यशैया 19:9
बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
बाटेको सनपटका कामदारहरू र सेतो कपडा बुन्नेहरू निराश हुनेछन् ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
6नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्नेछन् र सुख्खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।
7नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
8जालाहरीहरूले विलाप र शोक गर्नेछन्, र नील नदीमा बल्छी हान्ने सबै जनाले विलाप गर्नेछ, पानीहरूमाथि आफ्नो जाल फिजाउनेहरूले शोक गर्नेछन् ।
10मिश्रदेशमा कपडाको काम गर्नेहरूलाई कुल्चिइनेछ । ज्यालामा काम गर्नेहरू सबैले भित्रभित्रै शोक गर्नेछन् ।
15त्यसले सबैलाई बल्छीले ल्याउँछ । त्यसले मानिसहरूलाई माछी-जालमा पारेर पर लैजान्छ । त्यसले महाजालमा सबैलाई थुपार्छ, अनि त्यो खुशी हुन्छ र रमाहट गर्दछ ।
16त्यसैकारण त्यसले आफ्नो माछी-जालमा बलि चढाउँछ र महाजालमा धूप बाल्छ, किनभने आफ्नो जालद्धारा त्यो विलासितामा जिउँछ, र त्यसको भोजन उत्तम हुन्छ ।
17के त्यसले यसैकारण आफ्नो जाल रित्त्याउँदै जान्छ, र जाति-जातिहरूलाई निर्दयतापूर्वक काटिरहन्छ?”
3तिनीहरूले सुन पिटेर पातला पाताहरू काटेर तारहरू बनाए । ती निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडामा लगाउनलाई थिए र यो निपुण शिल्पकारको काम थियो ।
16तिनीहरू सबै एकसाथ लज्जित र अपमानित हुनेछन् । मूर्ती बनाउनेहरू अपमानमा हिंड्नेछन् ।
11हेर, त्यसका सबै सहकर्मी लाजमा पारिनेछन् । कारीगरहरू मानिसहरू मात्र हुन् । तिनीहरूले एकसाथ आफ्ना अडान लेऊन् । तिनीहरू तर्सिनेछन् र लजज्जित हुनेछन् ।
9तर्शीशबाट पिटिएका चाँदी अनि उपज देशबाट सुनारहरू, शुद्ध पार्नेका हातद्वारा बनाइएका सुन तिनीहरूले ल्याउँछन्, तिनीहरूका वस्त्रहरू निलो र बैजनी कपडा हुन् । तिनीहरूका सिपालु मानिसहरूले यी सबै कुरा बनाए ।
3यसैले त्यो देश सुख्खा हुँदैछ, र त्यहाँ बसोबास गर्ने सबै खेर जाँदैछन् । मैदानका पशुहरू, आकाशका चराहरू, र समुद्र भएका माछासमेत मारिंदैछन् ।
7तँलाई हेर्ने सबै तँबाट टाढा भाग्नेछन् र भन्नेछन्, ‘निनवे नष्ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”
6तिनीहरूका जालोहरू लुगाको निम्ति प्रयोग गर्न सकिंदैन, न त तिनीहरूले आफ्ना कामहरूले आफूलाई ढाक्न सक्छन् । तिनीहरूका कामहरू पापका कामहरू हुन् र तिनीहरूका हातहरूमा हिंसाका कामहरू छन् ।
15जातिहरू आफैले बनाएका खाल्डोमा जाकिएका छन् । तिनीहरूले लुकाएका पासोहरूमा तिनीहरूका खुट्टाहरू फसेका छन् ।
29किनभने तिमीहरूले इच्छा गरेका फँलाटका पवित्र रूखहरूसित तिमीहरू लज्जित हुनेछौ र तिमीहरूले चुनेका बगैंचाद्वारा नै तिमीहरू हतासमा पर्नेछौ ।
3परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः धेरै मानिसहरूका भीडमा म तँमाथि एउटा जाल फिंजाउनेछु, र तिनीहरूले तँलाई मेरो जालमा उठाउनेछन् ।
35तिनीहरूले सबै किसिमका शिल्पकारी, खोप्ने, चित्र बनाउने काम, निलो, बैजनी, रातो ऊन र मसिनो सुती कपडा र जुलहाको काम गरून् भनेर उहाँले तिनीहरूलाई सिपले भरिपूर्ण पार्नुभएको छ । सबै किसिमका काममा तिनीहरू शिल्पकारी र कलापूर्ण रचनाकारहरू हुन् ।
17किनकि कुनै पनि पक्षीको दृष्टिमा जाल फ्याँक्नु बेकाम्मा हुन्छ ।
7तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्यसैले तेरो झन्डाको काम गर्यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्ति प्रयोग भए ।
29दाबिलो खियाउनेहरू सबै जना आफ्ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन् ।
30तब तिनीहरूले आफ्ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्वरले विलाप गर्नेछन् । तिनीहरूले आफ्ना टाउकोमा धुलो हाल्नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन् ।
6तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् ।
10तब एन-गदीका जालहारीहरू त्यो पानीको छेउमा उभिनेछन्, र एन-एग्लैसम्म माछाको जाल सुकाउने ठाउँ हुनेछ । त्यो खारा समुद्रमा धेरै किसिमका माछा हुनेछन् जस्तो महासमुद्रमा प्रशस्त माछाहरू हुन्छन् ।
25हरेक सिपालु स्त्रीले आफ्ना हातले ऊन कातेर आफूले कातेको निलो, बैजनी वा रातो ऊन वा मसिनो सुती कपडा ल्याई ।
17हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ,
18र तिनीहरूले भाङ्ग्रा लाउनेछन् र त्रासले तिनीहरूलाई ढाक्नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।
18तिनीहरू हतार गरून्, र हाम्रा लागि शोकको गीत गाऊन्, ताकि हाम्रा आँखाबाट आँसु बगून् र हाम्रा परेलाबाट पानी बगून् ।
19किनकि सियोनमा विलापको सोर सुनिएको छ, 'हामी कसरी तहस-नहत भएका छौं । हामी ज्यादै लज्जित भएका छौं । तिनीहरूले हाम्रा घरहरू भत्काएको समयदेखि नै हामीले यो देश त्यागेका छौं ।'
18धिक्कार तिनीहरूलाई जसले अधर्मलाई व्यर्थका डोरीले तान्छन् र पापलाई गाडाको डोरीले झैं तान्छन् ।
9तब तिनीहरूले जे गरेका हुन्छन्, अनि तिनीहरूका अपराध र तिनीहरूका घमण्ड, उहाँले तिनीहरूलाई प्रकट गर्नुहुन्छ ।
48वा बुनिएको वा ऊनी वा सुती, वा छाला र छालाबाट बनेको कुनै कुराद्वारा बुनिएको होस्,
11ए किसानहरू हो, लज्जित होओ, र दाखबारी लगाउनेहरू हो, विलाप गर । किनभने भूमिको उब्जनी नष्ट भएको छ । गहुँ र जौका बढिरहेका छैनन् ।
15परमप्रभुबाट आफ्ना योजनाहरूलाई गहन रूपमा लुकाउनेहरू र अन्धाकारमा काम गर्नेहरूलाई धिक्कार! तिनीहरू भन्छन्, “हामीलाई कसले देख्छ, र हामीलाई कसले चिन्छ?”
19एउटा मूर्ती! एक जना कारीगरले यसलाई बनाउँछः सुनारले यसमा सुनको जलप लगाउँछ र यसको निम्ति चाँदीको सिक्री बनाउँछ ।
6तब तपाईंहरूले जान्नुपर्छ, परमेश्वरले मेरो हानि गर्नुभएको र मलाई आफ्नो पासोमा पार्नुभएको छ।
2तर अन्नका खला र दाखबारीका कोलले तिनीहरूलाई खुवाउनेछैन, र नयाँ दाखमद्य तिनीहरूका निम्ति पर्याप्त हुनेछैन ।
15तेरो निम्ति तिनीहरू यस्तै भएका छन्— जससँग तैंले काम गरेको छस्, अनि तिनीहरूसँग तैंले आफ्नो जवानीखि किनबेच गरेको छस्, तिनीहरू हरेक आ-आफ्नै निर्देशनमा भौंतारिए । तँलाई छुटकारा दिने सक्ने त्यहाँ कोही छैन ।”
16तब समुद्र किनारका सबै जना शासक आ-आफ्ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्त्रहरू फुकाल्नेछन् । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्नेछन्, र हरेक क्षण काम्नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन् ।
23तिमीहरूका जहाजका डोरीहरू खुकुलो छन् । तिनीहरूले मस्तुललाई पक्रन सक्दैनन् । तिनीहरू पाल टाँग्न सक्दैनन् । जब ठुलो लूट बाँडिन्छ, लङ्गडोले पनि लूटको माल घिसारेर लानेछ ।
35किनारका सबै बासिन्दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।
11हेर, तँसँग रिसाएकाहरू सबै जना, तिनीहरू लज्जित र अपमानित हुनेछन् । तेरो विरोध गर्नेहरू, तिनीहरू बेकामको हुनेछन् र नाश हुनेछन् ।
16चोकको वरिपरिका सबै पर्दा मसिनो सुती कपडाका थिए ।
6जब तिनीहरूले यसो गरे, तिनीहरूले धेरै सङ्ख्यामा माछाहरू बटुले र तिनीहरूको जाल फाट्न लागिरहेको थियो ।
10तर गरिब मानिसहरू लुगाविना नाङ्गै जान्छन् । तिनीहरू आफै भोकाएको भए पनि, तिनीहरूले अरूका अन्नका बिटाहरू बोक्छन् ।
19हावाले त्यसलाई आफ्ना पखेटामा बेर्नेछ, र आफ्ना बलिदानहरूका कारणले तिनीहरू शर्ममा पर्नेछन् ।
17किनकि तिनीहरूमा रोटी र पानीको अभाव हुनेछ, हरेक मानिसले आफ्नो दाजुभाइलाई देख्दा हताश हुनेछ र आफ्नो अधर्मले गर्दा तिनीहरू सुक्दैजानेछन् ।'
24नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू,र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्नेहरू यिनीहरू नै थिए ।
7जसले कटनी गर्नेको हात भर्न सक्दैन वा अन्नको बिटा बाँध्नेको छाती ढाक्न सक्दैन ।
12जब तिनीहरू जान्छन्, तब तिनीहरूमाथि म आफ्नो जाल फैलाउनेछु, आकाशका चराहरूझैं तिनीहरूलाई म तल खसाल्नेछु । तिनीहरू एकसाथ जम्मा हुँदा म तिनीहरूलाई दण्ड दिनेछु ।