१ कोरिन्थीहरू 11:16

अनलक शाब्दिक बाइबल

तर यदि कोही यस विषयमा बहस गर्न चाहन्छ भने हामीसँग अर्को कुनै प्रथा छैन, न परमेश्‍वरको मण्डलीसँग छ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ कोरि 7:17 : 17 प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।
  • प्रेरि 21:24 : 24 यी चार जना मानिसलाई लैजानुहोस्, र उनीहरूसँगै आफैँलाई शुद्धिकरण गर्नुहोस्, र उनीहरूको खर्च तिरिदिनुहोस् ताकि उनीहरूले आफ्नो कपाल खौरिऊन् । यसरी, उनीहरूलाई तपाईंको बारेमा भनिएका कुराहरू झुटा हुन् भनी सबैले जानून् । तपाईं व्यवस्था पालना गर्ने मनसायले नै जिउनुहुँदोरहेछ भनी तिनीहरूले जानून् ।
  • १ थेस 2:14 : 14 किनभने भाइहरू हो, तिमीहरू ख्रीष्‍ट येशूमा भएका यहूदियाका मण्डलीबिच तिमीहरू परमेश्‍वरको मण्डलीको नक्‍कल गर्नेहरू भएका छौ किनभने तिनीहरूले यहूदीहरूबाट सतावट पाएजस्तै तिमीहरू पनि आफ्नै मानिसहरूबाट सताइएका छौ ।
  • १ तिमो 6:3-4 : 3 मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् । 4 त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,
  • प्रेरि 21:21 : 21 तपाईंले अन्यजातिहरूका माझमा बस्‍ने सारा यहूदीहरूलाई मोशालाई त्याग्‍न भनी सिकाउनुहुन्छ, र आफ्ना बच्‍चाहरूको खतना नगर्नू र पुराना रीतिरिवाज नमान्‍नू भन्‍नुहुन्छ भनी तपाईंको बारेमा तिनीहरूलाई भनिएको छ ।
  • १ कोरि 14:33-34 : 33 किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै 34 स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।
  • १ कोरि 16:1 : 1 ¶ अब विश्‍वासीहरूका निम्ति भेटीको बारेमा गलातीका मण्डलीहरूलाई मैले निर्देशन दिएअनुसार तिमीहरूले गर्नू ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ कोरि 11:11-15
    5 पदहरू
    75%

    11तापनि प्रभुमा स्‍त्री पुरुषबाट स्वतन्‍त्र हुन्‍न न त स्‍त्रीबाट पुरुष नै ।

    12किनकि जसरी स्‍त्री पुरुषबाट आउँछे त्यसरी नै पुरुष पनि स्‍त्रीबाट आउँछ । र सबै कुरा परमेश्‍वरबाट आउँछन् ।

    13तिमीहरू आफैँ विचार गरः के स्‍त्रीले आफ्नो शिर नढाकी परमेश्‍वरसँग प्रार्थना गर्नु उपयुक्त हो?

    14कुनै पुरुषले लामो केश पाल्नु उसको निम्ति शर्मको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

    15कुनै स्‍त्रीको लामो केश हुनु, उसको निम्ति गौरवको कुरो हो भन्‍ने प्रकृतिले पनि तिमीहरूलाई सिकाउँदैन र?

  • १ कोरि 11:17-19
    3 पदहरू
    74%

    17यी निर्देशनहरू दिँदा म तिमीहरूको प्रशंसा गर्दिनँ । किनकि तिमीहरू असलको निम्ति होइन तर खराबको निम्ति भेला हुन्छौ ।

    18पहिलो कुरा त तिमीहरू मण्डलीमा भेला हुँदा, तिमीहरूमा फाटो हुन्छ भन्‍ने म सुन्छु र म केही हदसम्म विश्‍वास पनि गर्छु ।

    19तिमीहरूका माझमा स्वीकृत भएका व्यक्‍तिहरू चिनिनको लागि पनि तिमीहरूका माझमा गुटबन्दी हुनु आवश्यक छ ।

  • १ कोरि 11:3-8
    6 पदहरू
    71%

    3म तिमीहरूले यो बुझ भन्‍ने चाहन्छु कि येशू ख्रीष्‍ट प्रत्येक मानिसको शिर हुनुहुन्छ, मानिस स्‍त्रीको शिर हो, र परमेश्‍वरचाहिँ ख्रीष्‍टको शिर हुनुहुन्छ ।

    4कुनै पुरुषले आफ्नो शिर ढाकेर प्रर्थना गर्छ अथवा अगमवाणी बोल्छ भने उसले परमेश्‍वरको अपमान गर्छ ।

    5तर यदि कुनै स्‍त्रीले आफ्नो शिर नढाकी प्रार्थना गर्छे वा अगमवाणी बोल्छे भने उसले आफ्नो शिरको अपमान गर्छे । किनकि यसो गर्नु भनेको उसले आफ्नो केश खौरेको जस्तै हो ।

    6यदि कुनै स्‍त्रीले आफ्नो शिर ढाक्दिन भने, उसले आफ्नो केश छोटो गरी काटोस् । यदि कपाल काट्नु उसको लागि शर्मको कुरा हो भने उसले आफ्नो शिर ढाकोस् ।

    7पुरुषले आफ्नो शिर नढाकोस् किनकि ऊ परमेश्‍वरको प्रतिरूप र गौरव हो । तर स्‍त्रीचाहिँ पुरुषको गौरव हो ।

    8किनकी पुरुष स्‍त्रीबाट बनिएको होइन, तर स्‍त्री पुरुषबाट बनिएकी हो ।

  • १ कोरि 14:33-36
    4 पदहरू
    69%

    33किनकि परमेश्‍वर अन्योलका होइन तर शान्तिका परमेश्‍वर हुनुहुन्छ । विश्‍वासीहरूका अन्य मण्डलीहरूमा भएजस्तै

    34स्‍त्रीहरू मण्डलीहरूमा चुपचाप रहून् । किनकि तिनीहरूलाई बोल्नका लागि अनुमति दिइएको छैन । बरु, तिनीहरू व्यवस्थाले भनेअनुसार समर्पित हुनुपर्छ ।

    35यदि तिनीहरूले केही सिक्‍ने चाहना गर्छन् भने तिनीहरूले आफ्ना घरमा तिनीहरूका पतिहरूलाई सोधून् । किनकि स्‍त्रीहरू मण्डलीमा बोल्नु शर्मको कुरो हो ।

    36के परमेश्‍वरको वचन तिमीहरूबाट आएको थियो? के यो तिमीहरूकहाँ मात्र आएको थियो?

  • १ कोरि 1:10-11
    2 पदहरू
    69%

    10अब भाइहरू हो, हाम्रा प्रभु येशू ख्रीष्‍टको नाउँद्वारा म तिमीहरूलाई आग्रह गर्छु, कि तिमीहरू सबै सहमत होओ र तिमीहरूका माझमा फाटो नहोस् । म आग्रह गर्छु कि तिमीहरू एकै मनको र एउटै उद्देश्यका साथ एकजुट होओ ।

    11किनकि तिमीहरूका माझमा गुटबन्दी छ भन्‍ने कुरा क्लोएका मानिसहरूले मलाई बताएका छन् ।

  • 32तिमीहरूले यहूदीहरू वा ग्रिकहरूको अथवा परमेश्‍वरको मण्डलीको अपमान नगर ।

  • 17प्रभुले खटाएबमोजिम र परमेश्‍वरले बोलाएबमोजिम हरेकले आफ्नो जीवन जिओस्, । सबै मण्डलीहरूका निम्ति मेरो नियम यही नै हो ।

  • 6न त हामीले मानिसहरूबाट महिमा खोज्यौँ, न त तिमीहरूबाट या अरूहरूबाट नै, जब कि हामीले ख्रीष्‍टको प्रेरितहरूको रूपमा विशेष सुविधाहरूको दाबी गर्न सक्थ्यौँ । s5

  • 6अब भाइहरू हो, तिमीहरूका खातिर मैले र अपोल्‍लोसले यी सिद्धान्तहरू प्रयोग गर्‍यौँ, ताकि तिमीहरूले “जे लेखिएको छ, त्योभन्दा बाहिर नजाऊ” भन्‍ने भनाइको अर्थ बुझ्न सकौला । तिमीहरू एउटाको पक्षमा लागेर अर्काको विरुद्धमा नलाग भनेर यो भएको हो ।

  • 6म तिमीहरूलाई यी कुराहरू आज्ञाको रूपमा होइन, तर अनुमतिको रूपमा भन्दछु ।

  • 24देखाउन मिल्ने अङ्गहरूलाई इज्जत गरिरहनु आवश्यक छैन किनभने तिनीहरूले अगिबाट नै इज्‍जत पाएका छन् । तर परमेश्‍वरले सम्पूर्ण अङ्गहरूलाई सँगै जोड्नुभएको छ र कम आदर पाएकाहरूलाई झन् बढ्ता आदर दिनुभएको छ ।

  • 31तर यदि हामीले आफैँलाई जाँच गर्‍यौँ भने हामी न्यायमा पर्नेछैनौँ ।

  • 14यदि कसैले यो पत्रमा लेखिएको आज्ञालाई पालना गर्दैन भने, उसको विषयमा ख्याल गर र उसलाई सहभागी नगराओ ताकि ऊ शर्ममा परोस् ।

  • 12यदि तिमीहरूबाट अरूहरूले हकको दाबी गर्छन् भने के हामीलाई त्योभन्दा बढता हक छैन र? तापनि हामीले यो हकको दाबी गरेनौँ । बरु, ख्रीष्‍टको सुसमाचारमा बाधा नबनौँ भनेर हामीले सबै सह्‍यौँ ।

  • 22के खान र पिउनको लागि तिम्रो आफ्नै घर छैन र? के तिमीहरू केही नभएकाहरूलाई अपमान गर्छौ र परमेश्‍वरको मण्डलीलाई तुच्छ ठान्छौ? म तिमीहरूलाई के भनूँ? के तिमीहरूको प्रशंसा गरूँ? यसको निम्ति म तिमीहरूको प्रशंसा गर्दिनँ ।

  • 16यदि कोही विश्‍वासी स्‍त्रीसँग बिधवाहरू छन् भने तिनले तिनीहरूलाई सहायता गरून्, ताकि मण्डलीलाई बोझ नहोस्, ताकि यसले वास्तविक बिधुवाहरूको सहायता गर्न सकोस् ।

  • 24भाइहरू हो, हामीलाई विश्‍वास गर्न बोलावट हुँदा हामी जस्तो अवस्थामा थियौँ, हामी त्यही अवस्थमा रहौँ ।

  • 11किनकि हामीले सुन्यौँ कोही-कोही अल्छी भएर काम नगरीकन तिमीहरूको माझमा हिँड्दछन्, तिनीहरू काम गर्दैनन् तर अर्काको काममा हात लगाउनेहरू भएका छन् ।

  • 8तर खानेकुराले हामीलाई परमेश्‍वरमा स्वीकारयोग्य बनाउँदैन । हामीले यो खाँदैमा बढी असल हुँदैनौँ र नखाँदैमा बढी खराब पनि हुँदैनौँ ।

  • १ तिमो 6:3-4
    2 पदहरू
    66%

    3मानौँ की कसैले फरक तरिकाले शिक्षा दिन्‍छ र वचन हाम्रो विश्‍वासयोग्य शिक्षा, अर्थात हाम्रो प्रभु येशू ख्रीष्‍टको वचनलाई स्‍वीकार गर्दैन । मानौँ कि तिमीलेहरूले भक्तितर्फ डोर्‍याउने शिक्षालाई स्‍वीकार गर्दैनन् ।

    4त्‍यो व्‍याक्ति घमण्डी हो र केही पनि जान्दैन, बरु ऊ विवादहरू र शब्दहरूको बरेमा गरिने तर्कहरूले झगडा गर्छ,जेलिएको हुन्छ । ती शब्दहरूले डाह, कलह, बदनामी, खराब शंकाहरू र,

  • 1¶ तिमीहरूमध्ये एक जनाको अर्को भाइसँग झगडा छ भने के त्यसले न्यायको लागि विश्‍वासीहरूको अगाडि नगएर विश्‍वास नगर्ने न्यायाधीशको अगाडि जाने आँट गर्छ?

  • 16प्रेमले ख्रीष्‍टको प्रचार गर्नेहरूले सुसमाचारको समर्थन गरेको कारण मलाई यहाँ राखिएको छ भन्‍ने कुरा जान्दछन् ।

  • 20हामीले गरिरहेको यो उदारताको कामको विषयमा कसैले गर्ने उजुरीको सम्भावनालाई हामी पन्छाइरहेका छौँ ।

  • १ कोरि 3:3-4
    2 पदहरू
    66%

    3किनभने तिमीहरू अझै सांसारिक नै छौ । यदि तिमीहरूका माझमा डाह र झगडा छँदै छ भने के तिमीहरू सांसारिक तवरले जिइरहेका छैनौ र? वा के तिमीहरू मानवीय मापदण्डअनुसार जिइरहेका छैनौ र?

    4किनकि जब एक जनाले “म पावललाई पछ्याउँछु” भन्छ र अर्कोले “म अपोल्लोसलाई पछ्याउँछु” भन्छ भने के तिमीहरू सांसारिक तरिकाले जिइरहेका हुँदैनौ र?

  • 26हामी अहङ्कारी नबनौँ; एक अर्कालाई रिस नउठाऔँ; वा एक अर्काको ईर्ष्या नगरौँ ।

  • 22अथवा के हामीले प्रभुलाई डाही बनाउने? के हामी उहाँभन्दा बलिया छौँ?

  • 9यसै गरी म महिलाहरूले सरलता, भद्रता र आत्मसंयमताकासाथ वस्‍त्र पहिरुन्, कपालको सृंगारपटार वा सुन वा मोती वा बहुमूल्य वस्‍त्र पहिरेर होइन,

  • 6अब हाम्रा प्रभु येशूको नाउँमा भाइहरूलाई आज्ञा गर्दछौँ कि, तिमीहरूले अल्छे भाइहरूलाई अलग गर जसले हामीले सिकाएको परम्परालाई कार्यान्वयन गर्दैनन् जुन कुराहरू तिमीहरूले हामीबाट ग्रहण गरेका छौ ।

  • 34यदि कोही भोकाएको छ भने त्यसले घरैमा खाओस्, ताकि तिमीहरू भेला हुँदा तिमीहरू न्यायमा पर्नेछैनौ । र तिमीहरूले लेखेका अन्य विषयहरूको बारेमा म आएपछि निर्देशनहरू दिनेछु ।

  • 17अब भाइ हो, जसले विभाजन र बाधा खडा गर्छन् तिनीहरूको बारेमा विचार गर्न म तिमीहरूलाई आग्रह गर्छु । तिनीहरू तिमीहरूले सिकेका शिक्षाभन्दा बाहिर गइरहेका छन् । तिनीहरूदेखि टाढा बस ।

  • 13यसकारण, एक-अर्काको न्याय नगरौँ, तर बरु, यो अठोट गरौँ, कि हामी कसैले आफ्‍नो भाइको निम्ति ठेस लाग्‍ने थोक वा पासो राख्‍नेछैनौँ ।

  • 3हामी कसैको अगाडि ठेस लाग्‍ने कुराहरू राख्दैनौँ, कारण हामी हाम्रो सेवामा बेइमानी गर्न चाहन्‍नौँ ।

  • 5तिमीहरूलाई शर्ममा पार्न म यसो भन्दछु । के तिमीहरूको माझमा दाजुभाइका बिचमा भएका झगडाहरू मिलाउन सक्‍ने बुद्धिमान् मानिस कोही छैन?