२ राजा 7:18

अनलक शाब्दिक बाइबल

त्‍यसैले त्‍यस्‍तै भयो जास्‍तो परमेश्‍वरका मानिसले राजालाई यसो भनेका थिए, “यति बेलातिर सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा तिन माना जौ र एक ग्राम चाँदीमा डेढ माना पिठो पाइनेछ ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 18:14 : 14 परमप्रभुको निम्‍ति कुनै कुरो कठिन छ र? अर्को साल मैले तोकेको समयमा म तँकहाँ फर्किआउनेछु । अर्को वर्ष यही समयमा साराको एक जना छोरा हुनेछ ।”
  • २ राजा 6:32 : 32 तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?”
  • २ राजा 7:1-2 : 1 ¶ एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।” 2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • २ राजा 7:1-2
    2 पदहरू
    91%

    1¶ एलीशाले भने, “परमप्रभुको वचन सुन्‍नुहोस् । परमप्रभु यसो भन्‍नुहुन्छ, 'भोलि यतिबेला सामरियाको मूल ढोकामा एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बिक्री हुनेछ' ।”

    2तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

  • २ राजा 7:15-17
    3 पदहरू
    84%

    15तिनीहरू यर्दन नदीसम्मै तिनीहरूका पछि गए र अरामीहरूले हतारमा फालेका लुगा र सामनहरूले सबै बाटो भरिएका थिए । त्यसैले सन्देशवाहकहरू फर्के र राजालाई बताइदिए ।

    16मानिसहरू बाहिर निस्के र अरामीहरूको छाउनी लुटे । त्यसैले जस्‍तो परमप्रभुले भन्‍नुभएको थियो त्‍यस्‍तै भयो, एक ग्राम चाँदीमा डेढ माना पिठो र एक ग्राम चाँदीमा तिन माना जौ बेचियो ।

    17जसको हातमा भर परेर राजा हिंड्थे ती अधिकारीलाई तिनले मूल ढोका हेर्ने जिम्मा दिएका थिए र मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे । राजाले परमेश्‍वरका मानिसलाई तिनको घरमा भेट्न जाँदा तिनले अगमवाणी गरेजस्‍तै तिनको मृत्‍यु भयो ।

  • २ राजा 7:19-20
    2 पदहरू
    74%

    19ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”

    20तिनलाई ठिक त्यस्तै हुन आयो, किनकि मानिसहरूले तिनलाई मूल ढोकामा कुल्चे र तिनी मरे ।

  • २ राजा 4:41-43
    3 पदहरू
    72%

    41तर एलीशाले भने, “केही पिठो ल्याऊ ।” तिनले त्यसलाई भाँडोभित्र हाले र भने, “मानिसहरूलाई यो खान देऊ ताकि तिनीहरूले त्‍यो खानसकून् ।” तब त्‍यस भाँडोमा त्यस्तो हानिकारक कुनै कुरो बाँकी रहेन ।

    42बाल-शलीशाको कोही एक जना मानिस परमेश्‍वरकका मानिसकहाँ आयो, र त्यसले अगौटे फलबाट तयार गरिएको जौँका बिसवटा रोटी र केही अन्‍नका ताजा बाला आफ्नो बोरामा लिएर आयो । त्यसले भन्यो, “यो मानिसहरूलाई दिनुहोस् ताकि तिनीहरूले खान सकून् ।”

    43तिनको सेवकले भन्यो, “एक सय जना मानिसलाई मैले यसबाट कसरी भाग पुर्‍याउन सक्छु र?” तर एलीशाले भने, “यो मानिसहरूलाई ताकि तिनीहरूलेखान सकून्, किनकि परमप्रभु भन्‍नुहुन्छ, 'तिनीहरूले खानेछन्, र केही बच्‍नेछ' ।”

  • 22सोलोमनको एक दिनको खाना पचहत्तर मुरी मसिनो पिठो, एक सय पचास मुरी अन्न,

  • २ राजा 7:10-12
    3 पदहरू
    70%

    10त्यसैले तिनीहरू गए र सहरका पालेहरूलाई बोलाए । तिनीहरूले उनीहरूलाई यसो भने, “हामी अरामीहरूका छाउनीमा गयौँ तर त्यहाँ कोही थिएन, कुनै मानिसको आवाज त्‍यहाँ सुनिएन, तर त्‍यहाँ घोडाहरू र गधाहरू बाँधिएका थिए अनि पालहरू जस्ताको तस्तै थिए ।”

    11तब पालेहरूले त्यो खबर ठुलो स्‍वरले फैलाए, अनि त्‍यसपछि भित्र राजाको घरानालाई पनि त्‍यो कुरा बताइयो ।

    12तब रातमा राजा उठे र आफ्ना सेवकहरूलाई भने, “अब अरामीहरूले हामीलाई के गरेका छन् भनी म तिमीहरूलाई भन्‍नेछु । हामी भोकाएका छौँ भनी तिनीहरूलाई थाहा छ । त्यसैले तिनीहरू छाउनीबाहिर खेतबारीमा लुक्‍न गएका छन् । तिनीहरू भन्दैछन्, 'जब तिनीहरू सहरबाहिर आउँछन्, तब हामी तिनीहरूलाई जिउँदै समात्‍ने छौँ, र सहरभित्र पस्‍नेछौँ’ ।”

  • २ राजा 6:24-26
    3 पदहरू
    68%

    24यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्‍यसलाई घेरा हाले ।

    25त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो ।

    26जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”

  • 6तर म भोली यसै बेलातिर मेरा दासहरूलाई पठाउने छु, र तिनीहरूले तपाईंको घर र तपाईंका अधिकारीहरूका घरहरू खोजतलास गर्ने छन् । तिनीहरूलाई इच्छा लागेअनुसार तिनीहरूले आफ्ना हातले ती ल्याउने छन्' ।”

  • १ राजा 17:10-12
    3 पदहरू
    68%

    10त्यसैले तिनी उठेर सारपातमा गए । तिनी सहरको मुल ढोकामा आइपुग्दा एउटी विधवाले दाउरा बटुल्दै थिइन् । तिनले उनलाई डाकेर भने, “मलाई पिउनलाई यो भाँडोमा थोरै पानी ल्याइदिनुहुन्छ कि?”

    11उनी पानी लिन जाँदै गर्दा तिनले उनलाई भने, “तपाईंको हातमा रोटीको टुक्रा पनि ल्याइदिनुहोस् ।”

    12उनले भनिन्, “परमप्रभु तपाईंका परमेश्वरको नाउँमा म भन्दछु, कि मसित कुनै रोटी छैन, तर भाँडामा एक मुट्ठी पिठो र ढुङ्ग्रोमा अलकति तेल छ । हेर्नुहोस्, म र मेरो छोरोको लागि खाना बनाई खाएर हामी नमरूँ भनी मैले दुईचार टुक्रा दाउरा बटुल्दै छु ।”

  • 28राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’

  • 16तिमीहरू बिस मुरी अन्‍नको छेऊमा आउँदा, त्यहाँ दश मात्र थिए, र तिमीहरू पचास लिटर दखमद्य लिन कोलमा आउँदा, त्यहाँ बिसमात्र थिए ।

  • 15त्यसपछि बोअजले भने, “तिम्रो ओढ्ने लेऊ र त्यसमा थाप ।” जब तिनले ओड्ने थापिन्, तिनले छ पाथी जति जौ नापेर दिए र तिनलाई बोकाइदिए । त्यसपछि तिनी शहरतिर गइन् ।

  • 15अब मेरा स्‍वामीले आफ्‍ना सेवकहरूका निम्‍ति आफूले प्रतिज्ञा गर्नुभएको गहूँ, जौ, तेल र दाखमद्य पठाइदिनुहोस्‌ ।

  • 16परमप्रभुले एलियाद्वारा बोल्नुभएको वचनले भनेझैँ पिठोको भाँडो रित्तो भएन, न त ढुङ्ग्रोबाट तेल आउन रोकियो ।

  • 14किनकि इस्राएलका परमेश्वर परमप्रभु भन्नुहुन्छ, 'परमप्रभुले पृथ्वीमा वृष्टि नपठाउञ्जेलसम्म पिठोको भाँडो रित्तो हुने छैन, न त ढुङ्ग्रोबाट तेल आउन रोकिने छ ।”

  • 7तब तिनी आइन् र परमेश्‍वरका मानिसलाई त्यो कुरो बताइन् । तिनले भने, “गएर तेल बेच । तिम्रो ऋण तिर, र आफ्ना छोराहरूसित आरामसित बस ।”

  • आमो 8:5-6
    2 पदहरू
    67%

    5तिनीहरू भन्छन्, “औंसी कहिले समाप्‍त हुन्छ, ताकि हामीहरूले फेरि अन्‍न बेच्‍न सकौं? शबाथ दिन कहिले समाप्‍त हुन्छ, ताकि हामीले गहुँ बेच्‍न सकौं? हामीले झुटो नापले ठगी गर्दा, हामी मानालाई सानो बनाउनेछौं र मुल्यलाई बढाउनेछौं ।

    6यसरी नै हामीले खराब गहुँ बेच्‍न सक्‍छौं, गरीबलाई चाँदीले, र खाँचोमा परेकाहरूलाई एक जोर जुत्ताले किन्‍न सक्‍छौं ।”

  • १ राजा 13:7-8
    2 पदहरू
    67%

    7राजाले परमेश्वरका जनलाई भने, “मेरो घरमा खानपान गर्नुहोस्, र म तपाईंलाई इनाम दिने छु ।”

    8परमेश्वरका जनले राजालाई भने, “तपाईंले मलाई आधा सम्पत्ति दिनुभए तापनि म तपाईंसित जान्नँ, न यस ठाउँमा तपाईंसित खाने छु न पिउने छु ।

  • २ राजा 8:1-3
    3 पदहरू
    66%

    1¶ अब एलीशाले त्‍यस स्‍त्रीसित बात गरेका थिए जसको छोरोलाई तिनले मृत्‍युबाट फेरि जिवित पारेका थिए । तिनले उनलाई भने, “उठ र आफ्ना घरानाको साथमा जाऊ र तिमीलाई जहाँ इच्छा लाग्‍छ त्‍यहाँ अर्को देशमा गएर बस, किनकि परमप्रभुले यस देशमा सात वर्षसम्म अनिकाल ल्याउने वचन दिनुभएको छ ।”

    2त्यसैले ती स्‍त्री उठिन् र परमेश्‍वरका मानिसको वचन मानिन् । तिनी आफ्ना घारानासित गइन् र सात वर्षसम्म पलिश्तीहरूको देशमा बसिन् ।

    3सात वर्षको अन्त्यमा ती स्‍त्री पलिश्तीहरूको देशबाट फर्किन्, अनि आफ्नो घर र जमिन फिर्ता पाउन राजाकहाँ विन्‍ति चढाउन गइन् ।

  • 32किनकि तिनले परमप्रभुको वचनद्वारा बेथेलको वेदीको विरुद्धमा र सामरियाका सहरहरूमा भएका सबै डाँडाका ठाउँहरूका घरहरूको विरुद्धमा घोषणा गरेका सन्देश निश्चय नै पुरा हुने छ ।”

  • २ राजा 8:6-7
    2 पदहरू
    66%

    6जब राजाले त्‍यो स्‍त्रीलाई तिनको छोरोको बारेमा सोधे, तब तिनले त्‍यो कुरा उनलाई व्याख्या गरिन् । त्यसैले राजाले तिनको निम्ति यसो भनेर एक जना अधिकारीलाई खटाए, “जे तिनका थिए ती सबै अनि तिनले देश छाडेर गएको दिनदेखि अहिलेम्मको उक्‍त जमिनको उब्जनीसमेत तिनैलाई फिर्ता दिनू।”

    7एलीशा दमस्कसमा आए जहाँ अरामका राजा बेन-हदद बिरामी थिए । राजालाई भनियो, “परमेश्‍वरका मानिस यहाँ आएका छन् ।”

  • 6मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”

  • 10तैंले खाने भोजनचाहिं तौलअनुसार हुनेछ, हरेक दिन बिस शेकेल दिनको र तोकिएको बेलामा तैंले त्‍यो खानेछस् ।

  • १ शमू 9:7-8
    2 पदहरू
    66%

    7तब शाऊलले आफ्नो सेवकलाई भने, “तर हामी त्यहाँ गयौं भने, हामीले त्यो मानिसलाई के लिएर जाने? किनभने हाम्रो झोलामा भएको रोटी सकिएको छ र परमेश्‍वरका मानिसलाई दिने कुनै उपहार हामीसँग छैन । हामीसँग के छ र?”

    8त्‍यो सेवकले शाऊललाई जवाफ दियो र भन्‍यो, “यहाँ, मसँग एक चौथाइ शेकेल चाँदी छ, जुन हामीले कुन बाटो जानुपर्छ बताउनलाई म परमेश्‍वरका मानिसलाई दिनेछु ।”

  • 8परमप्रभुको वचन तिनीकहाँ आयो,

  • 2आफैलाई आहाबकहाँ प्रकट गर्न एलिया गए । सामरियामा घोर अनिकाल परेको थियो ।

  • 16उहाँले मलाई यो पनि भन्‍नुभयो, “ए मानिसको छोरो, हेर, म यरूशलेमबाट अन्‍नको मूल बन्‍द गरिदिनेछु, र तिनीहरूले जोखी-जोखीकन चिन्‍तित भई तिनीहरूले रोटी खानेछन्, र जोखी-जोखीकन डराउँदै पानी पिउनेछन्‌ ।

  • 31अब सनपाट र जौ नष्‍ट भए किनकि जौमा बाला लागेको थियो र सनपाटचाहिँ फुलिसकेको थियो ।

  • 10हेर्नुहोस्, तपाईंका सेवकहरू, मुढा काट्‍ने मानिसहरूलाई म पचास हजार मुरी गहूँ, पचास हजार मुरी जौ, एक लाख पाथी दाखमद्य र एक लाख पाथी तेल दिनेछु ।”

  • 17त्यसैले तिनले खेतमा साँझसम्म शिला-बाला बटुलिन् । तिनले बटुलेकी अन्‍नका बालाहरू कुटिन् र अन्‍न झण्डै पाँच पाथी जति भयो ।

  • 31तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”

  • 13तिमीहरूले दिनेपर्ने योगदान यही हो: गहुँको एक होमेरसँग एपाको छैटौंभाग, र जौको एक होमेरसँग एपाको छैटौंभाग तिमीहरूले दिनेछौ ।