Verse 19
मैले प्रेम गर्ने प्रत्येकलाई म तालिम दिन्छु, र तिनीहरू कसरी जिउनुपर्छ सो म तिनीहरूलाई सिकाउँछु । त्यसकारण, पश्चात्ताप गर र इमानदार होऊ ।
Referenced Verses
- Rev 2:5 : 5 यसकारण, तिमी कहाँबाट पतन भयौ सो सम्झ । तिमीले पहिले गरेका कामहरू गर र पश्चात्ताप गर । म तिमीकहाँ आउनेछु र तिमीले पश्चात्ताप नगरेसम्म म तिम्रो सामदानलाई त्यसको ठाउँबाट हटाइदिनेछु ।
- 1 Cor 11:32 : 32 तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
- Heb 12:5-9 : 5 अनि तिमीहरूलाई छोराहरूसरह उत्साह दिने अर्तीलाई तिमीहरूले भुलेका छौः “हे मेरो छोरा, परमेश्वरको अनुशासनलाई हलुका नसम्झ । जब उहाँद्वारा तिमी सुधारिन्छौ, तब हरेस नखाऊ । 6 किनकि परमप्रभुले जसलाई प्रेम गर्नुहुन्छ ती हरेकलाई अनुशासनमा राख्नुहुन्छ । अनि उहाँले ग्रहण गर्ने हरेक छोरालाई उहाँले दण्ड दिनुहुन्छ ।” 7 कष्टलाई अनुशासनझैँ सहो । परमेश्वरले तिमीहरूसित छोराहरूलाई जस्तै व्यवहार गर्नुहुन्छ । किनकि बाबुले अनुशासन नगरेको कुन छोरा हुन्छ र? 8 तर यदि तिमीहरू अनुशसानविनाका छौ भने तिमीहरू अवैध भयौ, उहाँका छोराहरू भएनौ । 9 यो भन्दा बढी, हामीलाई अनुशासन गर्ने हाम्रा संसारिक बुबाहरू अनुशासनकर्ताका रूपमा थिए, जसलाई हामीले आदर गर्यौँ । यसकारण, के हामीले हाम्रा आत्माका पिताको झन् बढी आज्ञा पालन गर्नुपर्दैन र? 10 किनकि एकातिर, हाम्रा बाबुहरूले केही दिनसम्म हामीलाई अनुशसानमा राखे जुन त्यसो गर्न तिनीहरूलाई उचित लाग्यो । तर अर्कोतिर, हामीले उहाँको पवित्रतालाई बाँड्न सकौँ भनेर परमेश्वरले हाम्रै भलाइका लागि त्यसो गर्नुहुन्छ । 11 यस समयमा कुनै पनि अनुशासन आनन्दको हुँदैन, तर दुःखदायी नै हुन्छ । तथापि जे भए तापनि यसद्वारा तालिम प्राप्त गरेकाहरूका निम्ति भने अन्त्यमा गएर यसले धार्मिकताको शान्तिपूर्ण फल फलाउँदछ ।
- Prov 3:11-12 : 11 हे मेरो छोरो, परमप्रभुको निर्देशनलाई तुच्छ नठान्, र उहाँको हप्कीलाई घृणा नगर् । 12 किनकि परमप्रभुले प्रेम गर्नुहुनेहरूलाई नै उहाँले अनुशासनमा राख्नुहुन्छ, जस्तो बुबालाई खुसी पार्ने छोरोलाई बुबाले व्यवहार गर्छ ।
- Jer 31:18 : 18 “निश्चय नै मैले एफ्राइमको शोक गरेको सुनेको छु, 'तपाईंले मलाई दण्ड दिनुभयो, र एउटा नदाएको बाछालाई झैं मलाई दण्ड दिइएको छ । मलाई फर्काएर ल्याउनुहोस्, र म फर्काइनेछु, किनकि तपाईं परमप्रभु मेरा परमेश्वर हुनुहुन्छ ।
- Job 5:17 : 17 हेर, त्यो मानिस धन्यको हो, जसलाई परमेश्वरले सुधार्नुहुन्छ । त्यसकारण सर्वशक्तिमान्को ताडनालाई इन्कार नगर ।
- Rev 2:21-22 : 21 मैले त्यसलाई पश्चात्ताप गर्ने समय दिएँ, तर त्यसले आफ्नो अनैतिक पापको पश्चात्ताप गर्ने इच्छा गरिन । 22 हेर! म त्यसलाई रोगी-ओछ्यानमा फालिदिनेछु, र त्यससँग व्यभिचार गर्नेहरूलाई त्यसले गरेको कामको निम्ति पश्चात्ताप नगरेसम्म ठुलो कष्टमा पार्नेछु ।
- Jas 1:12 : 12 त्यो मानिस धन्यको हो जो परीक्षामा स्थिर रहन्छ । किनभने परीक्षामा सफलता प्राप्त गरिसकेपछि उसले जीवनको मुकुट पाउनेछ, जुन परमेश्वरलाई प्रेम गर्नेहरूका निम्ति प्रतिज्ञा गरिएको छ ।
- Num 25:11-13 : 11 “पुजारी हारूनका नाति एलाजारका छोरा पीनहासले इस्राएलका मानिसहरूबाट मेरो क्रोधलाई टारेको छ, किनभने तिनी तिनीहरू माझ मेरो जोसले जोसिला भएका थिए । त्यसैले मैले इस्राएलका मानिसहरूलाई मेरो क्रोधमा विनाश गरिनँ । 12 यसकारण परमप्रभु भन्नुहुन्छ, “म मेरो शान्तिको करार पीनहासलाई दिँदै छु । 13 त्यो र त्यसपछिका त्यसका सन्तानहरूका निम्ति पुजारीको पद अनन्तको करार हुने छ, किनभने त्यो मेरो अर्थात् त्यसको परमेश्वरको निम्ति जोसिलो भयो । मिद्यानी महिलासँगै मारिएको
- Deut 8:5 : 5 बुबाले आफ्नो छोरोलाई अनुशासनमा राखेझैँ परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई अनुशासनमा राख्नुहुन्छ भनी तिमीहरूले आफ्नो ह्रदयमा ख्याल राख्नू ।
- 2 Sam 7:14 : 14 म त्यको बुबा हुने छु र त्यो मेरो छोरा हुने छ । जब त्यसले पाप गर्छ, तब म त्यसलाई मानिसका लोरोले र मानिसका छोराहरूका कोर्राहरूले अनुशासित गर्ने छु ।
- 2 Cor 6:9 : 9 हामी नचिनिएका व्यक्तिहरूले झैँ गर्छौं तापनि हामी चिनिएका छौँ । हामी मरे जस्तो काम गर्छौं, तर हामी अझै जीवितै छौँ । हामीहरू हाम्रा कार्यहरूको निम्ति दण्डित भए जस्तै गरी काम गर्छौं, तर मृत्युदण्ड पाए जस्तै गरी होइन ।
- 2 Cor 7:11 : 11 हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
- Gal 4:18 : 18 म तिमीहरूको उपस्थितिमा रहँदा मात्र नभएर सधैँ नै असल अभिप्रायको निम्ति उत्कट इच्छा राख्नु असल हुन्छ ।
- Titus 2:14 : 14 येशूले हामीलाई अधार्मिकताबाट स्वतन्त्र पार्न, र आफ्नै निम्ति जे असल छ त्यही गर्न इच्छुक मूल्यवान मानिसहरू अर्थात् शुद्ध बनाउन आफैँलाई हाम्रो निम्ति दिनुभयो ।
- Ps 6:1 : 1 ¶ हे परमप्रभु, तपाईंको रिसमा मलाई नहप्काउनुहोस् वा तपाईंको क्रोधमा मलाई ताडना नदिनुहोस् ।
- Ps 39:11 : 11 जब तपाईंले मानिसहरूलाई पापको निम्ति अनुशासन गर्नुहुन्छ, तब तिनीहरूले इच्छा गर्ने कुरालाई तपाईंले कीराले झैं नष्ट पार्नुहुन्छ । निश्चय नै सबै मानिसहरू बाफबाहेक केही पनि होइन । सेला
- Ps 69:9 : 9 किनको तपाईंको मन्दिरको जोशले मलाई खाएको छ र तपाईंलाई हप्काउनेहरूका हप्कीहरू ममाथि परेको छ ।
- Ps 94:10 : 10 उहाँ जसले जातिहरूलाई अनुशासित गर्नुहुन्छ, के उहाँले सच्याउनुहुन्न र? मानिसलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ ।
- Zeph 3:2 : 2 त्यसले परमेश्वरको आवाज सुनेको छैन, न त त्यसले परमप्रभुबाटको सुधारलाई ग्रहण गर्यो । त्यसले परमप्रभुमा विश्वास गर्दैन र त्यो आफ्नो परमेश्वरको समिप जाँदैन ।
- John 2:17 : 17 उहाँका चेलाहरूले यस्तो लेखिएको कुरा सम्झे, “तपाईंको घरको जोसले मलाई जलाउँछ ।”
- Rom 12:11 : 11 लगनशीलताको सम्बन्धमा नहिच्किचाओ । आत्माको सन्बन्धमा उत्सुक होओ । प्रभुको सम्बन्धमा उहाँको सेवा गर ।
- Prov 15:10 : 10 कठोर अनुशासनले आफ्नो बाटो त्याग्नेको प्रतीक्षा गर्छ, र सुधारलाई घृणा गर्नेचाहिँ मर्ने छ ।
- Prov 15:32 : 32 अनुशासनलाई इन्कार गर्नेले आफैलाई तुच्छ ठान्छ, तर सुधारलाई ध्यान दिनेले समझशक्ति पाउँछ ।
- Prov 22:15 : 15 बच्चाको हृदयमा मूर्खता जेलिएको हुन्छ, तर अनुशासनको लट्ठीले त्यसलाई टाढा भगाउँछ ।
- Isa 26:16 : 16 हे परमप्रभु, कष्टमा तिनीहरूले तपाईंलाई हेरेका छन् । तिनीहरूमाथि तपाईंको अनुशासन पर्दा तिनीहरूले प्रार्थना गुनगुनाएका छन् ।
- Jer 2:30 : 30 मैले तेरो जातिलाई व्यर्थैमा दण्ड दिएको छु । तिनीहरूले अनुशासनलाई स्वीकार गर्दैनन् । तिमीहरूको तरवारले तिमीहरूका अगमवक्ताहरूलाई विनाश गर्ने सिंहले झैं निलेको छ ।
- Jer 7:28 : 28 तिनीहरूलाई यसो भन्, “यो परमप्रभु आफ्ना परमेश्वरको आवाज नसुन्ने र अनुशासन पालन नगर्ने जाति हो । सत्यता नष्ट गरिएको छ, र तिनीहरूका मुखबाट बहिष्कृत गरिएको छ ।
- Jer 10:24 : 24 हे परमप्रभु, मलाई न्यायले अनुशासित गर्नुहोस्, तपाईंको रिसमा होइन, नत्रता तपाईंले मलाई नष्ट गर्नुहुनेछ ।
- Jer 30:11 : 11 किनकि तँलाई बचाउन म तँसितै छु, यो परमप्रभुको घोषणा हो । तब मैले तँलाई तितर-बितर पारेको सबै जतिका, सबैलाई म बिलकुलै खतम पार्नेछु । तर म निश्चय नै तँलाई खतम पार्ने छैनँ, यद्यपि म तँलाई न्यायपूर्वक अनुशासन गर्छु, र तँलाई दण्ड नदिई छोड्नेछैनँ ।'