई नबेच् । बुद्धि, अर्ती र समझशक्तिलाई किन् ।
- Eccl 8:2 : 2 राजाको रक्षा गर्ने परमेश्वरको शपथको कारण तिनको आज्ञा मान्न म तँलाई सल्लाह दिन्छु ।
- Isa 47:3 : 3 तेरो नाङ्गोन देखिनेछ, हो, तेरो लाज देखिनेछ । म बद्ला लिनेछु र एक जना मानिसलाई पनि छोड्नेछैन ।
- Rev 3:4-5 : 4 तर सार्डिसका मानिसहरूमा केही नाउँहरू छन्, जसले आफ्नो वस्त्र फोहोर परेका छैनन् । तिनीहरू सेतो वस्त्रमा मसँग हिँड्नेछन्, कारण तिनीहरू योग्यका छन् । 5 जसले जित्छ, उसलाई सेतो वस्त्र पहिराइनेछ, र जीवनको पुस्तकबाट म उसको नाउँ कहिल्यै मेटाउनेछैन, अनि म मेरा पिता र उहाँका स्वर्गदूतहरूका सामु उसको नाउँ घोषणा गर्नेछु ।
- 1 John 2:20-27 : 20 तर तिमीहरूसँग पवित्र हुनुहुनेबाटको अभिषेक छ, र तिमीहरू सबैले सत्य जान्दछौ । 21 तिमीहरूले सत्य जानेका छैनौ भनेर मैले लेखेको होइनँ, तर तिमीहरूले यो जानेका हुनाले र कुनै पनि झुट सत्य नहुने हुनाले हो । 22 येशू नै ख्रीष्ट हुनुहुन्छ भनी इन्कार गर्नेबाहेक अर्को झुट को हुन्छ? यो व्यक्ति नै ख्रीष्ट विरोधी हो, किनभने त्यसले पिता र पुत्रलाई इन्कार गर्छ । 23 पुत्रलाई इन्कार गर्ने कोहीसँग पनि पिता हुनुहुन्न; पुत्रलाई स्वीकार गर्नेसँग पिता पनि हुनुहुन्छ । 24 तिमीहरूका हकमा, तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहोस् । तिमीहरूले सुरुदेखि सुनेका कुरा तिमीहरूमा रहन्छ भने तिमीहरू पनि पिता र पुत्रमा रहन्छौ । 25 उहाँले हामीलाई प्रतिज्ञा गर्नुभएको कुरा अर्थात् अनन्त जीवन यही हो । 26 तिमीहरूलाई बहकाउनेहरूको बारेमा मैले यी कुराहरू तिमीहरूलाई लेखिसकेको छु । 27 तिमीहरूका हकमा, तिमीहरूले उहाँबाट पाएका अभिषेक तिमीहरूमा रहन्छ र तिमीहरूलाई सिकाउन कसैको आवश्यक पर्दैन । तर उहाँको अभिषेकले नै तिमीहरूलाई सबै थोकहरूबारे सिकाउनुहुन्छ, अनि त्यो सत्य हो, झुटो होइन । उहाँले तिमीहरूलाई सिकाउनुभएअनुसार, उहाँमा रहो ।
- Mic 1:11 : 11 शाफीरका निवासीहरू, नग्नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।
- Nah 3:5 : 5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
- Jer 13:26 : 26 त्यसैले म आफैले पनि तेरो फरिया उठानेछु, र तेरो गुप्ताङ्ग देखिनेछ ।