Vers 17

किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन ।

Refererte vers

  • Prov 13:7 : 7 कोही मानिस धनी भएजस्तो गर्छ, जब कि त्योसँग केही हुँदैन, र कसैले चाहिँ आफूसित भएको हरेक थोक दिन्छ, र पनि त्यो साँच्‍चै धनी हुन्छ ।
  • Hos 12:8 : 8 एफ्राइमले भन्‍यो, “निश्‍चय नै म धेरै धनी भएको छु । आफ्‍नो निम्ति मैले धनसम्पत्ति पाएको छु । मेरो सबै काममा कुनै अपराध हुने कुरा, पाप हुने कुनै कुरा तिनीहरूले भेट्‍टाउनेछैनन् ।”
  • Rom 12:3 : 3 किनभने मलाई दिइएको अनुग्रहअनुसार म यो कुरा भन्छु, कि तिमीहरूमध्‍ये कसैले पनि आफूलाई जस्तो ठान्‍नुपर्ने हो सोभन्दा बढी नठानोस् । बरु, परमेश्‍वरले हरेकलाई दिनुभएको विश्‍वासको नापबमोजिम बुद्धिमानी ढङ्गले सोच्नुपर्छ ।
  • Rev 2:9 : 9 मलाई तिम्रा कष्‍टहरू र गरिबी थाहा छ, तर तिमी धनी छौ । अनि तिम्रो निन्दा गर्नेहरू जसले आफैलाई यहूदी हुँ भनी दाबी गर्छन्, तर तिनीहरू होइनन्, तिनीहरू त शैतानका सभाघर हुन् ।
  • Zech 11:5 : 5 ती किन्‍नेहरूले तिनीहरूलाई काट्छन् र तिनीहरूलाई सजाय दिइँदैन, र तिनीहरूलाई बेच्नेहरूले भन्छन्, ‘परमप्रभुको प्रशंसा होस्! म धनी भएको छु!’ किनकि बगालका मालिकहरूका निम्ति काम गर्ने गोठालाहरूले तिनीहरूमाथि दया देखाएनन् ।
  • Matt 9:12 : 12 जब येशूले यो सुन्‍नुभयो, उहाँले भन्‍नुभयो, “शरीरमा बलियो भएकाहरूलाई वैद्यको खाँचो पर्दैन, केवल तिनीहरूलाई मात्र खाँचो हुन्छ जो बिरामी छन् ।”
  • Exod 32:35 : 35 हारूनले बनाएको बाछोको कारण परमप्रभुले मानिसहरूमाथि विपत्ति ल्याउनुभयो ।
  • Matt 5:3 : 3 “धन्य आत्मामा दीन हुनेहरू, किनभने स्वर्गको राज्य तिनीहरूकै हो ।
  • Luke 18:11-12 : 11 फरिसीले उभिएर यसो भनेर आफ्नै बारेमा प्रार्थना गर्‍यो, ‘हे परमेश्‍वर, म तपाईंलाई धन्यवाद दिन्छु कि म अरू चोरहरूजस्तो छैनँ, अधर्मीहरूजस्तो छैनँ, व्यभिचारीजस्तो पनि छैनँ, यही कर उठाउनेजस्तो पनि छैनँ । 12 म हरेक हप्‍ता दुई पटक उपवास बस्दछु । म आफूले पाएका सबै थोकको दशांश दिन्छु ।’
  • John 9:40-41 : 40 उहाँसँग हुने केही फरिसीहरूले यी कुराहरू सुने र उहाँलाई सोधे, “के हामी पनि अन्धा हौँ त?” 41 येशूले तिनीहरूलाई भन्‍नुभयो, “यदि तिमीहरू अन्धा भएका भए तिमीहरूमा कुनै पाप हुने थिएन, तर तिमीहरू ‘हामीले देख्छौँ’ भन्छौ, त्यसैले तिमीहरूमा पाप रहन्छ ।
  • Rom 7:24 : 24 म दुःखि मानिस हुँ! मलाई यो मृत्युको शरीरबाट कसले छुटकारा देला?
  • Rom 11:20 : 20 त्यो सत्य हो । तिनीहरूको अविश्‍वासले तिनीहरू काटिए, तर तिमीहरू तिमीहरूको विश्‍वासले खडा छौ । आफैँलाई अति उच्‍च नठान, तर भय मान ।
  • Rom 11:25 : 25 किनकि भाइहरू हो, तिमीहरू यो रहस्यबारे अन्जान रहो भन्‍ने म चाहन्‍नँ, ताकि तिमीहरू आफ्‍नै विचारमा बुद्धिमानी नहोऊ । यो रहस्यचाहिँ गैरयहूदीहरू आउने काम पुरा नभएसम्म इस्राएलमा आंशिक रूपमा कठोर पार्ने काम भएको छ ।
  • Rom 2:17-23 : 17 मानौँ, व्यवस्थामाथि भर परेर तिमी आफैँलाई यहूदी भन्छौ, परमेश्‍वरमा गर्वका साथ रमाउँछौ, 18 उहाँको इच्छा जान्दछौ र व्यवस्थाका शिक्षा पाएर त्यसबाट फरक भएका कुराहरूको जाँच गर्दछौ । 19 मानौँ, कि तिमी आफैँ अन्धाहरूका अगुवा हौ, र अन्धकारमा हुनेहरूका निम्ति ज्योति हौ, 20 मूर्खलाई सुधार गर्ने, शिशुहरूका शिक्षक हौ, अनि तिमीसँग ज्ञान र सत्यताको स्वरूप व्यवस्थामा छ । 21 अनि तिमी जसले अरूलाई सिकाउँछौ, के तिमी आफैलाई चाहिँ सिकाउँदैनौ? तिमी जसले चोरी नगर्नू भनी सिकाउँछौ, के तिमी नै चोरी गर्छौ? 22 तिमी जसले व्‍यभिचार नगर्नू भन्‍छौ, के तिमीले नै व्‍यभिचार गर्छौ? तिमी जसले मूर्तिहरूलाई घृणा गर्छौ, के तिमी मन्‍दिरहरू लुट्छौ? 23 तिमी जो परमेश्‍वरको व्‍यवस्‍थामा गर्वका साथ रमाउँछौ, के तिमीले व्‍यवस्‍था उल्‍लङ्घन गरेर परमेश्‍वरको अपमान गर्छौ?
  • Luke 1:53 : 53 उहाँले भोकाहरूलाई असल थोकहरूले भरिदिनुहुन्छ, तर धनीहरूलाई रित्तै हात पठाउनुहुन्छ ।
  • Luke 6:24 : 24 तर धिक्‍कार तिमीहरू जो धनी छौ! तिमीहरूले आफ्ना सान्त्वना पाइसकेका छौ ।
  • Deut 8:12-14 : 12 नत्रता तिमीहरूले अघाउञ्‍जेल खाँदा र तिमीहरूले घरहरू बनाई तिनमा बस्दा तिमीहरूको हृदय घमण्डले फुल्ने छ । 13 तिमीहरूका गाईवस्तु र भेडा-बाख्राहरू गुणात्मक रूपमा वृद्धि हुँदा र तिमीहरूका सुन र चाँदीको वृद्धि हुँदा र तिमीहरूसित भएका सबै थोकको वृद्धि हुँदा 14 तिमीहरूको ह्रदय घमण्डले फुली मिश्र देश अर्थात् दासत्वको देशबाट तिमीहरूलाई ल्याउनुहुने परमप्रभु तिमीहरूका परमेश्‍वरलाई तिमीहरूले नभुल्नलाई होसियार बस ।
  • Gen 3:7 : 7 तब तिनीहरू दुवैका आँखा खुले, र तिनीहरू नाङ्‍गै रहेछन् भनेर थाहा पाए । तिनीहरूले अञ्‍जीरका पातहरू गाँसेर आफ्ना निम्ति वस्‍त्र बनाए ।
  • Gen 3:10-11 : 10 मानिसले भन्यो, “मैले बगैँचामा तपाईंको आवाज सुनेँ, र म डराएँ किनकि म नाङ्‍गै थिएँ । यसैकारण म लुकेँ ।” 11 परमेश्‍वरले भन्‍नुभयो, “तँ नाङ्‍गै थिइस् भनेर तँलाई कसले भन्यो? के मैले तँलाई नखानू भनेर आज्ञा गरेको रुखको फल तैँले खाइस्?”
  • Prov 30:9 : 9 किनकि मसित धेरै भए भने मैले तपाईंलाई इन्कार गरेर भनूँला, “परमप्रभु को हो र?” वा गरिब भएँ भने, मैले चोरेर मेरा परमेश्‍वरको नाउँ अपवित्र तुल्याउँला ।
  • Isa 42:19 : 19 मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ?
  • Jer 2:31 : 31 हे यस पुस्ताका मानिस हो, मेरा वचन, परमप्रभुको वचनमा ध्यान देओ । के म इस्राएलको निम्ति उजाड-स्थान वा घोर अन्धकारको देश भएँ र? किन मेरो जातिले यसो भन्छ, 'हामी वरिपरि घुम्‍न दिनुहोस्, हामी फेरि तपाईंकहाँ आउनेछैनौं'?
  • Rev 16:15 : 15 “हेर, म एउटा चोरजस्तै गरेर आउनेछु; धन्य हो त्यो मानिस जो जागा रहन्छ, जसले आफ्ना वस्‍त्रहरू राख्तछ, ताकि ऊ नाङ्गै बाहिर जान नपरोस् र तिनीहरूले उसको लाजमर्दो अवस्था देख्‍न नपरोस् ।”
  • 1 Cor 4:8-9 : 8 तिमीहरूले चाहने कुराहरू तिमीहरूले अगाडि नै पाइसकेका छौ! तिमीहरू अगिबाटै धनी भएका छौ! तिमीहरूले हामीविना नै शासन गर्न सुरु गरेका छौ! वास्तवमा, तिमीहरूले शासन गर भन्‍ने म चाहन्छु ताकि हामी पनि तिमीहरूसँगै शासन गर्न सकौँ । 9 किनकि मलाई यस्तो लाग्छ कि परमेश्‍वरले हामी प्रेरितहरूलाई मृत्युदण्ड पाउन लागेका मानिसहरूलाई जस्तै मारिनेको भिडको पछिल्लो लहरमा प्रदर्शनमा राख्‍नुभएको छ । हामी संसार, स्वर्गदूतहरू र मानिसहरूका बिचमा तमाशा भएका छौँ । 10 हामी ख्रीष्‍टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्‍टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
  • 2 Pet 1:9 : 9 तर जोसँग यी कुराको घटी छ र नजिकको वस्तु मात्र देख्छ भने, ऊ अन्धो हो । उसले पुरानो पापबाट धोइएको कुरालाई बिर्सेको हुन्छ ।