अय्यूब 34:4
जे न्यायोचित छ, सो हामी आफ्नो निम्ति रोजौं । जे असल छ, सो हामी आफ्नो बिचमा खोजौं ।
जे न्यायोचित छ, सो हामी आफ्नो निम्ति रोजौं । जे असल छ, सो हामी आफ्नो बिचमा खोजौं ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
33तपाईंको विचारमा, परमेश्वरले गर्नुहुने कुरा तपाईंलाई मन पर्दैन भन्दैमा, के परमेश्वरले त्यो व्यक्तिको पापलाई दण्ड दिनैपर्छ र? तपाईंले नै चुन्ने हो, मैल होइन । त्यसैले आफूले जानेका कुरा भन्नुहोस् ।
34सुझबुझ भएका मानिसहरूले मलाई भन्नेछन्— वास्तवमा मेरो कुरा सुन्ने हरेक बुद्धिमान् मानिसले भन्नेछ,
5किनकि अय्यूबले भनेका छन्, 'म धर्मी छु, तर परमेश्वरले मेरा अधिकारहरू हटाउनुभएको छ ।
2“हे बुद्धिमान् मानिसहरू हो, मेरा वचन सुन्नुहोस् । हे ज्ञान भएकाहरू हो, मेरा कुरा सुन्नुहोस् ।
3जिब्रोले भोजनको स्वाद लिएझैं, कानले शब्दहरूलाई जाँच्ने कोसिस गर्छ ।
40हाम्रा मार्गको जाँच गरौँ, र तिनलाई जाँचेर परमप्रभुकहाँ फर्कौं ।
27हेर्नुहोस्, हामीले यस विषयलाई जाँच गरेका छौं । यो यस्तो छ । यसलाई सुन्नुहोस् र आफ्नै निम्ति यसलाई चिन्नुहोस् ।”
9तब तैँले धार्मिकता, न्याय, समानता र हरेक असल मार्गलाई बुझ्ने छस् ।
8के म अन्यायी छु भनेर तँ साँच्चै भन्छस्? तैंले आफू ठिक छु भनी दाबी गर्नलाई तँ मलाई दोष लगाउँछस्?
9तपाईंलाई के थाहा छ, जुन हामीलाई थाहा छैन? तपाईंले के बुझ्नुहुन्छ, जुन हामीमा पनि नभएको होस्?
1¶ मैले भनेँ, “अब सुन, ए याकूबका अगुवाहरू र इस्राएलका घरानाका शासकहरू, के इन्साफलाई बुझ्नु तिमीहरूका निम्ति ठिक होइन र?
8हे परमप्रभु, जातिहरूको न्याय गर्नुहोस् । हे परमप्रभु, मेरो सुरक्षा गर्नुहोस्, किनभने हे सर्वोच्च, म धर्मी र निर्दोष छु ।
9दुष्टका खराब कामहरूको अन्त होस्, तर हे धर्मी परमेश्वर, तपाईं जसले हृदय र मन जाँच्नुहुन्छ, धर्मी मानिसहरूलाई स्थापित गर्नुहोस् ।
23किनकि परमेश्वरले व्यक्तिको थप जाँच गर्नुपर्दैन । कुनै पनि व्यक्ति इन्साफको लागि उहाँको सामु जानु आवश्यक छैन ।
16अब तपाईंसित सुझबुझ छ भने, यो कुरा सुन्नुहोस् । मेरो वचनको आवाजलाई सुन्नुहोस् ।
17के न्यायलाई घृणा गर्नेले शासन गर्न सक्छ? के तपाईंले परमेश्वरलाई दोषी ठहराउनुहुन्छ जो धर्मी र शक्तिशाली हुनुहुन्छ?
1¶ मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्टलाई दोषी ठहराऊन् ।
18हेर्नुहोस्, आफ्नो बचाउ मेलै गरेको छु । म निर्दोष छु भनी म जान्दछु ।
16उसले गरिबहरू र खाँचोमा परेकाहरूको पक्षमा न्याय गर्यो । त्यस बेला राम्रै भएको थियो । के मलाई चिन्नुको अर्थ यही होइन र? यो परमप्रभुको घोषणा हो ।
17असल गर्न सिक । न्याय खोज, थिचोमिचोमा परेकाहरूलाई छुटाओ, अनाथलाई न्याय देओ र विधवाको रक्षा गर ।”
4यो सत्यता तपाईंलाई प्राचीन समयदेखि नै थाहा छैन र, जति बेला परमेश्वरले मानिसलाई पृथ्वीमा राख्नुभयोः
3तापनि, बरु म सर्वशक्तिमान्सित बोल्छु । म परमेश्वरसित तर्क गर्ने इच्छा गर्छु ।
36अय्यूबले दुष्ट मानिसहरूले झैं कुरा गरेको हुनाले, तिनको भनेका स-साना कुरा लिएर जाँच गर्न सकिए त!
21अब परमेश्वरसित सहमत हुनुहोस्, र मिलाप गर्नुहोस् । त्यसरी तपाईंकहाँ भलाइ आउनेछ ।
6न्यायको तराजुमा मलाई जोखियोस्, जसले गर्दा परमेश्वरले मेरो सत्यनिष्ठा जान्नुहुनेछ ।
2मेरो निर्दोषता तपाईंको उपस्थितिबाट आओस् । तपाईंको आँखाले जे ठिक छ सो देखून् ।
14तिमी हामीसित साझेदार होऊ । हामी सबैको एउटै थैलो हुने छ ।”
11किनकि उहाँले व्यक्तिको कामअनुसारको प्रतिफल दिनुहुन्छ । उहाँले हरेक मानिसलाई उसका आफ्नै चालअनुसारको इनाम दिनुहुन्छ ।
4उहाँको सामु म आफ्नो मुद्दालाई क्रमैसित राख्नेथिएँ, अनि मेरो मुखलाई तर्कले भर्नेथिएँ ।
23यी पनि बुद्धिमान्का नीति-वचनहरू हुन् । मुद्दाको न्यायमा पक्षपात गर्नु राम्रो होइन ।
19धिक्कार तिनीहरूलाई, जसले भन्छन्, “परमेश्वरले हतार गर्नुभएको होस्, उहाँले चाँडै काम गर्नुभएको होस्, यसैले कि हामी यसो भएको देख्न सक्छौं । र इस्राएलको परमपवरित्रको योजना पुरा होस् ताकि हामीले ती थाहा पाउनेछौं ।”
4तपाईंले उहाँको आदर गरेको हुनाले, उहाँले तपाईंलाई हप्काउनुहुन्छ अनि तपाईंलाई इन्साफमा लानुहुन्छ र?
2“यो यस्तै हो भनी म साँच्चै जान्दछु । तर एक व्यक्ति कसरी परमेश्वसित ठिक हुन सक्छ?
2“ज्ञानविनाका शब्दहरू बोलेर, योजनाहरूमा अन्धकार ल्याउने यो को हो?
4तपाईंले मलाई भन्नुभयो, 'अब सुन्, र म बोल्नेछु । म तँलाई सोध्नेछु, र तैंले मलाई जवाफ दिनेछस् ।'
3के परमेश्वरले न्यायमा रोक लगाउनुहुन्छ र? के सर्वशक्तिमान्ले धार्मिकतामा रोक लगाउनुहुन्छ र?
17“के मरणशील मानिस परमेश्वरभन्दा बढी धर्मी हुन्छ र? के मानिस आफूलाई बनाउनेभन्दा बढी शुद्ध हुन्छ?
23सर्वशक्तिमान्को बारेमा, हामी उहाँलाई भेट्टाउन सक्दैनौं । शक्तिमा उहाँ महान् हुनुहुन्छ । उहाँले न्यायलाई दबाउनुहुन्न र धार्मिकता प्रसस्त पार्नुहुन्छ ।
22तिनीहरूले आ-आफ्ना बहसहरू ल्याऊन् । तिनीहरू अघि आऊन् र के हुनेछ भनी बताऊन्, ताकि हामीले यी कुराहरू राम्ररी जान्न सक्छौं । तिनीहरूले हामीलाई सुरुका अगमवाणीका कुराहरू भनून्, ताकि हामीले तिनमा विचार गरौं र ती कसरी पुरा भए जानौं ।
7त्यहाँ सोझाहरूले उहाँसित बहस गर्न सक्छन् । यसरी मेरा न्यायकर्ताले मलाई सधैंभरि निर्दोष ठहराउनुहुन्थ्यो ।
19उहाँलाई हामीले के भन्नुपर्ने हो, सो हामीलाई सिकाउनुहोस्, किनकि हाम्रो मनको अन्धकारको कारणले हामीले आफ्ना तर्कहरूलाई क्रमैसित प्रस्तुत गर्न सक्दैनौँ ।
17मैले मेरो मनमा भनेँ, “हरेक विषय र हरेक कामको लागि ठिक समयमा परमेश्वरले धर्मीहरू र दुष्टहरूको न्याय गर्नुहुने छ ।”
14तिनीहरूले परमेश्वरलाई भन्छन्, 'हामीबाट जानुहोस्, किनकि तपाईंका मार्गहरूका कुनै ज्ञान हामी चाहँदैनौं ।
9बुझ्नेको व्यक्तिको लागि ती सबै सिधा छन् । ज्ञान पाउनेहरूका लागि मेरा वचनहरू उचित छन् ।
5उनीहरूले तिनलाई भने, “हाम्रो निम्ति परमेश्वरबाट सल्लाह माग, ताकि हामीले गरिरहेको यात्रा सफल हुन्छ कि हुन्न भनी हामीलाई थाहा होस् ।”
3ताकि जे ठिक, न्यायी र उचित छ त्यो गरेर बाँच्नलाई तिमीले निर्देशन प्राप्त गर्न सक ।
6सुन, किनकि म आदरणीय कुराहरूको विषयमा बताउने छु, र मेरो ओठ खुला हुँदा मैले सिधा कुराहरू भन्ने छु ।
28तपाईंहरूले यसो भन्नुहुन्छ भने, 'हामी उसलाई कसरी सताउँ! उसको सङ्कष्टको जड ऊ आफै हो,'
3के तपाईंले यीमध्ये कुनैलाई हेर्नुहुन्छ? के तपाईंले मलाई आफूसँगै न्यायमा ल्याउनुहुन्छ?
2“आलोचना गर्न चाहनेले सर्वशक्तिमान्लाई सुधार्ने कोसिस गर्नुपर्छ र? जसले परमेश्वरसित विवाद गर्छ, त्यसले जवाफ देओस् ।”