यशैया 59:6

अनलक शाब्दिक बाइबल

तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्‍ना कामहरूले आफूलाई ढाक्‍न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यिर्मि 6:7 : 7 जसरी इनारले ताजा पानी दिन्छ, त्यसरी नै यो सहरले निरन्‍तर दुष्‍टता उत्पादन गर्छ । त्‍यसको भित्र हिंसा र उपद्रव सुनिन्छ । रोग र घाउहरू मेरो अनुहारको सामु निरन्तर छन् ।
  • यहे 7:11 : 11 हिंसा बढेर दुष्‍टताको लठ्ठी भएको छ—तिमध्‍ये कुनै पनि, ति भीडमध्‍ये कुनै पनि, तिनका धन-सम्‍पत्तिमध्‍ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्‍य चीज छोडिनेछैन!
  • यशा 57:12 : 12 तिमीहरूका सबै धर्मिक कामहरू घोषणा म गर्ने र तिमीहरूले गरेका सबै कुरा भन्‍नेछु, तर तिनीहरूले तिमीहरूलाई सहायता गर्नेछैनन् ।
  • यशा 58:4 : 4 हेर, तिमीहरू झगडा गर्न र लडाइँ गर्न र आफ्‍नो दुष्‍टताको मुक्‍‍काले हान्‍न उपवास बस्छौ । तिमीहरूले आफ्नो सोर माथि सुनाउनलाई उपवास बस्दैनौ ।
  • यशा 64:6 : 6 किनकि हामी सबै अशुद्धझैं भएका छौं र हाम्रा सबै धार्मिक कामहरू महिनावारीको कपडाझैं भएका छन् । हामी सबै पातहरू झैं ओइलाएका छौं । हावाले झैं हाम्रा अपराधहरूले हामीलाई उडाएर दलान्छन् ।
  • उत्प 6:11 : 11 परमेश्‍वरको दृष्‍टिमा पृथ्वी भ्रष्‍ट भएको र हिंसाले भरिएको थियो ।
  • अय्यू 8:14-15 : 14 उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ । 15 ऊ आफ्नो घरमा अडेल लग्‍छ, तर त्‍यसले उसलाई थाम्दैन । उसले त्‍यसमा समात्छ, तर यो अडिंदैन ।
  • भजन 58:2 : 2 गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।
  • यशा 5:7 : 7 किनकि सर्वशक्तिमान् परमप्रभुको दाखबारी इस्राएलको घराना, र यहूदाका मानिसचाहिं आनन्‍दको बगैंचा हो । न्यायको निम्ति उहाँ पर्खनुभयो, तर त्‍यसको साटोमा त्यहाँ हत्या भयो । धार्मिकताको खोज्नुभयो तर त्‍यसको साटोमा सहायताको निम्‍ति चित्कार आयो ।
  • यशा 28:18-20 : 18 मृत्युसँग गरेको तिमीहरूको करार खारेज हुनेछ र चिहानसँगको तिमीहरूको सहमति रहनेछैन । जब उर्लंदो बाढी आउँछ, त्‍यसले तिमीहरूलाई डुबाउनेछ । 19 जब त्‍यो आउँछ त्‍यसले तिमीहरूलाई डुबाउनेछ, त्‍यो हरेक बिहान आउनेछ र त्‍यो दिन र रात आउनेछ । जब सन्देश बुझिन्छ, त्‍यसले त्रास पैदा गर्नेछ । 20 किनकि तन्केर सुत्‍नलाई ओछ्यान छोटो छ र आफूलाई ढाक्‍न कम्बल सानो छ ।”
  • यशा 30:1 : 1 ¶ यो परमप्रभुको घोषणा हो, “धिक्‍कार विद्रोही छोराछोरीलाई! तिनीहरू योजना बनाउँछन्, तर मबाट योजना होइन । तिनीहरूले अरू जातिहरूसँग मित्रता गाँस्छन्, तर तिनीहरू मेरो आत्माद्वारा निर्देशित भएनन्, त्यसैले तिनीहरूले पापमाथि पाप थप्छन् ।
  • यशा 30:12-14 : 12 यसकारण इस्राएलका परमपवित्र भन्‍नुहुन्छ, “तिमीहरूले यो वचन इन्कार गरेको र अत्यचार र छलमा भरोसा गरेको अनि त्‍यसमा अडेको छौ, 13 त्यसैले यो पाप खस्‍नलाई तयार भएको टुटेको थोकजस्तै, तुरुन्तै अचानक रूपमा खस्‍न लागेको अग्‍लो पर्खालको निस्केको भागजस्तै हुनेछ ।” 14 कुमालेको भाडा फुटेझैं उहाँले त्‍यसलाई फुटाउनुहुनेछ । उहाँले त्‍यसलाई छोड्नु हुनेछैन, ताकि त्यहाँ त्‍यसका टुक्रामध्येबाट चुल्होबाट आगो निकाल्ने वा इनारबाट पानी उबाउने टुक्रा पाइनेछैन ।
  • यहे 7:23 : 23 साङ्‌ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।
  • आमो 3:10 : 10 किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् — यो परमप्रभुको घोषणा हो— तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश संचित गर्छन् ।”
  • आमो 6:3 : 3 विनाशको दिनलाई पन्‍छाउने मानिसहरू, र हिंसाको सिंहासनलाई नजिक तुल्याउनेहरूलाई धिक्‍कार ।
  • मीका 2:1-3 : 1 ¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ । 2 तिनीहरू भुमिहरूको लोभ गर्छन् र ती आफ्नो कब्जामा गर्छन्; तिनीहरू घरहरूको लोभ गर्छन् र ती आफ्नो बनाउँछन् । तिनीहरूले मानिस र त्यसको घर अनि त्यसको उत्तराधिकारमाथि शासन गर्छन् । 3 यसैकारण परमप्रभु यस्तो भन्‍नुहुन्छ, “हेर, यस वंशको विरुद्ध म सर्वनाश ल्याउँदै छु, र त्यसबाट तिमीहरू उम्कन सक्‍नेछैनौ । तिमीहरू घमण्डसाथ हिँड्नेछैनौ, किनकि त्यो खराब समय हुनेछ ।
  • मीका 2:8 : 8 अहिले मेरा मानिसहरू शत्रुझैँ जागेका छन् । युद्धबाट फर्केका सैनिकहरू तिनीहरूले सुरक्षित ठानेको ठाउँमा गएझैँ शङ्का नगरी नजिकबाट जानेहरूबाट तिमीहरू तिनीहरूको वस्‍त्र अर्थात् लबेदा खोस्छौ ।
  • मीका 3:1-9 : 1 ¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र? 2 तिमीहरू जसले असल कुरालाई घृणा गर्छौ र दुष्‍टलाई रुचाउँछौ, तिमीहरू जसले तिनीहरूका छालालाई काढ्‍दछौ, र तिनीहरूका हड्‍डीबाट मासुलाई अलग गर्दछौ, 3 तिमीहरु जसले मेरा मानिसहरूका मासु खान्छौ, र तिनीहरूका छाला काढ्छौ, तिनीहरूका हड्‍डी भाँच्‍छौ, र तिनीहरूलाई भाँडोमा राख्‍ने मासु, र खड्कुँलोमा पकाउने मासुझैँ टुक्रा-टुक्रा गर्दछौ । 4 त्यसपछि तिमी शासकहरूले परमप्रभुलाई पुकार्नेछौ, तर उहाँले तिमीहरूलाई जवाज दिनुहुनेछैन । त्यस बेला उहाँले आफ्नो मुहार तिमीहरूदेखि लुकाउनुहुनेछ किनभने तिमीहरूले दुष्‍ट कामहरू गरेका छौ ।” 5 परमप्रभु यस्तो भन्‍नुहुन्छ, “मेरा मानिसहरूलाई गलत मार्गमा हिँडाउने अगमवक्ताहरू, कसैले तिनीहरूलाई केही खान दिए भने, तिनीहरू ‘शान्ति होस्’ भनेर घोषणा गर्दछन् । तर यदि त्यसले तिनीहरूलाई केही खान दिएन भने, तिनीहरू त्यसको विरुद्ध युद्ध गर्नको निम्ति लागिपर्दछन् । 6 यसैकारण, तिमीहरूका निम्ति त्यो दर्शनविनाको रात हुनेछ । अनि त्यो यस्तो अन्धकार हुनेछ, कि तिमीहरूले कुनै भविष्यवाणी गर्नेछैनौ । अगमवक्ताहरूका निम्ति सूर्य अस्ताउनेछ, र तिनीहरूमाथि दिन पनि अन्धकार हुनेछ । 7 दर्शन देख्‍नेहरू शर्ममा पर्नेछन्, र भविष्यवक्ताहरू भ्रमित हुनेछन् । तिनीहरू सबैले आफ्ना मुख छोप्‍नेछन्, किनभने मबाट कुनै जवाफ आउनेछैन ।” 8 तर याकूबलाई त्यसको अपराध र इस्राएललाई त्यसको पापको घोषणा गर्न मचाहिँ परमप्रभुको आत्माद्वारा शक्ति, न्याय र पराक्रमले भरिपूर्ण छु । 9 अब, न्यायलाई घृणा गर्ने, र सबै असल कुरालाई भ्रष्‍ट गर्ने ए याकूबका घरानाका अगुवाहरू, र इस्राएलका घरानाका शासकहरू, यो सुन । 10 तिमीहरूले सियोनलाई रगतद्धारा र यरूशलेमलाई अधर्मद्धारा निर्माण गर्छौ । 11 तिमीहरूका अगुवाहरूले घुस खाएर न्याय गर्छन्, तिमीहरूका पुजारीहरूले मोलको निम्ति शिक्षा दिन्छन्, र तिमीहरूका अगमवक्ताहरूले पैसाको निम्ति अगमवाणी बोल्दछन् । तथापि तिमीहरू परमप्रभुमा भर पर्छौ र भन्छौ, “के परमप्रभु हामीसँग हुनुहुन्‍न? हामीमाथि कुनै खराबी आइपर्नेछैन ।”
  • मीका 6:12 : 12 धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।
  • हब 1:2-4 : 2 “परमप्रभु, म कति समय अझै सहायताको निम्ति पुकारूँ, तर तपाईंले सुन्‍नुहुन्‍न? म ‘हिंसा’ भनेर तपाईंलाई पुकार्दछु, तर तपाईंले बचाउनुहुन्‍न । 3 मलाई किन अपराध र दुष्कर्म देखाउनुहुन्छ? सर्वनाश र हिंसा मेरो सामुन्‍ने छन् । त्यहाँ झैँ-झगडा छ, र विवाद चर्किंदै छ । 4 यसैकारण कानून-व्यवस्था कमजोर भएको छ, र न्याय अब छैन । किनकि दुष्‍टले धर्मीलाई घेर्दछ । यसैकारण इन्साफ झुटो भएको छ ।” परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।
  • सप 1:9 : 9 त्यस दिन सँघारमा खुट्टा नटेक्‍नेहरू सबैलाई, र आफ्ना मालिकका घरलाई हिंसा र छलले भर्ने सबैलाई म दण्ड दिनेछु ।
  • सप 3:3-4 : 3 त्यसको माझमा त्यसका राजकुमारहरू गर्जने सिंहझैँ छन् । त्यसका न्यायकर्ताहरू साँझमा आउने ब्वाँसाहरूझैँ छन् जसले बिहानसम्म खानको निम्ति केही पनि बाँकी राख्दैनन् । 4 त्यसका अगमवक्ताहरू ढीट र विश्‍वासघाती मानिसहरू हुन् । त्यसका पूजाहारीहरुले पवित्र कुरालाई अशुद्ध बनाएका छन् र व्यवस्थाको विरुद्ध हिंसा गरेका छन् ।
  • रोमी 3:20-22 : 20 उहाँको दृष्‍टिमा व्यवस्थाका कामहरूद्वारा कुनै पनि मानिस धर्मी नठहरिने हुनाले यसो भएको हो । किनकि व्यवस्थाद्वारा नै पापको ज्ञान आउँछ । 21 तर अब व्यवस्थाविना नै परमेश्‍वरको धर्मीकता प्रकट गरिएको छ । यसलाई व्यवस्था र अगमवक्‍ताहरूद्वारा साक्षी दिइएको छ, 22 अर्थात् यो विश्‍वास गर्ने सबैका निम्ति येशू ख्रीष्‍टमा विश्‍वासद्वारा आउने परमेश्‍वरको धार्मिकता हो । किनकि त्यहाँ कुनै भेदभाव छैन ।
  • रोमी 4:6-8 : 6 दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिकता गान्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् । 7 उनले भने, “ती धन्य हुन्, जसका अधर्महरू क्षमा भएका छन् र जसका पापहरू ढाकिएका छन् ।” 8 त्यो मानिस धन्यको हो, जसको विरुद्धमा परमेश्‍वरले पापको लेखा राख्‍नुहुन्‍न ।”
  • प्रका 3:17-18 : 17 किनकि तिमी भन्छौ, ‘म धनी छु र मसित धेरै भौतिक सम्पत्ति छन् र मलाई कुनै थोकको आवश्यक छैन ।’ तर तिमी दुःखित, दयनीय, गरिब, अन्धा र नाङ्गै छौ भनी तिमीलाई थाहा नै छैन । 18 मेरो सल्लाहलाई ध्यान देऊः आगोद्वारा शुद्ध पारिएको सुन मबाट किन ताकि तिमी धनी हुन सक, र तिम्रो नाङ्गोपनको लाज ढाक्‍नलाई चम्किलो सेतो वस्‍त्र लगाऊ र तिम्रो नाङ्गोपनको लाज नदेखियोस्, र आफ्ना आँखामा मलहम लगाऊ ताकि तिमीले देख्‍न सक ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 59:3-5
    3 पदहरू
    84%

    3किनकि तिमीहरूका हातहरूमा रगतका र तिमीहरूको औंलाहरूमा पापका दाग छन् । तिमीहरूका ओठहरूले झुट बोल्छन् र तिमीहरूका जिब्राले छलपुर्वक बोल्छन् ।

    4कसैले पनि धार्मिकतामा पुकारा गर्दैन र कसैले पनि आफ्नो मुद्दाको निम्‍ति सत्यतामा बिन्‍ति गर्दैन । तिनीहरू रित्ता शब्दहरूमा भर पर्छन् र झुट बोल्छन् । तिनीहरूले कष्‍ट गर्भधारण गर्छन् र पाप जन्माउँछन् ।

    5तिनीहरूले विषालु सर्पको अण्डा ओथर्छन् र माकुराको जालो बुन्छन् । तिनीहरूका अण्डा जसले खान्छ त्‍यो मर्छ र एउटा अण्डा फुटाइयो भने, त्‍यसबाट विषलु सर्प निस्‍कन्‍छ ।

  • यशा 59:7-8
    2 पदहरू
    80%

    7तिनीहरूका पाउहरू दुष्‍टतातिर हतारिन्छ र तिनीहरू नोर्दोष रगत बगाउन दौडिन्छन् । तिनीहरूका विचारहरू पापका विचारहरू हुन् । हिंसा र विनाश तिनीहरूका बाटोहरू हुन् ।

    8शान्तिको बाटो तिनीहरूले जान्दैनन् र तिनीहरूका बाटोहरूमा न्याय हुँदैन । तिनीहरूले बाङ्गा बाटोहरू बनाएका छन् । यी बाटोहरूमा यात्रा गर्नेहरूले शान्ति जान्दैनन् ।

  • नीति 1:16-18
    3 पदहरू
    72%

    16तिनीहरूका पाउ खराबीको लागि दौडन्छन्, र तिनीहरू रगत बगाउन हतारिन्छन् ।

    17किनकि कुनै पनि पक्षीको दृष्‍टिमा जाल फ्याँक्‍नु बेकाम्मा हुन्छ ।

    18यी मानिसहरू तिनीहरूको आफ्नै रगतको लागि ढुकिबस्छन् । तिनीहरूले आफ्नै ज्यानको लागि पासो थाप्छन् ।

  • 2गर्दैनौ, तिमीहरू आफ्नो हृदयमा दुष्‍टता गर्छौ । तिमीहरू आफ्नै हातले देशभरि हिंसा फैलाउँछौ ।

  • रोमी 3:15-16
    2 पदहरू
    71%

    15तिनीहरूका खुट्टा रगत बगाउनमा द्रूत छन् ।

    16विनाश र कष्‍ट तिनीहरूका मार्गहरूमा छन् ।

  • 1¶ धिक्‍कार तिनीहरूलाई जसले अधर्मको योजना बनाउँछन्, जसले आफ्ना ओछ्यानमा दुष्‍ट काम गर्ने योजना बनाउँछन् । बिहानीको उज्यालोमा तिनीहरू यस्तो गर्छन् किनभने तिनीहरूसँग सामर्थ छ ।

  • 6तिनीहरूका घाँटीमा सिक्रीझैं तिनीहरू घमण्डले सजिछन् । वस्‍त्रले ढाकेझैं तिनीहरूलाई हिंसाले ढाक्‍नेछ ।

  • नीति 4:16-17
    2 पदहरू
    70%

    16किनकि तिनीहरूले खराबी नगरेसम्म तिनीहरू सुत्‍न सक्दैनन्, र तिनीहरूले कसैलाई नलडाएसम्म तिनीहरूलाई निन्द्रै लाग्दैन ।

    17किनकि तिनीहरूले दुष्‍टताको रोटी खान्छन्, र हिंसाको मद्य पिउँछन् ।

  • 14उसको दृढता टुक्राटुक्रा हुनेछन्, र उसको भरोसा माकुरोको जालझैं कमजोर हुन्छ ।

  • 3तिनीहरूका हातहरू हानी गर्नलाई पोक्त छन् । शासकले पैसा माग्दछन्, न्यायकर्ता घूस लिनको निम्ति तयार छन्, र शक्तिशाली मानिसले आफूले प्राप्‍त गर्न चाहेको कुरा अरूहरूसँग माग्दछ । यसरी तिनीहरू एकसाथ षड्यन्त्र रच्छन् ।

  • भजन 28:4-5
    2 पदहरू
    70%

    4तिनीहरूका कामहरूका फल तिनीहरूलाई दिनुहोस् र तिनीहरूका दुष्‍टताले मागअनुसार प्रतिफल तिनीहरूलाई दिनुहोस् । तिनीहरूका हातहरूका कामको निम्ति प्रतिफल तिनीहरूलाई दिनुहोस् र तिनीहरूले पाउनुपर्ने कुरा तिनीहरूलाई दिनुहोस् ।

    5किनभने तिनीहरूले परमप्रभुको कामहरू वा उहाँका हातका कामहरू बुझ्दैनन्, उहाँले तिनीहरूलाई नष्‍ट पार्नुहुनेछ र तिनीहरूलाई कहिल्यै पुनः निर्माण गर्नुहुनेछैनन् ।

  • 7ती मूर्तीहरूका हातहरू छन् तर छोएको तिनले थाहा पाउँदैनन् । तिनीहरूका खुट्टाहरू छन्, तर तिनीहरू हिंड्न सक्दैनन् । न त तिनीहरूले आफ्‍ना मुखबाट बोल्‍न सक्‍छन् ।

  • भजन 21:10-11
    2 पदहरू
    69%

    10तिनीहरूकाई सन्तानलाई पृथ्वीबाट र तिनीहरूका छोराछोरीलाई मानवजातिको माझबाट तपाईंले नाश पार्नुहुनेछ ।

    11किनकि तिनीहरूले तपाईंको विरुद्धमा खराब इच्‍छा गरे । तिनीहरूले एउटा षड्यन्त्र रचे जसद्वारा तिनीहरू सफल हुनेछैनन् ।

  • 4तिनीहरूका विष सर्पको विषजस्तै छ । तिनीहरू बहिरा गोमनजस्तै छन् जसले यसका कानहरू बन्द गर्छ,

  • 5तिनीहरूले आफैलाई दुष्‍ट योजनामा उत्साहित पार्छन् । पासोहरू थाप्‍न तिनीहरू गोप्य रूपमा सल्लाह गर्छन् । तिनीहरू भन्छन्, “हामीलाई कसले देख्‍नेछ र?”

  • 9तिनीहरूका विरुद्धको गवाहीहरू तिनीहरूकै अनुहारहरूमा खोज्‍नुहोस् । अनि सदोमले झैं तिनीहरूले आफ्‍ना पाप भन्‍नेछन् । तिनीहरूले त्‍यो लुकाउने छैनन् । तिनीहरूलाई धिक्‍कार! किनकि तिनीहरूले आफ्नै निम्ति सर्वनाश पुरा गरेका छन् ।

  • 27अधर्ममाथि अधर्म गरेको दोष तिनीहरूलाई लगाउनुहोस् । तिनीहरू तपाईंको धार्मिक विजयमा आउन नसकून् ।

  • 15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।

  • 12तिनीहरूका मुखका पापहरू र तिनीहरूका ओठहरूका शब्दहरूका निम्ति, तिनीहरूलाई आफ्‍नै घमण्डमा कब्जा गरियोस् र तिनीहरूलले व्यक्‍त गरेका सराप र झूटको निम्ति ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 28छेपाराहरूलाई तपाईंका दुईवटा हातले समात्‍न सकिन्छ, तरै पनि तिनीहरू राजदरबारमा पाइन्छन् ।

  • 14अन्धाहरूझैँ तिनीहरू सडकहरूमा यताउता हिँड्छन् । त्यस रगतद्वारा तिनीहरू यति दुषित पारिएका थिए, कि तिनीहरूका लुगा छुन कसैलाई अनुमति दिइएन ।

  • भजन 64:7-8
    2 पदहरू
    68%

    7तर परमेश्‍वरले तिनीहरूलाई प्रहार गर्नुहुनेछ । अचानक तिनीहरू उहाँको काँडले घाइते हुनेछन् ।

    8तिनीहरूलाई ठेस खानेछन् । किनभने तिनीहरूका जिब्रोहरू तिनीहरूका विरुद्धमा छन् । तिनीहरूलाई देख्‍ने सबै जनाले आफ्‍ना मुन्टो हल्लाउनेछन् ।

  • 9बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्‍नेहरू निराश हुनेछन् ।

  • 6गरिब मानिसहरूले अरूका खेतबारीमा रातमा कटनी गर्छन् । तिनीहरूले दुष्‍टहरूका फसलबाट टिप्‍न छुटेका दाख बटुल्छन् ।

  • भजन 69:22-23
    2 पदहरू
    68%

    22तिनीहरूको निम्ति राखिएको भोजन तिनीहरूको निम्ति पासो बनोस् । तिनीहरू सुरक्षित छन् भनी तिनीहरूले विचार गर्दा, त्‍यो नै पासो बनोस् ।

    23तिनीहरूका आँखाहरू धमिला होऊन्, ताकि तिनीहरूले देख्‍न नसकून् । अनि तिनीहरूका कम्मर सधैं दुर्बल बनाउनुहोस् ।

  • 68%

    26किनकि मेरा मानिसहरूसँगै दुष्‍ट मानिसहरू भेट्टाइएका छन् । कोही मानिस चरा समाउनलाई चुप बसेझैं तिनीहरू ढुकिबस्छन् । तिनीहरूले पासो थाप्‍छन् र मानिसहरू समात्छन् ।

    27चराहरूले भरिएका पिंजराजस्तै तिनीहरूका घरहरू छलले भरिएका छन् । त्यसैले तिनीहरू ठुला र धनी भएका छन् ।

  • 17के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”

  • 3परमप्रभु घोषणा गर्नुहुन्छ, “आफ्‍ना झूटका धनुहरूलाई तिनीहरूले आफ्ना जिब्राले दबाउँछन्, तर तिनीहरूको विश्‍वसनीयताको कारणले तिनीहरू पृथ्वीमा बलिया भएर बढ्ने होइनन् । तिनीहरू एउटा दुष्‍ट कामदेखि अर्को दुष्‍ट काम गर्छन् । तिनीहरूले मलाई चिन्दैनन् ।”

  • 13तिनीहरूको घाँटी खुल्ला चिहान हो । तिनीहरूका जिब्राले छल गरेका छन् । तिनीहरूका ओठहरूमा सर्पको विष छ ।

  • 18धिक्‍कार तिनीहरूलाई जसले अधर्मलाई व्‍यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।

  • 16हेर्नुहोस्, तिनीहरूको समृद्धि तिनीहरूका आफ्‍नै हातमा छैन र? दुष्‍ट मानिसहरूको सल्लाहमा मेरो कुनै सरोकार छैन ।

  • 8तिनीहरूको देश मूर्तीहरूले पनि भरिएको छ । तिनीहरूले आफ्नै हातहरूका कलाको, तिनीहरूका आफ्‍नै औंलाहरूले बनाएका कुराहरूको पुजा गर्छन् ।

  • 5हरेक मानिसले आफ्नो छिमेकीको ठट्टा गर्छ, र साँचो बोल्दैन । तिनीहरूका जिब्राले छली कुराहरू सिकाउँछन् । तिनीहरू अपराध गर्दा-गर्दा थाकेका छन् ।

  • 7दुष्‍टहरूको हिंसाले तिनीहरूलाई तानेर लैजान्छ, किनकि ठिक काम गर्न तिनीहरू इन्कार गर्छन् ।

  • 25तिनीहरूको ठाउँ उजाड होस् । तिनीहरूको पालमा कोही नबसोस् ।

  • 12धनी मानिसहरू हिंसाले भरिएका छन्, त्यसका निवासीहरू झुट बोल्छन्, र तिनीहरूका मुखमा तिनीहरूका जिब्रा छलपूर्ण छन् ।

  • 16तिनीहरूका वाणका ठोक्राहरू खुला चिहानजस्तै छन् । तिनीहरू सबै सिपाही हुन् ।