उत्पत्ति 47:21
मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
मिश्रको एक छेउदेखि अर्को छेउसम्मका सबै मानिसहरूलाई तिनले कमारा बनाए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19हामी र हाम्रा जमिन हजूरका आँखाको सामुन्ने किन नष्ट हुने? अन्नको साटोमा हामी र हाम्रो जमिनलाई किन्नुहोस्, र हामी आफ्ना जग्गाजमिनसमेत फारोका कमारा-कमारी हुनेछौँ । हामीलाई बिउ दिनुहोस्, ताकि हामी जीवित हुन सकौँ र हाम्रा जग्गाजमिन पनि उजाड नहोऊन् ।”
20यसरी योसेफले मिश्रका सबै जग्गाजमिन फारोको निम्ति किने । अनिकाल धेरै भएको हुनाले हरेक मिश्रीले आफ्ना जग्गाजमिन बेच्यो । यसरी जग्गाजमिन फारोको भयो ।
22पुजारीहरूका जग्गाजमिन मात्र तिनले किनेनन्, किनभने पुजारीहरूलाई फारोबाट भत्ता दिइएको थियो । फारोले दिएकै हिस्साबाट तिनीहरूले खान्थे । त्यसकारण तिनीहरूले चाहिँ आफ्ना जग्गाजमिन बेचेनन् ।
23योसेफले जनताहरूलाई भने, “हेर, आज मैले फारोको निम्ति तिमीहरूका जग्गाजमिन र तिमीहरूलाई पनि किनेको छु । अब तिमीहरूका निम्ति बिउ यहाँ छ, र तिमीहरूले जमिनमा बिउ छर ।
48तिनले सात वर्षमा मिश्र देशका सबै अनाज सङ्कलन गरी त्यसलाई सहरहरूमा राखे । तिनले हरेक सहरमा वरिपरिका खेतहरूबाट अनाज थन्क्याएर राखे ।
41फारोले योसेफलाई भने, “हेर, मैले तिमीलाई मिश्र देशभरिको अधिकारी तुल्याएको छु ।”
11तब योसेफले आफ्ना बुबा र दाजुभाइहरूलाई बसोबास गराए । फारोको हुकुमअनुसार तिनले मिश्रमा भएको सबैभन्दा असल ठाउँ, अर्थात् रामसेस भन्ने इलाकाको एउटा क्षेत्र उनीहरूलाई दिए ।
12योसेफले आफ्ना बुबा, दाजुभाइहरू र आफ्ना बुबाका परिवारका सबैलाई उनीहरूका आस्रित परिवारको सङ्ख्याअनुसार खानेकुरा उपलब्ध गराए ।
20तिमीहरूका धन-सम्पत्तिको बारेमा चिन्ता नमान किनकि मिश्र देशका सबै असल-असल थोकहरू तिमीहरूकै हुन्' ।”
21इस्राएलका छोराहरूले त्यसै गरे । फारोको आज्ञामुताबिक योसेफले तिनीहरूलाई गाडाहरूसाथै यात्राका लागि मालसामानहरू दिए ।
26यसैले मिश्र देशमा योसेफले उब्जनीको पाँचौँ हिस्सा फारोको हुन्छ भन्ने कुरा समेटिएको जग्गाजमिनको विषयमा एउटा ऐन बनाए, जुन आजसम्म प्रचलित छ । पुजारीहरूका जग्गाजमिन मात्र फारोको भएन ।
27त्यसैले इस्राएल मिश्रको गोशेनमा बसोबास गरे । तिनका मानिसहरूले त्यहाँका जग्गाजमिन आफ्नो अधिकारमा लिए । तिनीहरूको फलिफाप भएर सङ्ख्या अत्यन्तै वृद्धि भयो ।
19अरू जातिहरूले पनि यसलाई पिउनुपर्यो, अर्थात् मिश्रका राजा फारो, र उसका सेवकहरू, अधिकारीहरू र उसका सबै मानिस,
43फारोले तिनलाई आफूसित भएको दोस्रो दर्जाको रथमा सवार गराए । मानिसहरू यसो भन्दै तिनको सामु चिच्च्याए, “घुँडा टेकेर झुक ।” फारोले तिनलाई सारा मिश्रको अधिकारी तुल्याए ।
44फारोले योसेफलाई भने, “म फारो हुँ, र तिमीबाहेक अरू कसैले मिश्र देशमा आफ्नो इच्छाअनुसार कुनै काम गर्न पाउनेछैन ।”
55सारा मिश्र अनिकालले तडपिँदा जनताहरूले अनाजको लागि फारोलाई पुकारे । फारोले सबै मिश्रीहरूलाई भने, “योसेफकहाँ जाओ र तिनले भनेझैँ गर ।”
56अनिकालले पुरै देशलाई ढाकेको थियो । योसेफले सबै भण्डारणहरू खुला गरी मिश्रीहरूलाई अनाज बेचे । मिश्र देशमा अनिकाल अति भयानक थियो ।
57सारा संसारमा भयानक अनिकाल परेकोले सबै देशका मानिसहरू योसेफबाट अनाज किन्न मिश्रमा आउँदै थिए ।
6मिश्रदेश तिम्रै अगि छ । देशको सबैभन्दा असल ठाउँ गोशेन प्रदेशमा नै तिम्रा बुबा र तिम्रा दाजुभाइहरूलाई बस्ने बन्दोबस्त गर । उनीहरूमध्ये सक्षम मानिसहरूलाई गाईबस्तुहरूको जिम्मा देऊ ।”
7तब योसेफले आफ्ना बुबा याकूबलाई पनि फारोकहाँ हाजिर गराए । याकूबले फारोलाई आशीर्वाद दिए ।
10र उहाँले तिनलाई सबै दुःखकष्टबाट छुटाउनुभयो र मिश्रका राजा फारोको सामने तिनलाई कृपा र बुद्धि दिनुभयो । तब फारोले तिनलाई मिश्र र तिनका सारा घरानाका शासक बनाए ।
31नर्कटहरूको समुद्रदेखि पलिश्तिहरूको समुद्रसम्म र उजाड-स्थानदेखि यूफ्रेटिस नदीसम्म म तिमीहरूका सिमाना तोकिदिनेछु । त्यस देशका बासिन्दाहरूमाथि म तिमीहरूलाई विजय दिनेछु । तिमीहरूले तिमीहरूकै सामु तिनीहरूलाई धपाउनेछौ ।
12किनकि म मिश्रदेशलाई बस्ती नभएका देशहरूका बिचमा उजाड पार्नेछु, र त्यसका सहरहरू भग्नावशेष भएका सहरहरूका बिचमा चालीस वर्षसम्मै उजाड रहनेछन् । अनि म मिश्रीहरूलाई जातिहरूका बिचमा छरपष्ट पार्नेछु र देशहरूमा म तिनीहरूलाई तितरबितर पार्नेछु ।
13किनकि परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः चालीस वर्षको अन्तमा मिश्रीहरूलाई तिनीहरू छरपष्ट भएका मानिसहरूका बिचबाट म भेला गर्नेछु ।
14मिश्र र कनान देशका बासिन्दाहरूलाई बेचेका अन्नबाट प्राप्त सबै रुपियाँ योसेफले जम्मा गरे । त्यसपछि योसेफले त्यो रुपियाँ फारोको महलमा ल्याए ।
34फारोले देशमाथि अधिकारीहरू नियुक्त गर्नुभएको होस् र तिनीहरूले सहकालका सात वर्षमा मिश्रका अनाजहरूको पाँचौँ हिस्सा उठाऊन् ।
20तिनीहरू एक जातिबाट अर्को जातिमा, र एक राज्यबाट अर्को राज्यमा फिरन्ता भए ।
5तिनको घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि योसेफलाई अधिकार दिएपछि योसेफको कारण परमप्रभुले त्यस मिश्रीको घरलाई आशिषित् गर्नुभयो । पोतीफरको घर र खेतमा भएका सबै कुरामाथि परमप्रभुको आशिष् रह्यो ।
21यसरी तिमीहरूले आफ्नो निम्ति, अर्थात् इस्राएलका कुलको निम्ति यो देशलाई विभाजन गर्नेछौ ।
11त्यो र त्यससँग भएको त्यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्याइनेछन् । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्ना तरवार थुत्नेछन्, र मारिएकाहरूका सङ्ख्याले यो देशलाई भर्नेछन् ।
17फारोले योसेफलाई भने, “तिम्रा दाजुहरूलाई यसो गर्न भन, 'आ-आफ्ना पशुहरू लदाएर कनान देशमा जाओ ।
18तिमीहरूका पिता र घरानाहरूलाई लिएर मकहाँ आओ । म तिमीहरूलाई मिश्रको असल ठाउँ दिनेछु, र तिमीहरूले यस देशका स्वादिष्ट मासु खानेछौ ।
7मिश्रदेशका राजाले आफ्नो देशभन्दा बाहिर फेरि आक्रमण गरेनन्, किनकि मिश्रदेशको खोलादेखि यूफ्रेटिस नदीसम्म मिश्रदेशका राजाको अधीनमा भएका सबै देशलाई बेबिलोनका राजाले कब्जा गरेका थिए ।
1¶ योसेफलाई मिश्रमा लगियो । अङ्गरक्षकहरूका एक मिश्री कप्तान फारोका अधिकारी पोतीफरले उनलाई इश्माएलीहरूबाट किने ।
8योसेफका परिवारका सबै र तिनका दाजुभाइहरू र तिनका बुबाका परिवारका सबै गए । तर तिनीहरूका बालबच्चा, तिनीहरूका बगाल र बथानहरू गोशेन प्रदेशमा नै छोडिए ।
38तिनीहरू निस्केर जाँदा मिश्रदेश खुसी थियो, किनकि मिश्रीहरू तिनीहरूसँग डराएका थिए ।
42उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।
46मिश्रका राष्ट्रप्रमुख फारोको सामु उभिँदा योसेफ तिस वर्षका थिए । योसेफ फारोको उपस्थितिबाट गई सारा मिश्र देशभरि चाहार्थे ।
17उहाँले तिनीहरू अगिअगि एक जना मानिसलाई पठाउनुभयो । योसेफलाई कमाराको रूपमा बेचिएका थिए ।
20त्यसले मेरो निम्ति गरेको परिश्रमको ज्यालाको रूपमा मिश्रदेश मैले त्यसलाई दिएको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो ।