१ शमूएल 8:1

अनलक शाब्दिक बाइबल

¶ जब शमूएल वृद्ध भए, तिनले आफ्ना दुई छोरालाई इस्राएलका न्यायकर्ताहरू बनाए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • व्यव 16:18-19 : 18 परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने तिमीहरूका सबै सहरमा न्यायकर्ता र अधिकारीहरू नियुक्त गर्नू । तिमीहरूका हरेक कुलबाट तिनीहरूलाई छान्‍नू, र तिनीहरूले मानिसहरूको निष्पक्ष न्याय गरून् । 19 तिमीहरूले जबरजस्ती न्याय हरण नगर । पक्षपात नगर न त घुस लेओ किनकि घुसले बुद्धिमानीहरूको आँखालाई अन्धो तुल्याई धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।
  • १ तिमो 5:21 : 21 परमेश्‍वरको, ख्रीष्‍ट येशूको र चुनिएको स्वर्गदूतहरूको सामु म तिमीलाई निष्‍ठापूर्वक आज्ञा दिन्छु कि यी नियमहरू बिना भेदभाव पालना गर र तिमीले कुनै पनि कुरामा पक्षपात नगर ।
  • न्या 5:10 : 10 ए सेता गधाहरूमा बसेर सवार हुनेहरू, पिठ्युँका राडीहरूमा बस्‍नेहरू र सडकमा हिंड्नेहरू हो, यसको बारेमा विचार गर ।
  • न्या 8:22-23 : 22 त्यसपछि इस्राएलका मानिसहरूले गिदोनलाई भने, “तपाईं, तपाईंका छोरा, तपाईंका नातिले हामीमाथि राज्य गरून्, किनभने तपाईंले हामीलाई मिद्दानीका हातबाट बचाउनुभएको छ ।” 23 गिदोनले तिनीहरूलाई भने, “म तिमीहरूमाथि राज्य गर्नेछैनँ, न त मेरो छोराले राज्य गर्नेछ । परमप्रभुले नै तिमीहरूमाथि राज्य गर्नुहुनेछ ।”
  • न्या 10:4 : 4 तिनका तिस जना छोराहरू थिए जो तिसवटा गधाहरूमा सवार हुन्थे र तिनीहरूका तिसवटा सहरहरू थिए, जसलाई आजको दिनसम्म हब्बात याईर भनिन्छ, जुन गिलाद देशमा पर्छ ।
  • न्या 12:14 : 14 उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे ।
  • २ इति 19:5-6 : 5 यहूदाका किल्लाबन्‍दी गरिएका सबै सहरमा तिनले न्‍यायकर्ताहरू नियुक्त गरे । 6 तिनले न्यायकर्ताहरूलाई भने, “तिमीहरूले गर्ने कुरामा ध्यान देओ, किनभने तिमीहरूले मानिसहरूका निम्‍ति होइन तर परमप्रभुको निम्ति फैसला गर्दछौ । फैसलाको क्रममा उहाँ नै तिमीहरूसँग हुनुहुन्छ ।
  • नहे 7:2 : 2 मैले मेरा भाइ हनानी र किल्लाको निरीक्षण गर्ने हनानीलाई यरूशलेममाथिको जिम्मा सुम्पिदिएँ किनकि तिनी अरू धेरैभन्दा विश्‍वासयोग्य मानिस थिए, र परमेश्‍वरदेखि डराउँथे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ शमू 8:2-11
    10 पदहरू
    81%

    2तिनको जेठा छोराको नाउँ योएल थियो र महिलोको नाउँ अबिया थियो । तिनीहरू बेर्शेबामा न्यायकर्ताहरू थिए ।

    3तिनका छोराहरू तिनका मार्गहरूमा हिंडेनन्, तर बेइमानपूर्ण लाभको पछि लागे । तिनीहरूले घूस लिए र न्यायलाई भ्रष्‍ट बनाए ।

    4त्यसपछि इस्राएलका सारा धर्म-गुरुहरू भेला भए र रामामा शमूएलकहाँ आए ।

    5उनीहरूले तिनलाई भने, “हेर्नुहोस्, तपाईं वृद्ध हुनुभयो, र तपाईंका छोराहरू तपाईंका मर्गहरूमा हिंड्दैनन् । सबै जातिझैं हाम्रो न्याय गर्न हाम्रा निम्ति एक जना राजा नियुक्‍त गर्नुहोस् ।”

    6तर त्‍यसले शमूएललाई दुःख लाग्‍यो, जब तिनीहरूले भने, “हाम्रो न्याय गर्न हामीलाई एक जना राजा दिनुहोस् ।” त्यसैले शमूएलले परमप्रभुसँग प्रार्थना गरे ।

    7परमप्रभुले शमूएललाई भन्‍नुभयो, “मानिसहरूले तँलाई भनेका तिनीहरूका सबै कुरा पालन गर् । किनकि तिनीहरूले तँलाई इन्कार गरेका होइनन्, तर तिनीहरूमाथि राजा हुनबाट तिनीहरूले मलाई इन्कार गरेका छन् ।

    8तिनीहरूले मलाई त्यागेका र अरू देवताहरूको सेवा गरेर मैले तिनीहरूलाई मिश्रबाट ल्याएदेखि गरेजस्तै तिनीहरूले गरिरहेका छन्, र त्यसैले तिनीहरूले तँलाई पनि त्यसै गर्दैछन् ।

    9अब तिनीहरूको कुरा सुन । तर तिनीहरूलाई गम्भीरपूर्वक चेताउनी दे र राजाले जसरी तिनीहरूमाथि राज्‍य गर्नेछन्, त्‍यो तिनीहरूले राम्ररी जानून् ।”

    10त्यसैले शमूएलले राजाको माग गरिरहेका मानिसहरूलाई परमप्रभुका सबै वचन सुनाए ।

    11तिनले भने, “तिमीहरूमाथि राज्‍य गर्ने राजाको प्रचलन यस्तो हुनेछ । उनले तिमीहरूका छोराहरूलाई लानेछन् र आफ्‍ना रथहरूका निम्ति र घोडचढी हुनलाई र आफ्‍ना रथहरूको अगि-अगि दौडनलाई उनले तिनीहरूलाई नियुक्‍त गर्ने छन् ।

  • १ शमू 7:15-16
    2 पदहरू
    75%

    15शमूएलले आफ्‍नो जीवनकालभरि नै इस्राएलको न्याय गरे ।

    16तिनी हरेक वर्ष बेथेल, गिलगाल र मिस्पाको फेरो मार्थे । यी सबै ठाउँहरूमा इस्राएलका निम्ति तिनले झगडाहरूको फैसला गर्थे ।

  • १ शमू 12:1-2
    2 पदहरू
    73%

    1¶ शमूएलले सबै इस्राएलीलाई भने, “तिमीहरूले मलाई भेनका हरेक कुरा मैले सुनेको छु र मैले तिमीहरूमाथि एक जना राजा नियुक्‍त गरेको छु ।

    2अब यहाँ तिमीहरूको सामु राहा हिंड्‍दैछन् । अनि म वृद्ध भएको छु र मेरो कपाल फुलेको छ । अनि मेरा छोराहरू तिमीहरूसँगै छन् । मेरो बाल्यकालदेखि आजसम्म पनि म तिमीहरूका सामु हिंडेकोछु ।

  • १ शमू 8:21-22
    2 पदहरू
    72%

    21जब शमूएलले मानिसहरूको सबै कुरा सुने, तब तिनले ती परमप्रभुले सुन्‍ने गरी दोहोर्‍याए ।

    22परमप्रभुले शमूएललाई भन्‍नुभयो, “तिनीहरूका कुरा पालन गर् र कसैलाई तिनीहरूका राजा बना ।” त्यसैले शमूएलले इस्राएलका मानिसहरूलाई भने, “हरेक मानिस आ-आफ्नो सहर जानुपर्छ ।”

  • 1¶ जब दाऊद वृद्ध भएका र आफ्नो जीवनको अन्तिम क्षणमा थिए, तब तिनले आफ्‍ना छोरा सोलोमनलाई इस्राएलमाथि राजा बनाए ।

  • 20जब समय आयो, तब हन्‍नाहले गर्भ धारण गरिन् र एउटा छोरा जन्माइन् । उनले उसको नाउँ शमूएल राखिन्, किनकि उनले भनिन्, “किनभने मैले यसलाई परमप्रभुसँग मागेकी हुँ।”

  • १ इति 6:27-28
    2 पदहरू
    71%

    27तिनका छोरा एलीआब, तिनका छोरा यरोहाम, तिनका छोरा एल्‍काना थिए ।

    28शमूएलका छोराहरू जेठा योएल र कान्‍छा अबिया थिए ।

  • 71%

    20यी सबै घटनाहरू हुन चारसय पचास वर्षको अवधिमा भएका हुन् । यी सबै कुरापछि परमेश्‍वरले शमूएल अगमवक्‍ताको समयसम्म तिनीहरूलाई न्यायकर्ताहरू दिनुभयो ।

    21त्यसपछि, मानिसहरूले एउटा राजाको माग गरे, त्यसैले परमेश्‍वरले बेन्यामिन कुलको किशका छोरा शाऊललाई चालिस वर्षसम्मको निम्ति दिनुभयो ।

  • १ शमू 2:21-22
    2 पदहरू
    70%

    21परमप्रभुले हन्‍नाहलाई फेरि सहायता गर्नुभयो र तिनी फेरि गर्भवति भइन् । तिनले तिन छोराहरू र दुई छोरीहरू जन्माइन् । यसैबिच, बालक शमूएल परमप्रभुको सामु बढ्दै गए ।

    22यति बेला एली निकै वृद्ध भए । तिनले आफ्ना छोराहरूले सबै इस्राएलसँग गरेका सबै कुरा र तिनीहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्ने स्‍त्रीहरूसँग कसरी सुते भन्‍ने कुरा सुने ।

  • १ शमू 3:1-3
    3 पदहरू
    70%

    1¶ बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।

    2त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्‍ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।

    3परमेश्‍वरको बत्ती अझैसम्‍म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्‍नलाई पल्टिरहेका थिए, जहाँ परमेश्‍वरको सन्दुक थियो ।

  • 12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।

  • 10परमप्रभुको वचन शमूएलकहाँ यसो आयो,

  • 10यिशैले तिनका सातै जना छोराहरूलाई शमूएलको सामु हिंड्न लगाए । शमूएलले यिशैलाई भने, “परमप्रभुले यिनीहरू कुनैलाई पनि चुन्‍नुभएको छैन ।”

  • 3त्यसैले इस्राएलका सबै धर्म-गुरुहरू हेब्रोनमा दाऊद राजाकहाँ आए, र त्‍यहीं नै दाऊदले परमप्रभुको सामुन्‍ने तिनीहरूसित करार गरे । तिनीहरूले दाऊदलाई इस्राएलमाथि राजा अभिषेक गरे । यसरी शमूएलद्वारा घोषणा गरिएको परमप्रभुको वचन पुरा भयो ।

  • 20परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्‍त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।

  • 19तर न्यायकर्ता मरेपछि, तिनीहरू खराब बाटोतर्फ लाग्थे र तिनीहरूका पुर्खाहरूले गरेकाभन्दा पनि भ्रष्‍ट कामहरू गर्थे । तिनीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूको पुजा गर्न तिनीहरूको पछि लाग्थे । तिनीहरूले आफ्ना कुनै पनि दुष्‍ट काम वा तिनीहरूका हठी चालहरूलाई त्याग्‍न इन्कार गरे ।

  • 1¶ शमूएलले शऊललाई भने, “ तपाईंलाई परमप्रभुका मानिसहरूका राजा हुन अभिषेक गर्नलाई उहाँले मलाई पठाउनुभयो । अब परमप्रभुको वचन सुन्‍नुहोस् ।

  • 14उनका चालिस छोरा र तिस नातिहरू थिए । तिनीहरू सत्तरीवटा गधाहरूमा सवार हुन्थे, र तिनले इस्राएलमा आठ वर्षसम्‍म न्याय गरे ।

  • न्या 12:8-9
    2 पदहरू
    68%

    8तिनीपछि, बेथलेहेमका इब्सानले इस्राएलमा न्यायकर्ताका रूपमा सेवा गरे ।

    9तिनका तिस जना छोरा थिए । तिनले आफ्ना तिस जना छोरीहरूका विवाह गरिदिए, र आफ्ना छोराहरूका निम्ति बाहिरबाट अरू मानिसहरूका तिस जान छोरीहरू ल्याए । उनले सात वर्षसम्‍म इस्राएलको न्याय गरे ।

  • 17शमूएलले भने, “तपाईं आफ्नै दृष्‍टिमा सानो हुनुहुन्छ, तापनि के तपाईंलाई इस्राएलको कुलहरूका शिर बनाइएको थिएन र? तब परमप्रभुले तपाईंलाई इस्राएलका राजा अभिषेक गर्नुभयो,

  • 6शमूएलले मानिसहरूलाई भने, “मोशा र हारूनलाई नियुक्‍त गर्नुहुने र तिमीहरूका पुर्खाहरूलाई मिश्रदेशबाट ल्याउनुहुने परमप्रभु नै हुनुहुन्छ ।

  • 4शमूएलले परमप्रभुले भन्‍नुभएझैं गरे र बेथलेहेम गए । सहरका धर्म-गुरुहरू तिनलाई भेट्न आउँदा तिनीहरू डरले कामिरहेका थिए र भने, “के तपाईं शान्तिमा नै आउँदै हुनुहुन्छ?”

  • १ शमू 2:25-26
    2 पदहरू
    67%

    25“एक जना मानिसले अर्काको विरुद्ध पाप गर्‍यो भने, परमेश्‍वरले उसको न्याय गर्नुहुन्‍छ, तर मानिसले परमप्रभुको विरुद्ध पाप गर्छ भने, उसको निम्ति कसले बोलिदिन्छ?” तर तिनीहरूले आफ्‍ना बुबाको कुरा सुनेनन्, किनभने परमप्रभुले तिनीहरूलाई मार्ने इच्छा गर्नुभयो ।

    26बालक शमूएल बढ्‍दै गए, र परमप्रभु र मानिसहरूको निगाहमा हुर्किए ।

  • १ शमू 9:14-15
    2 पदहरू
    67%

    14त्यसैले तिनीहरू सहरमा गए । तिनीहरू सहर पस्‍नैलाग्‍दा, उच्‍च स्थनामा जानलाई शमूएल आफूतर्फ आउँदै गरेको तिनीहरूले देखे ।

    15अब शाऊल आउनुभन्दा अगिल्लो दिन नै परमप्रभुले शमूएललाई प्रकट गर्नुभएको थियोः

  • 6जब तिनीहरू आए, तिनले एलीआबलाई हेरे र मनमनै भने परमप्रभुको अभिषिक्‍त जन निश्‍चय नै तिनको सामु उभिरहेका थिए ।

  • 1¶ त्यसपछि शमूएलले एक ढुङ्ग्रो तेल लिए, त्‍यो शाऊलको शिरमाथि खन्याए, तिनलाई चुम्‍बन गरे । तिनले भने, “के परमप्रभुले उहाँको उत्तराधिकारको शासक हुनलाई तपाईंलाई अभिषेक गर्नुभएको हैन र?

  • 19तर मानिसहरूले शमूएलको कुरा सुन्‍न इन्कार गरे । तिनीहरूले भने, “होइन, हामीमाथि एक जना राजा हुनैपर्छ ।

  • 16त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”

  • 8भोलिपल्‍ट यस्‍तो भयो, जब पलिश्‍तीहरू मारिएकाहरूलाई लुट्‌नलाई आए, तब उनीहरूले शाऊल र तिनका छोराहरूलाई गिल्‍बो डाँडामा मरेका भेट्टाए ।

  • 5तब शमूएलले भने, “सबै इस्राएललाई मिस्‍पामा भेला गर र म तिमीहरूका निम्ति परमप्रभुसँग प्रार्थना गर्नेछु ।”