१ इतिहास 13:11

अनलक शाब्दिक बाइबल

परमप्रभुले उज्‍जाहलाई गर्नु भएको प्रहारको कारणले दाऊद रिसाए । त्यस ठाउँलाई आजको दिनसम्म फारेस-उज्‍जाह भनिन्छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 32:32 : 32 यसैकारण आजको दिनसम्म इस्राएलका मानिसहरूले कम्मरको नसा खाँदैनन् किनकि ती मानिसले याकूबको कम्मरको गेडी फुस्काउँदा ती नसाहरूमा चोट पुर्‍याएका थिए ।
  • व्यव 34:6 : 6 परमप्रभुले तिनलाई बेथ-पोरको सामुन्‍ने मोआब देशको उपत्यकाको बेँसीमा गाड्नुभयो, तर तिनको चिहान कहाँ छ भनी आजको दिनसम्म कसैलाई थाहा छैन ।
  • यहो 4:9 : 9 यहोशूले करारको सन्दुक बोक्‍ने पुजारीहरूको खुट्टाले टेकेका ठाउँ अर्थात् यर्दनको बिचबाट ल्याएका बाह्रवटा ढुङ्गा खडा गरे । त्यो स्मारक आज पनि त्यहीँ छ ।
  • २ शमू 6:7 : 7 त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।
  • २ शमू 6:9 : 9 दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”
  • योना 4:4 : 4 परमप्रभुले भन्‍नुभयो, “के तँ यति धेरै रिसाउनु ठिक हुन्‍छ र?”
  • योना 4:9 : 9 तब परमप्रभुले योनालाई भन्‍नुभयो, “के तँ यो बिरुवाको निम्ति धेरै रिसाउनु ठिक हुन्‍छ र?” तब योनाले भने, “म मरुन्जेलसम्म पनि रिसाउन ठिक हुन्‍छ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ शमू 6:6-10
    5 पदहरू
    96%

    6जब तिनीहरू नाकोनको खलामा आइपुगे, तब गोरुहरूले ठेस खाए, र उज्‍जाहले परमेश्‍वरको सन्दुक समात्‍नलाई आफ्‍नो हात पसारे र तिनले त्‍यो समाते ।

    7त्यसपछि परमप्रभुको रिस उज्‍जाहको विरुद्ध दन्कियो । तिनको पापको कारणले परमेश्‍वरले तिनलाई त्यहाँ आक्रमण गर्नुभयो । उज्‍जाह त्यहाँ नै परमेश्‍वरको सन्दुकनेर मरे ।

    8दाऊद रिसाए, किनभने परमप्रभुले उज्‍जाहलाई आक्रमण गर्नुभएको थियो र तिनले त्यस ठाउँलाई फारेस-उज्‍जाह भने । त्यस ठाउँलाई आज पनि फारेस-उज्‍जाह नै भनिन्छ ।

    9दाऊद त्यस दिन परमप्रभुसँग डराएका थिए । तिनले भने, “परमप्रभुको सन्दुक मकहाँ कसरी आउन सक्छ?”

    10त्यसैले दाऊदले परमप्रभुको सन्दुकलाई दाऊदको सहरमा लान तत्पर भएनन् । बरु, तिनले यसलाई गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • १ इति 13:9-10
    2 पदहरू
    86%

    9जब तिनीहरू कीदोनको खलामा पुगे, तब उज्‍जाहले सन्‍दूक समात्‍नलाई आफ्‍नो हात बढाए, किनभने गोरुहरूलाई ठेस लाग्‍यो ।

    10तब परमप्रभुको क्रोध उज्‍जाहको विरुद्ध दन्कियो, र परमेश्‍वरले तिनलाई मार्नुभयो, किनकि उज्‍जाहले आफ्‍नो हात बढाएर सन्‍दूक छोएका थिए । तिनी परमेश्‍वरको सामु त्‍यहीं मरे ।

  • १ इति 13:12-13
    2 पदहरू
    80%

    12त्‍यो दिन दाऊद परमेश्‍वरसँग डराए । तिनले भने, “परमेश्‍वरको सन्‍दूकलाई कसरी मकहाँ घरमा ल्‍याउन म सक्‍छु?”

    13यसैले दाऊदले उक्‍त सन्‍दूकलाई दाऊदको सहरमा सारेनन्, तर एकातिर लागेर गित्ती ओबेद-एदोमको घरमा राखे ।

  • १ इति 13:6-7
    2 पदहरू
    74%

    6तब करूबहरूका बीचमा विराजमान हुनुहुने परमप्रभुको आफ्‍नै नाउँले परमप्रभु भनर पुकारा गरिएको परमेश्‍वरको सन्‍दूक ल्‍याउनलाई दाऊद र सारा इस्राएल यहूदामा पर्ने बाला, अर्थात्‌ किर्यत-यारीममा उक्‍लेर गए ।

    7त्यसैले तिनीहरूले परमेश्‍वरको सन्‍दूकलाई एउटा नयाँ गाडामा राखे । अबीनादाबको घरबाट तिनीहरूले त्यो लिएर आए । उज्‍जाह र अहियोले उक्‍त गाडा धकेल्‍दै थिए ।

  • 20त्यसैले दाऊदले बाल‍-पराजीमा आक्रमण गरे र त्‍यहाँ तिनले तिनीहरूलाई पराजित गरे । तिनले भने, “परमप्रभु विष्फोट हुने पानीको बाढीझैं मेरो सामु मेरा शत्रुहरूका विरुद्ध विष्फोट हुनुभएको छ ।” त्यसैले त्यस ठाउँको नाउँ बाल-पराजीम भयो ।

  • 7यो कामबाट परमेश्‍वर अप्रसन्‍न हुनुभयो, अनि उहाँले इस्राएललाई आक्रमण गर्नुभयो ।

  • 11यसैले तिनीहरू बाल-पराजीमसम्‍म आए, र त्यहाँ तिनले उनीहरूलाई पराजित गरे । तिनले भने, “वेगले बग्‍ने बाढीले किनार भत्काएझैं परमेश्‍वरले मेरा शत्रुहरूलाई मद्वारा भत्‍काउनुभयो ।” यसैले त्‍यस ठाउँको नाउँ बाल-पराजीम रह्‍यो ।

  • 7जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”

  • २ शमू 6:2-3
    2 पदहरू
    70%

    2दाऊद उठे र यहूदाको बालाबाट पमरप्रभुको सन्दुक ल्याउनलाई आफूसँग भएका सबै मानिसलाई साथमा लिएर गए, जसलाई सर्वशकक्‍तिमान् परमप्रभुको नाउँद्वारा पुकारा गरिन्‍छ जो करूबहरूमाथि विराजमान हुनुहुन्छ ।

    3तिनीहरूले परमप्रभुको सन्दुकलाई एउटा नयाँ गाडामा राखे । तिनीहरूले यसलाई अबीनादाबको घरबाट बाहिर ल्याए, जुन डाँडामाथि थियो । तिनका छोराहरू उज्‍जाह र अहियोले त्‍यो नयाँ गाडालाई ठेल्‍दै थिए ।

  • २ इति 26:18-19
    2 पदहरू
    69%

    18तिनीहरूले उज्‍जियाहको विरोध गरे र तिनलाई भने, “ए उज्‍जियाह, परमप्रभुको निम्‍ति धूप बाल्‍ने काम तपाईंको होइन, तर हारूनको वंशका पुजारीहरूको हो, जसलाई धूप बाल्‍नलाई अभिषेक गरिएको छ । पवित्रस्‍थानबाट बाहिर जानुहोस्, किनकि तपाईंले विश्‍वासघात गर्नुभएको छ र परमप्रभु परमेश्‍वरबाट तपाईंले केही कदर पाउनुहुनेछैन ।”

    19तब उज्‍जियाह रिसाए । तिनले धूप बाल्‍नलाई हातमा धुपौरो समातेका थिए । तिनी पुजारीहरूसँग रिसाएको बेलामा, ती पुजारीहरूकै सामुन्‍ने परमप्रभुको मन्‍दिरभित्र धूप-वेदीको छेउमा तिनको निधारमा कुष्‍ठरोग निस्‍क्‍यो ।

  • १ इति 15:1-3
    3 पदहरू
    69%

    1¶ दाऊदले आफ्‍नो निम्‍ति दाऊदको सहरमा भवनहरू बनाए । तिनले परमेश्‍वरका सन्‍दूकको निम्‍ति एउटा ठाउँ तयार गरे र त्‍यसको लागि एउटा पाल टाँगे ।

    2तब दाऊदले भने, “परमेश्‍वरको सन्दूक लेवीहरूले मात्र बोकून, किनकि परमप्रभुको सन्‍दूक बोक्‍न र सदासर्वदा उहाँको सेवा गर्न परमप्रभुले तिनीहरूलाई नै चुन्‍नुभएको थियो ।”

    3त्यसपछि परमप्रभुको सन्‍दूकलाई त्‍यसको निम्‍ति तयार गरिएको ठाउँमा ल्‍याउनलाई दाऊदले सारा इस्राएललाई यरूशलेममा भेला गराए ।

  • १ इति 15:12-13
    2 पदहरू
    69%

    12तिनले उनीहरूलाई भने, “तिमीहरू लेवीहरूका परिवारका मुखियाहरू हौ । तिमीहरू र तिमीहरूका दाजुभाइले आफूलाई पवित्र गर, ताकि परमप्रभु इस्राएलका परमेश्‍वरको सन्‍दूक राख्‍न मैले तयार पारेको ठाउँमा तिमीहरूले त्‍यसलाई ल्याउन सक्‍छौ ।

    13तिमीहरूले यसलाई पहिलो पल्‍ट बोकेनौ । यसैले परमप्रभु हाम्रा परमेश्‍वर हामीमाथि क्रोधित हुनुभयो, किनकि हामीले उहाँको खोजी गरेनौं वा उहाँको आज्ञा पालन गरेनौं ।”

  • २ शमू 24:16-18
    3 पदहरू
    69%

    16जब स्वर्गदूतले यरूशलेमलाई नाश गर्न आफ्‍नो हात त्‍यता पसारे, तब त्‍यसले ल्याउने हानिको कारणले परमप्रभुले आफ्‍नो मन बदल्नुभयो र उहाँले मानिसहरूलाई नाश पारिरहेका स्वर्गदूतलाई भन्‍नुभयो, “पुग्यो! अब तिम्रो हात थाम ।” त्यस बेला स्वर्गदूत यबूसी अरौनाको खलामा खडा भएका थिए ।

    17अनि जब दाऊदले मानिसहरूलाई आक्रमण गर्ने स्वर्गदूत देखे तब तिनले भने, “मैले पाप गरेको छु, र मैले भ्रष्‍ट किसिमले काम गरेको छु । तर यी भेडाहरू, तिनीहरूले के गरेका छन् र? कृपया, तपाईंको हातले मलाई र मेरो बुबाको परिवारलाई दण्ड दिनुहोस् ।”

    18अनि त्यस दिन गाद दाऊदकहाँ आए र तिनलाई भने, “माथि जानुहोस् र यबूसी अरौनाको खलामा परमप्रभुको निम्‍ति एउटा वेदी बनाउनुहोस् ।”

  • 29तर त्यसपछि त्यसले आफ्नो हात भित्र लग्यो, र त्यसको भाइ पहिला बाहिर निस्कियो । सुँडेनीले अचम्म मानेर भनी, “यो कसरी पहिला बाहिर आयो!” यसैकारण त्यसको नाउँ फारेस राखियो ।

  • 4तर दाऊदले परमेश्‍वरको सन्‍दूक किर्यत-यारीमबाट आफूले तयार गरेको ठाउँमा माथि ल्‍याएका थिए,किनकि त्‍यसको निम्‍ति तिनले यरूशलेममा पाल टाँगेका थिए ।

  • 27जब उनको विलाप पुरा भयो, दाऊदले उनलाई आफ्नो दरबारमा ल्याउन लिन पठाए र उनी तिनको पत्‍नी भइन् र तिनको निति एउटा छोरा जन्माइन् । तर दाऊदले गरेको कुराले परमप्रभुलाई दुःखी तुल्यायो ।

  • २ शमू 12:14-15
    2 पदहरू
    68%

    14तापनि, यो कामद्वारा तपाईंले परमप्रभुलाई तुच्‍छ तुल्‍याउनुभएको हुनाले, तपाईंबाट जन्म‍ने बालकचाहिं निश्‍चय नै मार्ने छ ।”

    15त्यसपछि नातान विदा भए र घर गए । उरियाहको पत्‍नीले दाऊदबाट जन्माएको बालकलाई परमप्रभुले प्रहार गर्नुभयो र त्यो गम्भीर बिरामी भयो ।

  • 12अब दाऊद राजालाई भनियो, “परमेश्‍वरको सन्दुकको कारणले परमप्रभुले एदोमको घर र तिनीसँग भएका हरेक कुरामा आशिष् दिनुभएको छ ।” त्यसैले दाऊद गए र तिनले परमेश्‍वरको सन्दुकलाई एदोमको घरबाट दाऊदको सहरमा आनन्द साथ ल्याए ।

  • 21तब अरौनाले भने, “मेरो मालिक महाराजा आफ्नो सेवककहाँ किन आउनुभएको छ?” दाऊदले जवाफ दिए, “तिम्रो खला किन्‍नलाई ताकि म परमप्रभुको निम्ति एउटा वेदी बनाउन सकौं, जसले गर्दा मानिसहरूबाट रुढी हटाइयोस् ।”

  • 30तापनि परमप्रभुको अगुवाइ माग्‍न दाऊद त्‍यहाँ जान सकेनन्, किनकि ती स्‍वर्गदूतको तरवारसँग तिनी साह्रै डराएका थिए ।

  • १ इति 21:17-18
    2 पदहरू
    67%

    17दाऊदले परमेश्‍वरलाई भने, “सेनाको गन्‍ती गर् भनेर हुकुम दिने म होइनँ र? मैले यो दुष्‍ट काम गरें । तर बिचरा यी भेडाहरूले के नै पो गरेका छन् र? हे परमप्रभु मेरा परमेश्‍वर!, तपाईंको हातले म र मेरो घरानालाई प्रहार गरोस्, तर तर यो विपत्ति तपाईंका मानिसहरूमाथि नरहोस् ।”

    18यसैले दाऊदलाई यबूसी अरौनाको खलामा गएर परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन भन् भनी परमप्रभुका स्वर्गदूतले गादलाई भने ।

  • 11त्यसैले तिनीहरूले पलिश्तीहरूका सबै शासकहरूलाई बोलाए र भेला गरे । तिनीहरूले उनीहरूलाई भने, “इस्राएलका परमेश्‍वरको सन्दुकलाई पठाइदिनुहोस्, र यो आफ्नै ठाउँतिर फर्कोस्, ताकि त्‍यसले हामी र हाम्रा मानिसहरूलाई नमारोस् ।” किनकि सहरभरि भयङ्कर मृत्‍युको त्रास फैलिएको थियो । त्यहाँ परमेश्‍वरको हात धेरै भारी पर्‍यो ।

  • 14दाऊदले तिनलाई भने, “पमरप्रभुको अभिषिक्‍त राजालाई तेरो आफ्‍नै हातले मार्न तँलाई किन डर लागेन?”

  • 17तिनीहरू परमप्रभुको सन्दुक ल्याए र त्‍यसको निम्‍ति दाऊदले तयार पारेका बिचको पालमा त्‍यसको आफ्नै ठाउँमा त्‍यो राखे । तब दाऊदले परमप्रभुको सामु होमबलि र मेलबलिहरू चढाए ।

  • 9त्यसपछि हेर्नुहोस्, त्‍यो बेथ-शेमेशतिर आफ्नै देशको बाटो जान्छ भने, यत्रो ठुलो विपत्ति परमप्रभुले नै ल्याउनुभएको रहेछ । तर होइन भने, हामीले जान्‍नेछौं कि हामीलाई प्रहार गर्ने उहाँको हात होइन । बरु, संयोगले त्‍यसो भएको रहेछ भनी हामी जान्‍नेछौं ।

  • 7तब दाऊद त्यही किल्‍लामा बसोबास गर्न थाले । यसैले तिनीहरूले त्‍यसलाई दाऊदको सहर नामाकरण गरे ।

  • 24सरूयाहका छोरा योआबले जनसंख्‍या लिन सुरु गरे, तर तिनले त्‍यो काम सिद्ध्याएनन्‌ । यसले गर्दा इस्राएलमाथि क्रोध आइपर्‍यो । यो जनसंख्‍या दाऊद राजाको इतिहासमा लेखिएन ।

  • 22तब दाऊदले अरौनालाई भने, “मलाई यो खला बेच ताकि यहाँ म परमप्रभुको निम्‍ति एउटा वेदी बनाउन सकूँ । म पुरै दाम तिर्नेछु, ताकि मानिसहरूबाट यो विपत्ति हटिजाओस् ।”

  • 3हाम्रा परमेश्‍वरको सन्‍दूकलाई हामी आफूकहाँ फर्काएर ल्‍याऔं, किनकि शाऊलको राज्‍यकालका समयमा हामीले उहाँको इच्छा खोजेनौं ।”

  • 2“परमप्रभु तिमीहरूका पिता-पुर्खाहरूसँग अत्यन्तै रिसाउनुभएको थियो!

  • 25यसैले दाऊद र इस्राएलका धर्म-गुरुहरू र हजार-हजारका फौजका कमाण्‍डरहरू ओबेद-एदोमको घरबाट परमप्रभुका करारको सन्‍दूक ल्‍याउनलाई रमाउँदै गए ।

  • 15परमेश्‍वरले यरूशलेम विनाश गर्न एउटा स्‍वर्गदूत पठाउनुभयो । तिनले त्‍यो नाश गर्न लाग्‍दा परमप्रभुले त्‍यो देखेर त्‍यस सर्वनाशदेखि मन बदल्‍नुभयो । ती नाश गर्ने स्‍वर्गदूतलाई उहाँले भन्‍नुभयो, “अब भयो! तिम्रो हात थाम ।” त्‍यस बेला ती स्‍वर्गदूत यबूसी अरौनाका खलाको छेउमा उभिरहेका थिए ।

  • 28जब दाऊदले यबूसी अरौनाको खलामा परमप्रभुले जवाफ दिनुभएको देखे, तब तिनले त्यही बेला बलिदानहरू चढाए ।

  • 19परमप्रभुले बेथ-शेमेशका केही मानिसहरूलाई आक्रमण गर्नुभयो किनभने तिनीहरूले परमप्रभुको सन्दुकभित्र हेरेका थिए । उहाँले पचास हजार सत्तरी मानिसहरू मार्नुभयो । मानिसहरूले विलाप गरे, किनभने परमप्रभुले मानिसहरूलाई ठुलो आघात पुर्‍याउनुभएको थियो ।