उपदेशक 9:4

अनलक शाब्दिक बाइबल

सबै बाँचेकाहरूसित मिल्न जानेको आशा हुन्छ । मरेको सिंहभन्दा जिउँदो कुकुर असल हो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • अय्यू 14:7-9 : 7 एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्‍छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् । 8 त्‍यसको जरा जमिनभित्र बुढो हुन्‍छ, त्‍यसको फेद जमिनमा मर्छ, 9 तापनि त्‍यसले पानीको ओस मात्र पायो भने, त्यो फेरि पलाउँछ, र रुखले झैं हाँगाहरू फिंजाउँछ । 10 तर मानिसचाहिं मर्छ । त्यो कमजोर हुन्छ । वास्तवमा मानिसले सास फेर्न छोड्छ र फेरि ऊ कहाँ हुन्छ? 11 जसरी एउटा तलाउबाट पानी लोप हुन्छ, र जसरी नदीको पानी घट्छ र सुक्छ, 12 त्यसरी नै मानिसहरू ढल्‍किन्छन्, र फेरि उठ्दैनन् । आकाशहरू लोप नभएसम्म तिनीहरू ब्युँझने छैनन्, न त तिनीहरू आफ्‍ना निद्राबाट उठ्नेछन् ।
  • अय्यू 27:8 : 8 किनकि परमेश्‍वरले ईश्‍वरहीन मानिसलाई इन्कार गर्नुहुँदा, परमेश्‍वरले उसको जीवनलाई हटाउनुहुँदा, उसको आशा के हुन्छ र?
  • यशा 38:18 : 18 किनकि चिहानले तपाईंलाई धन्यवाद दिंदैन । मृत्युले तपाईंको प्रशंसा गर्दैन । चिहानतिर जानेहरूले तपाईंको विश्‍वस्‍तताको आशा गर्दैनन् ।
  • विलाप 3:21-22 : 21 तर म यो स्मरण गर्दछु । त्यसैले म आशा गर्दछुः 22 परमप्रभुको अचुक प्रेम कहिल्यै समाप्‍त हुँदैन, र उहाँको दया कहिल्यै अन्त्य हुँदैन ।
  • लू 16:26-29 : 26 र यी सबै बाहेक तिम्रो र हाम्रो बिचमा र मानिसहरू यताबाट उता र उताबाट यता आउन नसकून् भनेर ठुलो खाडल राखिएको छ ।’ 27 धनी मानिसले भन्यो, ‘म बिन्ती गर्छु पिता अब्राहाम, उसलाई मेरा पिताको घरमा पठाइदिनुहोस् । 28 किनकि मेरा पाँच जना भाइ छन् । उसले तिनीहरूलाई चेताउनी दिओस् र तिनीहरू यस डरलाग्दो ठाउँमा आउनु नपरोस् ।’ 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उप 9:5-6
    2 पदहरू
    79%

    5किनकि बाँचेकाहरू मर्ने छन् भनी तिनीहरूलाई थाहा छ, तर मरेकाहरूलाई केही पनि थाहा हुँदैन । तिनीहरूको स्मरणशक्ति गइसकेकोले तिनीहरूले कुनै इनाम पाउँदैन ।

    6तिनीहरूका प्रेम, घृणा र ईर्ष्या धेरै पहिलै नै गाएब भएर गइसकेका छन् । सूर्यमूनि गरिने कुनै पनि कुराको लागि तिनीहरूले फेरि कुनै ठाउँ पाउने छैनन् ।

  • उप 4:2-3
    2 पदहरू
    76%

    2अझै बाँचिरहेकाहरूभन्दा पहिले नै मरेकाहरू बढी भाग्यमानी हुन् भनी मैले विचार गरेँ ।

    3तथापि, ती दुवैभन्दा पनि अझै नजन्मेकोचाहिँ बढी भाग्यमानी हो । त्यसले सूर्यमूनि गरिएको कुनै पनी खराब कामहरू देख्‍नै पाएको हुँदैन ।

  • उप 3:18-22
    5 पदहरू
    73%

    18मैले मेरो हृदयमा भनेँ, “मानिसहरू पशुहरूजस्तै हुन् भनी देखाउन परमेश्‍वरले तिनीहरूको जाँच गर्नुहुन्छ ।”

    19किनकि मानव-जातिको अन्त्य र पशुहरूको अन्त्य समान छ । एउटाको मृत्यु अर्कोको जस्तै छ । तिनीहरू सबैको एउटै सास छ । मानव-जातिलाई पशुहरूलाई भन्दा बढी लाभ छैन । किनकि के सबै कुरा सास नै होइन र?

    20हरेक कुरा उहाँ ठाउँमा जान्छ । हरेक कुरा धुलोबाट आउँछ, र धुलोमा नै फर्केर जान्छ ।

    21मानिसको आत्मा उँभोतिर र पशुको प्राण तलतिर माटोमा जान्छ भनी कसलाई थाहा छ र?

    22त्यसैले मानिसको लागि आफ्नो काममा आनन्द लिनुभन्दा उत्तम कुरो छैन भनी फेरि मैले बुझेँ, किनकि त्यो नै त्यसको जिम्मेवारी हो । त्योभन्दा पछि के हुन्छ भनी देखाउन त्यसलाई कसले फर्काएर ल्याउन सक्छ र?

  • 3सूर्यमूनि गरिने हरेक कुराको लागि एउटा खराब दशा छ । तिनीहरू सबैमा उही कुरो आइपर्छ । मानिसको हृदय खराब कुराहरूले भरिएको छ, र तिनीहरू जिउँदा तिनीहरूको हृदयमा पागलपन हुन्छ । त्यसपछि तिनीहरू मरेकाहरूकहाँ जाने छन् ।

  • 2भोजको घरमा जानुभन्दा शोकको घरमा जानु उत्तम हुन्छ, किनकि जीवनको अन्त्यमा सबै मानिसका शोक आउँछ । जीवित मानिसहरूले यसलाई मनमा राख्‍नैपर्छ ।

  • 9कोही पनि सदासर्वदा जीवित रहन सक्दैन, ताकि त्यसको शरीर सडेर नजाओस् ।

  • उप 9:9-10
    2 पदहरू
    70%

    9परमेश्‍वरले सूर्यमूनि दिनुभएको यस व्यर्थ जीवनकालभरि तेरी पत्‍नीसित खुसी भएर बस् । सूर्यमूनि तेरो कामको लागि त्यो नै तेरो इनाम हो ।

    10तेरो हातले जे काम पाउँछ, त्यो शक्ति लगाएर गर्, किनकि तँ जान लागिरहेको पातलमा कुनै काम वा व्याख्या वा ज्ञान वा बुद्धि छैन ।

  • 12मानिस बाँचुञ्‍जेलसम्म त्यो आनन्दित रहनु र असल गर्नुभन्दा त्यसको लागि अर्को कुनै उत्तम कुरो छैन भनी मलाई थाहा छ ।

  • 6मानिस दुई हजार वर्षसम्म बाँचेर पनि असल थोकहरूको आनन्द लिन पाउँदैन भने त्यो मानिस पनि त्यहीँ जान्छ, जहाँ हरेक मानिस जान्छ ।

  • 48को जीवित रहनेछ र मर्दैन, वा आफ्नै जीवनलाई चिहानबाट बचाउन सक्छ र? सेला

  • 7एउटा रुखको लागि आशा हुन सक्छ । त्‍यो काटियो भने, त्‍यो फेरि पलाउन सक्‍छ, जसको कारणले त्‍यसका कोमल पालुवा लोप हुँदैनन् ।

  • उप 2:16-17
    2 पदहरू
    69%

    16किनकि मूर्खलाई झैँ बुद्धिमान् मानिसलाई पनि धेरै लामो समयसम्म सम्झँदैन । आउँदा दिनहरूमा हरेक कुरा बिर्सिएको हुने छ । बुद्धिमान् मानिस मूर्खझैँ मर्छ ।

    17सूर्यमूनि गरिएका सबै काम मेरो लागि खराबै मात्र भएकाले मैले जीवनको जाँच गरेँ । यसो हुनुको कारणचाहिँ हरेक कुरो बाफजस्तै हो र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • 8वास्तवमा मूर्खलाई भन्दा बुद्धिमान् मानिसलाई केचाहिँ बढी फाइदा छ र? अरू मानिसहरूको सामुन्‍ने कसरी व्यवहार गर्ने भनी गरिब मानिसलाई थाहा भए तापनि त्यसलाई के लाभ हुन्छ र?

  • 8कोही धेरै वर्षसम्म बाँच्यो भने त्यो ती सबै वर्ष प्रसन्‍न होस्, तर त्यसले आउनेवाला अन्धकार दिनहरूको बारेमा सोचोस्, किनकि त्यस्ता दिनहरू धेरै हुने छन् । हुन आउने हरेक कुरो बिलाएर जाने बाफ हुन् ।

  • उप 4:15-16
    2 पदहरू
    68%

    15मैले देखेँ, कि सूर्यमूनि हरेक जिउँदो मानिस र यताउता हिँडडुल गर्नेहरू त्यही जवान मानिससित हिँड्दै थिए जसले आफ्नो ठाउँ लिनै लागेको थियो ।

    16नयाँ राजाको आज्ञा मान्‍न चाहने सबै मानिसहरूका लागि कुनै अन्त्य छैन, तर पछि तिनीहरूमध्ये धेरैले युवकको प्रशंसा गर्ने छैनन् । निश्‍चय नै यो अवस्था पनि बाफ हो, र बतासलाई खेद्‍ने कोसिस मात्र हो ।

  • उप 6:11-12
    2 पदहरू
    68%

    11जति धेरै वचन बोलिन्छ, त्यति नै धेरै व्यर्थताको वृद्धि हुन्छ । त्यसो भए, मानिसलाई के लाभ हुन्छ र?

    12किनभने छायाझैँ बितिजाने मानिसको छोटो जीवनमा त्यसको व्यर्थताको बेलामा केचाहिँ असल हो भनी कसलाई थाहा हुन्छ र? सूर्यमूनि मानिसको मृत्यु भएपछि के हुन्छ भनी कसले भन्‍न सक्छ र?

  • 32आफ्ना खराब कामहरूद्वारा दुष्‍ट मानिस तल खसालिन्छ, तर धर्मात्माले मृत्युमा समेत आश्रय पाउँछ ।

  • 30उसको प्राणलाई मृत्‍युको खाडलबाट फर्काउनलाई, जसले गर्दा जीवनको ज्योतिले उसले आफूलाई चम्काउन सकोस् ।

  • 9एकलोले भन्दा दुई जना मानिसले उत्तम काम गर्छ । सँगसँगै मिलेर तिनीहरूले आफ्नो परिश्रमको लागि राम्रो आम्दानी गर्न सक्छन् ।

  • 38उहाँ मृतकहरूका परमेश्‍वर हुनुहुन्‍न, तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ, किनकि सबै उहाँकै निम्ति जिउँछन् ।”

  • 15त्यसैले म प्रसन्‍नताको सिफारि गर्दछु, किनकि मानिसको लागि सूर्यमूनि खानु, पिउनु र खुसी हुनुभन्दा उत्तम कुरो छैन । सूर्यमूनि परमेश्‍वरले मानिसलाई दिनुभएको त्यसको जीवनकालभिर त्यसको परिश्रममा खुसी नै सँगसँगै जाने छ ।

  • 14एक जना मानिस मर्‍यो भने, के ऊ फेरि बाँच्‍नेछ र? त्यसो हो भने, मेरो छुटकारा नआएसम्म, मेरा सबै दुखको समयमा म त्‍यहाँ पर्खेर बिताउन चाहान्‍छु ।

  • 3कुनै मानिस एक सय जना छोराछोरीको बुबा बन्यो र त्यो धेरै वर्षसम्म बाँच्यो अनि त्यसका दिनहरू धेरै भएर पनि असल कुराहरूले त्यसको हृदय सन्तुष्‍ट भएन र त्यसलाई गाडिएन भने त्यो मानिसभन्दा जन्मँदै मरेको बच्‍चा उत्तम हो ।

  • अय्यू 3:20-22
    3 पदहरू
    67%

    20दुःखमा हुनेलाई किन ज्योति दिइन्छ? मनमा तितो हुनेलाई किन जीवन दिइन्छ?

    21जसले मृत्यु नै नआई त्‍यसको प्रतीक्षा गर्छ, जसले गाड्धनभन्‍दा धेरै मृत्यको लागि खाडल खन्‍छ ।

    22जसले चिहान फेला पार्दा ज्यादै रमाउँछ र खुसी हुन्छ, त्‍यसलाई ज्योति किन दिइन्छ?

  • 6त्यसैले, मरिसकेकाहरूलाई यो वचन प्रचारिएको थियो । शरीरमा मानिसको रूपमा तिनीहरूको न्याय गरिएको भए तापनि आत्मामा तिनीहरू परमेश्‍वरअनुसार जिऊन् ।

  • 12तर धन भए पनि मानिस सधैं बाँच्‍न सक्‍दैन । त्‍यो नष्‍ट हुने जङ्‍गली पशुजस्‍तै हो ।

  • 1¶ मैले धर्मात्मा र बुद्धिमान् मानिसहरू र तिनीहरूका कार्यहरूको विषयमा मेरो मनमा यी सबै कुराबारे विचार गरेँ । ती सबै परमेश्‍वरका हातमा छन् । कसैमाथि प्रेम वा घृणा के आइपर्ने छ भनी कसैलाई थाहा छैन ।

  • 15मेरा बेकम्मा दिनहरूमा मैले धेरै कुराहरू देखेको छु । धर्मात्माहरूको धार्मिकताको बाबजुत पनि तिनीहरू नष्‍ट हुन्छ, र दुष्‍टहरूको दुष्‍टताको बाबजुत पनि तिनीहरू धेरै वर्षसम्म बाँच्छन् ।

  • 24खानु, पिउनु र आफ्नो काममा भएको असल कुरोदेखि सन्तुष्‍ट हुनुभन्दा मानिसको लागि कुनै उत्तम कुरो छैन । यो सत्यताचाहिँ परमेश्‍वरको हातबाट आउँछ भनी मैले देखेँ ।

  • भजन 49:18-19
    2 पदहरू
    66%

    18त्यो जीवित हुँदा नै त्‍यसले आफ्नो प्राणलाई धन्‍यको भन्‍यो र जब तिमीले आफ्नो निम्ति जीवन बताउँछौ, तब मानिसहरूले तिम्रो प्रशंसा गर्छन्—

    19त्यो आफ्नो पुर्खाहरूका पुस्तामा जानेछ र तिनीहरूले फेरि कहिल्यै त्‍योति देख्‍नेछैनन् ।

  • 24जीवनको मार्गले विवेकशील मानिसहरूलाई उँभोतिर लैजान्छ । यसले तिनीहरूलाई उँधो पातालतिर जानदेखि फर्काउँछ ।

  • 16समझशक्तिको मार्गबाट तर्कने मानिसले मरेकाहरूको सभामा विश्राम पाउने छ ।

  • 16हे परमप्रभु, तपाईंले पठाउनुभएका दुःखकष्‍ट मेरो निम्ति असल छन् । मेरो जीवन मलाई फिर्ता दिइयोस् । तपाईंले मरो जीवन र स्वस्थ्यलाई पुनर्स्थापना गर्नुभएको छ ।

  • 5त्यो धन्यको हो, जसको आफ्‍नो सहायताको निम्ति याकूबको परमेश्‍वर हुनुहुन्छ, जसको आसा परमप्रभुको आफ्‍नो परमेश्‍वरमा हुन्‍छ ।

  • 12जीवन चाहने र असल कुरा हेर्नलाई धेरै दिन मन पराउने मानिस कस्‍तो हुन्‍छ?

  • 15यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्‍वरमा मेरो पनि त्यस्तै दृढ विश्‍वास छ ।

  • 13भाइहरू हो, सुतिगएकाहरूका विषयमा तिमीहरू अन्जान बस भन्‍ने हामी चाहन्‍नौँ ताकि आशा नहुने मानिसहरूले जस्तो तिमीहरूले शोक गर्न नपरोस् ।