१ कोरिन्थीहरू 10:22
अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19त्यसो भए, म के भन्दै छु? के त्यो मूर्ति कुनै कुरा हो? अथवा मूर्तिमा चढाइएको बलिदान केही कुरा हो?
20तर म अन्यजाति मूर्तिपूजकहरूको बलिदानको बारेमा भन्दछु, कि तिनीहरूले यी कुराहरू भूतहरूलाई चढाउँछन्, परमेश्वरलाई होइन! तिमीहरू भूतहरूसँग सहभागी होओ भन्ने म चाहन्नँ ।
21तिमीहरूले प्रभुको कचौरा र भूतहरूको कचौरा दुवैबाट पिउन सक्दैनौ । तिमीहरूले प्रभुको टेबुलमा र भूतहरूको टेबुल दुवैमा सङ्गति गर्न सक्दैनौ ।
26हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।
23“हरेक कुरा न्यायसङ्गत छ”, तर सबै कुरा फाइदाजनक छैनन् । “सबै कुरा न्यायसङ्गत छन्”, तर सबै कुराले मानिसको निर्माण गर्दैनन् ।
12हामी आफ्नो प्रशंसा आफैँ गर्ने मानिसहरूको समूहमा रहन वा तिनीहरूसँग आफैँलाई तुलना गर्ने हदसम्म हामी जाँदैनौँ । तर जब तिनीहरूले आफैँलाई एक अर्कासँग नापेर हेर्छन्, र एक अर्कासँग तुलना गर्दछन्, तिनीहरूसँग अन्तर्दृष्टि हुँदैन ।
13तर हामी सीमाभन्दा बाहिर गएर घमण्ड गर्नेछैनौँ । बरु, परमेश्वरले नियुक्त गरिदिनुभएका सीमाहरूभित्र मात्र हामी त्यसो गर्दछौँ, जुन सीमा तिमीहरूसम्म पुग्दछ ।
9हामीले ख्रीष्टको परीक्षा गर्नुहुँदैन जसरी तिनीहरूले गरे र सर्पहरूद्वारा नष्ट भए ।
11यदि हामीले तिमीहरूका बीचमा आत्मिक कुराहरू छर्यौँ भने तिमीहरूबाट भौतिक कुराहरूको कटनी गर्ने काम अति भयो र?
12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्यौँ ।
10हामी ख्रीष्टको निम्ति मूर्ख छौँ, तर तिमीहरू ख्रीष्टमा बुद्धिमानी छौ । हामी दुर्बल छौँ, तर तिमीहरू बलिया छौ । तिमीहरूले आदर पाएका छौ, तर हामीले अनादर पाएका छौँ ।
7जे कुरा तिमीहरूको अगाडि स्पष्ट छ, त्यसलाई हेर । यदि कसैले ऊ ख्रीष्टको हो भन्ने कुरामा विश्वस्त छ भने, ऊ ख्रीष्टको भए जस्तैहामी पनि ख्रीष्टका हौँ भन्ने कुरा आफैँलाई याद दिलाओस् ।
8किनकि जसले तिमीहरूलाई नाश गर्न नभई तिमीहरूलाई निर्माण गर्न हामीलाई प्रभुले दिनुभएको हाम्रो अधिकारको बारेमा मैले केही ज्यादा नै घमण्ड गरेँ भने पनि म लज्जित हुनेछैन ।
5वा धर्मशास्त्रले, “उहाँले हामीमा बास गर्न लगाउनुभएका आत्मा अत्यन्तै डाही हुनुभएको छ” भनेर व्यर्थमा भन्दछ भनी के तिमीहरू ठान्दछौ?
19यसको अतिरिक्त, म भन्छु, “के इस्राएलले जानेन?” पहिले मोशा भन्छन्, “म तिमीहरूलाई एउटा जाति नै नभएको समूहद्वारा डाही तुल्याउँछु । समझविनाको जातिद्वारा म तिमीहरूलाई क्रोधित तुल्याउनेछु ।”
10अब यसकारण हाम्रा पिताहरूले र हामीहरूले बोक्न नसकेको जुवा चेलाहरूको घाँटीमा राख्नैपर्छ भनी तपाईंहरू किन परमेश्वरको परीक्षा गर्नुहुन्छ?
1¶ मेरा केही मूर्खताहरू तिमीहरूले सहिदिए हुन्थ्यो भन्ने मेरो इच्छा छ । तर वास्तवमा तिमीहरूले सहिरहेका पनि छौ!
2किनकि म तिमीहरूप्रति डाही भएको छु । तिमीहरूलाई एउटै पतिसँग विवाह गरिदिने प्रतिज्ञा गरिदिएपछि म ईश्वरीय डाहले डाही भएको छु । मैले तिमीहरूलाई एक शुद्ध कन्याको रूपमा ख्रीष्टमा प्रस्तुत गर्ने प्रतिज्ञा गरेँ ।
14त्यसकारण, मेरा प्रियहरू हो, मूर्तिपूजाबाट अलग बस ।
15म समझदार मानिसहरूसित बोलेजस्तै तिमीहरूसित बोल्दछु, ताकि तिमीहरूले मैले भनेको कुरा जाँच गर्न सक ।
16हामीले आशिष् दिने आशिष्को कचौरा ख्रीष्टको रगतमा भएको सहभागिता होइन र? हामीले भाँच्ने रोटी ख्रीष्टको शरीरमा भएको सहभागिता होइन र?
16तिनीहरूले आफ्ना अनौठा देवताहरूद्वारा परमप्रभुलाई डाही तुल्याए ।
29को कमजोर छ, र म कमजोर छैनँ? कसले ठक्कर खाएको छ र मचाहिँ थकित हुन्नँ?
8तर खानेकुराले हामीलाई परमेश्वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।
31त्यसकारण, तिमीहरूले जे खान्छौ वा पिउँछौ, वा तिमीहरू जे गर्छौ, सबै परमेश्वरको महिमाको निम्ति गर ।
32तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्वरको मण्डलीको अपमान नगर ।
19के यतिञ्जेल हामी तिमीहरूका सामु हामी आफ्नो सफाइ दिइरहेका थियौँ भन्ने तिमीहरू सोच्छौ? परमेश्वरको दृष्टिमा हामी तिमीहरूलाई बलियो बनाउनको निम्ति सबै कुरा ख्रीष्टमा बोलिरहेका छौँ ।
4के हामीलाई खाने र पिउने अधिकार छैन?
22तबेरा, मस्साह र किब्रोथ-हत्तावामा तिमीहरूले परमप्रभुलाई क्रोधित तुल्यायौ ।
6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्लोसले यी सिद्धान्तहरू प्रयोग गर्यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।
21जे ईश्वर होइन, त्यसको कारण तिनीहरूले मलाई डाही तुल्याएका छन्, र तिनीहरूका बेकम्मा कामहरूद्वारा मलाई रिस उठाएका छन् । जो जाति नै होइनन्, तिनीहरूद्वारा म तिनीहरूलाई डाही तुल्याउने छु । एउटा मूर्ख जातिद्वारा म तिनीहरूलाई क्रोधित तुल्याउने छु ।
6तिनीहरूले जस्तै हामीले दुष्ट कुराहरूको इच्छा नगरौँ भनेर यी कुराहरू हाम्रा लागि उदाहरणहरू थिए ।
7तिनीहरूमध्ये धेरै झैँ तिमीहरू मूर्तिपूजक नहोओ । यस्तो लेखिएको छ, “मानिसहरू खान र पिउन बसे अनि खेल्नलाई उठे ।”
19के तिनीहरूले साँच्चै मलाई चिढ्याउँदै छन् त? यो परमप्रभुको घोषणा हो, के लाज तिनीहरूमाथि नै आइपरोस् भनेर तिनीहरूले आफैलाई चिढ्याइरहेका होइनन् र?
10हामीसँग एउटा वेदी छ, जसबाट पवित्रस्थानमा सेवा गर्नेहरूलाई खाने अधिकार छैन ।
24हामीले एक अर्कालाई प्रेम र असल कामहरूले कसरी उत्साह दिने भन्ने कुरालाई विचार गरौँ ।
9यसको अर्थ हामीसँग अधिकार छैन भनेको होइन, तर हामी तिमीहरूको निम्ति उदाहरण भयौँ ताकि तिमीले हाम्रो अनुकरण गर्न सक ।
21म हाम्रै शर्ममा यो भन्दछु, कि हामीहरू ती सब गर्न नसक्ने गरी दुर्बल थियौ । तर यदि कसैले घमण्ड गर्छ भने, म एक मूर्खजस्तो बोल्दै छु, म पनि घमण्ड गर्नेछु ।
22के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।
12हामीलाई तिमीहरूले इमानदार ठान भनेर हामीले तिमीहरूलाई मनाउन खोजिरहेका छैनौँ । बरु, हामी तिमीहरूलाई हामीमाथि गर्व गर्ने कारण दिँदै छौँ ताकि हृदयका भन्दा बाहिरी रूपको धाक लगाउनेहरूलाई जवाफ दिन सक ।
13किनकि यदि हाम्रो मन ठिक छैन भने पनि त्यो परमेश्वरको लागि हो । तर यदि हाम्रो मन ठिक छ भने त्यो तिमीहरूको खातिर हो ।
1¶ अब हामी जो बलिया छौँ, हामीले दुर्बलहरूका कमजोरीलाई सहनुपर्छ, र आफैँलाई मात्र खुसी पार्नु हुँदैन ।
14किनकि तिमीहरूले म परमप्रभुबाहेक कुनै देवी-देवतालाई नपुज्नू । म डाह गर्ने परमेश्वर हुँ ।
9त्यसो भए के त? के हामी आफैँले आफ्नो सफाइ दिँदै छौँ? त्यसो नहोस्! किनकि यहूदीहरू र ग्रिकहरू सबै पापको अधीनमा थिए भनी हामीले पहिले नै दोष लगाइसकेका छौँ ।
32तर जब हामी परमेश्वरबाट जाँचिन्छौँ हामी अनुशासित हुनेछौँ, र संसारसँगै दोषी ठहरिनेछैनौँ ।
15किनकि तिमीहरूका बिचमा रहनुहुने परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुनुहुन्छ । तिमीहरूले त्यसो गर्यौ भने परमप्रभु तिमीहरूका परमेश्वरको क्रोध तिमीहरूका विरुद्धमा दन्कने छ र उहाँले तिमीहरूलाई पृथ्वीको धूलोबाट नष्ट पार्नुहुने छ ।
5किनकि म विचार गर्दछु, कि ती सर्वोच्च प्रेरितहरू भनाउदाहरूभन्दा म कुनै पनि हिसाबले कम छैनँ ।
6यो कुरामा कुनै मानिसले पाप नगरोस् र आफ्नो भाइलाई गलत नसम्झोस् किनकि यी सबै कुराको बदला प्रभुले लिनुहुन्छ जसरी हामीले तिमीहरूलाई अगाडि नै चेतावनी र साक्षी दिइसकेका छौँ ।
11हेर, यस ईश्वरीय शोकले तिमीहरूमा कति ठुलो सङ्कल्प उत्पन्न गरायो । आफूलाई निर्दोष प्रमाणित गर्न तिमीहरूमा कति ठुलो सङ्कल्प थियो । तिमीहरूका क्रोध, डर, तृष्णा, जोस र न्याय भएको हेर्ने तिमीहरूको इच्छा कति ठुलो! यी सबै कुरामा तिमीहरूले यो विषयमा आफैँलाई निर्दोष प्रमाणित गरेका छौ ।
30किनकि यसो भन्नुहुनेलाई हामी जान्दछौँ, “बदला लिने काम मेरो हो; म बदला लिनेछु ।” र फेरि, “परमप्रभुले उहाँका मानिसहरूको न्याय गर्नुहुनेछ ।”